• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
काठमाडौंमा किन बढ्दैछ विदेशी शक्तिको भ्रमण? 
64x64
नवीन झा मंगलबार, फागुन २, २०७९  २०:५९
1140x725

काठमाडौं– सोमबार काठमाडौं आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा मंगलबार स्वदेश फर्किए। दुईपक्षीय सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन काठमाडौं आएका उनको भ्रमण ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’जस्तै भयो। उनले आफ्ना समकक्षी भरत पौड्यालसँग मात्र होइन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राय: दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाई भेटे। 

भारतीय विदेश सचिव क्वात्रा काठमाडौं आएकै दिन अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल समेत काठमाडौं ओर्लिइन्। यी दुई विदेशी पाहुना काठमाडौं आउनुअघि आइतबार दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत बनेर सुङ मिन जोङ काठमाडौं आए। उनले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने मंगलबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई भेटे। 

पछिल्लो दुई दिनयता काठमाडौंमा एकसाथ तीन देशका उच्चस्तरीय विदेशी पाहुनाहरूले राजनीतिक भेटघाट गरेका छन्। यसअघि अमेरिकन उच्च अधिकारीहरूको भ्रमण पनि भए। अघिल्लो हप्ता आएका अमेरिकन अधिकारीले प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूलाई भेटेर फर्किए। 

२५ फागुनमा नेपालमा राष्ट्रपतिको निर्वाचन तय भएपछि भइरहेको विदेशी पाहुनाहरूको आवागमनले आमचासो बढेको छ। ४ मंसिरमा भएको निर्वाचनपछि बनेको प्रतिनिधि सभाको बनौट, त्यसपछि बनेको सरकार र सम्भावित राजनीतिक घटनाक्रमप्रतिको चासोका रूपमा यी भ्रमणहरूलाई लिइएको छ।

प्रदेश सभादेखि प्रतिनिधि सभासम्म कुनै पनि दलको प्रष्ट बहुमत देखिएको छैन। गठबन्धन गरेर निर्वाचनमा होमिएका कांग्रेस र माओवादी अहिले अलग छन्। चुनावपछि मूलरूपमा माओवादी–एमाले गठबन्धन बनार संघदेखि प्रदेशका सरकार बनेका छन्। तर, माओवादी र एमाले गठबन्धनको सरकार बनेको दुई महिना नपुग्दै सुदूरपश्चिम प्रदेश सरकार ढल्न पुगेको छ।

गठबन्धनवाट मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकेपछि कांग्रेसका कमलबहादुर शाह नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। केन्द्रको गठबन्धनपनि धर्मराउन थालेको छ। खासगरी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति, माओवादीले संस्थागत रूपमै गरेको निर्णयले प्रमुख सत्ता साझेदार एमाले झस्किएको छ। माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ। प्रचण्डसहित माओवादी नेताहरू पछिल्लो समय राष्ट्रिय सहमतिकै पक्षमा निरन्तर ब‌‌ोलिरहेका छन्।

प्रधानमन्त्रीमा प्रचण्डलाई सर्मथन गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार राष्ट्रपति निर्वाचनसँगै ढल्न सक्ने बताइसकेका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १० फागुनको मिति नै तोकेर वर्तमान सत्ता गठबन्धन भत्कने दाबी गरिसकेका छन्। 

यस्तो तरल राजनीतिक परिदृश्यमा विदेशी शक्ति राष्ट्रकाका तर्फबाट एकपछि अर्को गरेर भइरहेको भ्रमणले के संकेत गर्छ? भूराजनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट नयाँ निर्वाचनपश्चात संसद्को बनौटले अस्थिरता देखेपछि शक्ति राष्ट्रहरूको चासो बढ्नु स्वाभाविक ठान्छन्। ‘हाम्रो आन्तरिक राजनीतिक समिकरणले बन्ने सरकार विदेशी शक्ति राष्ट्रहरूको काम र यहाँ रहेको चासोहरू पनि जोडिन्छ’, भट्ट भन्छन्, ‘अहिले त्यही भएर नयाँ परिस्थितिमा हाम्रोमा प्रभाव राख्न सक्ने छिमेकीदेखि अन्य शक्तिहरूको भ्रमण बढेको हुन सक्छ।’

