• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कस्तो शहरको कल्पना गर्छन् सांसद?
64x64
ईश्वर बराल शनिबार, असार ९, २०८०  ०६:१५
1140x725

काठमाडौं- पछिल्ला दशकमा पहाडका गाउँ रित्तिँदैछन्। ग्रामीण क्षेत्रका बासिन्दा शहरकेन्द्रित भइरहेको अवस्थामा हाम्रा नीति-निर्माताले कस्तो शहरको कल्पना गरिरहेका होलान्? नीति निर्माण गर्ने तहमा पुगेका सांसदहरुले कस्तो शहर बनाउने योजना बनाएका होलान्? 

यो बुझ्न प्रतिनिधि सभाको पछिल्लो बैठकमा सांसदहरुले दिएको प्रस्तुतिलाई लिपिवद्ध गर्नुपर्ने हुन्छ।

प्रतिनिधि सभामा संघीय सरकारले ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल चलिरहेको छ। शहरी विकास मन्त्रालयको विनियोजित बजेटमाथि छलफलमा सहभागिता जनाउने १० सांसदले गरेको शहरको परिकल्पनाबारे चर्चा गरौं। 

एमाले सांसद गोकुल बाँस्कोटा शहर बन्नलाई बेग्लै विशेषताहरु आवश्यक पर्ने बताउँछन्। उनको नजरमा शहरमा हुनुपर्ने विशेषतामा शुद्ध पिउने पानी, ढल निकासको सहज व्यवस्था, सहज यातायात, पार्किङको उपलब्धता, व्यापार प्रदर्शनी केन्द्रहरु, सांस्कृतिक सहिष्णुता सहितको सामाजिक अन्तरघुलनका निम्ति बनाइएका स्थानहरु हुनुपर्नेछ। 

त्यस्तै, शहरमा स्वच्छ हावा, सुरक्षा, विपद् व्यवास्थापन, विद्यालय र विश्वविद्यालय, स्वास्थ्य सेवाको सहज पहुँच हुनुपर्ने सांसद बाँस्कोटाको बुझाइ छ। उनी शहर इतिहास, वर्तमान र भविष्य भएकोले कला, संस्कृति र मौलिकतालाई जोगाउनुपर्ने ठान्छन्। 

‘एउटा शहर इतिहास हो, वर्तमान हो र भोलि हो। हाम्रा ऐतिहासिक कला , संस्कृतिहरु, आधुनिक इन्जिनियरिङ कला र शहरको मौलिकता जोगाएर हामीले काम गर्नुपर्ने थियो,’ सांसद बाँस्कोटा भन्छन्। 

शहरमा रंगशालादेखि पुस्ता हस्तान्तरण केन्द्रहरुसम्म हुनुपर्ने ठान्छन् उनी। युरोप, अफ्रिकातिरका ऐतिहासिक शहरहरु बराबरका शहर बनाउन अग्रसर हुनुपर्ने उनी बताउँछन्। 

‘अहिले नै हामीले सबैभन्दा पुरानो शहर दमास्कस जस्तो, एलेपो जस्तो, एथेन्स जस्तो, सियान जस्तो खोजेका होइनौं। तर हामी त्यस दिशातर्फ अगाडि बढ्न सक्छौं,’ पूर्वमन्त्री समेत रहेका बाँस्कोटाको तर्क छ। 

नेमकिपा सांसद प्रेम सुवाल भने व्यवस्थित शहर हुनका लागि शिक्षालयहरुको आवश्यकता पर्ने ठान्छन्। ‘एउटा शहरमा समाजशास्त्र, संस्कृति, इतिहास, राजनीतिशास्त्र, इन्जिनियरिङ, विज्ञान मेडिकल लगायतका कलेजहरु खोल्नुपर्छ। कलेज खोल्ने मात्र होइन, शिक्ष दिनुपर्‍यो,’ सांसद सुवालको शहरबारेको बुझाइ छ। 

सांसद प्रभु साह शहरको खोजीमा गाउँ उजाड भइरहेको बताउँछन्। यसका लागि शहरहरु विस्तार गर्नुपर्ने उनी ठान्छन्। ‘शहरको खोजीमा गाउँ उजाड भइरहेको छ। पुरानो शहर थोत्रो भइसक्यो। धेरै जनसंख्या भइसक्यो। गाउँ उजाड भइराछ, शहर विस्तार गर्नुपर्‍यो। पुरानो शहरलाई पनि विस्तार गर्नुपर्‍यो भन्ने योजना त सबैले स्वीकारेकै विषय होला नि?,’ सांसद साह प्रश्न गर्दै भन्छन्, ‘यति हो भने पुरानो शहरलाई व्यवस्थित गर्ने र नयाँ शहर बनाउँदा बीचमै अधुरो नछोड्ने।’ 

कांग्रेस सांसद ज्ञानेन्द्र कार्की भने शहरभन्दा गाउँलाई विकास गर्नुपर्ने बताउँछन्। तर उनी ऐतिहासिक-संस्कृतिक शहर बनाउनुपर्ने अवधारणा अघि सार्छन्। पूर्वमन्त्री समेत रहेका सांसद कार्की व्यवस्थित, सफा, सुविधायुक्त पूर्वाधार र सेवा सहित सुन्दर शहर र सबै आय भएकालाई आवास व्यवस्था गर्ने शहरी विकासको परिकल्पना गर्छन्। 

