• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठकः  झापाली नेताहरु आफूहरूबीचको ‘कुण्ठा’ पोख्न सानेपा आएका छन्
64x64
ईश्वर बराल बिहीबार, साउन ४, २०८०  १९:३९
1140x725

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ। मंगलबार सुरु भएको बैठकमा महामन्त्रीहरुले प्रस्ताव गरेका अजेण्डाहरुमा बुधबारबाट सदस्यहरुले आफ्नो धारणा राख्न थालेका हुन्।

छलफलमा सहभागी अधिकांश सदस्यहरु मूलत: विषयान्तर गरेर बोलिरहेका छन्। अपवादलाई छोड्ने हो भने संस्थापन र सत्ताको पुकारमा केन्द्रीय सदस्यहरु बोलिरहेका छन्।

यसै सन्दर्भमा झापाबाट प्रतिनिधित्व गर्ने नेताहरु भने आफ्नै जिल्लाका पार्टी–राजनीतिका प्रतिस्पर्धीबीचको कुण्ठा पोख्न व्यस्त छन्। मंगलबारको बैठकमा झापा कांग्रेसका पाका नेता तथा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापाका पूर्व सभापति हाल केशी प्रदेश सभापति साथै मुख्यमन्त्री उद्धव थापा र झापालाई नै प्रतिनिधित्व गर्ने महामन्त्री विश्वप्रकाश शर्माको उछितो काटे।

उनले पूर्वमहामन्त्री तथा झापाकै अर्का नेता कृष्ण प्रसाद सिटौलाको भूमिकालाई पनि प्रश्न गरे। उनले मुख्यमन्त्री थापाको सत्तारोहणमै संवैधानिक बाधा रहेको टिप्पणी गरे। पूर्वमन्त्री समेत रहेका बुढाथोकी देउवा पक्षका नेता हुन्।

‘कुन ढंगले चुनेका छौं? खै पूर्वमहामन्त्री सिटौला जी त यहाँ देख्दिनँ। संविधान बनाउन त उहाँ नै हाम्रो अगुवा हुनुहुन्थ्यो। आज प्रदेशमा सभामुखले उत्रिएर गोल हान्न पाउँछ? सभामुखले सही गरेर बहुमत पुर्‍याउन  मिल्छ?,’ उनले प्रश्न गरे।

उनी त्यतिमै रोकिएनन् थापालाई मुख्यमन्त्री मान्ने कि नमान्ने भन्ने प्रश्न पनि गरे। र पार्टी नेतृत्व टुलुटुलु हेरेर बसेको भन्दै नेतृत्वलाई पनि प्रश्न गरे। ‘आज यो तमासा हामी कांग्रेसले टुलुटुलु हेर्नुपर्ने? खै छलफलमा आएको? के हामीले चिफ मिनिस्टर मान्नुपर्ने कि यो गलत छ भन्नुपर्ने कि यो संविधान अनुसार ठीक छैन भन्नुपर्ने? के छ तपाईंहरुको धारणा?,’ पार्टी नेतृत्वलाई प्रश्न गर्दै बुढाथोकीलाई सोधे, ‘हामीले चिफ मिनिष्टर मान्नुपर्ने हो कि नमान्नु पर्ने हो?’

बुढाथोकीको प्रश्नको जवाफ दिन बिहीबार थापा आए। बुढाथोकीलाई लक्षित गर्दै थापाले आफूलाई नमानेर एमालेका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्न तितो जवाफ फर्काएका छन्।

‘जो उहाँले प्रश्न गर्नुभएको छ। तपाईंले हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ। नेपाली कांग्रेसको गठबन्धनको मुख्यमन्त्री उद्धव थापालाई तपाईंले मुख्यमन्त्री नमाने हुन्छ। त्यो तपाईंको विचारको कुरो हो,’ थापाले भने। थापाले सभामुखको भूमिकाको पनि व्याख्या गर्न भ्याए।

