• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
देउवाको अलमलले कांग्रेसलाई सधैँ क्षति
64x64
नवीन झा बुधबार, पुस २७, २०७९  १८:५५
1140x725

काठमाडौं- मंगलबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार साँझसम्म अलमलमा थिए। देउवाको ‘कोर टिम’मा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे रणनीति बनाउन केही दिनअघिदेखि नै बहस चलिरहेको थियो। तर, भने देउवा अलमलमै थिए।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न पुगेका थिए। केहीबेर एक्लै कुराकानी गरेपछि उनले संवादमा पार्टीका उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलालाई पनि जोडे। त्यसपछि मात्रै देउवा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेतर्फ अग्रसर भएका थिए।

मंगलबार त उनी विश्वासको मत दिन दृढ भइसकेका थिए। त्यसैबारे निर्णय गर्न उनले मंगलबार बिहान पदाधिकारीहरूसँग छलफल गरे, केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाए, संसदीय दलको बैठक बोलाए। कांग्रेसको निर्णय आइनसकेकैले प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म सरेको थियो। अन्तिममा देउवाले पार्टीभित्र लिखित फरक मतका बाबजुद विश्वासको मत दिने पक्षमै निर्णय गराए।

पुस ३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गर्नका लागि पुस १० गते बेलुका ५ बजेसम्मको समय दिएकी थिइन्। त्यतिञ्जेल प्रधानमन्त्री नै रहेका देउवा तत्कालीन सत्ता गठबन्धनबाटै पुनः प्रधानमन्त्री बन्ने आकलन राजनीतिक वृत्तमा थियो। जबकि, सुरुआतमै प्रधानमन्त्री बन्ने आकांक्षाका साथ प्रचण्डले भने एमालेसँग समानान्तर संवादमा गरिरहेका थिए। तर, देउवाले कुनै वैकल्पिक रणनीति बनाएको, परिस्थितिलाई सही रुपमा बुझेको र तत्कालीन सत्ता गठबन्धनमै पनि गम्भीर छलफल गरेको देखिएन।

उनले सुरुमा कांग्रेसको संसदीय दलको निर्वाचनको नाममा छलफलहरू टारे भने पछि पनि संवादमा गम्भीर देखिएनन्। १० गतेको समयसीमाको पूर्वसन्ध्यामा बल्ल सत्ता गठबन्धनमा नयाँ सरकारबारे गम्भीर रुपमा छलफल भएको थियो। त्यसपछि लागातार छलफल चले पनि देउवा १० गते दिउँसोसम्म प्रचण्डलाई प्रधानमन्त्री दिने कि नदिने भनेर अलमलमै थिए।

पुस १० गते दिउँसो प्रचण्ड बालुवाटारको बैठकबाट बाहिरिन लाग्दा पनि देउवा गम्भीर भएनन्। प्रचण्डले एमाले लगायतका दलसँग सहमति गरिसकेपछि बल्ल नेताहरूलाई भन्न थाले- प्रचण्डलाई फिर्ता ल्याउनुस्, पहिलो चरणमै प्रधानमन्त्रीमा स्वीकार गर्छु। तर, समय बितिसकेको थियो। केहीबेरमा त प्रचण्ड नै प्रधानमन्त्री नियुक्त भइसकेका थिए। कांग्रेसले सत्ता साझेदार हुँदा प्राप्त हुने ठूलो लाभांश गुमाइसकेको थियो।

पछिल्ला यी दुई राजनीतिक घटनाक्रमलाई केलाउँदा देउवा राजनीतिक निर्णय गर्दा सधैँ अलमलिने र अन्तिममा आएर हतारहतार निर्णय गर्ने गरेको देखिन्छ। जसका कारण देउवाले व्यक्तिगत र कांग्रेसले पनि क्षति बेहोर्ने गरेको छ।

तर, कांग्रेस प्रवक्ता प्रकाशशरण महत पछिल्लो राजनीतिक घटनाक्रममा सभापति देउवाको निर्णयमा अलमल भयो वा समयमा भएन भन्न नमिल्ने दाबी गर्छन्। महतले राजनीतिक घटनाक्रम छिटोछिटो विकास हुने भएकाले अन्तिममा आएर परिपक्व निर्णय लिने काम ठीक भएको बताए।

प्रवक्ता महतले यस्तो बताए पनि कांग्रेस सभापति भएको पछिल्लो सात वर्षमा देउवाको त्यस किसिमको शैली बारम्बार प्रकट हुने गरेको छ। राष्ट्रिय राजनीतिदेखि पार्टी राजनीतिसम्ममा उनले सधैँ अलमलमा बसेर अन्तिममा आफू अनुकूल निर्णय गरेको देखिन्छ।

२०७२ मा कांग्रेसको सभापतिमा जितेपछि देउवाले पार्टीका तर्फबाट राष्ट्रिय राजनीति र पार्टी राजनीतिका सन्दर्भमा निर्णय लिने मुख्य जिम्मेवारी पाएका थिए। तर, उनले आफ्ना सन्दर्भमा समयमै निर्णय लिन नसक्ने छवि स्थापित गरेका छन्।

२०७२ मा पार्टी सभापति भएलगत्तै एमाले र माओवादीको तत्कालीन गठबन्धन तोडेर देउवाले माओवादीसँग सहकार्य गरे। तर, २०७४ को आम निर्वाचनअगाडि माओवादीसँगको सहकार्यबारे समयमै ठोस निर्णय नलिँदा एमाले र माओवादी केन्द्रको गठबन्धन बनेको थियो। उनीहरूको गठबन्धनले कांग्रेसलाई निर्वाचनमा कमजोर अवस्थामा पुर्‍याइदियो।

