• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
अदालतमा विचाराधीन विधेयकमाथि संसद्‌मा गरमा–गरम
64x64
ईश्वर बराल सोमबार, जेठ २२, २०८०  २२:२५
1140x725

काठमाडौं– ‘यो अहिले (नागरिकता विधेयकको विषयलाई लक्षित गर्दै) छलफलको विषय नै होइन। खाली फरक प्रसङ्गमा उठेको हुनाले। अदालतमा छ म धेरै यसमा जान चाहान्न। के कसो, यस्तो उस्तो भन्नेमा जान म चाहान्नँ। कोर्टमा छ हेरौं २६ गतेसम्मलाई। अल्पकालीन स्टे अर्डर छ। हेरौं,’ सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीले भने। 

तर उनले यो भन्नुअघि संसद्को परिस्थिति निकै तरङ्गित भएको थियो। अदालतमा विचाराधीन रहेको विषयलाई संसद्‌मा प्रवेश गराउने स्वयं काम भने एमाले, रास्वपा र रप्रपाले गरेका थिए। तर त्यसलाई थप गहिराइमा पुर्‍याउने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। 

भएको के थियो? 
प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रतिपक्षी दलहरुका सांसदले आइतबार दर्ता गरेको सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको थियो।

कार्यपरामर्श समितिमा त्यहि अनुसार सहमत भएर बैठक स्थलमा आइपुगेका सांसदहरु बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी सांसद ज्यारकज्युरुक उठे। र लगत्तै सभामुख देवराज घिमिरेले एमाले सांसद योगेश भट्टराईलाई बोल्ने समय दिए। 

सांसद भट्टराईले नागरिकता विधेयक जारी गराएकोमा सरकारप्रति आक्रमक बने भने अदालतलाई धन्यवाद दिए। र यसका लागि राष्ट्रिय सहमती हुनु पर्ने औंल्याए।

‘नागरिकता जस्तो संवेदनशील विषय यो सिङ्गो मुलुकको विषय हो। हामी सबैको समस्या हो। यसलाई राष्ट्रिय सहमतिका साथ दिर्घकालीन हिसाबले समाधान गर्नुपर्छ भन्ने हाम्रो पार्टीको सोच आजबाट मात्र हैन धेरै पहिलाबाट हो,’ सांसद भट्टराईले भने।

सांसद भट्टराई यो विषयलाई टुङ्ग्याउने क्रममा नागरिकता जस्तो संवेदनशील विषयमा खेलवाड नगर्न भन्दै चेतावनी दिए। साथै, भट्टराईले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई  उचालेको, उकासेको आरोप लगाए।

त्यसपाछि बोल्न आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। उनले राष्ट्रिय सहमति पहिलै बनिसकेको बताउँदै त्यसैको आधारमा राष्ट्रपतिले प्रमाणीकरण गरेको दाबी गरे।

‘नागरिकता विधेयक सकारात्मकरुपमा नेपालको बृहत्तर हितलाई केन्द्रबिन्दूमा राखेर नेपाली नागरिकले सहजरुपमा नागरिकता प्राप्त गरुन र अनागरिकले नागरिकता प्राप्त नगरुन् भन्ने मूल सैद्धान्तिक विषयमा हामी सबै एक मत छौं,’ प्रधानमन्त्रले भने।

उनले नागरिकता विधेयकसम्बन्धी २०६३ पछिका घटनाको शृखंला सुनाए। र यसअघिको व्यवस्थाहरु बारेको चर्चा गरे। साथै उनले यसअघि तत्कालीन प्रधनानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत् जारी गरेको र अहिलेको सरकारले ल्याएको विधेयकको सार एउटै रहेको दाँजेर पढेर सुनाए। र यसमा विवाद नगर्न आग्रह गरे।

उनले सांसदहरुलाई आह्वान गर्दै भने, ‘नागरिकतासम्बन्धी जुन विधेयकको चर्चा गरेका छौं त्यो हामी सबैको सर्वसम्मत विधेयक हो। विवाद नै नभएको विषयलाई जबरजस्ती विवादित बनाउन खोजियो? जनताका पीडालाई मल्हम पट्टी गर्न ल्याएको विधेयक न हो यो।’

त्यसपछि आफ्नो भ्रमणको लामो समय आफ्नो भारत भ्रमणबारे चर्चा गरे। प्रधानमन्त्रीको वक्तव्यपछि पुरक प्रश्नका लागि सभामुखले समय दिए। सुरु मै बोले एमाले सांसद रघु जी पन्त। 

उनले नागरितकता विधेयककै कुरा उप्काए। 

उनले भने, ‘हाम्रा नगरिकता विधेयकमा केही प्रश्न छन्। तर नागरिकता विधेयकमा हाम्रो आपत्ति कन्टेनभन्दा पनि प्रक्रियामा हो। संसद्को विशेषअधिकार हनन भएकोमा हो। चिन्दै नचिनेको संसद्ले बिर्सिसकेको सभामुखको हस्ताक्षरलाई आधार मानेर प्रधानमन्त्रीले पठाएको चिठ्ठीलाई राष्ट्रपतिले प्रमाणीकरण गरेर संसद्को विशेष अधिकार हनन भएको छ।’