सरकार निर्माण गर्नका लागि सभामुखको निर्णायक हस्ताक्षरले थापा मुख्यमन्त्री बनेपछि उक्त विषयले अदालतमा प्रवेश पाएको छ। यता, थापाले भने कांग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने बेलामा सभामुखको भूमिकाको बचाउ गरेका हुन्। 

‘सभामुखको विषयलाई विवादमा पार्ने काम भएको छ यहाँबाट। सभामुख मात्र होइन नि। सभामुख भनेको एउटा प्रदेश सदस्य पनि हो।  सभामुखको आफ्नो भूमिका हुन्छ। एउटा सदस्यको नाताले सरकारलाई डेटलक हुन बाट रोक्नुभयो,’ मुख्यमन्त्री थापाले भने।

बुढाथोकीले थापा नेतृत्वले कमजोरी गरेकाले कार्यकर्ता गाउँ जानसक्ने स्थिति नरहेको आक्षेप लगाए। प्रदेशको नामकरणको विषयमा प्रदेश नेतृत्व कमजोर सावित भएको र केन्द्रले पनि स्पष्टता नपारेको टिप्पणी गरे। ‘एक नम्बर प्रदेशमा ठूलो विवाद छ। हाम्रो उपस्थिति छैन १ नम्बर प्रदेशमा। हाम्रो उपस्थिति भए यो विषयमा बोल्थ्यो पार्टी,’ उनले प्रश्न गरे।

बुढाथोकीको यसको उत्तर थापाले बिहीबार दिइनै हाले। ‘यही संगठनभित्र हाम्रो पार्टीको नेतृत्वमा सरकार नबनोस् र बनेको सरकारलाई पनि प्रश्न गर्ने? कोशीमा कांग्रेसको सरकार बन्दै गर्दा सिङ्गो कांग्रेसमा उर्जा आएको छ। एउटा शक्ति निर्माण भएको छ। आज यो शक्तिलाई खुम्च्याउने काम हुँदा खेरि कांग्रेसको मन रोएको छ,’ थापाले भने।

बुढाथोकीले जे–जे सवाल गरे थापाले प्रत्यूत्तर मात्र फर्काए। न पार्टीको अजेण्डामा रहेर छलफलमा सहभागिता जनाए न केही नवीन विचार अघि सारे। बुढाथोकीले संकेत गरेको मतभदेलाई थापाले छताछुल्ल पारिदिए। उनले बुढाथोकीले निर्वाचनमा सहयोग नगरेको, अष्ट्रेलिया गएर बसेका, आफ्ना उम्मेदवार हराउन भूमिका खेलेको र अवसर लिन मात्र आउने गरेको गम्भीर आरोप लगाए।

‘मंसिर ४ गतेको निर्वाचनमा झापा क्षेत्र २ का उम्मेदवार हराउने काम र नेपाली कांग्रेस झापाका सभापति हराउने काम उहाँले गर्नु भएको छ। चुनावको मुखमा भागेर उहाँ अष्ट्रेलिया बस्नुभयो। चुनाव सकिएसी उहाँ नेपाल फर्किनुभयो,’ थापाले पार्टी पदाधिकारीलाई पोल सुनाउँदै भने, ‘गठबन्धनका उम्मेदवारलाई भोट नदेउ, झापाका सभापति देउमान थेवेलाई भोट नदेउ भनेको कांग्रेसका कार्यकर्तासँग अहिले पनि रेकर्ड छ।’

झापा २ बाट गठबन्धन उम्मेदवार माओवादीका हरि राना थिए। उनी एमाले उम्मेदवार वर्तमान सभामुख देवराज घिमिरेसँग पराजित भए। सभापति थेवे भने झापा ४ बाट उम्मेदवार थिए। उनी पनि एमाले उम्मेदवार लालप्रसाद साँवासँग पराजित भए।

