• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
EXCLUSIVE: हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’ [अडिओसहित]
64x64
नारायण अधिकारी सोमबार, भदौ ११, २०८०  १६:१२
1140x725

काठमाडौं– कानुन कार्यान्वयन र अपराध नियन्त्रणको प्रमुख दायित्व बोकेको नेपाल प्रहरीका एक उच्च अधिकारी नै आपराधिक गिरोहहरुसँग मिलेर असुली धन्दामा लागेको खुलेको छ। 

कालो धन (अवैधानिक रकम) तथा देशको अर्थतन्त्र ओरालो लाग्नुको मुख्य कारणमध्ये एक मानिएको हुन्डी कारोबारका नाइकेसँग प्रहरी अधिकारीले नै रकम असुल्दै हुन्डीका लागि लाइन खुला गरेको तथ्य नेपाल लाइभले प्राप्त गरेको छ। हुन्डी कारोबारीसँग साँठगाँठ राख्दै नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेले रकम असुल्ने गरेको तथ्य लामो समयको खोजपछि नेपाल लाइभले प्राप्त गरेको हो। 

अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) मा कार्यरत रहेका एसएसपी पाण्डेले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख (एसपी) हुँदा वीरगञ्जका हुन्डी कारोबारीका नाइके ‘राज होजियारी’ भनिने राज साहसँग साँठगाँठ राखेर रकम असुल्ने गरेको प्रमाण प्राप्त भएको छ। 

हुन्डी कारोबार खुला गरिदिएबापत साहले पाण्डेलाई रकम उपलब्ध गराउने गरेको नेपाल लाइभले प्राप्त गरेको प्रमाण (अडिओ) बाट प्रष्ट बुझिन्छ। त्यतिमात्रै होइन पर्साबाट सरुवा भएपछि पनि साहसँग सम्बन्ध राख्दै सहजीकरण गरिदिए बापत उनले रकम बुझ्ने गरेको जानकार स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

SSP_Bel_Pandey_21693218054.jpg
एसएसपी बेलबहादुर पाण्डे

२०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरेका पाण्डेले त्यसको ५ वर्षपछि २०५६ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा नाम निकालेका थिए। त्यसपछि विभिन्न ठाउँमा रहेर काम गरेका उनी एसपी हुँदा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए।

२०७७ पुस २१ गते प्रहरी प्रधान कार्यालयले सीआईबीमा कार्यरत रहेका पाण्डेलाई पर्साको प्रहरी प्रमुखको रुपमा सरुवा गरेको थियो। त्यतिबेला पर्सामा कार्यरत एसपी गंगा पन्तलाई सीआईबीमा सरुवा गरेर सीआईबीमा रहेका पाण्डेलाई पर्सा पठाइएको थियो।  

सीआईबीबाट पर्सा गएका उनै पाण्डेले वीरगञ्जमा ‘हुन्डीका मुख्य कलेक्टर’ भनेर चिनिने साहसँग निकट रहेर हुन्डीको लाइन खुला गर्दै रकम असुल्ने गरेको पाइएको हो।

