• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
निर्वाचन आयोगका जिल्ला कार्यालय खारेजी प्रकरणः  ‘थोरै–थोरै’ बचत गर्नलाई सरकारले देखेको निर्वाचन आयोगका कार्यालय
64x64
ईश्वर बराल बिहीबार, जेठ ३२, २०८०  ०६:२९
1140x725

काठमाडौं– ‘निर्वाचन कार्यालय खारेज भएको होइन। त्यो छुट्टै कार्यालय थियो त्यसको सट्टामा जिल्ला प्रशासन कार्यालयभित्रै त्यसको ईकाई राख्ने भनिएको हो। त्यसले खर्चमा कति नै कम हुन्छ र भन्ने छ यस्तै थोरै–थोरै जोडेर त धेरै हुने हो,’ बजेट वक्तव्य मार्फत् जिल्ला निर्वाचन कार्यालय खारेज गरेका अर्थमन्त्री डा प्रकाश शरण महतले उक्त निर्णयको सार्वजनिक विरोध सुरु भएपछि आफ्नो निर्णयको बचाउ गर्दै  संसद्‌मा जवाफ दिए।

सार्वजनिक खर्च कटौती गर्ने सरकारको लक्ष्य स्वरुप उक्त कार्यालयहरुको खारेजी गरेको तर्क गरिरहेका अर्थमन्त्रीले यसले निर्वाचनको निष्पक्षतामा कुनै असर नपार्ने दाबी गरे। ‘हामी लोकतन्त्रको लागि लडेको अनि हामी चाँहि निर्वाचन कार्यालयको अस्तित्व समाप्त पार्न खोज्छौं? काँहि सिडियो कार्यालयलाई नेतृत्व दिने कुरा गर्न सक्छौं?,’ मन्त्री महतले भने।

सरकारले ७० जिल्लामा रहेका निर्वाचन कार्यालय खारेज गर्ने बाहना बनाएको छ, साधारण खर्चको बचत। तर, सरकारले निर्वाचन आयोगका महत्त्वपूर्ण कार्यालयहरु खारेजी गरेर त्यसको ईकाई जिल्ला प्रशासन कार्यालयमा स्थापना गर्ने निर्णय भने हचुवा रहेको देखिन्छ। तर सरकारको उक्त प्रस्तावले स्वंय सत्तारुढ दलकै प्रभावशाली नेता र प्रतिपक्षी दल र स्वंय निर्वाचन आयोगले गम्भीर आपत्ति जनाएका छन्।

जेठ १५ गते प्रस्तुत भएको आर्थिक वर्ष ८०/८१ को बजेटमा उक्त कार्यालय खारेज गर्ने र जिल्ला प्रशासन कार्यालयभित्र एक ईकाई राखेर कार्यालय संचालन गर्ने घेषणा गरेको थियो।

चौतर्फी विरोध
कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सरकारले गम्भीर गल्ती गरेको र तयसलाई तत्काल सच्याउन माग गरेका छन्। संसद्‌बाटै उक्त आग्रह गरेका थापाले खर्च कटौती गरेर बचत गर्ने नाममा निर्वाचनको निष्पक्षतामा सम्झौता गर्न नसिकिने टिप्पणी गरे। 

‘खर्च कटौतीको कोणबाट हेरेको हो भने वर्षमा १५ करोड मात्रै बचत हुन्छ। १५ करोड बचत गर्न निर्वाचनको निष्पक्षमा सम्झौता गर्नुपर्ने अवस्थामा हामी पुगिसकेको हो?,’ थापाले सो निर्णय तत्काल सच्याउन माग गर्दै उक्त कुरा बताएका थिए। 

थापाले गरेको जस्तै आपत्ति प्रतिपक्षी दलहरुले पनि गरेका थिए। रास्वपा सभापति रवि लामिछानेले पनि यो निर्णय गलत रहेको बताएका थिए। बजेटमाथि टिप्पणी गर्ने अधिकांश सांसदले सरकारको सो  निर्णयको विरोध गरेका थिए।

