• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
राहदानी बनाउन सास्ती उस्तै, महिनौं लाग्ने भएपछि काठमाडौंमा मजदुरी गर्छन् सेवाग्राही
64x64
कल्पना घिमिरे बुधबार, पुस १३, २०७९  १८:५०
1140x725

काठमाडौं– रोल्पाका खर्कबहादुर बुढा राहदानी नवीकरण गर्न मंसिर ३ गते काठमाडौं आए। राहदानी विभागले अनलाइन फर्म भर्ने र अनलाइनबाटै अपोइनमेन्ट लिने व्यवस्था गरेपछि उनले साइबर गएर फर्म भर्नुपर्ने अवस्था आयो।

खर्कका साथीको साइबर थियो। साथीले ६ सय रूपैयाँ लिएर फर्म भरिदिए। फर्म त भरे तर पासपोर्ट बनाउने पालो आउन एक महिना लाग्ने भयो।

‘एक महिनासम्म पासपोर्ट नआउने भएपछि के गरेर काठमाडौं बस्ने भन्ने भयो। त्यसपछि मैले यो अवधिमा केही काम गर्नुपर्छ भन्ने सोचें, ‘खर्कले भने, ‘मेरा साथीहरु कालीमाटी तरकारी बजारमा काम गर्थे। उनीहरुले मलाई पनि त्यहीँ काम गर्ने सल्लाह दिए। अनि भोलिपल्टदेखि नै कालीमाटी तरकारी बजारमा काम गर्न थालें।’

321655368_685616413114641_4738995825189183550_n1672228951.jpg

उनी साथीसँगै रातिको १२/१ बजेदेखि कालीमाटी बजारमा तरकारी लोड-अनलोड गर्न थाले। यसरी नै उनले एक महिना बिताए। त्यहाँ काम गर्दा दैनिक २५ सयादेखि ३५ सयसम्म कमाइ भएको खर्कबहादुर बताउँछन्।

‘पहिला तरकारी पसलेसँग नजिक हुन सक्नुपर्ने रहेछ। काम त जति पनि पाइने रहेछ। चिनजान भएपछि काम दिँदा रहेछन्,’ उनले भने।

पासपोर्ट बनाउन उनी गत शुक्रबार विभाग पुगेका थिए। त्यो दिन सबै प्रक्रिया पूरा गरेर फर्किएका उनी बुधबार बिहान सात बजे पासपोर्ट लिन विभाग पुगे।

‘पासपोर्ट बने/नबनेको आज म्यासेज आउँछ भनेको छ। त्यही भएर म आएको। आउँछ होला। सबै काम भइसकेको छ,’ उनले सुनाए।

पासपोर्ट लिए पनि आफू कुन देश जाने भन्ने टुङ्गो लागिनसकेको खर्कबहादुरले बताए। यसअघि उनी कतार गएका थिए। कतारमा तीन वर्ष काम गरेपछि स्वदेश फर्किएका थिए।

कोहलपुरका धनबहादुर बिष्ट पनि २० दिन अगाडि पासपोर्ट बनाउन काठमाडौं आए। पटक–पटक राहदानी विभागमा गएर लाइन बसे तर २०औं दिनसम्म पनि राहदानी पाउन नसकेको उनले बताए।

321997109_2484319715064404_5705972865338086205_n1672228952.jpg

वैदेशिक रोजगारीका लागि २ पटक मलेसिया गइसकेका धनबहादुर भन्छन्, ‘पहिलाको पासपोर्ट कहाँ हरायो–हरायो। मेरो कलिङ भिसा झरिसकेको छ। पासपोर्ट बनेको भए म हिजोतिर गइसक्नुपर्ने हो। पासपोर्ट नबनेर अड्किएँ। पहिला १२ हजार तिरेपछि २ दिनमा बनेको पासपोर्ट अहिले २२ हजार बुझाइसक्दा अझै दुई दिन लाग्छ भनेको छ,’ उनले भने।

कहिले सार्वजनिक बिदा कहिले के भएर आफ्नो राहदानी बन्न निकै लामो समय लागेको उनले बताए। ‘यहाँ लाइन बस्दाबस्दै विभागका कर्मचारीको छुट्टी हुने बेला हुन्छ। दिनभरि लाइन बसेर खाली हात फर्किनु परेको छ। यो २० दिन भित्रमा मेरो ६० देखि ७० हजार रूपैयाँ खर्च भइसक्यो। यो अनलाइनबाट फारम भर्ने सिम्टमले हामी गरिबलाई साह्रो दुःख दिएको छ। पहिला २ दिनमा काम सकिन्थ्यो। अहिले महिनौं लाग्ने भयो,’ उनले भने।

