• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नसच्चिने नीति कार्यक्रममाथि संसद्‌मा सांसदहरुको ‘समय बर्बाद’!
64x64
ईश्वर बराल बुधबार, जेठ १०, २०८०  २१:१२
1140x725

काठमाडौं– कमा र फुलस्टप पनि परिवर्तन नहुने नीति तथा कार्यक्रममाथि किन भइरहेको छ संसद्‌मा छलफल? यसको सहज उत्तर छ ‘समय बर्बादी’। 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रतिनिधि सभामा सांसदहरु आइतबारबाट अद्यापी छलफलमा सहभागी भइरहेका छन्। दैनिक ७ घण्टामाथि हुने छलफलमा सांसदहरु ‘जोडतोड’ले सुझाव दिइरहेका छन्। तर, छलफलमा सहभागी सांसदहरु नै यो छलफलबाट आएका सुझाव प्रस्तुत दस्तावेजमा समावेश हुन्न भनेर ढुक्क छन्। 

यसो भन्नेमा कुनै समयमा सरकारका उपप्रधानमन्त्रीहरु र मन्त्री भइसकेका सांसदहरु नै रहेका छन्। उनीहरुको सवाल बजेट निर्माण प्रक्रिया पूरा भइसकेकोले यस्तो छलफलको औचित्य नरहेको भन्ने छ। यसो भन्दै गर्दा सांसदहरु बजेट निर्माण चरणलाई कार्यातलिका बनाएर कम्तिमा मंसिरबाट सुरु गर्न र सांसदहरुले उठाएका सवालहरुलाई कार्यक्रम र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिइरहेका छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकको सुरुमै छलफलमा सहभागी जनाएका कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले बजेट निर्माण भइ लक भएर छाप्न मात्र बाँकी रहेकोले छलफलको अर्थ नरहेको बताए।

‘हामी नीति कार्यक्रममा छलफल गरिरहँदा कसरी गरिरहेका छौं भने यसमा छलफल गरिसकेपछि यसको आधारमा बजेट बन्छ। बजेट त लक भइसक्यो। त्यो त छाप्न मात्रै बाँकी छ। अब संसद्‌‌मा भएको छलफललाई कसले ग्रहण गर्ने हो? यसको अर्थ के हुने हो?,’ सांसद थापाले प्रश्न गरे। 

उनले यो परम्परा बनेकोले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए। ‘यो कुरा अहिलेको सरकारको कुरामा मात्रै गरेको होइन। हामी यस्तै गरिरहेका छौं,’ सांसद थापाले भने। सांसद थापाले यो पद्धतिलाई अर्को वर्ष परिवर्तन गर्न सरकारलाई सुझाव दिए। अन्यथा, यस्तै रहेमा छलफलमा सहभागी नहुन सांसदहरुलाई आह्वानसमेत गरे। सरकार र सांसदहरुको समयको ‘बर्बादी’ हुने भएकोले सांसद थापाले यो परम्परा तोड्नुपर्नेमा जोड दिए। 

‘यो वर्ष यसरी नै आयो यसलाई यसरी नै लिऔं। तर अर्को वर्ष पनि नीति कार्यक्रम यसरी नै आउने हो, बजेटको सिद्धान्तमाथि यसरी नै छलफल गर्ने हो भने मैले अरु माननीयज्यूहरुसँग पनि आग्रह गर्छु, त्यस्तो बजेटको सिद्धान्त र प्राथमिकताहरुको छलफलमा भाग नलिउँ,’ सांसद थापाले भने,‘यसले सरकारको समय बर्बादी हुन्छ। र हाम्रो पनि समय बर्बादी हुन्छ।’

सांसद थापाले आफूले अहिलेको सरकारलाई गरिनस् नभनेको तर गरौं भनेको उल्लेख गरे। यो परिस्थिति बदल्न आवश्यक कानुन बदल्नुपर्नेमा  सांसद थापाले आग्रह गरेका छन्। 

‘मैले सरकारलाई यो गरिनस् भनेको होइन, यो गरौं भनेको हो। यसका लागि केही कानुनहरु बदल्नुपर्ने छ कानुनहरु बदलौं,’ सांसद थापाले भने,‘यो ल्याउने समय बदल्नपर्‍यो र ल्याउने तरिका पनि बदल्नुपर्‍यो। र यसभित्र हुने अन्तरवस्तु पनि बदल्नुपर्‍यो।’

त्यस्तै, एमाले सांसद गोकर्ण विष्टले संसदीय प्रणालीको परम्पराको रुपमा रहेको यो अभ्यासलाई बदल्नुपर्नेमा जोड दिए। छलफलमा आएका सुझावलाई समावेश गर्न नसक्ने तरिकाले देशमा देखिएका तमाम समस्याको सम्बोधन नहुने सांसद विष्टको भनाइ छ। 

‘सांसदरुहको रचनात्मक सुझावलाई आत्मसाथ गर्ने, समृद्ध बनाउने कुरालाई ध्यान दिन सकिएन भने केबल हाम्रो संसदीय परम्परामार्फत् हुन्छ भन्नेले हुन्छ भन्नु होस्। हुन्न भन्नेले हुन्न भन्नुहोस् भन्ने अभ्यासले आजको गम्भीरता र चुनौतीलाई सम्बोधन गर्न सक्दैन,’ सांसद विष्टले भने। 

