• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
किन रोकियो संघीय शिक्षा ऐन? ५२ वर्ष पुरानो ऐन पटक–पटक संशोधन गरेर कामचलाउ
64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, वैशाख २, २०८०  १९:०५
1140x725

काठमाडौं– नयाँ संविधान जारी भइर पनि कार्यान्वयनको चरणमा गएको ८ वर्ष बितिसक्यो। तर संविधानले व्यवस्था गरेका अझै कैयौं ऐनहरु जारी हुन सकिरहेका छैनन्। 

नेपालको संविधानसँग बाझिएका ऐनहरु अमान्य वा बदरभागी हुने कुरा संविधानमै स्पष्ट उल्लेख गरिएको छ। नागरिकता सम्बन्धी ऐन, निजामती ऐनका साथै महत्वपूर्ण ऐनको रुपमा रहेको संघीय शिक्षा ऐनसमेत कहिले आउँछन् भन्नेमा अझै अन्योलता कायमै छ।

२०२८ सालमा बनेको शिक्षा ऐन नै यथावत
हाल मुलुकमा शिक्षा ऐन २०२८ नै कार्यान्वयनमा छ। उक्त शिक्षा ऐन पटक/पटक गरि १६ औं पटक संशोधन भइसकेको छ। २०२८ सालमा तत्कालीन राजा महेन्द्र शाहले राष्ट्रिय पञ्चायतको सल्लाह र सहमतिमा यो ऐन जारी गरेका थिए।

शिक्षा ऐन २०२८ जारी भएको ५२ वर्ष पूरा भइसकेको छ। यस अवधिमा मुलुकमा ठूल–ठूला राजनीतिक घटनाक्रमहरु भए। ऐन जारी भएयता नै मुलुकले जनमत संग्रह, दुईवटा जनआन्दोलन र दुईवटा संविधान पाइसकेको छ। तर अहिलेसम्मसमेत नयाँ शिक्षा ऐन जारी हुन सकेको छैन। 

पटक–पटक यसैलाई संशोधन गरेर काम चलाइँदै आइएको छ। यसमा विभिन्न समयमा सम्बन्धित मन्त्रालयको जिम्मेवारी लिएकाहरु बढी जिम्मेवार देखिन्छन्।

शिक्षामन्त्रीहरुका बाचा नै अधुरा
२०७२ सालको संविधान निर्माणपश्चात मात्रै ८ वटा शिक्षामन्त्रीहरु बने। शिक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेबित्तिकै मन्त्रीहरुको पहिलो बाचा संघीय  शिक्षा ऐन ल्याउने भन्ने हुन्छ। तर उनीहरु पदमा आसिन हुनुबाहेक अरु थप प्रगति केही गरेको देखिन्न।

मन्त्रीको पदभार ग्रहणलगत्तै ऐन तयार पार्ने बाचा आठ जनाले गरिसके। तर अहिलेसम्म ऐनको मस्यौदासमेत समितिमा पेस हुन सकेको छ। मस्यौदा नै नबनेपछि प्रतिनिधि सभामा छलफलका लागि पुग्ने कुरै भएन। 

यसअघि पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, गिरिराजमणि पोखरेललेसमेत संघीय शिक्षा ऐनलाई प्राथमिकतामा राखेको बताउँदै आएका थिए।

अघिल्ला शिक्षामन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐनसहित शिक्षासँग सम्बन्धित पाँच वटा ऐनको मस्यौदा तयारी अवस्थामा रहेको बताएका थिए। साथै पौडेलपछि मन्त्री बनेका शिशिर खनाललेसमेत संघीय शिक्षा ऐनलाई प्राथमिकतामा राखेको दाबी गरे पनि उनी १९ दिनमै मन्त्रीबाट बाहिरिनुपर्‍यो। हाल अशोककुमार राईले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

शिक्षा ऐन रोकिनुको कारण के हो?
नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डे संघीय शिक्षा ऐन ल्याउनमा ढिला गर्न नहुने बताउँछन्। २०२८ सालकै शिक्षा ऐनलाई टालटुल पारेर चलाइरहेको उल्लेख गर्दै सांसद पाण्डेले शिक्षा ऐन अबिलम्व ल्याउनुको विकल्प नरहेको बताए।

