• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सत्ता संकटमा कोशी प्रदेशः सत्ता पक्ष र प्रतिपक्ष दुवै अल्पमतमा
64x64
ईश्वर बराल मंगलबार, जेठ ३०, २०८०  २१:२८
1140x725

काठमाडौं– कोशी प्रदेश अहिले २ वटा संकटमा छ। पहिलो, यो प्रदेशमा अल्पमतको सरकार छ र कुनै पनि पक्षले तत्काल बहुमत जुटाउन सक्ने स्थिति छैन। दोस्रो, प्रदेशको नामकरणको विषयमा असन्तुष्ट रहेका पहिचान पक्षधरहरुले आन्दोलन चर्काइरहेका छन्।

आन्दोलनले विस्तारै हिंसात्मक मोड लिँदै छ। विशेषगरी प्रदेशको नाम किराँत राख्नुपर्छ भन्नेहरुको ‘तारो’ मा छ एमाले र एमालेका कार्यकर्ता। एमाले लक्षित आन्दोलन हुनुको पछि यो कोशी भनेर नाम प्रस्ताव गर्ने मुख्यमन्त्री हिक्मत कार्की एमालेका हुन् र यो प्रदेशको ठूलो दल पनि एमाले हो। र एमालेको नेतृत्व पहिचानवादीहरुविरुद्ध अनुदार अभिव्यक्ति दिइरहेको छ। यसका अध्यक्ष केपी शर्मा ओली नै उनीहरुप्रति आक्रामक बनिरहेका छन्।

एकातिर नामकरणका विषयले अशान्ति भोगिरहेका कार्की अल्पमतमा परेपछि ‘अक्क न वक्क’ को अवस्थामा छन्। त्यति नै अक्क न वक्कमा छ इतर पक्षको कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा गठबन्धन।

सरकार गिर्ने सम्भावना फागुन दोस्रो हप्तैबाट रहे पनि पछिल्लो हप्ता मात्र माओवादी केन्द्रले उनलाई दिएको समर्थन फिर्ता लिएपछि उनी स्पष्टरुपमा अल्पमतमा परेका हुन्। अहिले कार्की एमालेका ४० र राप्रपाका ६ सांसदको समर्थनमा अल्पमतको सरकारको नेतृत्व गरिरेहका छन्।

त्यसो त उनका विपक्षी पनि अल्पमत मै छन्। जसमा २९ सांसद रहेको कांग्रेस, १३ सांसद रहेको माओवादी केन्द्र, ४ सांसद रहेको एकीकृत समाजवादी र १ सांसद रहेको जसपा रहेका छन्। पछिल्लो अंकको योगले बहुमतका लागि आवश्यक ४७ सांसद त पुग्छ तर माओवादी केन्द्रका सांसद सभामुख रहेकाले यो पक्षमा पनि स्पष्ट ४६ अङ्क छ।

उक्त आंकडाले के देखाउँछ भने यो प्रदेशको सत्ता पक्ष र विपक्ष दुवै अल्पमतमा रहेका छन्। 

कूल ९३ सांसद रहेको प्रदेशमा सरकार गठनका लागि निर्णायक मत सभामुखसँग रहे पनि सरकार गठनका लागि उनले मत हाल्न नहुने बताउँछन् संवैधानिक कानुनका ज्ञाता विपिन अधिकारी।

अधिकारी सभामुख स्वतन्त्र र निष्पक्ष रुपमा सभा सञ्चालन गर्ने व्यक्ति रहेकोले सरकार गठनमा मत जाहेर गरे उनी सत्तापक्षीय बन्ने तर्क गर्छन्। ‘सभामुख स्वतन्त्र रूपमा निष्पक्ष भई सभाको सञ्चालकका रूपमा भूमिका निर्वाह गर्ने पद हो। सरकार निर्माणमा मतदान गर्नेबित्तिकै सभासद सत्तारूढ दलको सदस्य हुन पुग्छ। त्यसपछि उसले सभामुखको भूमिका निर्वाह गर्नु असम्भव हुन जान्छ। सरकार निर्माण भइसकेपछि पनि सभामा छलफल हुने हरेक प्रस्ताव, बजेट, नीति तथा कार्यक्रम, विधेयक लगायतका कामकारबाहीमा सरकारले उसको सहयोगको अपेक्षा गर्नुपर्ने हुन्छ,’ कान्तिपुर दैनिकको एक लेखमार्फत् अधिकारीको तर्क गर्छन्,‘अतः सरकार निर्माणको विषयमा सभामुख अलग भएर बस्नु संसदीय संस्कारका लागि अपरिहार्य छ।’

यस्तो अवस्थामा कोशी प्रदेशमा सत्ता संकट कसरी टर्छ?
यसको सजिलो उत्तर भने छैन। तर नयाँ सरकार गठनका लागि अवश्यक पहलहरु नभएका होइनन्। 

