• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
जसपा र एकीकृत समाजवादीबीच एकीकरणका लागि औपचारिक छलफल सुरु
64x64
नवीन झा सोमबार, माघ २, २०७९  ०७:००
1140x725

काठमाडौं– जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच एकीकरणका लागि औपचारिक छलफल प्रारम्भ भएको छ। मंसिर ४ को निर्वाचनपछि नै दुई पार्टीका नेताहरुबीच एकीकरणका लागि अनौपचारिक छलफल चलिरहेको भए पनि पछिल्लो समय औपचारिक छलफल पनि भइरहेको हो।

केही दिनअघि दुवै पार्टीले एकीकरणको संवाद अघि बढाउन वार्ता समितिहरु गठन गरेका थिए। एकीकृत समाजवादीले महासचिव बेदुराम भुसालको नेतृत्वमा र जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति बनाएका थिए। यी दुवै वार्ता समितिबीच पहिलो पटक गत शुक्रबार सिंहदरवारमा चार घण्टा लामो छलफल भएको थियो। छलफल अहिले प्रारम्भिक स्तरमै रहेको र एकीकरणको सम्भावना पहिल्याउने काम भएको दुवै पार्टीले जनाएका छन्।

निर्वाचनमा जसपाले १२ सिट जितेको छ। अर्कोतिर, एकीकृत समाजवादीले १० सिट ल्याएको छ। तर ऊ राष्ट्रिय पार्टी बन्न सकेको छैन। प्रदेश सभातर्फ मधेश प्रदेशमा दुवै पार्टीको अपेक्षाकृत राम्रो नतिजा आएको देखिन्छ। जसपाको नेतृत्वमा मधेस प्रदेश सरकार नै गठन भएको छ।

जसपा र एकीकृत समाजवादी गठन र सञ्चालन प्रक्रियामा फरक पृष्ठभूमि छन्। २०६३ को मधेस आन्दोलनबाट राजनीतिमा स्थापित भएको उपेन्द्र यादवले आफू नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमलाई विभिन्न पार्टीसँग एकता गर्दै जाँदा अहिलेको जसपा गठन भएको हो। त्यसैले यो पार्टीको मूल शक्ति मधेस आन्दोलनको जगतबाट सिर्जना भएको हो।

अर्कोतिर, एकीकृत समाजवादी डेढ वर्षअघि एमाले विभाजनबाट गठन भएको हो। यद्यपि, यो पार्टीमा एमालेको नेतृत्व गरिसकेका माधव नेपाल र झलनाथ खनाल समेत छन्। त्यसैले एमालेकै जस्तो सांगठनिक संरचना र उद्देश्यहरु यो पार्टीमा पनि देखिन्छ।

Ncell 2
Ncell 2

अशोक राई र राजेन्द्र श्रेष्ठ सहितका तत्कालीन एमाले नेताहरु अहिले जसपामा छन्। उनीहरु एक दशकअघिसम्म एमालेकै नेता थिए। जसपाले बनाएको वार्ता समितिमा एमाले पृष्ठभूमिकै नेताहरु राजेन्द्र श्रेष्ठको नेतृत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य भएको तीन सदस्यीय वार्ता समिति बनाएको छ। अर्को संयोग कस्तो देखिएको छ भने जसपामा रहेका एमालेका पूर्व नेताहरु तत्कालीन नेतृत्वको रुपमा माधव नेपालसँगै काम गरेकाहरु हुन्। अझ अगाडि बढ्ने हो भने, जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं कुनै बेलाका एमाले नेता हुन् र एमालेबाटै निर्वाचनमा उम्मेदवार समेत बनेका थिए। त्यसैले पनि यो एकीकरण प्रक्रिया रोचक बनेको छ।

एकीकृत समाजवादीका महासचिव तथा वार्ता समितिका संयोजक बेदुराम भुसालले जसपाको वार्ता समितिसँग पहिलो पटक पार्टी एकीकरणको विषयमा छलफल भएको नेपाल लाइभलाई बताए। ‘हामीहरुको बीचमा एकीकरणको सम्भावनाका बारेमा अहिले प्रारम्भिक छलफल भएका हो’, भुसालले भने, ‘अब फेरि बसेर एकीकरण गर्ने बाटो खोज्छौँ।’

जसपा नेता तथा उक्त पार्टीका वार्ता समिति संयोजक श्रेष्ठले एकीकृत समाजवादीसँगको छलफलमा नयाँ पार्टीको सैद्धान्तिक आधारसहित अन्य पक्षहरुमा छलफल सुरु भएको बताए। नेपाल लाइभसँग कुरा गर्दै उनले शिर्ष तहमा पनि भइरहेको अनौपचारिक कुराकानीको आधारमा आफूहरुले एउटा पार्टी बनाउँदाको सैद्धान्तिक आधारसहित नेतृत्व र संगठनको मोडलका बारेमा प्रारम्भिक छलफल गरिरहेको बताए। 

पछिल्लो केही समययता जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र 'सम्मानित नेता' झलनाथ खनालका बीचमा छलफल र संवादहरु अघि बढेको देखिन्छ।

जसपा नेता श्रेष्ठले अहिले सरकार निर्माणदेखि सभामुख चयन र राष्ट्रपति निर्वाचनसम्मको घटनाक्रमहरुले आफूहरु प्रभावित हुने भएकाले यी कामहरु सकिएपछि दुई पार्टीको एकीकरणले मुर्त रुप लिने बताए। जसपा र एकीकृत समाजवादी दुवै पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन्, जसपाले त प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा समर्थन पनि गरेको थियो। जसपाले सरकारमै सहभागी हुने गरी गृहकार्य गरिरहेको छ। तर, एकीकृत समाजवादीले भने तत्काल सरकारमा नजाने प्रष्ट पारिसकेको छ।

यी दुवै पार्टीको एकीकरणले सत्ताको राजनीतिमा तत्काल केही फरक पार्ने देखिँदैन। तर, प्रतिनिधि सभाको शक्ति संरचना भने फरक पर्नेछ। किनकि, एकीकरणपछि यो चौथो ठूलो दल हुनेछ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  ०७:००
  • #जसपा
  • #एकीकृत_समाजवादी
  • #माधव_कुमार_नेपाल
  • #उपेन्द्र_यादव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
विभिन्न चार वटा समितिका बैठक बस्दै सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हु... बिहीबार, जेठ ८, २०८२
थवाङ पुगे प्रचण्डसहित माओवादीको शीर्ष नेतृत्व रोल्पाको थवाङमा अभियान टोलीको भव्य स्वागत गरिएको थियो । स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका... बुधबार, जेठ ७, २०८२
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। बुधबार, जेठ ७, २०८२
ताजा समाचारसबै
म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहमले जित्यो युरोपा लिगको उपाधि बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै बिहीबार, जेठ ८, २०८२
आजको मौसमः देशभर आंशिक बदली, केहि भू–भागमा चट्याङ्गसहित  हल्ला वर्षाको सम्भावना बिहीबार, जेठ ८, २०८२
दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको प्ले अफमा बिहीबार, जेठ ८, २०८२
हाजिरी जमानीमा छुटे प्रमुख अध्यागमन अधिकृत भट्टराई बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्