• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कोशी प्रदेश नामकरण किराँत नाम राख्दा पहिचानवादी भइने भयले कोशीवादी बनेको माओवादी
64x64
ईश्वर बराल शुक्रबार, चैत २४, २०७९  २०:१५
1140x725

काठमाडौं- तत्कालीन प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि पछिल्लो पाँच हप्तादेखि पूर्वी नेपाल तनावग्रस्त छ। पहिचानको आधारमा नामकरण हुनुपर्छ भन्ने पक्षधरहरु चरणबद्ध रुपमा आन्दोलनमा छन्। 

फागुन १७ को प्रदेश सभामा नेकपा एमालेले प्रदेशको नाम कोशी राख्न गरेको प्रस्ताव दुई तिहाइ बुहमतले पारित भएको थियो। उक्त प्रस्तावको पक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थन थियो भने एकीकृत समाजवादी र जसपा भने विपक्षमा थिए। उनीहरु प्रदेशको नाम पहिचानका आधारमा हुने पर्ने पक्षमा थिए। 

लिम्बु-राई बाहुल्य रहेको यो प्रदेशको नामकरण पहिचानका आधारमा राख्ने कि खोला-नालाका नाममा राख्ने भन्ने बहस पछिल्लो संसद् बैठकदेखि नै पेचिलो बनेको थियो। तर मंसिर ४ पछि बनेको संसदमा स्पष्ट रुपमा पहिचान विरोधीहरुको ठूलो उपस्थिति रहेकोले पहिचानको विषय खारेजीमा पर्न गयो। 

प्रदेशको नामकरण कोशी भएपछि प्रदेश राजधानी लगायत प्रदेशका विभिन्न क्षेत्रमा सो नाम खारेजी गर्न माग गर्दै प्रदर्शन भइरेहका छन्। प्रदर्शनको सिलसिलामा पहिचान पक्षधर पदम लिम्बुको प्रहरीसँगको झडपमा मृत्यु समेत भयो। प्रदर्शनका क्रममा घाइते लिम्बुको उपाचारको क्रममा निधन भएको हो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लिम्बुलाई शुक्रबार शहीद घोषणा गरेको छ। 

प्रदेश नामकरणको विषयमा मओवादी केन्द्रले भने दोहोरो भूमिका खेलेको छ। आफू पहिचान पक्षधर रहेको भन्ने सो दल नामको विषयमा बाधक नबन्ने भन्दै कोशीको पक्षमा उभियो। 

मुख्यत: माओवादी केन्द्रले अन्तर्यमा आफू पहिचानवादी नरहेको स्पष्ट पार्न चाहेको देखिन्छ। उसलाई पहिचानवादीको ‘ट्याग’ लाग्ला र जनताबाट मत नपाइएला भन्ने भय पनि छ। उक्त निष्कर्षमा पुगेको यो पार्टीले बाह्य रुपमा भने पहिचान आफ्नो अजेण्डा रहेको भन्न भने छोडेको छैन। 

उक्त कुरालाई पुष्टि हुने गरी सो प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोले नामकरणको छलफलका दिन सदनबाटै पहिचानको अजेण्डा बोकेकाले आफूहरु जनमतबाट कमजोर बन्न पुगेको बताए।

‘आजको दिनमा पनि हाम्रो पार्टी प्रष्ट रुपमा हिजोका उत्पीडित जातिहरुको पक्षमा छ। पहिचान र सामर्थ्यका आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्नेमा छ,’ छलफलमा सहभागी हुँदै सांसद आङ्बोले भने, ‘तर आजको संसद् र गणित हाम्रो अनुकुल रहेन। सायद त्यही कुरा गरेर खुम्चियौं वा अन्य कुनै कारणले खुम्चियौं, भोलि बहस होला।’ 

आङ्बो तिनै नेता हुन्, जो प्रदेशको नाम पहिचानको आधारमै हुनुपर्छ भन्ने मागका आधारमा निर्वाचित भएका थिए। 

‘प्रदेशको नाम हाम्रो कारणले नराखेको हो। यो जिम्मा लिन हामी तयार छौँ। किनभने, प्रदेशको नाम जबरजस्ती कोशी प्रदेश राखिँदै थियो,’ प्रदेश सभातर्फ पाँचथर क्षेत्र नम्बर ‘ख’ मा मत माग्ने क्रममा आङ्बोले भनका थिए, ‘मैले भनें, मेरो औंला काटेर दिन तयार छु तर कोशी प्रदेशमा म सही गर्दिनँ। म मान्दिनँ।’ 

आङ्बो पछिल्लो संसदमा पनि सोही क्षेत्रबाट निर्वाचित सांसद थिए। 

माओवादी केन्द्रले जनमत आफ्नो पक्षमा आएका दिन प्रदेशको नाम पहिचानकै आधारमा हुने भन्ने वाचा भने पुन: विनिमय गर्‍यो। तर परम्परागत शक्तिहरुका विरुद्ध उभिन भने अनिच्छा देखायो। 

‘हाम्रो पार्टी नागरिक सर्वोच्चता स्वीकार गर्ने पार्टी रहेकोले संसदको ठूलो जनमतले स्वीकार गरेको कुरालाई अस्वीकार गर्न भएन। फेरि प्रदेशलाई नामांकनविहीन गरिरहन पनि मिलेन। यसले सहज निकास पाओस्,’ सांसद आङ्बोले भनेका थिए, ‘यदि भोलिका दिनमा दुई तिहाइको नाम दिएको अवस्थामा भोलि नाम परिवर्तन गर्न हामी तयार रहेका छौं।’

माओवादीहरुले कुनै समय बुर्जुवा र कुलिनहरुको नेता भनेर ‘ट्याग’ लगाएका साविकका एमाले हाल एकीकृत समाजवादी पार्टीले प्रदेशको नाम पहिचानका अधारमा किराँत-लिम्बुवान-सगरमाथा प्रदेश राख्नुपर्छ भनेर संसदमा प्रस्ताव गर्ने सामर्थ्य राख्दा पनि माओवादी केन्द्र भने ‘अस्पष्ट’  व्याख्या–अपव्याख्या गरेर पन्छिएको थियो। 

एकीकृत समाजवादी र जसपाले पहिचानको पक्षमा प्रदेशको नाम राख्नुपर्छ भन्दै एसका सांसद राजेन्द्र राईले उक्त प्रस्ताव दर्ता गराएका थिए।

संसदमा अस्पष्ट व्याख्या गरे पहिचानवादी भइने भयले पन्छिएको सो पार्टी त्यसपछि सडकमा पहिचानको पक्षमा भएको आन्दोलनमा भने समर्थन रहेको भन्दै शृङखलाबद्ध अभिव्यक्ति दइरहेको छ। बिहीबार मात्र उक्त पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आन्दोलनकारीहरुसँगको भेटमा आफूहरुबाट गल्ती भएकोले त्यसलाई सकार्ने प्रयास गर्ने भनेर थामथुम गर्ने प्रयास गरे। 

तर, पहिचान नभएका र सीमान्तकृत समुदायको पक्षधर आफूहरु रहेको भनेर जति दाबी गरे पनि शृखंलाबद्ध रुपमा आफ्नो पार्टीको क्षयीकरण हुनुमा यही अजेण्डा रहेको भन्ने सो पार्टी नेतृत्वको ठहर छ। त्यसलाई अभिव्यक्त भने फागुन १७ गते विराटनगरमा आङ्बोले गरे।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्