सभामुखले मत हाल्न नपाउने भएपछि कांग्रेस नेतृत्वको गठबन्धन अहिले एमालेसँगै रहेको राप्रपालाई आफूतर्फ तान्ने प्रयत्नमा छ। उसकै भाषामा भन्ने हो भने ठोस निष्कर्ष छिट्टै आउनेवाला छ। तर, राप्रपा यो मान्न तयार छैन।

हामीले कोशीमा कहिले बन्छ नयाँ सरकार भनेर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई सोध्यौं। थापा छलफलले तीव्रता पाएको र छिट्टै निष्कर्षमा पुग्ने दाबी गर्छन्।

‘हामी गहन छलफलमा छौं। केही संवैधानिक जटिलता छन्। बहुमतका लागि थप कसरत गर्नुपर्ने छ,’ सांसद थापा भन्छन्,‘अहिले यत्ति भन्नौं छिट्टै ठोस प्रगति हुन्छ।’

थापा अब बन्ने गठबन्धनमा एमाले बाहेकका सबै दल हुने दाबी गर्छन्। उनले प्रष्ट नभने पनि राप्रपा पनि नयाँ गठबन्धनमा आउँछ भन्ने उनको दाबी हो। तर राप्रपा भने अहिले नै त्यस्तो माहोल नबनेको बताउँछ। 

‘छलफल भइरहेको छ। विभिन्न विकल्पहरुमा छलफल भएको छ। तर कसको नेतृत्वमा, कहिले सरकार बन्छ भन्ने कुरा तय भएका छैनन्,’ संसदीय फाँटमा उपल्लो तहमा रहेका ती सांसदले भने,‘राप्रपा सत्ता फेरबदलको खेलमा भने लाग्दैन। तर प्रदेशको अङ्क गणित नै यस्तो छ कि हाम्रै कारणले प्रदेश मध्यवधिमा जान सक्छ, त्यसमा हामी जानकार नै छौं।’

राप्रपा मध्यावधि कै भूत देखाएर सरकारको नेतृत्वमा दाबी गरिरहेको छ। उसले स्पष्ट नभने पनि आफ्नै कारणले मात्र बहुमत पुग्ने स्थिति रहेकोले कम्तीमा केही समय सत्ताको नेतृत्व उसले पाउनु पर्ने दाबी गरिरहेको छ।

तर एमाले इतरको गठबन्धनका उल्झन राप्रपा फकाउन मात्रमा भने सीमित छैन। किनभने गठबन्धनभित्रकै माओवादी र एकीकृत समाजवादी पनि सत्ताको नेतृत्व आफूहरुले पाउनुपर्ने भनिरहेका छन्।
 
उक्त प्रदेशमा माओवादी केन्द्रका एक सांसद आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनका लागि छलफल गरिरहेको दाबी गर्छन्। उनी आफ्नो पार्टीको प्रस्तावमा अन्य दल सकारात्मक रहेको पनि बताउँछन्। तर माओवादीले भने जस्तो परिस्थिति बनिनसेको बताउँछन् एकीकृत समाजवादीका सांसद राजेन्द्र राई।
 
‘छलफलहरु भएका छन्। तर कुन पार्टीको नेतृत्वमा सरकार बन्छ भन्ने विषयमा कुनै पनि दलहरु सकारात्मक भइसकेका छैनन्। सबैका दाबी छन्। हाम्रो पनि दाबी छ,’ उनी भन्छन्,‘तर पहिलो कुरा बहुमत जुटाउनुपर्ने बाध्यता हामीसँग छ।’

एकीकृत समाजवादी एउटा प्रदेशमा आफूले नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ। अन्य प्रदेशमा कांग्रेस–माओवादी नेतृत्वमा सरकार रहेकोले कोशी भने आफूहरुले पाउनुपर्ने सो दलको दाबी देखिन्छ।

यता, सत्ताको नेतृत्वमा रहेको एमाले भने आफूहरु आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारीमा रहेको बताउँछ। संविधानको व्यवस्था अुनसार असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। तर अल्पमतमा रहेका कार्की बजेट अध्यादेशमार्फत् ल्याउने तयारीमा रहेका छन्। 

कार्कीको मन्त्रिपरिषद्‌मा रहेका एमालेका एक मन्त्री भन्छन्,‘बजेटको मुखमा अल्पमतमा परेको सरकारले संविधान बमोजिम बजेट ल्याउँछ। त्यति बुझ्नुहोस् न।’ दुवै पक्ष अल्पमतमा रहेको यो प्रदेशमा कुन पक्षले कसरी बहुमत जुटाउँछ भन्ने कुरा हेर्न भने अरु केही दिन कुर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्