• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
नेपालमा ज्यान जाने गरी भएका १०४ हवाई दुर्घटना: १९५५ देखि २०२३ सम्म
64x64
सुरेन्द्र बजगाईं आइतबार, माघ १, २०७९  २१:२५
1140x725
आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनापछि जारी उद्धार कार्य (तस्बिर: रासस)

काठमाडौं– काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान आइतबार १० बजेर ५४ मिनेटमा पोखरामा दुर्घटनामा पर्‍यो। नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको ‘उड्डयन सुरक्षा प्रतिवेदन (एभिएसन सेफ्टी रिपोर्ट)– २०२२’ का अनुसार सन् २००० देखि २०२२ को मे महिनासम्म नेपालमा ३२ वटा विमान दुर्घटना भएका छन्।

पोखरामा आइतबार भएको दुर्घटना नेपालमा पछिल्लो २३ वर्षमा भएको ३३औं दुर्घटना हो। ९एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको यती एयरलाइन्सले जनाएको छ।

विमान दुर्घटनामा पर्नेहरुको उद्धार कार्य जारी छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्तिमार्फत् गराएको जानकारी अनुसार मृतकको संख्या ६९ पुगेको छ। आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त विमान उडान भरेको २२ मिनेटमै दुर्घटनामा परेको हो।

यो पनि पढ्नुहोस

दुई देशले चलाएपछि नेपाल भित्रिएको थियो दुर्घटना भएको यतीको विमान

पोखरा विमानस्थलमा अवतरणको लागि अनुमति पाएको र अवतरणको क्रममा रहेको सो विमान सेती नदीको खोँचमा खसेको थियो। विमानमा ७२ जना सवार थिए। जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए। 

यात्रुहरुमा ५३ जना नेपाली थिए। बाँकी विदेशी थिए। विदेशी यात्रुहरुमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियाका १ जना, अर्जेन्टिनाका १ जना, फ्रान्सका १ जना थिए। जसमा महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए।

दुर्घटना हुनुअघि उक्त विमान आकाशमा असहज अवस्थामा उडेको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनास्थल नजिकै घर भएका प्रत्यक्षदर्शी बबरजङ्ग गुरुङले प्लेन हेर्दा हेर्दै अर्कोतिर फर्केर उठेको आफूहरुले देखेको बताए।
 
‘हामी छतमा घाम ताप्दै थियौं, हेर्दा–हेर्दै प्लेन फर्केको देखियो। अलि पर पुग्दा प्लेन भिरमा ठोक्कियो अनि पड्क्यो,’ उनले भने,  ‘हाम्रो घर नजिकै सेती नदीको खोँचको डाँडामा पुगेर प्लेन दुर्घनामा पर्‍यो।’

यो पनि पढ्नुहोस

विमान दुर्घटनामा पाइलट श्रीमान्‌ गुमाएपछि पाइलट बनेकी अञ्जु: जो आफू पनि विमान दुर्घटनामा परिन्

‘दुर्घटनाअघि विमान सम्पर्कमा थियो’ 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानले ‘ल्याल्डिङ क्लियरेन्स’ लिइसकेको थियो। र, पाइलटले कुनै समस्या भएको जानकारी गराएका थिएनन्।

‘पाइलटले विमानमा कुनै समस्या रहेकोबारे पोखरामा एयर ट्राफिक कन्ट्रोलरलाई केही बताएका थिएनन्,’ प्रमुख ठाकुरले भने, ‘के कारणले विमान सेती खोँचमा खस्यो भन्न सकिएन ।’

Ncell 2
Ncell 2

पोखराको मौसममा पनि कुनै समस्या थिएन। विमान सेती खोंचमा पुग्दासम्म टावरको सम्पर्कमै थियो। विमान सम्पर्कमा रहँदारहँदै ल्यान्डिङ एप्रोच लिने समयमा दुर्घटनामा परेको देखिएको छ।

दुई देशमा चलाएपछि नेपाल भित्रिएको थियो विमान
पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान दुई देशमा चलाइसकेपछि नेपाल भित्रिएको पाइएको छ। दुर्घटना भएको यतीको ९एन–एएनसी एटीआर–७२ विमान यसअघि भारत र थाईल्याण्डमा चलाइएको पाइएको छ।

यो विमान सन् २००७ मा भारतको किङफिसर एअरलाइन्सले चलाएको थियो। त्यसपछि सन् २०१३ देखि थाईल्याण्डको नोक एअरलाइन्सले चलाएको पाइएको छ। सन् २०१९ अप्रिलदेखि भने यो विमान यती एयरलाइन्सले चलाउँदै आएको थियो।

यती एयरको सबैभन्दा ठूलो दुर्घटना 
आइतबार बिहान भएको दुर्घटना यती एयरलाइन्सको २५ वर्षे इतिहासमा सबैभन्दा ठूलो दुर्घटना हो। यद्यपि यो यती एयरको चौथो दुर्घटना हो।

उक्त एयरलाइन्सको पहिलो दुर्घटना सन् २००१ तिलिङ्टारमो डी एचसी ६/३०० जहाज दुर्घटना भएको थियो। 

त्यसको ३ वर्षपछि अर्थात् सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना हुँदा ३ जनाले ज्यान गुमाएका थिए। यस्तै सन् २००६ मा जुम्लामा यती एयरको दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए। 

सन् २००६ मै यती एयरलाइसको विमान लुक्लामा दुर्घटना हुदा १९ जनाले ज्यान गुमाएका थिए। त्यही वर्ष यती डीएचसी ६/३१० विमान बाजुरा एयरपोर्टमा दुर्घटना भएको थियो।

