• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
उपेन्द्र यादव :  तत्काललाई राहत, दीर्घकालीन चुनौती कायमै
64x64
नवीन झा बुधबार, वैशाख १३, २०८०  २१:४३
1140x725

काठमाडौं- बारा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएसँगै उनलाई तत्कालका लागि राहत मिलेको छ। मंसिर- ४ गतेको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरी- २ मा फराकिलो मतान्तरबाट पराजित बन्नु उनको संसद् र सिंहदरबार यात्रामा अल्पबिराम मात्रै बन्यो। 

मधेस आन्दोलनबाट उदाएका उनी पछिल्ला दुई दशक निरन्तर शक्तिको केन्द्रमा रहे। संसद्मा उनी विभिन्न फरक क्षेत्रका जनताको मतबाट पुगे भने सिंहदरबारमा अनेक गठजोडमा सामेल भए। आफैं सभापति रहेको जनता समाजवादी पार्टीका साथै नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ थियो उनलाई। तर  सत्ता गठबन्धनका दलहरुले स्थानीय र मंसिर ४ मा पाएको मतअनुसार उनको मतान्तर रहेन। 

मधेसको राजनीतिमा यही आम निर्वाचनबाट उदाएर सिके राउत नेतृत्वको जनमत पार्टी एक्लैले उनलाई कडा चुनौती दिइरह्यो। उक्त पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहा ५ हजार मतान्तरले पराजित भएका छन्। गएको निर्वाचनमा ८ हजार ८ सय मत मात्रै पाएको जनमतले यसपल्ट बढाएर २३ हजार पुर्याएको छ। संगठनका हिसाबले जनमतको कमजोर पकड क्षेत्र मानिएको पश्चिम मधेसमा उक्त पार्टी फैलिँदै गएको देखिन थालेको छ। 

मधेस राजनीतिका बलिया पात्र उपेन्द्रको यसपल्टको जित राजनीतिक रुपमा तत्कालीन संकट टरेको रुपमा लिन सकिन्छ, तर दीर्घकालीन रुपमा भने उनले थप चुनौती महसुस गरेको देखिन्छ।

बारा- २ को निर्वाचन यादवले सजिलै जितेका होइनन्। उनलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नै सक्रिय बन्नुपरेको थियो।  

'प्राविधिक जित'

मधेसमा नागरिक समाजबाट सक्रिय सप्तरीका अगुवा बलराम यादव जसपा अध्यक्ष यादवको जितलाई प्राविधिक ठान्छन्। ‘कानुनी रुपमा उहाँ सांसद् बन्नुभएको छ, सरकारमा अब फेरि उपप्रधानमन्त्री बन्न सक्नुहुन्छ,’ यादवले नेपाल लाइभसँग भने, ‘तर मधेसको राजनीति उहाँको पकडमा अब नरहेको प्रष्ट देखिन्छ।’ 

राजनीतिक विश्लेषक विजयकान्त कर्णले जसपा अध्यक्षले गर्दै आएको १५ वर्षको राजनीतिमा कडा चुनौती दिने शक्ति थपिएको सन्देश उपनिर्वाचनले दिएको बताए। ‘४ मंसिरको निर्वाचनमा उपेन्द्रजी पराजित मात्रै हुनुभएको थियो,’ कर्णले भने, ‘तर उपनिर्वाचनले उहाँलाई मधेसमा जहाँ पनि कडा प्रतिस्पर्धा थपिएको र त्यसका लागि उहाँलाई प्रमुख दलहरुको सहयोग आवश्यक रहेको पुष्टि गरेको छ।’

मंसिर ४ को आम निर्वाचनमा पराजित भएसँगै जसपा अध्यक्ष यादव संसद् छिर्ने बाटो खोज्न थालेका थिए। अन्तत: बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर मैदान खाली गर्न सफल भए। स्वयं यादव नैतिक रुपमा प्रश्नचिह्नको घेरामा थिए। यद्यपि, आफ्नो बलियो जातीय समीकरण र सत्तारुढ दलको धाप देखेपछि यादव अघि बढेका हुन्। 

