• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
जो च्याउको बिउबाट करोडौंको मालिक बने
64x64
कल्पना घिमिरे शनिबार, माघ ७, २०७९  ०७:११
1140x725

काठमाडौं– मोरङका विजय सापकोटा बाल्यकालबाट कृषि पेशामा रुचि राख्थे। कक्षा आठमा पढ्दा उनले बा आमाको सहयोगमा कुखुरा फार्म खोलेका थिए। कुखुरा पालनबाट राम्रै आम्दानी थियो। 

विजयले च्याउखेतीबारे छिमेकी भाइबाट सुनेका थिए। सुन्ने बित्तिकै उनलाई च्याउ खेतीमा रुचि बढ्यो। प्लस टु पढ्दापढ्दै च्याउखेती गर्ने तयारीमा लागे। 

पराल प्रशस्त थियो। परालमा च्याउको बिउ रोपेपछि पानी हालिदिए मात्र पुग्ने। ‘मल पनि राख्नु नपर्ने सजिलै च्याउ खेती गर्न सकिने भएकाले यही गर्छु भन्ने लाग्यो,’ उनी भन्छन्।

विसं २०६८तिर आफ्नै गाउँमा प्रतिप्याकेट ४० रुपैयाँ दरले एक सय प्याकेट च्याउको बिउ किनेर खेती सुरु गरे। त्यतिबेला गाउँमा च्याउखेती हुँदैनथ्यो। 

उनले उत्पादन त गरे, तर बजार थिएन। त्यतिबेला मान्छेहरू च्याउ खान पनि डराउँथे।

‘टोलटोलमा डुलाएर बिक्री गरियो। च्याउमा विष हुन्छ भन्ने भ्रम थियो। विस्तारै बुझ्दै गएपछि ग्राहक बढ्न थाले। अनि च्याउको बजार फस्टायो,’ उनी भन्छन्।

पहिलो पटक एक सय प्याकेट बिउ रोपेका थिए उनले। त्यसबाट पाँच सय केजी च्याउ उत्पादन भयो। फेरि त्यही ठाउँमा खेती गरे। पटकपटक खेती गर्दा उत्पादन क्रमशः घट्दै पो गयो। 

‘किन घटेको रहेछ भन्नेबारे अहिले थाहा भयो। च्याउखेती एउटै ठाउँमा छिटोछिटो लगाउनु नहुने रहेछ। नयाँनयाँ ठाउँमा लगाउँदा उत्पादन वृद्धि हुने रहेछ भन्ने लाग्यो,’ उनी भन्छन्। 

उनी च्याउको बजार खोज्दै काठमाडौं पसे। काठमाडौं आएपछि उनले चार जना साथीसँग मिलेर नख्खिपोटमा घर भाडामा लिए। फेरि च्याउका बिउ उत्पादन गर्न थाले। एक महिनापछि लगानी छाडेर उनी हिँडे। त्यतिबेला कमाउने भन्दा रमाउनेतिर लाग्ने साथी भएपछि कमाइ गर्न नसकेको अनुभव छ उनको।

उनी मोरङ फर्किए। साथीले च्याउको बिउ उत्पादन गर्थे। उनले एक विघा जमिन लिएर मोरङमै च्याउ खेती गरे। तर च्याउ फार्ममा आगलागी भयो। उनको फार्मको बीमा पनि थिएन।

फेरि निराश भएर उनी काठमाडौ फर्किए।

काठमाडौंमा नयाँ साथी भेटे। ती साथीहरूले च्याउ उत्पादनमा लगानी गर्ने लगाउने सहमति गरे। फेरि त्यहाँ पनि फाइदा नदेखेपछि उनले एक महिनामै छाडेर हिँडे। 

च्याउ खेतीबाट असफल भएको भान भयो। त्यसपछि उनको तयारी कोरिया जानमा भयो। एक पटक कोरियन भाषाको परीक्षा पनि दिए। तर नाम निस्किएन। नाम ननिस्किएपछि केहीदिन निराश भए। फेरि सोचे, ‘अब यतै अडिग भएर काम गर्छु।’ 