आइतबार भएको यती एयरको विमान दुर्घटनामा आन्तरिक तर्फ अहिले सम्मकै धेरै मानवीय क्षति भएको पनि उड्डयन क्षेत्रका जानकारहरुले बताएका छन्।  यो दुर्घटना नेपालको हवाई इतिहासको १०८औं हवाई दुर्घटना हो। 

कहिले–कहिले भए नेपालमा हवाई दुर्घटना?
नेपालमा पहिलो हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए। यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका २ विमान दुर्घटना भएका थिए। 

Plane_Crash_Detail_Table1673797947.jpg

यस्तै, ५ नोभेम्बर १९६० मा भैरहवामा नेपाल वायुसेवा निगमको मल्टी इन्जिन विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो। नेपालमा भएको सबैभन्दा ठूलो दुर्घटना ललितपुरमा भएको थियो। २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना हुदा १७६ जनाको ज्यान गएको थियो। नेपालमा अर्को ठूलो हवाई दुर्घटना नुवाकोटको घ्याङफेदीमा ३१ जुलाई १९९२ मा भएको थियो। उक्त दुर्घटनामा ११३ जनाले ज्यान गुमाएका थिए।

यस्तो छ अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटनाको इतिहास 
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए। यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका २ विमान दुर्घटना भएका थिए। ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो। 

यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो। सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा १५७ जनाले ज्यान गुमाएका थिए। 

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा हुँदा ५ जनाले ज्यान गुमाएका थिए। सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा पर्‍यो। उक्त दुर्घटनामा मानवीय क्षति भएन।

१७ हेलिकोप्टर दुर्घटनामा ८५ यात्रुको मृत्यु
नेपालमा अहिलेसम्म यात्रुको ज्यान जाने गरी १७ वटा हेलिकोप्टर दुर्घटना भएका छन्। नेपालमा भएको हेलिकप्टर दुर्घटनामा हालसम्म ८५ जनाले ज्यान गुमाएका छन्। 

नेपालमा सबैभन्दा ठुलो हेली दुर्घटना ताप्लेजुङको घुन्सामा भएको थियो। सन २००६ मा भएको श्री एयरलाइन्सको उक्त दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो। 

फिस्टेल एयरको हेलिकोप्टर ८ ठाउँमा दुर्घटनामा परेको छ । अधिकांश हेलिकोप्टर दुर्घटना पहाड र हिमाली भेगमा भएको देखिन्छ। सबैभन्दा पहिले २७ डिसेम्बर १९७९ मा उच्च पदस्त व्यक्ति (भीभीआईपी) चढेको हेलिकोप्टर लाङटाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो।

के हुन् हवाई दुर्घटनाका कारण?
नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०१८ देखि २०२२ सम्मको ‘नेपाल उड्डयन सुरक्षा योजना’ मा नेपालमा हवाई उडानमा सुरक्षाको जोखिम विभिन्न ६ कारणले हुने उल्लेख गरिएको छ।

विश्वव्यापी उड्डयन सुरक्षा योजना (जीएएसपी) र क्षेत्रीय उड्डयन सुरक्षा योजना (आरएएसपी)को अनुरुप विकास गरिएको यो योजनामा नेपालमा हवाई दुर्घटना हुने प्रमुख कारणहरु भौगोलिक अवस्था, उडानका क्रममा जहाज अनियन्त्रित हुनु, मिड एयर कोलिजन, मानवीय त्रुटीलगायतका कारणहरु औंल्याइएको छ। 

प्राधिकारणको २०२२ को सुरक्षा प्रतिवेदनअनुसार सन् २०२१ मा नेपालको हवाई क्षेत्रमा देखिएका ९८६ जोखिमहरुमध्ये ४३ प्रतिशत संगठनको कारण भएको उल्लेख गरिएको थियो। 

त्यस्तै, २० प्रतिशत जोखिम प्राविधिक, १८ प्रतिशत वातावरणीय कारण, ८ प्रतिशत मानवीय कारण र ११ प्रतिशत अन्य कारणले गर्दा जोखिम देखिएको प्रतिवेदनमा उल्लेख छ।

यीमध्ये ७ प्रतिशत जोखिमहरु उच्च किसिमका रहेका छन् भने ६४ प्रतिशत न्यून किसिमका र २९ प्रतिशत मध्यम किसिमको रहेको प्रतिवेदनमा उल्लेख छ।

यो पनि पढ्नुहोस

पोखरा विमान दुर्घटना : नेपालको आन्तरिक हवाई सेवामा सबैभन्दा ठूलो क्षति 


 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  २१:२५
  • #विमान दुर्घटना
  • #यती एयर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
चितवनलाई  पर्यटकीय राजधानी घोषणा गर्न माग जिल्ला समन्वय समितिको अगुवाईमा यहाँका सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी वनाउन आग्रह गरेका हुन्। बुधबार, जेठ ७, २०८२
एकै परिवारका छ जनाले गरे मकालु हिमालको आरोहण विश्व कीर्तिमानका लागि मकालु २ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही... बुधबार, जेठ ७, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणक... मंगलबार, जेठ ६, २०८२
ताजा समाचारसबै
हाजिरी जमानीमा छुटे प्रमुख अध्यागमन अधिकृत भट्टराई बुधबार, जेठ ७, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
सेनेगलले सबै विदेशी सैनिकहरुलाई हटाउँदै बुधबार, जेठ ७, २०८२
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्