• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
उप–प्रधानमन्त्री र राज्यमन्त्रीले राज्यलाई अनावश्यक आर्थिक भार
64x64
ईश्वर बराल बिहीबार, माघ १२, २०७९  १७:०४
1140x725

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना उप–प्रधानमन्त्री बनाउँदा चर्को विरोध गर्नेमा पर्थे त्यतिबेला सञ्चारकर्मी रहेका रवि लामिछाने। लामिछाने पत्रकारिता छाडेर राजनीतिमा आएको एक हिउँद पूरा नहुँदै वर्तमान सरकारमा शक्तिशाली मन्त्रालयसहित उप–प्रधानमन्त्री बनेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका ४ उप–प्रधानमन्त्री मध्येका लामिछाने एक हुन्। 

लामिछानेसहित माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेबाट विष्णु पौडेल र राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन उप–प्रधानमन्त्री छन्।

देशमा आर्थिक संकट बढ्दै गएकोले मितव्ययी बन्ने उद्घोष गरेका वर्तमान सत्ता साझेदार दलका नेताहरुले आफ्नै बोली खण्डन हुनेगरी अनावश्यक रुपमा उप–प्रधानमन्त्री र राज्यमन्त्री नियुक्त गरेका छन्। उक्त पदहरुले राज्यलाई अनावश्यक आर्थिक भार सिर्जना गरेको छ। वर्तमान सरकारमा सुशिला सिर्पाली ठकुरी, डा. तोसिमा कार्की र दिपक बहादुर सिंह राज्यमन्त्री रहेका छन्।

उप–प्रधानमन्त्री लामिछानेले गत शनिबार संसद्‌बाट बाहिरेने क्रममा संचारकर्मीसँग प्रोटकललाई मिलाउन उप–प्रधानमन्त्री पद सिर्जना गरिएको बताएका थिए। त्यसले राज्यलाई भार थप्ने विषयलाई भने अस्विकार गर्दै त्यस्तो भए हटाउने उनको भनाइ थियो। 

लामिछानेले ‘उप’ हटाउन आफू सकारात्मक रहेको पनि जनाएका थिए। ‘सुरुवातमा जसरी सत्ताको समीकरण बन्दै थियो त्यसमा दलहरु थपिँदै गएपछि भएका कुराहरु हुन्। यसले राज्यलाई थप भार पार्नेभन्दा पनि एउटा प्रोटकलका रुपमा गर्ने भन्ने सहमति भएको हो। सबैजनाको हटाउने भए पनि उप सबैभन्दा पहिला मेरो हटाए केही फरक पर्दैन भनेको छु,’ लामिछानेले भने, ‘एउटा अभ्यास हो। सेवा, सुविधाहरुलाई कटौती गर्छौँ। त्यसलाई भार नपर्ने बनाउँछौँ।’

लामिछानेले राज्यलाई भार परेमा ‘कटौती’ गर्ने बताए पनि त्यसका लागि अर्थ मन्त्रालयले प्रस्ताव लैजानुपर्ने र मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गर्नुपर्ने हुन्छ। लामिछाने सकारात्मक रहेको बताए पनि मन्त्रिपरिषद्का अन्य सदस्यले सहमति नजनाए उक्त प्रस्ताव अघि बढ्न सक्दैन। 

नेपाल सरकारका प्रधानमन्त्री, उप–प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री कति हुन्छ पारिश्रमिक र अन्य सुविधा?
कार्य सञ्चालन निर्देशिका २०७७ अनुसार प्रधानमन्त्री, उप–प्रधानमन्त्री र मन्त्रीहरुको सेवा सुविधा र पारिश्रमिक निर्धारण गरिएको छ। 

प्रधानमन्त्रीको पारिश्रमिक र सेवा सुविधाः
प्रधानमन्त्रीको मासिक पारिश्रमिक ७७ हजार २८० रुपैयाँ रहेको छ। त्यस्तै, महंगी भत्ता २ हजार, इन्धन (पेट्रोल) मासिक ३०६ लिटर र मोविल वार्षिक ४० लिटर, सञ्चार सुविधा मासिक ५ हजार, मासिक मसलन्द तथा अतिथि सत्कार १० हजार, दैनिक भ्रमण भत्ता प्रतिदिन ३ हजार रुपैयाँ रहेको छ। त्यस्तै, प्रधानमन्त्रीको सचिवालयमा ३५ सदस्य रहनेछन्।

उप–प्रधानमन्त्रीको पारिश्रमिक र सेवा सुविधाः
उप–प्रधानमन्त्रीको मासिक पारिश्रमिक ७५ हजार ६४०, महँगी भत्ता २ हजार, पेट्रोल ३०६ लिटर, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार ४ हजार र दैनिक भत्ता ३ हजार रहने छ। र सचिवालयमा ८ जनासम्म राख्न सक्छन्। 

मन्त्री तथा राज्यमन्त्रीहरुको सेवा सुविधाः
मन्त्रीहरुको मासिक पारिश्रमिक ७० हजार ७३० रुपैयाँ छ। महंगी भत्ता २ हजार, पेट्रोल मासिक २०७ लिटर, सञ्चार सुविधा मासिक ३ हजार, अतिथि सत्कार ३ हजार ५००, र दैनिक भत्ता ३ हजार रहेको छ। त्यस्तै, सचिवालयमा ७ जना सम्म रहने छन्।

यस्तै, राज्यमन्त्रीको मासिक पारिश्रमिक ६७ हजार ३०, महंगी भत्ता २ हजार, पेट्रोल मासिक २०० लिटर, सञ्चार ३ हजार, अतिथि सत्कार ३ हजार र दैनिक भ्रमण भत्ता ३ हजार रुपैयाँ रहने व्यवस्था छ। र सचिवालयमा ७ जनासम्म रहन सक्छन्।

त्यस्तै, सहायक मन्त्रीको लागि पारिश्रमिक ६५ हजार ५३०, महंगी भत्ता २ हजार, पेट्रोल मासिक १८० लिटर, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार २ हजार ५०० र दैनिक भ्रमण भत्ता ३ हजार रहेको छ। र सचिवालयमा ७ जनासम्म रहन सक्छन्।

कति हुन्छ त राज्यलाई थप आर्थिक भार?
उपप्रधानमन्त्रीको सचिवालयमा सहसचिव स्तर कर्मचारीको नेतृत्व रहेको हुन्छ। तर मन्त्रीको सचिवालयमा भने उपसचिव नेतृत्वको सचिवालय रहेको हुन्छ। 

४ जना उपप्रधानमन्त्री पदले मात्र राज्यलाई बार्षिक करिब ६० लाख भन्दा ज्यादा अतिरिक्त आर्थिक भार थपिन जान्छ। 

यस्तै वर्तमान सरकारमा ३ जना राज्यमन्त्री छन्। राज्यमन्त्रीलाई मात्र विशेष अधिकार प्रत्योजन गरिएको हुन्न। उसको काम मन्त्रीलाई सहयोग गर्ने हो। त्यसो त राज्यमन्त्री मन्त्रिपरिषद्को वैठकमा समेत बस्न पाउँदैन। 

राज्यमन्त्रीको सचिवालयको नेतृत्व पनि उपसचिव स्तरको कर्मचारीले गरेको हुन्छ। वर्तमान ३ राज्यमन्त्री र सचिवालयलाई राज्यले बार्षिक १ करोढ ५० लाख भन्दा ज्यादा खर्च गर्नु पर्ने हुन्छ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्