• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
१६ वटा मन्त्रालय एक्लै सम्हालेर सुशासन दिइरहने बाचा गरेका प्रचण्ड
64x64
ईश्वर बराल आइतबार, चैत १२, २०७९  २०:०९
1140x725

काठमाडौं- ‘मन्त्रिपरिषद् विस्तार गर्ने प्रक्रियामा गृहकार्य आजैदेखि सुरु हुन्छ,’ फागुन १८ गते कांग्रेससहितको नयाँ-गठबन्धनको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकछिन रोकिएर भने, ‘यो कुरा नोट गर्नुहोला, मन्त्रिपरिषद् विस्तारको विषयमा आजैदेखि गृहकार्य सुरु हुन्छ।’ 

प्रचण्डले उक्त अभिव्यक्ति दिएको आज (आइतबार) २५ दिन भयो। प्रचण्डले उक्त दिन प्रधानमन्त्रीसहित १६ वटा मन्त्रालय सम्हालेको चौथो दिन थियो। फागुन १४ गते एमालेका ८ मन्त्रीले राजीनामा बुझाए। त्यसअघि राप्रपाका ३ र रास्वपाका ३ मन्त्री सरकारबाट बाहिरिएका थिए। र, सुरुबाटै खेलकुद र बन मन्त्रालय प्रचण्ड स्वयंले राखेकाले उनको जिम्मामा त्यत्रा मन्त्रालय रहेका हुन्। 

प्रचण्डसँग अहिले अर्थ, परराष्ट्र, गृह, शिक्षा, स्वास्थ्य, शहरी विकास, कानुन, वन, खेलकुद, श्रम, उर्जा, उद्योग, रक्षा, कृषि, भूमि र महिला तथा बालबालिका मन्त्रालय छन्।

पुस १० मा प्रधानमन्त्री भएका प्रचण्डले स्वयं आफ्नो यो कार्यकालमा नतिजामुखी काम गर्ने उद्घोष गरेका थिए। उनी प्रत्येक भाषणमा सुशासन प्रत्यभूत गर्ने र तत्काल देखिने काम गर्ने बताउँछन्।

देशको अर्थतन्त्र अस्तव्यस्त रहेको स्वयं सत्तासीन दल र विज्ञहरु बताउँछन्। यस्तो अवस्थामा जनतालाई प्रत्याभूत गर्ने आधारभूत सुविधा र महत्वपूर्ण जिम्मेवारी हुने मन्त्रालयका तालुकदारका रुपमा रहेका मन्त्री नहुनु र एक्लो व्यक्तिले १६ वटा मन्त्रालय सम्हालेर सुशासनको दुहाइ दिनु आफैंमा विरोधाभास देखिन्छ। 

प्रधनमन्त्री प्रचण्डका अभिव्यक्तिका शृखंला
प्रधानमन्त्रीमा नियुक्त भएर सपथ ग्रहण गरेपछि प्रधानमन्त्रीको रुपमा प्रचण्डले गरेको पहिलो निर्णय थियो- सुशासन र सेवा प्रवाहमा प्रभावकारी काम गर्ने। ‘सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर भएको छ,’ हस्ताक्षरपछि प्रधानमन्त्रीले उल्लेख गरेका थिए।

तर, त्यसपछि मन्त्रिपरिषद् आफैंमा पूर्ण नहुनु र मन्त्री रहेका महत्वपूर्ण मन्त्रालयका मन्त्रीहरुले राजीनामा दिँदै जानुले प्रचण्डले १६ वटा मन्त्रालयको बोझलाई कसरी सम्बोधन गरिरहेका छन् भन्ने सन्देह उत्पन्न भएको छ। सोही विषयलाई लिएर आइतबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद निशा डाँगीले प्रधानमन्त्री एक्लैले १६ वटा मन्त्रालय सम्हालेकोले जनताका समस्या कसरी सम्बोधन हुन सक्छ भन्ने आशंका व्यक्त गरेकी थिइन्।

‘हुन त राज्यमा प्रधानमन्त्रीले एक्लै १६ वटा मन्त्रालय सम्हालेका बेला यो सदनबाट जनताका ती मन्त्रालयका समस्या राखौँ की नराखौँ? दुविधामा छु,’ व्यङ्ग्य मिश्रित भावमा डाँगीले भनिन्, ‘तर व्यक्ति होइन, प्रणालीमा विश्वास गर्ने भएकाले म जनताले भोगिरहेका समस्याका बारेमा सरकारको ध्यानाआकर्षण गराउन चाहन्छु।’

जनताको असन्तोष थाहा पाउने तर सिंगो सरकार सञ्चालनमा एक्लै निर्णायक
वर्तमान सरकारमा प्रचण्डसहित माओवादीका ५ जना र जनमत पार्टीका अब्दुल खान मन्त्री छन्। ६ सदस्य मन्त्रिपरिषद्ले मुलुकका तमाम विषयलाई तु सम्बोधन गर्ने प्रतिबद्धता भुलेर प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा तीव्र गृहकार्य गरेका छैनन्। उनी सत्ता साझेदारको बैठकलाई छल्ने प्रयास गरेको सत्ता साझेदार दलकै नेताहरु बताउँछन्। 

सरकार विस्तारमा देखिएको यही अलमललाई लिएर सांसद प्रेम सुवाल आपत्ति जनाउँदै सरकारले विश्वासको मत पाउने बित्तिकै मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कानुन बनाउनुपर्ने धारणा राख्छन्। 

‘अहिले सरकारले विश्वासको मत पाएको धेरै दिन भयो। एउटा कानुन बनाउँ, प्रधानमन्त्रीले विश्वासको मत पाएको भोलिपल्ट पूर्ण मन्त्रिमण्डल नबनेमा प्रधानमन्त्री स्वत: रिक्त हुने एउटा बन्दोबस्ती गरौँ,’ सुवाल भन्छन्। 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  २०:०९
  • #प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्