फेरि उनले अर्कासाथी भेटे। ती साथीसँग मिलेर भक्तपुरमा कोठा भाडामा लिए। च्याउको बिउ उत्पादन गरे। त्यतिबेला पनि घाटा नै भयो।

त्यसपछि अर्को प्रयास पनि च्याउ खेतीमा भयो। त्यसपछि बालाजुमा बिउ उत्पादन गर्ने काम गरे। त्यहाँबाट भएको आम्दानीबाट उनको चित्त बुझेन। ‘त्यहाँबाट पनि दीर्घकालीन हुँदैन जस्तो लाग्यो,’ उनी सम्झन्छन्। साथीहरूको समूहमा गर्ने काम नफापेपछि उनी निस्किए त्यहाँबाट।

त्यसपछि उनले ललितपुरको इमाडोलमा घर भाडामा लिएर सानो लगानीबाट आफ्नै व्यवसाय सुरु गरे। फार्मको नाम राखे आफ्नै नामबाट– ‘विजय कृषि फार्म’।

फार्ममा आवश्यक सामाग्रीहरू चिनेजानेकासँग उधारोमा लिए। अहिले उनको फार्ममा च्याउको बिउ उत्पादन हुन्छ। च्याउको बिउबाट राम्रो आम्दानी हुन थाल्यो। 

यसअघि जति पनि असफल भए, उनलाई त्यसबाट सिकाइ भयो। निकै व्यक्तिहरूसँग सम्बन्ध जोडियो। 

त्यसले यसपटकको व्यवसाय गर्न सहज वातावरण मिल्यो। २ वर्षअघि पकेट खर्चबाट सुरु गरेको व्यवसायले अहिले २ करोडको पुँजी निर्माण गरेको छ। उनी मासिक दुई लाखसम्म कमाइ हुने बताउँछन्। 

अहिले व्यावसायिक रुपमा ठूलो परिमाणमा च्याउको बिउ उत्पादन गर्नेमध्ये आफ्नो फार्म पाचौं स्थानमा गनिने विजय बताउँछन्। उनले बिउ उत्पादनका लागि १० जना कामदार राखेका छन्। 

उनको फार्ममा विभिन्न प्रकारका च्याउको बिउ उत्पादन हुन्छ। जसमध्ये सबैभन्दा बढी प्रचलित मध्येका च्याउ कन्य (पाते), डल्ले, सिताके, दुधे, गानोडर्मा, यार्सागुम्बा आदि उत्पादन गर्छन् उनी।

बिउ उत्पादन गर्न आवश्यक सामाग्रीहरू भारत, क्यानडादेखि ल्याउँछन्। फार्ममा बिउ उत्पादन दैनिक तीन सयदेखि पाँचसयसम्म हुन्छ। नेपालभरि कम्तिमा चार सय च्याउ फार्मबाट बिउ बिक्री हुने गर्दछ।

व्यवसाय गर्दा एक पटक कृषि अनुदान लिन कृषि मन्त्रालय गएका पनि थिए विजय। सरकारले कृषि क्षेत्रमा अनुदान दिन्छ भन्ने सुनेका थिए। उनका अनुसार एक करोड लगानीमा फार्म खोल्दा ५० लाख रुपैयाँ सरकारबाट अनुदान लिन मिल्ने व्यवस्था रहेछ। 

तर उनले अनुदान पाएनन्। किन त?

‘कृषकलाई यो अनुदान प्राप्त गर्न असहज छ। अनुदान लिन जाँदा कर्मचारीले ५० प्रतिशत लिएर शतप्रतिशत दिएको रेकर्ड राख्छन्। कृषकले अनुदानवापत् एकदमै कम पाउँछन्। कर्मचारीले सेटिङ मिलाएर अन्त्यमा किसानलाई फसाउँछन्। त्यो बुझेर मैले अनुदान लिइनँ,’ उनी गुनासो गर्छन्। 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्