मन्त्री महतले सबैको एकमुष्ट जवाफ दिँदै भनेका थिए कि थोरै–थोरैले धेरै बचत हुन्छ। 

यता, आयोगले सरकारको उक्त निर्णयलाई लिएर प्रधानमन्त्री, गृहमन्त्री लगायत सरकारका उच्च नेतृत्व र राजनीतिक दलहरुसँग छलफल गरिसकेको छ। आयोग पदाधिकारीको टोली सहित प्रधानमन्त्री र गृहमन्त्री भेटेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारको उक्त निर्णयले आफू आश्चार्यमा परेको बताएका थिए। र उनले तत्काल उक्त निर्णयबाट पछि हट्न आग्रह गरेका थिए। 

सोही विषयलाई लिएर विभिन्न रजनीतिक दलसँग छलफल गरेको आयोगले दलहरुबाट आयोगको पक्षमा रहेको प्रतिबद्धता पाएको छ। सत्तारुढ दल तथा अर्थमन्त्रीकै पार्टी नेपाली कांग्रेसबाट आयोगको छलफलमा सहभागी सहमहामन्त्री जिवन परियारले सरकार आफ्नो निर्णयबाट पछि हट्नुपर्ने बताएका थिए।

सोही छलफलमा सहभागी एमाले नेता केदार कोइरालाले पनि एमालेको आपत्ति रहेकोले आफूहरु पनि आयोगकै पक्षमा रहेको  बताएका थिए। उनले सरकारको यो प्रस्ताव संविधान विपरीत, निर्वाचन आयोगको स्वायत्तता र स्वतन्त्रता विपरीत रहेको ठहर पार्टीले गरेको बताएका थिए।
 
‘सरकारले गरेको निर्णयले स्वतन्त्र निर्वाचनको मान्यतालाई खण्डित गर्छ, यसले कार्यकारीको छायाँ बनाउने ढंगले ल्याइएकाले एमाले विरोध गर्छ। सबै राजनीतिक दलले सर्वसहमतिले सरकारको प्रस्तावको विरुद्धमा आवाज उठाउनुभएको छ,’ आयोगको छलफललाई उदृत गर्दै कोइरालाले भने।
 
दलहरुको प्रतिनिधिबाट उक्त आश्वासन पाएको आयोग अझै ढुक्क भने भइसकेको छैन। सरकारले खारेजीको निर्णय नसच्याए साउन १ गतेबाट काम गर्न छाड्ने चेतावनी दिएका प्रमुख आयुक्त थपलिया सरकारले प्रस्ताव गरेको व्यवस्था शक्ति सन्तुलन, नियन्त्रण र शक्तिपृथकीकरणको सिद्धान्त एवं संविधान तथा कानुन प्रतिकूल हुन जाने भएकोले तत्काल सच्याउन माग गर्छन्।

दबाबले काम गर्ला?
आयोग र राजनीतिक दलहरुबाट विरोध भएपछि अर्थमन्त्री महत पनि यसलाई पुनरवालोकन गर्न सकिन्छ भन्नेमा पुगेका छन्। ‘प्रशासन कार्यालय परिसर प्रयोग गरेर खर्च अलि कम हुन्छ कि भन्ने हो। त्यसको पाँचै वर्ष त काम हुँदैन भनेर पनि सरकारले त्यो भनेको हो। यसमा कुनै समस्या छ भने त्यसलाई सम्बोधन गरौँला। यसको स्वतन्त्र अस्तित्वमा कुनै असर पर्दैन,’ मन्त्री महतले भने। 

आयोग भने औपचारिक तबरबाट मन्त्रिपरिषद्लाई पत्र काटेर उक्त कुरा हटाउन माग गर्ने तयारीमा छ। आयोगका प्रवक्ता शालिकराम पौडेलका अनुसार आयोगको पूर्ण बैठकबाट पत्र काटेर मन्त्रिपरिषद्लाई उक्त कुरा हटाउन अनुरोध गर्ने छ। 

‘आयोगको बैठकले मन्त्रिपरिषद्लाई पत्र पठाएर उक्त निर्णय खारेज गर्नु अनुरोध गर्छौं,’ प्रवक्ता पौडेलले भने,‘आशा गरौं सरकार आफ्नो निर्णयबाट पछि हट्ने छ।’

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्