पन्तकै कुरामा थप गरे राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र प्रसाद लिङ्देनले। उनले भने, ‘विधेयकभित्र के छ भन्ने होइन प्रक्रियाको कुरा हो। यसमा तमाम सांसदहरुलाई उल्लु बनाउन पाँइदैन।’

यसपछि बोले रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछाने। उनले पनि संसद्को अधिकार खोसिएकोमा आक्रोश व्यक्त गरे। ‘संसद्को अधिकार छलेर मन्त्रिपरिषद्‌बाट निर्णय गराएर प्रधानमन्त्रीले राष्ट्रपतिमार्फत् जुन विधेयक पास गराउनुभयो त्यसले संसद्को अधिकार मात्र छिनको छैन। प्रधानमन्त्रीका कारण मन्त्रिपरिषद्को कारण यो विषय अदालत पुग्यो र हाम्रो अधिकार हनन भएको छ,’ सांसद लामिछानेले भने।

त्यसपछि बोलेका अधिकांश प्रतिपक्षी संसद्ले उही कुरा दोहोर्‍याए। दोहोर्‍याउनेमा राप्रपा सांसद ज्ञानबहादुर शाही, एमाले सांसद दामोदर वैरागी, सांसद ठाकुर गैरे, रास्वपा सांसद मनिष झा, गणेश पराजुली, एमाले सांसद ज्वालाकुमारी साह, बलराम अधिकारी, राजोमा सांसद चन्द्रबहादुर केसी आदी थिए।
 
यहीबीचमा सत्तापक्षीय कांग्रेस सांसद रामहरि खतिवडाले पछिल्लो राष्ट्रपतिले संसद्‌बाट पठाएको विधेयक प्रमाणीकरण नगरेर क्रोक्रामा हालेकाले अहिले पारित गर्नुपरेको आसयको प्रतिक्रिया दिए। 

उनले भने, ‘नेपालको संसदले दुईपल्ट पारित गरे पठाएको नागरिकता विधेयक राष्ट्रपतिले कोक्रामा राखेर प्रमाणीत नगर्दा सरकारले के गर्छ त्यो बारेमा पनि जवाफ चाहियो।’

जब प्रधानमन्त्रीले जवाफ दिने पालो आएर आफ्नो भनाइ राख्न थाले संसद्‌मा तमसा सुरु भयो। प्रचण्डले मूलत पछिल्लो राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरे। 

‘संविधानको व्यवस्था अनुसार पछिल्लो राष्ट्रपति बाट दुई पटक जाँदा पनि प्रमाणीकरण नभएर संवैधानिक उल्लंघन भयो। संविधानको मर्ममाथि बढो निर्मम तारिकाले हमला भयो,’ प्रधानमन्त्रीले भने। 

उनको यो मन्तव्यमा एमाले सांसद सूर्यबहादुर थापाले आपत्ति जनाए। उनले नेपालको संविधानको धारा १११ को उपधारा १० मा रहेको व्यवस्था पढेर सुनाए। 

‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भइ विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भइ राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ,’ संविधानमा रहेको यो व्यवस्थालाई देखाउँदै पछिल्लो प्रमाणीकरण भएको विधेयक निष्किय भइसकेको तर्क गरे। 

अनि एमालेले सम्झ्यो विचाराधिन रहेको कुराः

संसद्‌मा  ‘तमासा’ चलिरेहेकोबीचमा एमाले सांसद रघुजी पन्तले अदालतमा रहेको मुद्दामा प्रधानमन्त्री बोलेको भन्दै आपत्ति जनाए। ‘हिजो मात्र यो विषय अदालतमा गइसक्यो र अदालतले अन्तरिम आदेश गरिसक्यो। सरकारले गरेको काम ठिक थियो भने त अदालतले अन्तरिम आदेश गर्दैनथ्यो। त्यो अन्तरिम आदेशलाई प्रधानमन्त्री ज्यूले सम्मान गर्नुपर्‍यो,’ प्रधानमन्त्रीलाई लक्षित गर्दै पन्तले भने, ‘विषय अदालतमा रहेको अवस्थामा प्रधानमन्त्रीले यहाँ स्पष्टीकरण दिन जरुरी छ? यो बोल्न पाइन्छ यसरी?’

प्रश्नोउत्तर कार्यक्रममा सबैभन्दा बढी उठेको प्रश्न थियो नागरिकता प्रकरण। जवाफमा पनि प्रधानमन्त्रीले अदालतमा मुद्दा विचाराधीन रहेको भन्ने हेक्का नराखी लामो समया खर्चेर स्पष्टीकरण दिए। 

यता, प्रधानमन्त्रीको मन्तव्यपछि बोल्ने समय पाएका ओलीले भने अदालतमा विचाराधीन रहेको भन्दै लामो समय नागरिकता विधेयकको औचित्य माथि नै बोले।

नेपालको संविधानको धारा १०५ मा अदालतमा रहेको विचाराधीन मुद्दामा संसद्‌मा बहस गर्न बन्देज हुने स्पष्ट व्यवस्थाका विपरीत सांसदहरुले सोमबारको प्रतिनिधि सभामा बहस गरेका छन्। 

संविधानको धारा १०५ मा लेखिएको छ, ‘नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसद्को कुनै सदनमा छलफल गरिने छैन।’

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्