कालीकोटका लालुप्रसाद अधिकारीको पीडा पनि उस्तै छ। उनी पासपोर्ट बनाउन विभाग धाउन थालेको १२ दिन बितिसकेको छ। उनले पनि पासपोर्ट बनाउनका लागि डेट लिन साइबरमा फारम भर्दा ५ हजार बुझाएका थिए।

पहिलो पटक पासपोर्ट बनाउन आएका उनी ३ दिनमा बनिसक्नुपर्ने ७ दिनसम्म नबन्दा चिन्तित थिए। उनीसँगै लाइनमा बसेर फोटो खिचेका एक व्यक्तिले कर्मचारीसँग भनसुन गरेर ३ दिनमै पासपोर्ट लिएर गएको लालुप्रसादले बताए।

‘यहाँ भन्सुन गरेर छिटो काम गराउने पनि रहेछन्। त्यही कारणले ढिला भएको हो कि,’ उनले गुनासो पोखे, ‘बरु जिल्ला सदरमुकाम गएर बनाएको भए यति समय र पैसा खर्च हुने थिएन। भोलि म्यासेज आउँछ अनि विभाग आउनु भनेको छ,’ उनले भने।

321413257_756104149201181_3389774912862417917_n1672228951.jpg

त्यस्तै पोखराकी संगीता गुरुङ वैदेशिक रोजगारीका लागि ब्रुनाई जान पासपोर्ट बनाउन काठमाडौं आएकी हुन्। उनले आफू राहदानी लिन विभाग धाउन थालेको १५ दिन बितेको बताइन्। उनले पोखराकै साइबरमा गएर अनलाइन फारम भरेर पासपोर्ट लिने डेट पाएकी थिइन्। त्यस साइबरले उनलाई ४ हजार रूपैयाँ लिएको बताइन्।

उक्त साइबरले उनलाई ४ दिनमा पासपोर्ट बनाउन काठमाडौं जान भनेको थियो। फारम भरेको ३ दिनपछि उनी काठमाडौं आइन्। अर्को दिन विभाग गइन्। दिनभरि लाइन बसिन्। तर पालो आएन। उनी यत्तिकै ३ दिनसम्म धाइरहिन्। फारम भर्दा प्रक्रिया पूरा नगरेको भनेर पुनः फारम भर्न भनियो। त्यसपछि पोखरा फर्किइन्। र, फेरि फारम भरेर काठमाडौं आइन्।

‘अब आज बल्ल फोटो खिच्ने पालो आएको छ। म्यासेज आएपछि आउनु भनेको छ। लामो समय लाग्ने रहेछ, यहाँ छिटो बन्छ भनेर आएकी तर सोचेजस्तो भएन,’ उनले भनिन्।

राहदानी विभागले पछिल्लो समय अनलाइनबाटै पासपोर्ट लिनका लागि फारम भर्ने र अपोइनमेन्टका लागि समय लिने व्यवस्था गरेको छ। तर सेवाग्राही भने सास्ती पाइरहेका छन्।

टोकन लिएर पासपोर्ट लिने व्यवस्थालाई हटाएसँगै सुरु भएको ई-पासपोर्टको व्यवस्थाका लागि भने सेवाग्राहीहरु थप पीडित भइरहेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले राहदानी र सवारी चालक अनुमतिपत्र लिनेजस्ता कार्यालयमा देखिएका भीड हट्ने गरी सेवा प्रवाहमा सुधार गर्ने निर्णय गरेका छन्। तर यो निर्णय कहिलेदेखि कार्यान्वयन हुने भन्ने अन्योल कायमै छ।

राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले कुनै साइबरले सेवाको नाममा सेवाग्राहीसँग बढी रकम असुलेको पाइएमा कारबाही गरिने बताए।

‘नयाँ पासपोर्ट बनाउन लाग्ने राजस्व भनेको १२ हजार रूपैयाँ हो। पहिलाको पासपोर्ट हरायो, बिग्रियो, नवीकरण गर्न पर्‍यो भने त्यसको राजस्व १७ हजार रूपैयाँ हो। यो भन्दा बढी विभागले लिँदैन,' उनले भने, 'यदि कुनै साइबरले सेवावापत नोमिनल चार्ज लिनु स्वभाविक हो। तर फारम भर्ने बाहनामा बार्गेनिङ गरेर ठूलो रकम असुली गरेको छ भने त्यो साइबरको नामसहित नेपाल प्रहरीमा उजुरी दिन सबैमा आग्रह गरेका छौँ।'

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका हुन् । मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच... मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब गभर्नर पौडेलले निरन्तर काम गर्न पाउने भएका छन् ।  यद्यपि गभर्नर नियुक्तिविरुद्धका रि... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्