जसपा अध्यक्ष यादवले मंसिर ४ मा पनि चुनाव लड्न एमालेको सहारा लिएका थिए। अहिले सत्ता गठबन्धनकै सहारा लिएका हुन्। जनमत पार्टी भने त्यो बेला पनि एक्लै थियो भने अहिले पनि एक्लै चुनावमा होमिएको हो। 

२०६३ सालमा अन्तरिम संविधान जारी हुँदा संघीयता नसमेटिएको भन्दै संविधान जलाएर मधेसमा उठेको आन्दोलनको नेतृत्व गर्दै उपेन्द्र यादव केन्द्रीय राजनीति स्थापित भए। संगै यादव नेतृत्वको मधेसी जनअधिकार फोरम एकाएक उदायो। त्यसपछि पहिलो संविधान सभामा यादव र उनको दलको राम्रो उपस्थिति देखियो। २०६४ को पहिलो संविधान सभा निर्वाचनमा यादव आफैं दुई वटा क्षेत्रबाट चुनिएका थिए। तत्कालीन फोरमले ठूला दलका कयौं शक्तिशाली नेताहरुको संसद् यात्रामा ब्रेक लगाएको थियो। 

तर, १५ वर्षको अन्तरालमा उपेन्द्र यादवको अवस्था फेरिएको छ। आज अवस्था यस्तो छ कि उनी एक्लै आफ्नो पार्टीको ब्यानरमा उम्मेदवारसम्म बन्ने हिम्मत गर्ने अवस्था छैन। मधेसको राजनीतिमा भर्खरै उदाएको जनमत पार्टी बलियो चुनौती बनेको छ।

यादव र उनको पार्टी पहिलो संविधान सभाको अवसानसँगै आरोलो यात्रामा थियो, तर विभिन्न पार्टी र शक्तिसँग एकीकरण र समीकरण बनाउँदै उपेन्द्र मधेस राजनीतिको मैदानमा टिकिरहे। तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीदेखि सदभावना पार्टी मधेसकेन्द्रित नै थिए, तर उनीहरुले यादवको दबदबा कम गर्न सकेनन्।

चार वर्षअघि मात्रै मूलधारको राजनीतिमा आएका डा राउतले भने उनलाइ छोटो समयमै चुनौती दिएका छन्। राउतले आफ्नो राजनीतिको केन्द्रमा यादवलाई राखेका छन् र उनले अनेक कोणबाट चुनौती दिने प्रयास जारी राखेका छन्। 

सुरुवाती चरणमा सरकारमा जाने अवसर पाउँदा राउत आफैं एक कदम पछि रहे। जसले उनलाई पदलोलुपको आरोप लाग्न सकेन। जबकी, उपेन्द्रको कमजोरी नै सकेसम्म आफैं सरकारमा सहभागी हुने देखिन्छ। पटक-पटक उनको सरकारमा सहभागितालाई लिएर आलोचनासमेत भएको छ। यसपल्ट जसपा सरकारमा सहभागी भएपछि राउत सरकारबाट निस्केका छन्। सरकार बाहिर बसेर शक्ति आर्जन गर्ने रणनीतिमा उनी देखिएका छन्। 

स्थानीय तहको निर्वाचनमा राउतको 'हौरन' त्यति बजेन। मंसिर- ४ मा जसपा अध्यक्ष यादवलाई नै तर्साउने गरी बज्यो भने यो क्रमले निरन्तरता पाउने संकेत उपनिर्वाचनले दिएको छ। यही क्रम जारी रहे आगामी निर्वाचनसम्म जसपा अध्यक्ष यादवको ढल्केको छातामुनि ओत लाग्नेहरुभन्दा 'हौरन' बजाउनेहरुको संख्या धेरै हुनेछ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २१:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। सोमबार, असार २३, २०८२
दुई संसदीय समितिको बैठक बस्दै जसअन्तर्गत बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्