२०२८ सालको शिक्षा ऐनको मूल धेय पञ्चायतलाई कसरी बलियो बनाउने? भन्ने खालको रहेको बताउँदै उनले मुलुकमा थुप्रै परिवर्तन भइसक्दा समेत शिक्षा ऐन नआउनु दु:खद भएको टिप्पणी गरे। सांसद पाण्डे भन्छन्, ‘उनले लोकतान्त्रिक गणतन्त्रको बेलामा संघीय शिक्षा ऐन ल्याउन ढिला गर्नुहुँदैन। संसद् र सरकारले यस विषयमा गम्भीर हुनुपर्छ।’

त्यसैगरी राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटाले स्वार्थ समूहका कारण ऐन आउनमा ढिलो भएको बताए। सरकारलाई नचाहिने विधेयक प्राथमिकतामा पर्ने तर अत्यावश्यक ऐन बेवास्ता गरिने उनले आरोप लगाए। 

उनले भने, ‘सरकारले संसद्‌मा विश्वविद्यालयसम्बन्धी विधेयकहरु ल्याएर आएको छ। एक दर्जनभन्दा बढी विश्वविद्यालयहरु छन्। मुख्य आवश्यकता भनेको संघीय शिक्षा ऐन हो।’ सांसद देवकोटाले संघीय शिक्षा ऐन नहुँदा प्रदेश र स्थानीय तहमा समग्र शिक्षा नीति कस्तो हुनुपर्छ? भन्नेमा अन्योलता रहेको बताए।

उनले योगमाया, मदनभण्डारी लगायतका ऐन जारी भइसकेको उल्लेख गर्दै नेपाल विश्वविद्यालय ऐन टेबल गरेको र आवश्यक विधेयकलाई नल्याएको बताए। उनले विश्वविद्यालयलाई व्यवस्थित पार्नका लागि छाता ऐनलाई सरकारले बेवास्ता गरेको टिप्पणी गरे।

मुलुकलाई चाहिने आवश्यकता भन्दा पनि पृथक समूहको स्वार्थमा सरकार हिँडेको हो कि भन्ने आशंका व्यक्त गरे। उनले थपे, ‘विभिन्न शक्ति केन्द्रको चलखेल छ। स्वार्थ समूह हावी भएका छन्। मेरो अनुभवले पनि हरेक विधेयकको छलफलमासमेत स्वार्थ समूह देखेको छु।’ 

उनले सरकारको प्रतिबद्धताको पनि कमी रहेको टिप्पणी गरे। ओली, देउवा र प्रचण्ड सरकार कसैको पनि इच्छा शक्ति नभएको बताउँदै उनले निजी क्षेत्रका विद्यालयलाई प्रमोड गर्ने खालका नीति अलम्बन गरेको, हरेक पार्टीका लक्ष्य उद्देश्य समाजवाद रहेको भए पनि समाजवाद प्रति प्रतिबद्ध नरहेको आरोप लगाए। 

संविधानमा दश जोड दुईको शिक्षाको अधिकार पालिकालाई दिएको बताउँदै उनले  शिक्षकहरुलाई यताउता गर्न, विद्यालयलाई मर्ज गर्नसमेत नसक्ने अवस्था रहेको दाबी गरे। 

यस्तै पूर्व शिक्षामन्त्री शिशिर खनालले मन्त्रालयमा संघीय शिक्षा ऐनको ड्राप्ट तयारी अवस्थामा रहेको बताए। उनले आफू मन्त्री हुनुभन्दा अघाडिकै मन्त्रीले एउटा ड्राप्ट तयारी गरेको बताए।

उनले भने, ‘म भन्दा अघिल्लो मन्त्रीज्यूले नै संघीय शिक्षा ऐनको ड्राप्ट तयार गर्नु भएको थियो। त्यो मन्त्रीपरिषद्‌मा पुगेर फर्केको रहेछ। मुख्य कुरा त्यसमा सार्वजनिक बहस छलफल भइसकेको छैन। सरोकारवाला निकायसँग छलफल भएको छैन।’

धेरै स्टेक होल्डरहरु भएर उनीहरुको चित्त नबुझेका कारण ढिलो भएको पूर्वमन्त्री खनालको बुझाई छ। उनले आफू मन्त्री हुँदै गर्दा त्यसलाई प्राथमिकतामा राखेर काम सुरु गरेको भए पनि १९ दिनमै मन्त्रीपरिषद्‌बाट बाहिरिनु परेको गुनासो गरे।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्