निर्वाचनपछि त्यसको समीक्षालाई उनले अलमल गरिरहे। मंसिरमा सकिएको निर्वाचनको समीक्षाका लागि देउवाले चैतमा मात्रै बैठक बोलाए। बैठकलाई डेढ महिनाभन्दा बढी तन्काएर उनले सबैलाई गलाए र त्यही मौकामा आफू अनुकूल पार्टी पदाधिकारी चयन गरे। पार्टीमा त्यतिबेला एकदमै जोडतोडले उठेको महासमिति भेलालाई पनि धकेले।

पार्टी महाधिवेशका सन्दर्भमा त देउवाले रेकर्ड नै राखे। १४औँ महाधिवेशनलाई ६ पटकसम्म सारेका देउवाले अन्ततः गत वर्ष मंसिर-पुसमा सम्पन्न गराए। जबकि, सो महाधिवेशन २०७६ मै भइसक्नुपर्थ्यो।

१४औँ महाधिवेशनपछि दोस्रो कार्यकाल सुरु गरेको देउवाले आफ्नो अलमल शैलीलाई छाडेका छैनन्। महाधिवेशन अघि होस् वा पछि, देउवाको शैली निरन्तर छ।

२०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको घटना होस् वा तत्कालीन प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग होस्, दुवै प्रकरणमा देउवा लामो समय अलमलमै बसे। संसद् विघटनपछि आफ्नै पार्टीका युवा नेताहरू सडक प्रदर्शनमा सहभागी भइरहँदा देउवा मौन बसे र निर्वाचनमा जाने संकेत गरे। पछि प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवसहितका नेताहरूले प्रधानमन्त्रीको अफर गरेपछि मात्रै देउवा तातिए। त्यसपछि बल्ल राजनीतिले नयाँ कोर्स लिँदै अगाडि बढ्यो। परिणामतः देउवा पाँचौँपटक प्रधानमन्त्री बने।

देउवा प्रधानमन्त्री बनेलगत्तै तात्कालीन प्रधानन्यायाधीश राणाका विवाद सार्वजनिक हुन थालेका थिए। र, उनलाई महाभियोग लगाउन चौतर्फी आवाज उठ्यो। तर, देउवा कुनै ठोस कदम चाल्नेतिर नलागि अलमलमै रहे। अति दबाब पर्न थालेपछि मात्रै देउवाले सत्ता गठबन्धनमार्फत् महाभियोग अगाडि सारे। तर, उक्त महाभियोगलाई प्रक्रियामा लगिएन। त्यतिकै थन्काइयो।

गत मंसिर ४ को निर्वाचन परिणामपछि पुनः राणाविरुद्धको महाभियोग प्रस्ताव निस्क्रिय भएको समाचार आएपछि देउवा नेतृत्वको गठबन्धन झस्किएको थियो। त्यसमा पनि सर्वोच्चले नै अग्रसरता लिएपछि राणाको पुनः सर्वोच्च हाजिर हुने सम्भावना टरेको थियो।

यसरी हेर्दा, कांग्रेस सभापति देउवामा जहिले पनि अनिर्णयको बन्दी रहने प्रवृत्ति देखिन्छ। राजनीतिक विश्लेषक जुगल भुर्तेलले देउवाले जहिले पनि आफ्नो निहित स्वार्थ हेरर पार्टीलाई अनिर्णयको बन्दी बनाउने गरेको बताउछन्।

‘आफूलाई फाइदा र घाटा हेरेर निर्णय गर्ने गरेको देखिन्छ’, उनी भन्छन्, ‘ठोस निर्णय गर्दा कहिले आफू तल परेर पनि पार्टी र विचार जित्छ तर यहाँ सबै कुरा आफ्नो फाइदा र घाटासँग जोडिएर निर्णय गर्ने गरेको देखियो।’

भुर्तेलले अघिल्लो पुस्ताको कुनै नेतामा प्रष्टता नदेखिएको पनि दाबी गरे। सभापति देउवादेखि नेता रामचन्द्र पौडेल हुँदै शेखर कोइरालासम्ममा त्यही प्रवृत्ति रहेको भुर्तेलको भनाइ छ। उनले गत संसदीय दलको निर्वाचनबाट कांग्रेसमा सुरु भएको ध्रुवीकरणलाई सचेततापूर्वक उठाउनुपर्ने देखियो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता प्रदीप पौडेलको मोर्चाबन्दी अब पार्टीमा थप प्रष्ट भएर अघि आउनुपर्ने बेला भइसकेको पनि भुर्तेलको भनाइ छ। 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १८:५५
  • #शेरबहादुर_देउवा
  • #नेपाली_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
झलनाथ खनाल चीन भ्रमणमा जाँदै चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आयोजित विश्व सभ्यता संवादमा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने दिउँसो १ बजे सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए। सोमबार, असार २३, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्स... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
झलनाथ खनाल चीन भ्रमणमा जाँदै सोमबार, असार २३, २०८२
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने सोमबार, असार २३, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची सोमबार, असार २३, २०८२
श्रम मन्त्रालयको गाडी दुरुपयोगपछि एक साताभित्र सवारी विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सर्कुलर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्