थापाले बुढाथोकीलाई कारबाही गर्न पनि माग गरे।

उता हिजो बोल्ने क्रममा बुढाथोकीले महामन्त्री शर्मालाई  ‘ननसेन्स’ भन्दै जंगिए। उनको जंगाइ उही झापाका जिल्ला किमिटीको निर्णयलाई लिएर थियो। झापा सभापतिले विधान मिचेर एक सय सदस्यको जिल्ला कमिटी बनाउँदा पनि महामन्त्री टुलुटुलु हेरेर बसेको भन्दै ननसेन्स भनेका हुन्। 

‘तपाईं महामन्त्री हाम्रो जिल्लाको नेता टुलुटुलु के हेरेर बसेको? विधानले दिन्छ? अनि चुप्प लागेर बस्ने? तरिका हो संगठन बनाउने? मिल्छ? सय जनाको कमिटी जिल्लाले बनाउँदा, शेरबहादुर जीले ४ सय जनाको बनाए भयो। संविधान, विधान मिचिर बोल्दा पनि तपाईंहरु नबोल्ने। तपाईंहरु को हो? ननसेन्स,’ बुढाथोकीले भने।

महामन्त्री शर्मा भने मुसुमुसु हाँसेर बसे।
झापाबाट बोल्ने अन्य केन्द्रीय सदस्य तथा पदाधिकारी, पूर्वपदाधिकारी यिनै बुढाथोकी र थापाको जुहारीमा थपिएलान् वा अजेण्डामा जालान् थाहा लागि हाल्छ। तर यी दुईको अभिव्यक्ति र जिल्लाको राजनीतिलाई हेर्ने हो भने झापाका कांग्रेसीहरुबीचको राजनीतिक कुण्ठा सानेपामा पोखिएको भन्ने कुरा सहजै बुझ्न सकिन्छ।

के हो त झापाली कांग्रेसीहरुको कुण्ठा?
कांग्रेस झापामा विभिन्न गुट छन्। एउटा पार्टी सभापति शेरबहादुर देउवा पक्ष जो बुढाथोकीलगायत केही केन्द्रीय सदस्य छन्। अर्को पूर्वमहामन्त्री कृष्ण सिटौला गुट। जुन गुटमा हाल कोशी सभापति थापा, जिल्ला सभापति थेवे लगायत छन्। र अर्को वर्तमान महामन्त्री शर्मा गुट।

यी सबै एक अर्कालाई हराउन, पछि पार्न दत्तचित्त हुन्छन्। जसको असर पछिल्ला निर्वाचनहरुमा देखिएकै छन्। २०७४ को निर्वाचनमा शर्मा र सिटौलाको कोराकोरले दुवै पराजित भएका थिए। र अधिकांश क्षेत्रमा नतिजा शून्य नै थियो।

पछिल्लो निर्वाचनमा यी नेताहरुबीच एक समझदारी भएको हल्ला थियो। हराउन नलाग्ने, जितको शुभकामना बाँड्ने। तर शर्माले जिते सिटौला पक्षका थापा बाहेककाले हारे।

त्यो हारको खेलमा बुढाथोकी र शर्माहरु रहेको सिटौला समूहको बुझाइ छ। जो नेताहरु भन्छन् नै जसरी आज थापाले भने। बुढाथोकी र थापाहरु पछिल्लो जिल्ला अधिवेशनसम्म एकै थिए शर्माके विरूद्धमा। तर प्रतिनिधि सभा निर्वाचनमा टिकट पाउने स्थिति नदेखेपछि बुढाथोकी सिटौला समूहप्रति आक्रामक बनेको जिल्लाकै नेताहरु भन्ने गर्छन्।

थेवेलाई सभापति बनाउने भूमिकामा सक्रिय बुढाथोकी निर्वाचनमा टिकटको प्रत्यक्षी रहे पनि हात नलाग्ने भएपछि असहयोग गर्ने हेतुले अष्ट्रेलियाकै सयरमा लागेको अन्य पक्षको आरोप छ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्