• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र कसरी निर्णायक?
64x64
ईश्वर बराल मंगलबार, फागुन ९, २०७९  १४:३९
1140x725

काठमाडौं– फागुन २५ मा राष्ट्रपतिका लागि निर्वाचन हुने भएपछि त्यसलाई लिएर मौजुदा राजनीतिक समीकरण उपर नै विभिन्न आशंका हुन थालेका छन्। 

उक्त पदका लागि प्रमुख दुई दल  नेपाली कांग्रेस र नेकपा एमाले दुई ध्रुवमा रहेकोले तेस्रो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्र निर्णायक बन्र पुगेको छ। 

पुष १० मा सत्तारोहण गर्ने बेला माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भनिएको सहमति अनुसार राजनीतिक कोर्स बढेको भए राष्ट्रपति एमालेकै हुनेमा कुनै सन्देह हुने थिएन। तर पुष २६ मा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि लाभको पद बाँडफाँटमा कांग्रेसले पनि भाग दाबी गर्‍यो। 

एकातिर कांग्रेसलाई समेट्न र अर्कोतर्फ सत्ता राजनीतिमा निर्णायक रहने एमालेकाे दवदवा कम गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिमा जोड दिइरहेका छन्। 

सोमबारसम्मको विकसित राजनीतिक घट्नालाई हेर्ने हो भने राष्ट्रपति पदमा माओवादीले कांग्रेसको उम्मेदवारलाई मत दिने सम्भावना बलियो बन्दै गएको छ। संसदीय आंकडाले पनि कांग्रेस र एमाले बाँडिएमा माओवादीको मत निर्णायक हुने स्पष्ट देखिएको छ। 

राष्ट्रपति निर्वाचनका लागि को–को हुन्छन् मतदाता?
नेपालको संविधान २०७२ अनुसार राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको मण्डल हुनेछ। संघीय संसद्‌मा राष्ट्रिय सभा र प्रतिनिधि सभा छन्। राष्ट्रिय सभाका ५९ सांसद र प्रतिनिधि सभाका २७५ सांसदसहित संघीय संसद्‌मा ३३४ सदस्य रहेका छन्। त्यस्तै, ७ वटै प्रदेशका कूल ५५० सांसद पनि राष्ट्रपति निर्वाचनका लागि मतदाता रहनेछन्। 

फरक–फरक मतभार
समग्रमा ८८४ जना मतदाता रहे पनि संघ र प्रदेशका सांसदको मतभार भने फरक–फरक रहने व्यवस्था छ। संघीय संसद्का प्रत्येक सांसदको ७९ नम्बरको मतभार र प्रदेश सांसदको ४८ नम्बरको मतभार रहने निर्वाचनसम्बन्धी ऐनमा उल्लेख छ। उल्लेखित मतभार नेपालको जनगणना २०६८ को जनसंख्याको आधारमा निर्धारण गरिएको हो।

२०७८ मा गरिएको जनसंख्याको अन्तिम नतिजा आइनसकेकोले ०६८ कै जनगणनालाई आधार मानिएको निर्वाचन आयोगले बताएको छ। संघ र प्रदेशका सांसदको कूल मतभार ५२ हजार ७८६ हुन आउँछ। 

नेपालको संविधानले गरेको व्यवस्था अनुसार राष्ट्रपतिमा विजयी हुन कुनै पनि उम्मेदवारले उल्लेखित मतभारको बहुमत ल्याउनुपर्छ। जसका लागि २६ हजार ३९४ मत ल्याउनुपर्ने हुन्छ। तर, राष्ट्रपति निर्वाचनको पहिलो र दोस्रो चरणमा ५० प्रतिशत पनि नकटाएर निर्वाचन तेस्रो चरणमा प्रवेश गर्‍यो भने कूल सदर मतको धेरै मत ल्याउनेलाई राष्ट्रपतिमा निर्वाचित गरिन्छ। 

माओवादी केन्द्र कसरी निर्णायक?
नेपाली कांग्रेस र नेकपा एमाले फरक–फरक कित्ताबाट राष्ट्रपति पदमा आकांक्षी हुँदा माओवादी निर्णायक बन्न पुगेको हो। सतहमा केही नेताहरुको नाम चर्चामा आए पनि उम्मेदवार को हुने भन्ने कुरा यो सप्ताहान्तमा टुंगिने छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आउँदो शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। 

वर्तमान संसद्को ठूलो दल नेपाली कांग्रेसको प्रतिनिधि सभामा ८८ र राष्ट्रिय सभामा १० सहित संघीय सासद्‌मा ९८ सांसद रहेका छन्। यस्तै, ७ वटै प्रदेश सभामा गरी १७४ सांसद रहेका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसको कूल मतभार १६ हजार १४२ हुन्छ। 

त्यस्तै, प्रतिनिधि सभामा ७९ सांसद र राष्ट्रिय सभामा १७ र प्रदेश सभामा १६१ सांसद रहेको नेकपा एमालेको मतभार १५ हजार ३१२ रहेको छ। 

यो पनि पढ्नुहोस

राष्ट्रपति निर्वाचनमा ओलीका चार विकल्प

माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १५ र प्रदेश सभामा ८४ सांसदको मतभार गणना गर्दा ७ हजार ७४५ रहेको छ। यस्तै, प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका १० सांसद रहेका छन्। प्रदेश सभामा कुनै उम्मेदवार नउठाएको रास्वपाको कूल मतभार १ हजार ५०१ रहेको छ। 

त्यस्तै, प्रतिनिधि सभामा १२, राष्ट्रिय सभामा ३, र प्रदेश सभामा २० सांसद रहेको जसपाको २ हजार १४५ मतभार रहेको छ। प्रतिनिधि सभामा १०, राष्ट्रिय सभामा ८, र प्रेदश सभामा २४ सांसद रहेको एकीकृत समाजवादीको कूल मतभार २ हजार ५७४ रहेको छ। 

यस्तै, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति, अन्य साना दल र स्वतन्त्र सांसदको कूल मतभार ४ हजार ७५९ रहेको छ। वर्तमान सत्ता साझेदारको मतभारले सत्ता साझेदारको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिन्छ। 

तर कांग्रेसको दावी र प्रचण्डको राष्ट्रिय सहमतिको रटानले मौजुदा सत्ता समीकरणमै फेरबदल आउन सक्ने सम्भावना बढेर गएको छ। समीकरणको अदलबदलको राजनीतिले माओवादीलाई निर्णायक स्थानमा पुर्‍याएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १४:३९
  • #राष्ट्रपति निर्वाचन
  • #राष्ट्रपति
  • #नेकपा माओवादी केन्द्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
दुई संसदीय समितिको बैठक बस्दै जसअन्तर्गत बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। सोमबार, असार २३, २०८२
झलनाथ खनाल चीन भ्रमणमा जाँदै चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आयोजित विश्व सभ्यता संवादमा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने दिउँसो १ बजे सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
दुई संसदीय समितिको बैठक बस्दै सोमबार, असार २३, २०८२
झलनाथ खनाल चीन भ्रमणमा जाँदै सोमबार, असार २३, २०८२
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने सोमबार, असार २३, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्