‘हामीलाई ठूल-ठूला शहर बनाउने होइन। गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा जानुपर्छ। ऐतिहासिक, हरित र संस्कृतिक एउटा भए पनि शहरको प्रारम्भ गर्न जरुरी छ,’ सांसद कार्की भन्छन्, ‘अहिले भ्यू-टावर, ठूला सिटीहरु आवश्यक छैन।’

माओवादी केन्द्रका सांसद हितबहादुर तामाङ भने मुलुक शहरीकरण उन्मुख रहेकोले त्यसका लागि न्यूनतम आवश्यकीय पूर्वाधार हुनै पर्नेमा जोड दिन्छन्। 

‘मुलुक चाहेर पनि नचाहेर पनि दिनदिनै शहरीकरणको प्रक्रियामा अगाडि बढिरहेको छ। शहरीकरण हुँदै गर्दा हामीले न्यूनतम रुपमा पूरा गर्नुपर्ने पूर्वाधार विकासमा ध्यान दिनुपर्ने हुन्छ,’ सांसद तामाङको जोड छ।

राप्रपा सांसद दिपक सिंह भने शहर व्यवस्थित र समृद्ध हुन ठूला चौडाइका बाटाहरु हुनुपर्नेमा जोड दिन्छन्। काठमाडौंको चक्रपथलाई समृद्धिको मानक ठानेका पूर्व राज्यमन्त्री समेत रहेका सिंह अब प्रदेश राजधानीमा पनि त्यस्तै सडक बन्नुपर्ने बताउँछन्।

‘प्रदेश राजधानीमा अहिलेदेखि नै रिङरोडको अवधारणाबाट सुरु गर्‍यो भने हरेक राजधानी काठमाडौं सरह नै व्यवस्थित हुनसक्छ भन्ने सन्देश दिनका लागि बजेटमा राखियोस्,’ सिंहको माग छ। 

जसपा सांसद रञ्जु झा ठूलाठूला संरचनाका अलावा विपन्न केन्द्रित विकास हुनुपर्नेमा जोड दिन्छिन्। ‘स्मार्ट सिटी, ठूला भ्यू-टावरभन्दा देश भित्रका गरिब, दलित र पिछडिएका समुदायको व्यवस्थापनको लागि बढी जोड दिनुपर्छ,’ सांसद झाको बुझाइ छ। 

स्वन्त्रत सांसद अमरेशकुमार सिंह शहरको मानकका रुपमा स्मार्ट सिटी बनाउनु पर्नेमा जोड दिन्छन्। अहिलेका शहरहरु सिमेन्टका जंगल भएको स्वीकार्दै उनी अलग र भिन्न प्रकारको विशेषतायुक्त शहर बनाउनुपर्ने धारणा राख्छन्।

‘हाम्रो राजधानी कंक्रिटको जंगल छ। शहर भनेको त पार्क हुनुपर्‍यो। हिड्ने ठाउँ हुनुपर्‍यो। दिल्ली, अमेरिका जाँदा पार्क देखिन्छ। काठमाडौंमा कहीँ पार्क देखिँदैन। १० वटा स्मार्ट सिटी बनाउने भनिएको छ। म के भन्छु भने एउटै स्मार्ट सिटी बनाउँ,’ सिंहको भनाइ छ। 

सांसद सिंह शहरी विकासका नाममा ढलान गर्नु नहुने ठान्छन्। जति आधुनिकता बढ्दै जान्छ, मान्छे त्यति नै बिरामी बढ्दै जाने र सुगर, प्रेसर, मुटुको बिरामी हुने भएकोले हिँड्न मिल्ने बाटा सहितको शहर हुनुपर्नेमा उनको जोड छ।

यस्तै, माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल शहर निर्माणका लागि नयाँ तरिकाले लाग्नुपर्ने ठान्छन्। ‘व्यवस्थित र योजनाबद्ध शहर निर्माणका निम्ति नयाँ ढङ्गले जानैपर्छ। अहिले जस्तो छरेर बजेट विनियोजन गर्नुभएको छ, यसले नयाँ शहर निर्माण गर्न सक्दैन,’ सांसद दाहालको बुझाइ छ। 

कांग्रेस सांसद रामहरि खतिवडा भने गाउँलाई नै शहरीकरण गर्नुपर्नेमा जोड दिन्छन्। सांसद खतिवडा पुराना शहरहरुमा जनसंख्या बढ्ने क्रममा रहेकोले नागरिकलाई गाउँमै राक्नु पर्नेमा जोड दिन्छन्। ‘ग्रामीण क्षेत्रलाई शहरीकरण गर्ने र त्यहाँको बस्तीहरुलाई त्यही क्षेत्रमा राख्ने लक्ष्य हुनुपर्छ,’ सांसद खतिवडा भन्छन्।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्