• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ओलीले सोमबार चालेका दुई ‘मुभ’, जसले प्रचण्ड र देउवालाई पुन: नजिक ल्यायो
64x64
नवीन झा मंगलबार, पुस २६, २०७९  १९:५०
1140x725

काठमाडौं– १५ दिन अगाडि कांग्रेस सभापति शेरबहादुर देउवासँग असहमति राख्दै एमाले अध्यक्ष केपी शर्मा ओली निवासतिर लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार साँझ पुनः देउवातिर सोझिए। यो १५ दिनमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् भने देउवा सत्ताबाहिर पुगेका छन्। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस सत्ता बाहिर हुन पुगेकोमा देउवाले आलोचना खेपिरहेका छन्। यसैबीच, विगत दुई वर्षदेखि सत्ताबाहिर रहेको एमाले सत्ताकै प्रमुख साझेदार बन्न पुगेको छ।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड एकाएक कांग्रेस सभापति देउवा निवास धुम्बाराहीतिर लागेपछि चर्चा पाउन स्वाभाविक थियो। त्यहीमाथि उनले आफ्ना लागि विश्वासको मत मागेको र देउवाले समर्थन जनाएको समाचारले थप चर्चा पायो। पार्टीभित्र असन्तुष्टि हुँदाहुँदै देउवाले विश्वासको मत दिने सहमति जनाएका थिए। मंगलबार बिहानको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय दलको बैठकबाट कांग्रेसले औपचारिक रुपमै विश्वासको मत दिने निर्णय लिएको थियो।

Sher-bahadur-deuba-pushpakamal-dahal-prachanda1673272768.jpg

कांग्रेसको निर्णयमा पार्टीभित्रै असहमति व्यक्त भएका छन्। तर, देउवा प्रधानमन्त्री प्रचण्डकै पक्षमा उभिएका छन्। देउवाको यो निर्णयले संसद् प्रतिपक्षीविहीन बन्न पुगेको छ। जानकारहरुले कांग्रेसको निर्णयलाई अस्वाभाविक रुपमा लिएका छन्। तर, प्रचण्ड र देउवालाई पुनः निकट बनेको परिप्रेक्ष्यमा सोमबारका दुई घटनाक्रमलाई केलाउन वाञ्छनीय हुन्छ।

सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्रीसहित अन्य सबै दलहरुका शीर्ष नेताहरुले शुभकामना मन्तव्य दिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफू प्रधानमन्त्री हुँदा गरेको दुई पटकको प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि गर्ने प्रयत्न गरे। उनले प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन पनि नभएको दोहोर्‍याए।

ओलीको उक्त अभिव्यक्तिले प्रधानमन्त्री प्रचण्डलाई अहसजिलो बनाएको सहजै बुझ्न सकिन्छ। किनकि, ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनको नेतृत्व उनैले गरेका थिए। र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाएर प्रतिनिधि सभाको पूर्ण कार्यकाल सुनिश्चित गराएका थिए।

संसद बैठकपछि प्रधानमन्त्री प्रचण्डलाई प्रत्रकारहरुले ओलीकै अभिव्यक्तिका सन्दर्भमा प्रश्न तेर्स्याएका थिए। तर उनले कुनै प्रतिक्रिया जनाएनन्। मौन रहेरै बाहिरिए। परिस्थिति यस्तो छ, प्रचण्डलाई ओलीका बारेका आलोचनात्मक टिप्पणी गर्न अप्ठ्यारो छ। किनकि, ओलीकै आडभरोसामा उनलाई सत्ता प्राप्त भएको छ।

कांग्रेस महामन्त्री गगन थापाले त सोमबार नै संसद् भवन परिसरमा ओलीको अभिव्यक्ति नै प्रचण्डसँग विग्रहको कारक बन्न सक्ने आशंका व्यक्त गरेका थिए। प्रचण्डले पनि सो परिस्थितिलाई आकलन गरेरै देउवासँग पुग्न उत्प्रेरित भएको हुनसक्छ।

साथै, सोमबार नै एमाले अध्यक्ष ओलीले अर्को व्यवहार देखाए। जसको खासै चर्चा भएन, तर सांकेतिक थियो। सोमबार साँझ सतारुढ दलहरुले नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरे। त्यस कार्यक्रममा एमाले अध्यक्ष ओली मुख्य र बीचको कुर्सीमा बसेका थिए, प्रधानमन्त्री प्रचण्ड भने छेउमा। यसले कुनै न कुनै रुपमा प्रचण्डमाथि ओलीको ‘प्रभुत्व’ पुष्टि गर्थ्यो।

Prachanda_Oli1673343607.jpg

हुन त ओली सत्तारुढ दलहरुको समन्वय समितिका संयोजक हुन्। त्यसैले उनलाई बीचमा राखिनु सान्दर्भिक हो भन्ने तर्क गर्न सकिएला। तर, तत्कालीन नेकपामा ओली  र प्रचण्डमा विग्रह उत्पन्न हुनुमा अन्य कैयौँ कारण जस्तै कुर्सीको ‘पोजिसन’को पनि भूमिका थियो।

आफूमाथि ओलीको दबदबालाई सुरुमै ‘साइज’मा ल्याउने एउटा प्रयत्नस्वरुप प्रचण्डले देउवासँग संवाद बढाएका हुन सक्छन्।

त्यसो त, यी सबै घटनाक्रममा कांग्रेस र देउवाको आफ्नै रणनीति देखिन्छ। ऊ एमाले र माओवादीलाई अलग राख्ने रणनीतिमा देखिन्छ। तत्कालमा विभिन्न पदहरुमा हुने भागबण्डा र भविष्यमा सत्ता सम्भावना समेत त्यसमा जोडिन्छन्।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्