• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
जनताबाट पराजित भएका र 'भागेका'लाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी
64x64
ईश्वर बराल शुक्रबार, चैत १७, २०७९  २१:२०
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। उनले कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा भित्र्याएका हुन्। पछिल्लो मन्त्रिपरिषद् विस्तारका क्रममा उनले जनमतबाट प्रत्यक्ष रुपमा अस्वीकृत भएका तथा जनताबाट परीक्षण हुने बाटो छलेर सांसद भएकाहरुलाई समेत महत्त्वपूर्ण मन्त्रालयको जिम्मा दिएका छन्।

जनताबाट अस्वीकृत भएर पनि संवेदनशील र महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने नेता हुन् नारायणकाजी श्रेष्ठ। शुक्रबारको पुनर्गठनका क्रममा उनले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। गत पुस ११ गते उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका थिए। शुक्रबारदेखि उनी गृहमन्त्री हुन पुगेका हुन्।

श्रेष्ठ २०७४ को निर्वाचनमा गोरखा- २ मा डा बाबुराम भट्टराईसँग पराजित भएका थिए। माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठलाई नयाँ शक्तिका उम्मेदवार भट्टराईले करिब ७ हजारको मतान्तरले पराजित गरेका थिए। त्यतिबेला जनताबाट अस्वीकृत भएका उनले लामो समय आफूलाई जनप्रतिनिधिहरुको थलोबाट बाहिर राख्न चाहेनन्।

तत्कालीन नेकपाका सचिवालय सदस्य र प्रवक्ताको जिम्मेवारीमा रहेका उनी पार्टीभित्रको शक्ति संघर्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर थिए। त्यहाँभित्रकै दाउपेचलाई आफू अनुकूल बनाउँदै उनले राष्ट्रिय सभाको सदस्य हुने रणनीति अख्तियार गरे। सोही अनुसार २०७६ माघमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए।

प्रतिनिधि सभा निर्वाचनमा जनमतबाट अस्वीकृत भएका श्रेष्ठ संसदीय निर्वाचनको अर्को पाँचवर्ष पनि नकुरी ‘जस्केला’बाट सांसद बने। सोही अनुसार उनी अहिले महत्त्वपूर्ण मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका हुन्।

महतलाई जनमतभन्दा देउवाको कृपा बढी लाभदायक
अहिले आमरुपमा बहस उत्पन्न गरिरहेको विषय हो, देशको आर्थिक अवस्था। अर्थतन्त्र धराशायी भइरहेको भन्ने आम बुझाइका बीच यो क्षेत्र हेर्ने अर्थ मन्त्रालयमा को व्यक्ति आउला भन्ने चासो निकै थियो। शुक्रबार भएको मन्त्रिपरिषद् विस्तारमा डा प्रकाशशरण महतले बाजी मारेका छन्।

निर्वाचनमार्फत् अभिव्यक्त हुने जनमतले डा महतलाई पत्याएको देखिँदैन। २०७४ कै निर्वाचनमा उनी काठमाडौं- ५ बाट उम्मेदवार भएका थिए। तर नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलसँग करिब १० हजार मतन्तरले पारजित भएका थिए।

पार्टीकै कार्यकर्ताले पनि उनलाई रुचाएको देखिएन। २०७८ मंसिरमा सम्पन्न कांग्रेसको चौधौँ महाधिवेशनमा उनी शेरबहादुर देउवाको समूहबाट महामन्त्रीका उम्मेदवार थिए। तर, पराजित हुन पुगे। सभापतिमा निर्वाचित देउवाले उनलाई केन्द्रीय सदस्य तथा पार्टीको प्रवक्ता समेत बनाए।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनले प्रत्यक्षतर्फकै उम्मेदवार बनेर जनताबाट अनुमोदित हुने अपेक्षा गरिएको थियो। तर, उनले समानुपातिकतर्फको पहिलो नम्बरको उम्मेदवार बन्ने सौभाग्य पाए। र, सोही अनुसार कांग्रेसको समानुपातिक सांसद बन्न सके।

कैयौँ पटक देउवाको कृपाले अनेक अवसर पाउने गरेका महतले अर्थ मन्त्रालयको जिम्मेदवारी पनि पाएका छन्। यसअघि अन्य मन्त्रालय सम्हालेको भए पनि यो मन्त्रालय उनका निम्ति नयाँ हो।

सधैं मनोनयनमै उचाइ पाएका महत
महतलाई देउवाले मात्र, अहिले मात्र यसरी अवसर हात लागेको होइन। २०४० देखि नै उनले पाएका अवसर हेर्ने हो भने यस्तैयस्तै देखिन्छ।

२०४० मा नेविसंघको सभापति बलबहादुर केसी थिए। केसीको कमिटीमा महतलाई महामन्त्रीमा मनोनयन गरिएको थियो। त्यसपछि पार्टी राजनीतिलाई स्थगित गरेर अध्ययन गर्न अमेरिका हानिएका महतलाई २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय योजना आयोगको सदस्यमा चयन गरेका थिए।

महत त्यसपछि २०५८ मा शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा उनको राजनीतिक सल्लाहकारको जिम्मेवारी पाएका थिए। २०६१ मा बनेको देउवाकै अर्को सरकारमा महत परराष्ट्र राज्यमन्त्री बनेका थिए।

२०६४ को पहिलो संविधान सभामा महत समानुपातिक प्रणालीबाट सभासद बनेका थिए। उनी २०६६ मा प्रधानमन्त्री माधवकुमार नेपालको सरकारमा उर्जामन्त्री बने। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पनि महतले समानुपातिक प्रणाली नै रोजे। २०७३ मा प्रचण्डको नेतृत्वमा महत परराष्ट्र मन्त्री पनि बने।

कृषि मन्त्री भूसाल, जसलाई जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपरेको छैन
शुक्रबारको मन्त्रिपरिषद् पुनर्गठनमा कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन्, डा बेदुराम भूसालले। एमालेमा छँदा 'लो-प्रोफाइल' मा बसेर राजनीति गर्न रुचाउने गरेका भूसाल नेकपा एकीकृत समाजवादी गठन भएसँगै सो पार्टीको महासचिव बने।

लामो राजनीतिक विरासत भएता पनि भूसाल जनताबाट प्रत्यक्ष रुपमा निर्वाचित हुनुपरेको भने छैन। अहिले पनि भूसाल राष्ट्रिय सभा सदस्य हुन्। यसअघि पनि २०५८ सालमा पनि राष्ट्रिय सभामा निर्वाचित भएका थिए। दुवैपटक उनी जनप्रतिनिधिहरुको मतबाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २१:२०
  • #जनताबाट अस्वीकृत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्