नेपालमा बढेको विदेशी भ्रमणबाट आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्, राजनीतिक विश्लेषक जैनेन्द्र जीवन । ‘यसले हाम्रो महत्त्वको सामर्थ्य पनि दर्शाउँछ। यसलाई हामीले कति आफ्नो पक्षमा फाइदाको रुपमा प्रयोग गर्न सक्छौं। त्यो हाम्रो क्षमतामाथि निर्भर पर्छ’, जीवनले नेपाल लाइभसँग भने, ‘विदेशीहरूले नेपाललाई खोजेन भन्ने चिन्ता लिनु पर्छ। यहाँ भइरहेको उच्चस्तरीय भ्रमणले हाम्रो विश्व परिवेशमा दरिलो महत्त्व छ भनेर बुझ्नुपर्छ।’  नेपालमाथि शक्ति राष्ट्रहरूलाई रहेको चासोबाट सही फाइदा लिन सकियो भने मुलुकको सबै क्षेत्रमा सकारात्मक परिर्वतन आउन सक्ने उनी बताउँछन्। ‘तर, हाम्रा नेताहरू व्यक्तिगत जोडघटाउमा लागेपछि यहाँ त्यसको फाइदा नदेखिएको हो’, उनले भने।

अर्का राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम छिमेकी र अन्य शक्ति राष्ट्रहरूका आ–आफ्ना अजेन्डाहरूको चासो नेपाल भएसँगै पछिल्लो समयमा नयाँ राष्ट्रपति चयनमाथि पनि चासो रहेको बताउँछन्। निर्वाचनपछिको नयाँ परिस्थितिमा छिमेकीहरूले यहाँ गरिरहेको आफ्नो कामका बारेमा पनि चासो राखेको देखिएको गौतमको भनाइ छ। 

‘त्यसका साथै हाम्रोमा शक्ति केन्द्रहरूले राष्ट्रपतिलाई चासो राखेको देखिन्छ’, गौतम भन्छन् ‘यसलाई लिएर पनि विदेशी शक्तिहरूमा चासो हुनु एक प्रकारले स्वाभाविकै देखिन्छ।’ 

भूराजनीतिक जानकार भट्ट केन्द्रदेखि प्रदेशसम्मको संसद्को बनौटले अस्थिरताको प्रष्ट संकेत गरेको बताउँछन्। यस्तो अवस्थामा पाँच वर्षका लागि आउन लागेको राष्ट्रपतिमाथि आन्तरिक र बाह्य चासो बढ्नु स्वाभाविक रहेको बताउँछन्, उनी। भट्टले त्यसमा पनि नेपालमा पछिल्ला राजनीतिक प्रयोगहरूमा राष्ट्रपति मुछिन थालेपछि यसले थप चासो बढेको देखिएको बताए। 

२०७४ को निर्वाचनपछि नेपालमा तत्कालीन एमाले र माओवादीबीच एकता भएर बलियो कम्युनिस्ट सरकार बनाउन उत्तरी छिमेकी चीनको सद्‌भाव देखिएको थियो। जसमाथि दक्षिणी छिमेकी भारत र पश्चिमा शक्तिहरू असन्तुष्ट देखिएका थिए। यो बीचमा प्रतिनिधि सभा विघटनदेखि कम्युनिस्ट सरकार ढल्ने मात्र होइन दुई पार्टीबीचको एकता पनि भत्कियो। 

तर, परिस्थितिले गएको ४ मंसिरको निर्वाचनपछि पुन: एमाले र माओवादी एक ठाउँमा आएर सरकार बनाएका छन्। अब २५ फागुनमा हुन लागेको राष्ट्रपति निर्वाचनमा एमालेले सत्तारुढ गठबन्धनको सर्मथनमा आफूले पाउनुपर्ने दाबी गरिरहेको छ भने कांग्रेसले आफूहरूको सिफारिसका व्यक्ति राष्ट्रपति भए मात्रै शक्ति सन्तुलन हुने बताइरहेको छ। माओवादीले सर्वस्वीकार्य व्यक्तिको कार्ड फालेर एमालेलाई काउन्टर दिने रणनीति अख्तियार गरेको। जसका कारण भूराजनीतिक चलखेल बढ्नसक्ने राजनीतिक विश्लेषकहरूको आकलन छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्