• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कहाँ पुग्यो माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा एकीकरण?
64x64
नवीन झा मंगलबार, माघ १०, २०७९  ०७:३३
1140x725

काठमाडौं- सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सरकारलाई समर्थन गरेको तर सहभागी नभएका नेकपा एकीकृत समाजवादी र जसपा नेपालबीच एकीकरण प्रयास जारी छ।

४ मंसिरको निर्वाचनलगत्तै यी तीनवटै दलले एकीकरणको विषयमा सम्वाद गर्न वार्ता समिति गठन गरेका थिए। तर वार्ता समितिहरु खासै सक्रिय देखिएका थिएनन्। तर पछिल्लो केही दिनयता यी दलका वार्ता समितिले एकअर्कासँग सम्वाद अघि बढाएका छन्।

आइतबार माओवादी र एकीकृत समाजवादीका वार्ता समितिबीच दुई पटक संवाद भयो। त्यसअघि शनिबार माओवादी केन्द्रको वार्ता समितिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि छलफल गरेको थियो। गत २९ पुसमा पनि छलफल गरेका एकीकृत समाजवादी र जसपा नेपालका वार्ता समितिबीच शनिबार पनि छलफल भएको थियो।

शनिबार त एकीकृत समाजवादी र जसपा नेपालबीच भएको वार्तापछि दुई पार्टीका दस्तावेजहरु अध्ययन गर्न दुई नेतालाई जिम्मा नै दिएका छन्। एकीकृत समाजवादीका डा विजय पौडेल र जसपाका गोविन्द चौधरीलाई १५ दिनभित्र दुवै पार्टीका सबै दस्तावेज अध्ययन गरेर एकीकरणको सैद्धान्तिक अधार खोज्न जिम्मा दिएका छन्। 

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा अन्य दलहरुसँग सम्वाद गर्न वार्ता समिति गठन गरेको छ भने एकीकृत समाजवादीले महासचिव वेदुराम भुसाल र जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा अन्य पार्टीहरुसँग एकीकरणका लागि वार्ता समिति बनाएका छन्।

४ मंसिरको निर्वाचनमा माओवादीकै चुनाव चिन्ह्मा भाग लिएको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि गंगा श्रेष्ठको नेतृत्वमा वार्ता तथा संवाद समिति गठन गरेको छ। 

पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल समाजवादी पार्टीबीच एकीकरणको सम्भावना देखिएको छ। 
 
माओवादी वार्ता समितिका सदस्य गिरिराजमणि पोखरेलले एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीसँग एकताका लागि सकारात्मक संवाद अघि बढेको दावी गरे। नेपाल लाइभसँग कुरा गर्दै पोखरेलले एकीकृत समाजवादीसँग निर्वाचनअघि नै एकीकरण गर्ने गरी समन्वय समिति गठन गर्ने कुरा चले पनि अहिले आएर आफूहरुले वार्ता समितिमार्फत संवाद अघि बढाएको दावी गरे।

‘नेपाल समाजवादी पार्टीसँग पनि हामीले नयाँ पार्टीको नामसहित अन्य विषयमाथि सकारात्मक कुरा अघि बढाएका छौं,’ पोखरेलले भने, ‘चाँडै एकीकृत समाजवादी र नेपाल समाजवादीसँग पुन: बस्नेछौं। त्यसपछि धेरै कुरा अघि बढनेछ।’ 

तर, एकीकृत समाजवादीका महासचिव तथा वार्ता समिति संयोजक वेदुराम भुसालले भने पार्टी एकीकरणका लागि भइरहेको सम्वाद प्रारम्भिक चरणमै रहेको बताए। यद्यपि, भुसालले पनि प्रारम्भिक सम्वादहरु पनि साकारात्मक रहेको प्रतिक्रिया दिए। 

एकीकृत समाजवादीले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र माओवादी केन्द्र दुवैसँग समानान्तर सम्वाद अघि बढाएको छ। भुसालले जसपासँग १५ दिनपछि पुन: बस्ने तय भएको जानकारी दिए।

यता जसपाका वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठले एकीकृत समाजवादीसँग भएका पछिल्ला दुई वार्ताबारे आइतबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराएका छन्। श्रेष्ठले वार्ताहरु सकारात्मक भएको प्रतिक्रिया दिए। पार्टी एकीकरणबारे चलिरहेको सम्वादका विषयमा अहिले नै धेरै बोल्न नमिल्ने श्रेष्ठले बताए।

माओवादी, एकीकृत समाजवादी, जसपा र नेपाल समाजवादी पार्टीबीच एकीकरण भएमा सत्ता समीकरणको शक्तिमा व्यापक परिवर्तन आउन सक्ने राजनीतिक विश्लेषक बताउँछन्।

यी पार्टीहरु एक भएमा प्रतिनिधि सभामा ५४ सिटको पार्टी बन्नेछ भने राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्नेछ। साथै प्रदेशहरुतर्फ पनि शक्ति सन्तुलनमा परिवर्तन आउने देखिन्छ। त्यसैले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड यो एकीकरणलाई राष्ट्रपति निर्वाचन अगावै पूर्णता दिन सकिन्छ कि भन्ने कसरतमा देखिन्छन्। त्यसैका लागि प्रचण्डले आइतबार नेता माधव नेपालसँग एक्लै कुराकानी गरेको स्रोतले बतायो।

माओवादीले १२ गते बोलाएको स्थायी कमिटी बैठकले समेत पार्टी एकीकरणका बारेमा छलफल गर्ने बताइएको छ। यद्यपि, एकीकरण कसरी र कहिले हुन्छ, प्रष्ट भने छैन।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०७:३३
  • #एकीकृत–समाजवादी–जसपा–एकीकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्