• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
१४ वर्षपछि भएको स्ववियु निर्वाचन: कतै उत्साह, कतै स्थिति नियन्त्रणबाहिर
64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, चैत ५, २०७९  १६:२०
1140x725

काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको छ।

आइतबार बिहान ८ बजेदेखि भएको स्ववियु निर्वाचनमा कतै उत्साहपूर्ण सहभागिता देखियो भने कतै शून्यता छाएको छ। त्रिवि अन्तर्गत ६२ वटा आंगिक क्याम्पसहरु रहेका छन्। यस्तै १ हजार ४० क्याम्पसहरुले त्रिविको सम्बन्धन प्राप्त गरेका छन्।

२८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि थुप्रै आंकाक्षीहरु स्ववियु निर्वाचनको उम्मेद्वार हुनबाट वञ्चित भए। त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर अनुसार प्रत्येक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन गर्नुपर्ने प्रावधान भए पनि २०६५ सालदेखि भने स्ववियुको निर्वाचन हुन नसक्दा गैर विद्यार्थीहरुसमेत नेतृत्वमा देखिए। 

नेता उत्पादन गर्ने कारखानाको रुपमा रहेको स्ववियुमा आइतबार अधिंकाश क्याम्पसहरुमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरु आफ्नो नेतृत्व चयन गर्नका लागि लामबद्ध भएर निर्वाचनमा सहभागी भए।
 
के भन्छन् पहिलोपटक मतदानमा सहभागी विद्यार्थीहरु?
स्ववियुको निर्वाचनमा भाग लिएका अधिंकाश विद्यार्थीहरु नयाँ अनुहार नै देख्न सकिन्छ। २८ वर्षे उमेर हदका कारण उम्मेद्वारहरुसमेत २८ वर्षमुनिकै रहेका छन्। 

विद्यार्थी संगठनहरु भने आफू निकटका उम्मेदवार जिताउन संगठनमा आवद्ध विद्यार्थी नेता कार्यकर्तालाई मतदानमा सहभागी गराउनमै व्यस्त थिए। शंकरदेव क्याम्पसमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत छात्र विजय ढकाल पनि उत्तिकै उत्साहित देखिन्थे।

उनी अब आउने स्ववियु कमिटीले क्याम्पसमा हुने बेथिति र विसंगतिहरु अन्त्य गराउनेमा विश्वस्त देखिन्थे। उनले भने, ‘स्ववियु निर्वाचन प्रत्येक दुई वर्षमा हुनुपर्ने हो। तर १४ वर्षसम्म यो निर्वाचन हुन सकेन। ढिलै भए पनि निर्वाचन भएको छ। स्ववियुले आम विद्यार्थीका समस्याहरुलाई समाधान गर्नेमा विश्वस्त छु।’ 

त्यसै गरी सोही क्याम्पसमा अध्यनरत श्रीराम काप्लेको मत भने ढकालकोभन्दा फरक छ। उनी भन्छन्, ‘विश्वविद्यालयहरुमा राजनीति नहोस् नै भन्ने चाहान्छु। तर भएको व्यवस्थामा सक्षम र लोकप्रिय व्यक्तित्वहरु आउनु राम्रो हो। उनीहरुले अब विद्यार्थीको हकहितका लागि काम गरुन्।’

मतदानमा सहभागी भएकी पद्मकन्या क्याम्पसकी छात्रा अर्चना केसीले स्ववियु निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको दाबी गरिन्। उनले भनिन्, ‘विद्यार्थीहरुको हकहितको सुरक्षा र ग्यारेन्टीको लागि स्ववियु निर्वाचन आवश्यक पक्ष हो।’ 

उनले विद्यार्थी संगठनहरु पार्टीको आस्थावान भए पनि निर्वाचित स्ववियुका पदाधिकारीहरुले विद्यार्थीहरुलाई केन्द्र बिन्दुमा राखेर काम गर्नुपर्नेमा जोड दिइन्। सोही क्याम्पसमा अध्यनरत छात्रा मंगला बरालले पहिलो पटक स्ववियु निर्वाचनमा मतदान गर्न पाउँदा खुसी व्यक्त गरिन्। 

उनले यसअघि आफूलाई राजनीतिप्रति चासो नभएको बताउँदै विद्यार्थीका समस्या समाधानका लागि स्ववियु निर्वाचन आवश्यक भएको दाबी गरिन्। नेपाल ल क्याम्पसमा अध्यनरत विद्यार्थीहरु भने कानुन र राजनीतिबीच अन्योन्याश्रित सम्बन्ध हुने दाबी गर्छन्। साथै उनीहरुले विद्यार्थी र प्रशासनबीचको पुलका रुपमा स्ववियु पदाधिकारीले काम गर्नुपर्नेमा जोड दिएका छन्। 

दर्जन बढी क्याम्पसहरुमा निर्वाचन स्थगित 
प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा आइतबार बिहानैदेखि स्ववियु निर्वाचन उत्साहपूर्वक तरिकाले भइरहेको थियो। तर सँगै जोडिएको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा भने स्ववियु निर्वाचनले छुन सकेन।

आरआर क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्वीयू लगायतका विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन अधिकृतले नै पूर्वाग्राही र मनोमानी ढंगले निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै तालबन्दी गरेका छन्। 

जसका कारण उक्त क्याम्पसमा विद्यार्थीहरुको मतदाता नामावलीसमेत प्रकाशन हुन सकेन। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार काठमाडौं उपत्यकाका सातवटा क्याम्पस र उपत्यका बाहिरका १३ वटा क्याम्पसमा स्ववियुको निर्वाचन  स्थगित भएको छ। 

निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘भ्यालीमा सातवटा क्याम्पसमा स्थगित भएको छ। भ्याली बाहिर १३/१४ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकिरहेको छैन। प्रयास जारी नै छ।’ अधिकारीले स्थगित भएका क्याम्पसहरुमध्ये कुनैमा चैत ८ गते र कुनैमा ९ गते हुने दाबी गरे।

कतै सामान्य विवाद,  कतै झडप 
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको क्रममा केही क्याम्पसहरुमा भने सामान्य विवाद भएको भने केहीमा झडप नै भएको छ। बाजुरा जिल्लाको बुढीनन्दा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियूबीच झडप भयो।

झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायरसमेत गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए। 

त्यसैगरी राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमासमेत विद्यार्थीहरुबीच झडप भएको छ। क्याम्पसको हाताबाहिर स्ववियु निर्वाचन हुनुपर्ने र रोक्नुपर्ने भन्दै विवाद चर्किएपछि तनाव उत्पन्न भएको थियो। उक्त विवादपछि सो क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो।

फर्जी मतदान गर्न खोज्ने तीन जना पक्राउ
बागबजारस्थित शंकरदेव क्याम्पसबाट भने फर्जी मतदान गर्न खोज्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेविसंघका इकाइ सभापित दिनेश कार्कीसहित रहेका छन्। मतदानका क्रममा उनीहरु लाइनमा बसेका थिए।

परिचय पत्र जाँच गर्ने क्रममा फर्जी भएको थापा पाएपछि स्वतन्त्र समूह बनाएर निर्वाचनमा होमिएकाले समातेर प्रहरीलाई बुझाएका थिए। 
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १६:२०
  • #स्ववियु_निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्