• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
३३ वर्षीया सुस्मा राई: पहिलो बच्चा अस्पतालमा पाइन्, दोस्रो घर र तेस्रो धुलाम्य बाटोमा! 'यस्तो दु:ख कसैलाई नहोस्, मेरो गाउँमा पनि सडक बनोस्'
64x64
कल्पना घिमिरे बुधबार, पुस ६, २०७९  १६:३४
1140x725

खोटाङ– गत मंसिर २७ गते ललितपुरका सगेन्द्र श्रेष्ठले ‘यस्तो अनुभव फेरि भोग्न नपरोस्, यस्तो दुःख अरु कसैलाई नहोस्’ भन्दै एक महिलाले धुलाम्मे रोडमा बच्चा जन्माएको फोटो र सहयोग गर्दाको भोगाइ फेसबुकमा पोस्ट गरे।

यो घटना खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको हो। हलेसी तुवाचुङ नगरपालिका- ५, बतासेघाटकी ३३ वर्षीया सुस्मा राईलाई २८ गते राति १ बजे सुत्केरी व्यथाले च्याप्यो। व्यथाले निकै गाह्रो बनाएपछि सुस्माले अस्पताल लैजान आफ्ना श्रीमान् सरोज राईलाई भनिन्।

रातिको समय थियो। अस्पताल घरबाट निकै टाढा थियो। त्यसकारण श्रीमानले उनलाई घरैमा हेरचाह गरिरहे। वरपर छिमेकीलाई पनि बोलाए। 

'उहाँले एकछिन् पर्ख, उज्यालो भएपछि जाउँला। यहीँ पो जन्मिन्छ कि भन्नुभयो। मलाई भने निकै गाह्रो भइरहेको थियो,’ उनले भनिन्।

यसअघि सुस्माले २ वटा बच्चा जन्माइसकेकी थिइन्। पहिलो छोरी १२ वर्षअघि कटारीको अस्पतालमा जन्माएकी उनले दोस्रो छोरा ९ वर्षअघि घरैमा जन्माएकी थिइन्। तेस्रो बच्चा पनि घरमै सजिलै जन्मिन्छ भन्ने उनीहरुलाई लागेको थियो। तर सोचेजस्तो भएन। व्यथाले च्याप्दै गएपछि उनका श्रीमान् आत्तिए। 

छिमेकीले पनि अस्पताल लैजान सल्लाह दिए। उनलाई अस्पताल पुर्‍याउन निकै गाह्रो थियो। बाटो साँघुरो थियो। गाडी, एम्बुलेन्स चल्न सक्ने बाटो थिएन। बिरामीलाई बोकेरै अस्पताल लैजानुपर्ने अवस्था भयो।

319037731_727114741767687_8535445471588856115_n (1)1671520949.jpg

सरोजको आफ्नै मोटरसाइकल थियो। मोटरसाइकल जान सक्ने बाटो भएकाले मोटरसाइकलमै श्रीमतीलाई अस्पताल लैजाने निधो गरे। मोटरसाइकलमै जाँदा पनि अस्पताल पुग्न डेढ घण्टा लाग्ने बाटो थियो। 

बिहानको ८ बजेको थियो। सरोज सुस्मालाई बाइकमा राखेर निस्किए। ‘नगरपालिकाको एम्बुलेन्स त थियो। तर बाटो साघुँरो भएका कारण एम्बुलेन्स जाँदैनथ्यो। बोकेर पुर्‍याउन दिनभरि लाग्थ्यो। बरु मोटरसाइकल जानसक्ने भएकाले मोटरसाइकलमा गयौं,’ उनले भनिन्।

घरबाट हिँडेको झण्डै एक घण्टा बितिसकेको थियो। सुस्मालाई झनझन व्यथाले च्यापेको थियो। बाटोमा गाह्रो हुँदा सरोजले बिसाउँदै फेरि बाइकमा राखेर गुडाउँदै थिए। केही समयपछि व्यथाले निकै च्याप्यो। उनी बाइकको पछाडि अडिएर बस्न सकिनन्। त्यसपछि श्रीमानले मोटरसाइकलबाट ओराले। सुस्मा धुलो सडकमा लडिबुडी गरिरहिन्। श्रीमानले उठाउन खोज्दा पनि सकिरहेका थिएनन्।

त्यही बेला २ जना युवक त्यही बाटो मोटरसाइकलमा आउँदै थिए। ती युवकसँग सरोजले सहयोग मागे। उनीहरु मोटरसाइकल रोकेर सहयोग गर्न लागे। 

‘धुलाम्मे रोडमा म पीडाले छट्पटाएकी थिएँ। श्रीमानले मलाई समातेर उठाउन खोज्नुभएको थियो। म बाइकमा बस्न सक्ने अवस्थामा थिइनँ। त्यही बाटो भएर आएका भाइहरुले सहयोग गर्नुभयो,’ सुस्माले सुनाइन्।

