• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कोशीको गाँठो फुकाउने कसरतमा नेताहरु : राप्रपा फकाउने वा सभामुखलाई राजीनामा गराउने
64x64
ईश्वर बराल आइतबार, साउन १४, २०८०  १८:०६
1140x725

काठमाडौं- कोशी प्रदेशमा देखिएको सत्ता संकटको गाँठो फुकाउन नेताहरु काठमाडौं उत्रेका छन्। आइतबार बिहान काठमाडौं आइपुगेका सत्ता-गठबन्धनका संसदीय दलका नेताहरुले आफ्ना शीर्ष नेताहरुसँग सम्भावित उपायहरुबारे छलफल गरेका छन्। 

सर्वोच्चको एक फैसलाले कांग्रेस नेता उद्धव थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया बदर गरिएिपछि सो गठबन्धन पुन: बहुमत जुटाउने कसरतमा छ। तर कोशी प्रदेशको संसदीय अङ्कगणीतको जटिलताले कांग्रेस-माओवादीका प्रदेश तहका नेता समाधानको खोज्न पार्टीका मुख्य नेतासामु आइपुगेका छन्। 

आइतबार कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्रका नेता इन्द्र आङ्बो लगायतका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका छन्। उनीहरुबीच केही विकल्पहरुमा छलफल भएको बताउँछन् माओवादीका नेता आङ्बो। 

राप्रपा फकाउने पहिलो प्रयास
यो गठबन्धन राप्रपालाई भित्र्याएर बुहमत पुर्‍याउने प्रयासमा छ। यसअघि पनि असफल भएको सो प्रयत्नमा यो गठबन्धन पुन: लागिपर्ने भएको छ। राप्रपालाई गठबन्धनमा समावेश गर्न सके सभामुख पद पनि सुरक्षित रहने यो गठबन्धनको ठम्याइ छ। सभामुख बाहेक ४६ सांसद रहेको यो गठबन्धनमा राप्रपाको ६ सिट थपेमा स्पष्ट बहुमत पुग्नेछ। बहुमतका लागि ४७ सांसद अवश्यक पर्छ। 

‘हाम्रो प्रयास राप्रपालाई नै समावेश गर्नेमा रहन्छ। यसका लागि राप्रपासँग विभिन्न विकल्पमा हामी छलफल गर्न तयार छौं,’ माओवादी नेता आङ्बोले भने। 

उनले भनेको विभिन्न विकल्पमा मुख्यमन्त्री पदमा आलो–पालो गर्न पनि राप्रपासँग तयार रहेको संकेत बुझिन्छ। सो विषयमा बालुवाटारमा ठोस के भयो भन्ने प्रश्नमा आङबो भन्छन्,‘राप्रपाका केन्द्रका र प्रदेशका नेताहरुसँग छलफल गर्ने काम भइरहेको छ। केन्द्रमा शीर्ष नेताहरुले पहल गर्नुहुन्छ।’ 

राप्रपाका नेता भने अहिले आफूहरु ठोस रुपमा प्रतिक्रिया नदिने बताउँछन्। छलफल भए पनि आफूहरु आवश्यक विचार गरिरहेकोले अहिले केही नबोल्ने एक नेताले भने। यसअघि नै राप्रपाले सत्ता गठन र विघटनको खेलमा भाग नलिने घोषणा गरिसकेको थियो। 

सभामुखलाई राजीनामा दिन लगाउने, बहुमत पुर्‍याउने

यो गठबन्धन सभामुख पदलाई लिएर दुई धारमा देखिन्छ। कांग्रेस आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने र ४७ अङ्क पुर्‍याउन सभामुखले राजीनामा दिएर सहयोग गर्नु पर्ने भनिरहेको छ। सो पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले साभामुखले राजीनामा दिनुपर्ने यसअघि नै भनिसकेका छन्। 

‘अस्थिरता नहोस् भनी उहाँले त्यसबेला हस्ताक्षर गर्नुभयो भने अहिले सरकारविहीन नहोस् भन्नका लागि उहाँले राजीनामा गर्नुपर्छ,’ शर्माले भनेका थिए। 

पार्टी महामन्त्रीले भनेजस्तै मुख्यमन्त्रीका दाबेदार थापाले पनि सोही कुरा दोहोर्‍याउँछन्। ‘सभामुखले परिस्थिति बुझ्नु भएकै छ। उहाँले राजीनामा दिएर अघि बढ्नेमा नेतृत्व सर्वसम्मत हुनसक्छ,’ थापा भन्छन्। 

माओवादीका नेता आङ्बो पनि सभामुखलाई राजीनामा दिएर यही गठबन्धनलाई बहुमत पुर्‍याउने तयारी रहेको बताउँछन्। 

‘हामी सकेसम्म राप्रपाको साथ लिने प्रयासमा छौँ। छलफलमा छौँ तर अपेक्षित परिणाम आएन भने सभामुखलाई राजीनामा गराएर गठबन्धनले बहुमत जुटाउँछ,’ आङ्बोले भने। 

तर, आङ्बो कुरामा माओवादीकै नेताहरु संगति नरहेको बताउँछन्। ‘सभामुखले राजीनामा दिनैपर्छ भन्ने छैन। यसअघि एक चोटी डेटलकबाट सभामुखले जोगाउनु भएकै हो। तर अब कांग्रेसकै नाममा पद नै त्याग त किन गर्नु पर्‍यो र?,’ ती नेताले भने। 

विकल्पहीन विकल्पको अवस्थामा
यदि सभामुखले राजीनामा दिएर ४७ पुर्‍याउन सहयोग गर्दैमा कांग्रेस नेतृत्वलाई ढुक्क भने छैन। सभामुखले राजीनामा दिने अवस्था आए एमालेबाट उपसभामुख रहेकी सृजना दनुवारले पनि राजीनमा दिन सक्छिन। संसदीय राजनीतिको खेलाडी एमालेले सत्ता-गठबन्धनलाई अफ्ठ्यारो पार्न पनि उपसभामुख पद त्यागिदिन सक्छ। 

त्यस्तो अवस्थामा जेष्ठ सदस्य रहेका कांग्रेसका गयानन्द मण्डलले सभा चलाउनुपर्ने हुन्छ। सभामुखको हैसियतमा पुगेका मण्डलले सरकारको बहुमतका लागि मत व्यक्त गर्न मिल्छ/मिल्दैन अन्योल छ। एमाले त्यस्तो अवस्थामा मण्डलले आफ्नो मत व्यक्त गर्न नपाउने तर्क गर्छ। 

त्यसो भएमा उही पुरानै नियति दोहोरिने अवस्था हुन्छ। यही प्रश्न कांग्रेसका थापालाई सोध्दा उनी भन्छन्, ‘जेष्ठ सदस्य निमित्त मात्र हो, जसले सभा सञ्चालन गर्न संयोजन मात्र गर्ने हो। त्यसैले यस्ता विषयको उल्झनले प्रदेश सरकारविहीन बन्दैन।’

एमाले लगायतका विपक्षीले त संवैधानिक प्रश्न उठाएका छन् नि भन्ने प्रश्नमा थापा भन्छन्, ‘त्यसको फर्स्योट त अदालत गर्ला नि।’

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्