• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
चार महिनासम्म मन्त्रिपरिषद् अपूर्ण, तर चुनावी सभामा मन्त्रीकै आश्वासन
64x64
ईश्वर बराल आइतबार, वैशाख १०, २०८०  १७:३५
1140x725

काठमाडौं– तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्वर्णिम वाग्लेले बिहीबार एउटा चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारको मन्त्रिमण्डल पूरा गर्न नसकेको तर जनतासँग मत माग्दा भने जिताएर पठाए मन्त्री बनाउँछु भनेकोप्रति वाग्लेको असन्तुष्टि थियो।

बुधबार तनहुँमा आयोजित चुनावीमा सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका थिए। उनले त्यस्तै अभिव्यक्ति चितवनमा पनि दोहोर्‍याएका थिए। आफ्नै प्रतिद्वन्द्वीलाई मन्त्री बनाउने भन्दै भोट अपिल गरेपछि वाग्लेले कटाक्ष व्यक्त गरेका हुन्।

‘स्वर्णिम वाग्लेलाई हराऊ, मेरा प्रतिद्वन्द्वीको नामै लिएर उनलाई पनि मन्त्री बनाउँछु भनेर उहाँहरु दाबी गर्दै हुनुहन्छ। मलाई त्यसप्रति त्यति आपत्ति पनि थिएन’, वाग्लेको भनाइ थियो, ‘अहिले भइरहेको मन्त्रिमण्डल पनि पूरा गर्न नसकिरहेको व्यक्तिले मन्त्री बाँड्दै हिँडेर यसरी लोकतान्त्रिक अभ्यासको खिल्ली उडाउनु त्यति राम्रो होइन।’

वाग्लेको अभिव्यक्ति तथ्यमै आधारित छ। किनकि, प्रचण्ड नेतृत्वमा सरकार गठन भएको ४ महिना बितिसकेको छ। पुरानो गठबन्धन भत्किए पनि कांग्रेस सहितको पछिल्लो गठबन्धनले पनि ६ हप्ता पूरा गरिसकेको छ। तर, मन्त्रिमण्डल भने पूर्ण भएको छैन। कहिले हुन्छ भन्ने पनि निश्चित छैन। यस्तो अवस्थामा उनी उपनिर्वाचनका उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन बाँड्दै हिँडेका छन्। मानौँ, अहिले मन्त्री बनाउन सांसद उपलब्ध नभएको होस् र उपनिर्वाचनमा जित्ने बित्तिकै तात्‌तातै मन्त्री बनाउन पाइहालियोस्। जबकि, अहिले पनि मन्त्री बन्न कांग्रेसमै तँछाडमछाड चलिरहेको छ।

मन्त्रीहरु नहुँदा मन्त्रीस्तरबाट हुने महत्त्वपूर्ण कामहरुमा अवरोध भइरहेको छ। तैपनि, प्रधानमन्त्री प्रचण्ड ‘काम गरेर देखाउने’ संकथनमा छन्। केही हप्ताअघिसम्म १६ वटा मन्त्रालय एक्लै चलाएका प्रचण्डको काँधमा अहिले पनि स्वास्थ तथा जनसंख्या, युवा तथा खेलकुद, वन तथा वातावरण, खानेपानी र कानुन मन्त्रालयको जिम्मेवारी छ।

प्रधानमन्त्री बनेदेखि गठबन्धन फेर्ने, राष्ट्रपति कसलाई बनाउने, उपनिर्वाचनमा कसलाई जिताउने जस्ता काममा व्यस्त भएका प्रचण्डले जनतामा आशा सिर्जना गर्न सकेका छैनन्। मुख्यतः ‘मन्त्रिपरिषद्लाई नै पूर्णता दिन नसक्ने प्रधानमन्त्रीले अरु के गर्लान्?’ भन्ने आम बुझाइले उनीप्रति निराशा बढ्दै गएको छ। त्यसको सम्बोधन गर्न छाडेर उनी भने चुनावी सभामा मन्त्री पद बाँड्दै हिँडिरहेका छन्।

चुनावी सभामा प्रचण्डको सारथी बनिरहेका छन्, कांग्रेस सभापति शेरबहादुर देउवा। संयोग पनि कस्तो देखिन्छ भने देउवा मन्त्री बनाउँछु भन्छन्, प्रचण्ड त्यसलाई अनुमोदन गर्छन्। जबकि, भागबण्डा मिलिसकेको संघीय मन्त्रिमण्डलमा देउवाले कांग्रेसको तर्फबाट नाम दिन नसक्दा पनि मन्त्री नियुक्त हुन सकेको छैन।