घाम लागे पनि जाडो मौसम भएकाले चिसो हावा चलिरहेको थियो। सुस्मा धुलोमा पल्टिएकी थिइन्। ‘मलाई अति गाह्रो भयो। बच्चा जन्मिन लागेको महसुस भयो। पेटमा थिच्नु, बच्चा झर्न लाग्यो भनेर मैले भनें। त्यसपछि श्रीमानले पेट थिचिदिनुभयो। ती सरहरुमध्ये एक जनाले मेरो हात समात्नुभयो। अर्कोले ज्याकेट भुइँमा ओछ्याउनुभयो। त्यसपछि मैले बल गरे,’ उनले भनिन्।

बिहान ९ बजेको थियो। सुस्माले बल गरेपछि केही छिनमा बच्चा जन्मियो। बच्चाको आधा जिउ ज्याकेटमा आधा जिउँ भुँइमा परेको थियो। ‘बच्चा जन्मिएपछि सबै जना खुसी भयौँ। आँखा खोल्न नसकेर बच्चा हात र खुट्टा चलाउँदै रुन थाल्यो। बल्ल शान्ति मिल्यो,’ सुस्माले अनुभव सुनाइन्।

‘बाटोमा जन्मेको बच्चाको नाम राख्ने? भनेर सहयोग गर्ने एक जनाले भन्नुभयो। मेरो श्रीमानले ‘इन्जिनियर’ राख्नुपर्छ भन्नुभयो। ‘हो यो बच्चाले यो बाटो बनाएर अरुको दुःख मेट्नुपर्छ’ भन्दै सरहरु हाँस्दै हुनुहुन्थ्यो,' उनले भनिन्।

एकछिनमा सुस्मा उठिन्। पानी तिर्खा लागेको थियो। तर पानी थिएन। बच्चा त जन्मियो, तर साल झर्नै बाँकी थियो। बच्चाको साल काट्नुपर्ने, तर कसरी काट्ने? समस्या भयो।

320150203_2976839399287996_7809437430143825459_n1671520949.jpg

अलि तल कोशीवारि उनीहरुका आफन्त बस्थे। सुस्माका श्रीमानले खबर गरेपछि आफन्तहरु पानी, लुगा, धागो र ब्लेड लिएर आए। त्यसपछि सालनाल काटेर घर फर्किए।

‘म पनि बाइकमै बसेर घर फर्किएँ। सहयोग गर्ने सरहरुलाई पनि उतै लग्यौं। उहाँहरु हाम्रा लागि भगवान बनेर आउनुभयो। हामीलाई ठूलो गुन लागाउनुभयो। सबैले यसरी कहाँ सहयोग गर्छन् र,’ सुस्माले भनिन्।

ती दुई सहयोगी युवकहरु कोल्यावरेटिभ स्कुल नेटवर्कमा काम गर्ने भएकाले उदयपुर जिल्लाका केही विद्यालयको सहकार्यमा प्रोजेक्टको कामका लागि त्यहाँ पुगेका रहेछन्। तीमध्ये सगेन्द्र श्रेष्ठ कोल्यावरेटिभ स्कुल नेटवर्कका को-डिरेक्टर हुन्। उनको घर ललितपुरको महालक्ष्मी नगरपालिका- ८ मा पर्छ। अर्का प्रशान्त ज्ञवाली उनका साथी हुन्।

खोटाङ विकट पहाडी जिल्ला हो, जहाँ केही स्थानमा मोटरबाटो पुगिसके पनि कच्ची भएकाले ठूला सवारी साधन गाउँगाउँमा पुग्दैनन्। मुख्य बजार क्षेत्रमा मात्र सवारी साधन चल्छन्।

गाउँमा सविधायुक्त अस्पताल छैनन्। उपस्वस्थ्यचौकी पुग्न पनि घण्टौं हिँड्नुपर्छ। खोटाङका ग्रामीण भेगमा अझै पनि बिरामी बोकेरै अस्पताल पुर्‍याउनुपर्ने अवस्था छ। अस्पताल टाढा भएकाले बाटोमै बच्चा जन्मिने र प्रसव व्यथाले च्याप्दा पनि गर्भवतीलाई तीन/चार दिनसम्म घरमै बस्नुपर्ने बाध्यता छ। 

‘हलेसी नगरपालिका भित्रको अवस्था त यस्तो छ भने गाउँपालिकाहरुको अवस्था के होला?,' सुस्मा राई प्रश्न गर्छिन्, 'हाम्रो जिल्लाका नेताहरु केही गर्दैनन्। चुनाव आएपछि भोट माग्न आउँछन्। जितेपछि काठमाडौंमा बस्छन्। गाउँको अवस्था यस्तो छ। एउटा एम्बुलेन्स लैजान मिल्ने बाटो छैन। कसले गर्ने हो।’

उनको सुझाव छ, ‘मैले त पीडा भोग्नु पर्‍यो। अब आउने दिनमा अरुले यस्तो पीडा भोग्नु नपरोस्। मेरो गाउँमा ठूलो बाटो बने हुन्थ्यो।'

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्