• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राष्ट्रपति निर्वाचनमा कांग्रेसको रणनीति: जसरी पनि गठबन्धनबाट एमाले अलग्याउने 
64x64
नवीन झा सोमबार, फागुन ८, २०७९  ०७:२७
1140x725

काठमाडौं– आगामी शनिबार राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन हुनेछ। त्यसका लागि दलहरु आन्तरिक हिसाबकिताबमा लागेका छन्। 

पुस १० को नाटकीय राजनीतिक परिदृश्यले प्रधानमन्त्री बन्न पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रपति सर्वस्वीकार्य हुनुपर्ने भन्दै राष्ट्रिय सहमतिको कुरा सार्वजनिक तहमा ल्याएका छन्। 

यता सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमाले भने पुस १० मा गरिएको सहमतिअनुसार नै हुनुपर्ने जोडमा छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सन्दर्भमा पुस १० को सत्तारुढ दलबीच भएको सहमति अनुसार नै जानुपर्ने अडानमा छन्। 

राष्ट्रपतिका लागि त्यतिबेलै सहमति भइसकेको भन्दै ओलीले माओवादीसहितका दलहरुको समर्थनमा एमालेको उम्मेदवारले नै राष्ट्रपति निर्वाचन जित्ने दाबी गर्दै आएका छन्। 

आइतबार मात्रै ओलीले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै एमालेको उम्मेदवारलाई माओवादीले समर्थन गर्ने कुरामा कुनै शंका नभएको दाबी गरे। वर्तमान समीकरण बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले १३ फागुनमा मात्रै एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार सार्वजनिक हुने बताए। 

विराटनगरमा ओलीले यसो भनिरहँदा यता सुर्खेत पुगेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार निर्वाचित हुने दाबी गरेका छन्। संसद्‌मा ठूलो दल हुनुका नाताले पनि राष्ट्रपति कांग्रेसले नै पाउने उनको दाबी थियो। 

नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शंका छैन।’

शर्माले अबको केही दिनमा पुरानै गठबन्धन ब्यूँतिने पनि दाबी गरे। हुन त कांग्रेस महामन्त्री शर्माले आइतबार गरेको दाबी नयाँ भने होइन। उनले सभामुखको निर्वाचनयता यो कुरा पटक–पटक दोहोर्‍याउँदै आएका छन्। 

पुस १० मा एमालेसहित साना दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डलाई पुस २६ गते नेपाली कांग्रेसले विश्वासको मत दिएपछि नेपाली राजनीति राष्ट्रपतिलाई लिएर तरंगित बन्न पुगेको छ। 

पछिल्ले केही समय यता हेर्ने हो भने दलहरुको सम्पूर्ण शक्ति नै राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको देखिन्छ। एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको दैनिक जसो भेटघाट र छलफल सँगै काग्रेस नेताहरुको पनि भेटघाट र छलफलहरु तीव्र देखिन्छ।  

पछिल्लो अपडेट अनुसार आइतबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीसँग छलफल गरेका छन्। नेपालले आइतबार नै एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति निर्वाचनसँगै वर्तमान सत्तागठबन्धन भत्किने दाबी गरेका छन्। 

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए। आइतबारको भेटमा पनि राष्ट्रपति निर्वाचनकै विषयमा छलफल भएको नेताहरुले जनाएका छन्।  

यसअघि गत बिहीबार र शुक्रबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच लागातार छलफल चलेको थियो। बिहीबार बालुवाटारमा छलफल भएको थियो भने शुक्रबार ओली निवास बालकोटमा। बिहीबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भेटेपछि कांग्रेस उपसभापति पूर्णबहादुर खडकासँग पनि भेटेका थिए।

पछिल्लो समय कांग्रेसका उपसभापति खड्कासहित महामन्त्री गगन थापा, नेताहरु रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की लागातार संवादमा देखिन्छन्।

एमाले अलग्याउने कांग्रेसको नीति 
नेपाली कांग्रेस १० पुसमा आफनो हातबाट फुत्केको सत्ता राष्ट्रपति निर्वाचनमार्फत् जसरी पनि फर्काउने रणनीतिमा छ। जसका लागि कांग्रेस माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई ५ वर्ष कै लागि भए पनि प्रधानमन्त्री स्वीकार तयार भएको देखिन्छ। 

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेर अघि बढन सक्ने बताएका छन्।

उनले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने भन्दै त्यसका लागि माओवादीसहित अन्यदलहरुसँग छलफल चलिरहेको पनि बतए।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई पूर्णकालका लागि निरन्तरता दिन सक्नेबारेमा पनि पछिल्लो समयमा छलफल चलिरहेको खुलाए।

राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री तथा माओवादीसँग छलफलमा रहेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि मात्र भरोसा गर्ने अवस्था रहेको भन्दै त्यसका लागि राष्ट्रपति पाउनेमा आफूहरु आशावादी भएको बताए। 

‘राष्ट्रपतिका लागि हामी सकारात्मक र आशावादी छौं, कांग्रेस सबैभन्दा ठूलो राजनीतिक दल पनि हो। संसद्‌मा हामी सबैभन्दा धेरै संख्यामा छौं। सातै प्रदेशमा हामी सबैभन्दा ठूलो संख्यामा छौं। सबै राजनीतिक दलहरुभन्दा बढी हाम्रो मतभार छ’, उनले भने,  ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति छ। किनभने एमालेले त जुनसुकै बेला प्रतिनिधि सभा विघटन हुन्छ भनिसक्यो नि। जुनसुकै बेला संसद् विघटको चाहना राखेर अघि बढ्ने पार्टीले संविधानको रक्षा गर्दैन।’

लेखक यही कारण २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार जित्नसक्ने आकलन आफूहरुको रहेको दाबी गर्छन्। नेपाली कांग्रेसका नेताहरुले सार्वजनिक रुपमा जे भने उनीहरु केन्द्रदेखि प्रदेशसम्मकै सत्तासहयात्राको पर्खाइमा छन्। जुन उनीहरुको अपेक्षा अनुसार राष्ट्रपति निर्वाचनमा सकारात्मक नतिजा आएपछि मात्रै सम्भव देखिन्छ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्