• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
उच्चस्तरीय भेट सकेर फिर्ता भइन् अमेरिकी मन्त्री,  तीन विषयमा राखिन् मुख्य चासो 
64x64
ईश्वर बराल सोमबार, माघ १६, २०७९  १९:३४
1140x725

काठमाडौं– दुई दिने भ्रमणका लागि आइतबार साँझ काठमाडौं आइपुगेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड उच्चस्तरीय भेट सकेर सोमबार भारत प्रस्थान गरेकी छन्। उनले भारत, श्रीलंका हुँदै कतार पुगेर आफ्नो भ्रमण टुंग्याउने कार्यतालिका छ।

नयाँ सरकार बनेपछिको पहिलो उच्चस्तरीय भ्रमणका रुपमा नेपाल आएकी नुल्यान्डले भेटमा तीन वटा विषयमा प्राथिकताका साथ चासो राखेको भेटमा सहभागी नेताहरूले बताएका छन्। मन्त्री नुल्यान्डले गत वर्षको अन्त्यमा नेपालको संसद्‌बाट पारित भएको अमेरिकी परियोजना एमसीसीको कार्य प्रगति, संक्रमणकालीन न्यायको बाँकी रहेको कामको अवस्था र नेपाल तथा अमेरिकाबीचको दौत्य सम्बन्धको ७५औं वर्षगाँठको उपलक्ष्यमा सहयोग र सम्बन्धको आदनप्रदानमा छलफल गरेको बताइएको छ। 

विद्युतीय प्रसारण लाइन र सडक पूर्वाधार विस्तारमा करिब ५० करोड अमेरिकी डलर लगानी गर्ने उद्देश्यका साथ अघि बढेको एमसीसी परियोजना २०७८ को फागुन दोस्रो साता नेपालको संसद्‌बाट अनुमोदन भएको थियो। सोही परियोजनाको कार्य प्रगतीको विषयमा नुल्यान्डले भेटमा चासो राखेकी हुन्।

मन्त्री नुल्यान्डले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी थिइन्। भेटमा नुल्यान्डले एमसीसीको विषयमा चासो राख्दै कार्यान्वयनमा लाने विषयमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जवाफमा प्रधानमन्त्रीले एमसीसी परियोजना संसद्‌बाट अनुमोदन भइसकेकोले त्यसको प्राविधिक पक्षमा काम भइरहेको र छिट्टै थप कार्यान्व्यनमा जाने विश्वास दिलाए। 

यस्तै, मन्त्री नुल्यान्डले प्रधानमन्त्रीलाई तत्कालीन माओवादी नेतृत्वमा भएको युद्धमा राज्य र विद्रोही पक्षबाट भएको मानवअधिकार हनन् र वेपत्ताको विषयमा रहेको संक्रमणकालीन न्याय सम्बन्धमा पनि चासो राखेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। जवाफमा प्रधानमन्त्री प्रचण्डले यथाशीघ्र उक्त विषयलाई टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताएका थिए। 

संक्रमणकालीन न्याय सम्बन्धीको विषय अघिल्लो संसद्‌बाटै टुङ्ग्याउनलाई विधेयक संसद्‌मा पेश भएको थियो तर उक्त विधेयक पारित हुन सकेको थिएन।

यस्तै, प्रधानमन्त्रीसँगको भेटमा मन्त्री नुल्यान्डले नेपाल र अमेरिकाबीच आपसी हित र सहयोग आदन प्रदान हुने विषयमा पनि छलफल गरेको प्रधानमन्त्री सचिवालयले बताएको छ।

प्रधानमन्त्रीपछि सत्ता साझेदार दलका प्रमुख नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उक्त पार्टीको संसदीय दलको कार्यालय सिंहदरबार पुगेर मन्त्री नुल्यान्डले एमसीसी र संक्रमणकालीन न्यायकै विषय दोहोर्‍याइन्। उक्त विषयलाई छिट्टै टुङ्ग्याउनलाई एमाले सहयोग गर्नु पर्नेमा मन्त्री नुल्यान्डले आग्रह गरेको भेटमा सहभागी एमाले एक नेताले बताएका छन्। 

‘संक्रमणकालीन न्यायको विषयमा चासो देखाउनु भयो। यसलाई छिट्टो टुंगो लाउनुपर्ने र त्यसमा एमालेले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको छ,’ नेपाल  लाइभसँग कुरा गर्दै ती नेताले भने, ‘एमसीसी पनि बिनाअवरोध छिट्टै कार्यान्वयनमा जाओस् भन्नेमा अमेरिका चासो रहेको देखियो।’

यस्तै, मन्त्री नुल्यान्डले संसद्को ठूलो दल नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेकी छन्। सो भेटमा पनि सत्ता साझेदारका नेतासँग राखेको चासोको विषयलाई स्मरण गरेको सभापति देउवाको सचिवालयले बताएको छ। 

यस्तै, द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको सचिवालयले बताएको छ। जवाफमा देउवाले एमसीसीमा राष्ट्रिय सहमति रहेकोले त्यसको कार्यान्वयनको पक्षमम कुनै आशंका नगर्न आग्रह गरेको र नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्यांकन गर्दै आभार व्यक्त गरेको देउवा सचिवालयले जनाएको छ। 

मन्त्री नुल्यान्डले परराष्ट्रमन्त्री बिमला राई पौड्यालसँग पनि भेटवार्ता गरकी छन्। त्यसलगत्तै काठमाडौंमा केही पत्रकारसँग अन्तरक्रिया गर्दै नुल्यान्डले आफ्नो नेपाल भ्रमणको उद्दश्यबारे स्पष्ट पारेकी थिइन्।

नुल्यान्डले पत्रकारहरूसँग शीर्ष नेतृत्वसँग संक्रमणकालीन न्यायको सम्बन्धमा आफूले चासो राखेको बताउँदै त्यस्ता विषय छिट्टै टुंगोमा पुर्‍याउने पर्नेमा जोड दिइन्। त्यस्तै, पत्रकारहरूसँग छलफल गर्दै नुल्यान्डले नेपालसँग आर्थिक सहकार्य गर्दा आफूहरूले त्यसमा कुनै भ्रष्टचार नहोस् भन्ने चाहेको बताएकी छन्।

उनले अमेरिका र नेपालबीच जनस्तरमा सम्बन्ध रहोस् भन्ने अमेरिकाको चाहना रहेकोले त्यसलाई हितमा राखेर आर्थिक सहकार्य थप बलियो बनाउने बताएकी छन्।

नुल्यान्डले आफ्नो भ्रमण टुंग्याउने क्रममा पत्रकारहरूसँग भनिन्, ‘नेपाल र अमेरिकाबीचको सम्बन्ध जनस्तरमा बलियो रहोस् भन्ने अमेरिकाको चाहना हो। यसले, हाम्रो लोकतान्त्रिक सम्बन्ध बलियो होस् भनेर अमेरिकाले नेपालसँग सहकार्यमा जोड दिएको हो।’

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्