देउवालाई कांग्रेसबाट मन्त्रीको नाम छिटो दिनुस् भन्न नसकेका प्रचण्ड तनहुँ र चितवन पुगेर मन्त्री खोजिरहेका छन्। खासमा चुनावी सभामा उनीहरुको ‘मन्त्री बनाउने’ भाषणको जुगलबन्दीले उनीहरुलाई नै गिज्याइरहेको जस्तो देखिन्छ।

देउवा-प्रचण्डले के भने?
चितवन- २ को सभामा देउवाः जितनारायणले जित्यो भने मैले मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डजीलाई सिफारिस गर्छु। त्यो भन्दा बढ्ता के गर्ने? त्यसकारण जित्ने र जिताउने काम तपाईंहरुको हो। अरु काम मेरो र प्रधानमन्त्री प्रचण्डजीको हो। जसरी पनि जिताउनुहोला बाँकी काम हामीलाई छोड्दिनु होला। हामी मन्त्री बनाएरै छोड्छौँ भनेर विश्वास दिलाउन चाहन्छु।

चितवन-२ को सभामा प्रचण्डः शेरबहादुरजीले छोटोमा, तर मनको कुरा गर्नुभयो। उहाँले जितनारायणलाई जिताउनुहोस्, म मन्त्रीमा सिफारिस गर्छु भन्नुभयो। उहाँले सिफारिस गरेपछि मैले मन्त्री बनाउँछु। मैले भन्ने त्यही हो। त्यसकारण तपाईंहरुको काम जिताउने भयो। हाम्रो काम उहाँलाई अधिकारसम्पन्न मन्त्री बनाएर विकास निर्माण र समृद्धिको यात्रामा अगाडि बढाउन सघाउने।

चितवन- २ मा उम्मेदवार बनेका जितनारायण श्रेष्ठ कांग्रेसका तर्फबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

त्यसअघि तनहुँको चुनावी सभालाई पनि सम्बोधन गर्दै देउवा र प्रचण्डले त्यहाँका उम्मेदवार भट्टराईलाई जिताए मन्त्री बनाउने घोषणा गरेका थिए। त्यहाँ भएको चुनावी सभामा शेरबहादुर देउवाले भनेका थिए, ‘गोविन्द भट्टराईलाई तपाईंहरुले जिताउनुहोस्। म मन्त्री बनाएर पठाउँछु।’

देउवाको भाषणलाई अनुमोदन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘म प्रधानमन्त्री छु। मन्त्री बनाउने मैले हो अहिले। मलाई विश्वास छ तपाईंहरुले रामचन्द्रजीलाई जस्तै अत्यधिक मतले गोविन्द भट्टराईजीलाई विजयी गराउनुहोला। बाँकी काम शेरबहादुर देउवाजीले जिम्मा लिइसक्नु भयो। म शेरबहादुरजी सँगै छु।’

नेताद्वयको मंत्री बनाउने आश्वासनले निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको भन्ने आरोप पनि लागेको छ, यद्यपि त्यसबारे कुनै औपचारिक उजुरी परेको छैन। 

प्रचण्ड र देउवाको आश्वासनले सकारात्मक सन्देश प्रवाह गर्न नसकेको सामाजिक सञ्जालमा तत्कालै व्यक्त भएका धारणाले प्रतिबिम्बित गर्छन्। उनीहरुको अभिव्यक्तिलाई नजिकबाट नियालेका विवेकशील साझाका उपाध्यक्ष मिलन पाण्डेले जनमतको विश्वास लिन दलहरुले ‘फुच्चे ट्रिक’ लगाएको प्रतिक्रिया दिएका छन्।

‘अझै पनि ‘जिताएर पठाउनुहोस् मन्त्री बनाउँछु’ भन्दै रहेछन्। २०८० सालमा पनि त्यही ‘फुच्चे ट्रिक’ नै लगाउँदै रहेछन्’, फेसबुकमा पाण्डेले लेखेका छन्, ‘प्रधानमन्त्रीलाई त बाल नदिने पुस्तालाई लोभ्याउन ‘मन्त्री’ वाला फुच्चे ट्रिक। नयाँ पुस्तासँग तपाईंहरूको लेभल नै मिल्दैन।’

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्