• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बजेटको मुखमा सरकार फेरबदलको खेल: कोशीमा सहज छैन अंक गणित
64x64
ईश्वर बराल बुधबार, जेठ २४, २०८०  ०९:५८
1140x725

काठमाडौं– संघ लगायत अन्य प्रदेशहरुमा तत्कालीन गठबन्धन फेरिएसँगै सरकारबाट बाहिर पुगेको नेकपा एमाले बाँकी रहेको कोशी प्रदेशको सरकारको नेतृत्वबाट पनि बाहरिनुपर्ने स्थितिमा पुगेको छ।  संघ लगायत अन्य ६ प्रदेशमा कांग्रेस–माओवादी गठबन्धनको सरकार बन्दा पनि यो प्रदेशमा भने एमाले–माओवादीकै गठबन्धन थियो। तर मंगलबार माओवादी केन्द्र  सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि एमालेका हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ। 

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पूर्वसन्ध्यामा र आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको अवस्थामा कार्की नेतृत्वको सरकार अल्पमत परेको छ। बुधबार प्रदेश प्रमुखले संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम थियो। र असार १ गते बजेट भाषण गर्ने तयारीमा जुटेका कार्की अल्पमतमा परेपछि संसद बाहिरबाट बजेट सार्वजिनक गर्ने तयारीमा रहेका छन्। 

माओवादी केन्द्र बाहिरेसँगै अब कसरी अघि बढ्नु हुन्छ? भन्ने प्रश्नमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले संविधानको व्यवस्थाअनुसार बजेट सार्वजनिक हुने बताए। ‘नीति तथा कार्यक्रम र बजेट आउने बेला सरकार अल्पमतमा परेपछि कसरी सार्वजनिक हुन्छ सबैलाई थाहा भएकै कुरा हो नि। संविधानअनुसार हुन्छ,’ मन्त्री राजनभण्डारीले भने। 

कांग्रेसको लामो दबाबपछि मात्र माओवादी केन्द्र सरकारबाट फिर्ता
संघमा एमाले–माओवादी केन्द्रको गठबन्धन भत्किएर कांग्रेस–माओवादी केन्द्रको नयाँ गठबन्धन बनेसँगै संघसहित अन्य प्रदेशमा कांग्रेसको सत्तारोहण भयो। तर कोशीमा भने माओवादीको समर्थन कायम रहँदा एमाले नेतृत्वको सरकार बहुमतमै रहिरहेका कारण कांग्रेस बाहिरै रहनु परको थियो। माओवादी केन्द्रलाई सरकारबाट बाहिर ल्याउन कोशी कांग्रेसले निकै कसरत गर्नु पर्‍यो। 

एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि कोशी कांग्रेसले पार्टीका सभापति शेरबहादुर देउवामार्फत् दबाब बढाएको थियो। त्यसका लागि कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा २ पटक काठमाडौं नै धाए। 

पहिलोपटक काठमाडौं आउँदा थापा नेतृत्वको टोलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्यो। दोस्रोपटक पार्टी सभापतिलाई मात्र भेटेर दबाब दिन आग्रह गरेका थिए। 

Hikmat_Karki_CM_Koshi_Province1679969670.jpg
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की (फाइल तस्बिर)

कांग्रेस–माओवादी गठबन्धनलाई बहुमत सिद्ध गर्न अर्को गम्भीर चुनौती छ। त्यो हो प्रदेश सभाको अंक गणित। 
 
कोशी प्रदेशको प्रदेश सभामा ९३ सांसद छन्। सरकारका लागि आवश्यक बहुमत पुर्‍याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ। कार्की नेतृत्वको वर्तमान सरकारलाई एमालेका ४०, र राप्रपाका ६ जना सांसद्को समर्थन छ।  विपक्षी गठबन्धनमा माओवादी केन्द्रका १३, कांग्रेसका २९, एकीकृत समाजवादीका ४, र  जसपाका १ सांसद रहेका छन्। 

पछिल्लो गठबन्धनलाई सरकार गठनका लागि ४७ सांसद पर्याप्त रहे पनि माओवादी केन्द्रका सांसद बाबुराम गौतम सभामुख रहेकोले उनी निर्णायक बाहेकको मतदानमा सहभागी हुन पाउने छैनन्। 

यस्तो अवस्थामा कतै पनि बहुमत नपुग्ने भएकोले कोशी प्रदेशमा पुस १० कै गठबन्धन अनुसारकै कार्की सरकारले निरन्तरता पाइरहेको थियो।  तर मंगलबारबाट परिस्थिति फेरिएको छ। 

बहुमत पुर्‍याउने कोसिसमा छौँ: माओवादी केन्द्र
सत्ताबाट फिर्ता भएसँगै माओवादी केन्द्र नयाँ सरकार गठनका लागि कसरतमा लागको सांसद राजेन्द्र कार्की बताउँछन्। सरकारको नेतृत्वमा आफूहरुको पनि दाबी रहेकोले अब त्यहीअनुसार छलफल अगाडि बढाउने उनी बताउँछन्। तर बहुमत नपुग्ने भएकोले राप्रपासँग पनि अब थप निर्णायक छलफल गर्ने सांसद कार्की बताउँछन्। 

‘अब बन्ने सरकारको नेतृत्वका लागि हाम्रो पनि दाबी छ। त्यहीअनुसार छलफलहरु अघि बढ्छन्। बहुमत जुटाउन राप्रपा निर्णयक रहेकोले उससँग अब सघन छलफल गर्छौं,’ सांसद कार्कीले नेपाल लाइभसँग भने। 

राप्रपा पनि सत्ताको नेतृत्व गर्ने दाउमा
सरकार गठनका लागि निर्णायक दल हो राप्रपा। यसका ६ सांसदलाई आफ्नो पक्षमा पार्न कांग्रेस–माओवादी केन्द्रले कसरत गर्न थालिसकेका छन्। यो गठबन्धनमा आए स्पष्ट बहुमत पुग्ने हुन्छ। तर निर्णायक बनेको राप्रपा आफूले पनि सत्ताको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेको छ। तर यसका संसदीय दलका नेता तथा कार्की नेतृत्वको सरकारका मन्त्री भक्तिप्रसाद सिटौला आफूहरुले नयाँ सरकारका लागि कुनै दाबी नगरेको बताउँछन्। 

उनी भन्छन्, ‘हामीले दाबी गरेको छैन। अनौपचारिक रुपमा बहुमत पुर्‍याउन गठबन्धन बनाएर अघि बढ्दा त्यस्ता विषयमा पनि छलफल गरौँ भन्नेसम्म छ। तर हामीले मागेका पनि छैनौँ। प्रस्ताव गरेका पनि छैनौं।’

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्