यस्तै, माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले व्यवस्थामा नयाँ भए पनि यस्ता प्रक्रियाहरु पुरानै रहेकोले यो संसदीय परम्परा सुधार्नुपर्नेमा जोड दिएका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सुझावहरु समावेश हुन नसक्ने अवस्थामा किन छलफल भयो भन्ने उनको तर्क थियो। 

‘संघीय गणतन्त्रको अभ्यासमा हामी नयाँ प्रक्रियामा प्रवेश गरेका छौं। छलफलको तौर–तरिका पुरानै तरिकाले अघि बढिरहेको महशुस भएको छ। हाम्रो छलफलको प्रक्रियाहरु, नीति तथा कार्यक्रमको छलफल पछाडी अपनाइने विधिहरु पुरानै तरिकाका छन्,’ सांसद घर्तीले दुखेसो पोख्दै भने,‘हामीले छलफल गरिरहँदा हाम्रा सुझावहरुलाई समाहित गरेर परिमार्जन गर्नुपर्ने ठाउँ काँही पनि छैन।’ उनी यो परम्परा तोड्नुपर्ने पक्षमा छन्।

‘हामीले बजेट असारमा पास गर्छौं अनि कार्यान्वयन प्रक्रिया अहिले वैशाखमा आएर सुरु हुन्छ। हतार–हतारमा प्राविधिकहरु गएर मिलाइदिनु हुन्छ। अनि हामी सुशासनका कुरा गर्छौं,’ उनले जोड गर्दै भने,‘त्यसैले पुरानो संसदीय परम्परामा हामीले सुधार गर्नुपर्छ। अनि मात्र सुशासन प्रत्याभूत हुन्छ।’

यस्तै, रास्वपा सभापति तथा सांसद रवि लामिछानेले छलफलमा उठेका विषय नसमेटिने भए यो वक्तृत्वकला प्रतियोगिता भन्नुपर्ने भनेर व्यङ्ग्य गरे। उनले आफूहरु यस्तो परम्परा परिवर्तन गर्न आएको बताए।

‘नीति तथा कार्यक्रमलाई सच्याउने संसदीय अभ्यास छैन भन्ने कुरा सत्तापक्षीय सांसदहरुले नै भन्नुभएको छ। यो बहसको महत्त्वपूर्ण समयको कुनै अर्थ छैन, मान्यता छैन भने यसलाई २७५ सांसदबीचको वक्तृत्वकला प्रतियोगिता भने हुन्छ,’ सच्चिन जोड गर्दै सांसद लामिछानेले भने,‘नत्र सच्याउनुपर्छ, सच्चिनुपर्छ।’ 

यस्तै, जसपा अध्यक्ष तथा सांसद उपेन्द्र यादवले छलफलबाट केही नहुने भए पनि आफू शास्त्रार्थ गर्न आएको भनेर व्यङ्ग्य गरे। ‘यो सुझावको काम लाग्दैन। किनभने यसमा सुधार हुने पनि होइन। यो आधारमा बजेट बन्ने पनि होइन। यो भनेको उही शास्त्रार्थ गर्ने मात्र हुनु हो। यो शास्त्रार्थमा किन पछि पर्ने भनेर केही भनि हालौं,’ सांसद यादवले आफू पोडियम आउनुपरेको अर्थ खुलाए।

‘सात महिनाअघि बाटै बजेट निर्माण प्रकृया थालौं’
सांसदहरुले आपत्ति मात्र जनाएनन्। सुधारको स्पष्ट चित्र पनि प्रस्तुत गरे। त्यसो गर्नेमध्येका हुन् सांसद गगन थापा। उनले आफ्नो पार्टीका अर्का महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा र आफूले अर्थमन्त्रीलाई कार्यतालिका नै दिएर काम गर्न सुझाव दिएको उल्लेख गरेका छन्। 

‘हामीले अर्थमन्त्रीलाई एउटा कार्यतालिका बनाएर दिएका छौं। चैत्र महिनामा नीति तथा कार्यक्रम यहाँ प्रस्तुत हुनुपर्छ। र वैशाख र जेठको यो महिनालाई बजेट कार्यान्वयनको सन्दर्भमा जति पनि कानुन चाहिने हो त्यो सबै कानुनमा छलफल गरेर पारित गर्ने समयको रुपमा प्रयोग गर्नु पर्छ,’ सांसद थापाले भने,‘जसको कारण संसद्‌बाट बजेट पारित हुँदैगर्दा बजेट मात्र पारित हुँदैन। त्यसको लागि चाहिने कानुन, कार्यविधिहरु पनि पारित भएको अवस्था हुन्छ।’

सांसद थापाले यसअघि बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्ने क्रममा कम्तिमा मंसिरदेखि बजेट निर्माण थाल्नुपर्नेमा जोड दिएका थिए।

गगन थापाको प्रस्तावः बजेट निर्माण प्रक्रिया मंसिरबाटै सुरु गरौं

यस्तै, कांग्रेस सांसद ईश्वरी न्यौपानेले छलफलको यस्तो परम्परा तोडिनुपर्नेमा जोड दिइन्। ‘मंसिरदेखि नै बजेट निर्माण प्रारम्भ गर्नुपर्छ,’ उनले सांसदको भूमिकालाई सुझाउँदै भनिन्, ‘सोही समयदेखि नै सांसदले सक्रियतापूर्वक र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ।’

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्