हुन्डी कारोबारी साहले तत्कालीन पर्साका एसपी पाण्डेलाई फोन गर्छन्। 

टेलिफोन कुराकानी–१
फोन रिसिभ गर्दै तत्कालीन पर्साका एसपी पाण्डेले भन्छन्– हजुर, हजुर।
हुन्डी कारोबारी साह – दाइ गूड मर्निङ।
एसपी पाण्डे– गूड मर्निङ भाइ।
हुन्डी कारोबारी साह – दाइ त्यो ११ वाला हिजो शुक्रबार हाल्दिए। तपाईं ११, १२ बजे निकाल्न सक्नुहुन्छ।
एसपी पाण्डे – ए हुन्छ। अनि त्यो... त्यो मोराको त जसरी गर्दिनु परो भाइले।
हुन्डी कारोबारी साह– हाँस्दै.., ए त्यो विक्कीको?
एसपी पाण्डे – अँ।
हुन्डी कारोबारी साह– भन्दा भन्दै... आज फेरि म उ गर्छु दाइ। जान त कतै जाँदैन त्यो।
एसपी पाण्डे – भाइले हुन्न भनेको भए त म उपाय लाउँथे त नि।
हुन्डी कारोबारी साह– ए त्यो केही हुँदैन दाइ त्यो... नदिने त कुरै आउँदैन। त्यो मुलालाई त म गरिहाल्छु। ल तर आज...
एसपी पाण्डे – ल भाइ ल। 
हुन्डी कारोबारी साह– हुन्छ दाइ ल त्यो उसलाई भन्दिनु जसको खातामा गएछ नै जसलाई।
एसपी पाण्डे – हजुर?
हुन्डी कारोबारी साह– जसको खातामा मैले यो हजुरले दिनु भएथियो नि उहाँलाई भन्दिनु होला ११ बजे गएर झिक्नसक्नु हुन्छ भनेर।
एसपी पाण्डे – दिनेशकोमा गर्नुभाछ?
हुन्डी कारोबारी साह– हजुर दिनेशकोमा।
एसपी पाण्डे – ल, ल । हस, हस। त्यो विक्कीको गर्दिनु पर्‍यो। 
हुन्डी कारोबारी साह– ल, ल दाइ ल । हस, हस।

यो अडिओ संवादबाट साहले हुन्डी कारोबारका लागि सहजिकरण गरिदिएबापत एसपी पाण्डेले नै उपलब्ध गराएको ‘दिनेश’ नाम गरेका व्यक्तिको खातामा रकम हालेको प्रष्ट हुन्छ। एसपी पाण्डेले नाम लिएका विक्कीलाई भने रकम दिने सर्तमा सम्भवत ‘लाइन खुला’ गरिदिएको भन्ने बुझिन्छ। 

RaJ_saha1693218092.jpg
हुन्डीको लाइन खुलाएबापत एसएसपी पाण्डेलाई रकम बुझाउने ‘राज होजियारी’ भनिने राज साह

रकम हाल्ने बताए पनि नहालेको विषयमा पुनः अर्को पटक एसपी पाण्डेले साहलाई फोन गर्दै विक्कीको बारेमा बुझेको अडिओमा सुनिन्छ। 

टेलिफोन कुराकानी–२
एसपी पाण्डेले – हजुर, हजुर।
हुन्डी कारोबारी साह– दाइ नमस्ते।
एसपी पाण्डे– नमस्कार।
हुन्डी कारोबारी साह– हजुर दाइ।
एसपी पाण्डे– अँ हिजो कुरो भाछ नि त्यसले?
हुन्डी कारोबारी साह– अँ, अँ । आज भन्छ दिन्छु १२ बजेतिर दिन्छु भनेछ त्यो मुलाले। 
एसपी पाण्डे – ए...।
हुन्डी कारोबारी साह– हिजै भनेथ्यो बुझाइदिन्छु बुझाएन। अहिले फेरि म कुरा गर्दैछु।
एसपी पाण्डे– ए । म त आज व्यस्त, व्यस्त हुन्छु होला। पछि फोन गर्छु म त।
हुन्डी कारोबारी साह– हस हस दाइ।
एसपी पाण्डे– है भाइ। 
हुन्डी कारोबारी साह– हुन्छ दाइ।
एसपी पाण्डे – ल, भाइको जिम्मा भयो, है त।
हुन्डी कारोबारी साह– ल।

एसपी पाण्डे र साहबीच तेस्रोपटक ‘पाँचको चेक’ डिपोजिट भएको विषयमा कुराकानी हुन्छ। साहले ‘पाँचको चेक’ क्लियर भइसकेको जानकारी गराउँछन्। उनले बाँकी ‘चालिसको’ भोलि हुने भनेर पाण्डेलाई जानकारी दिन्छन्। ‘विक्की’ले भने त्यतिबेलासम्म पाण्डेलाई रकम नहालेको कुरा अडिओमा सुनिन्छ। 

टेलिफोन कुराकानी–३
हुन्डी कारोबारी साह– दाइ नमस्ते। 
एसपी पाण्डे– नमस्कार भाइ। 
हुन्डी कारोबारी साह – दाइ त्यो पाँच वाला भन्नु भए थ्यो नि चेक रिटर्न आयो भनेर...।
एसपी पाण्डे – भयो, भयो। अँ अब क्लियर भयो। 
हुन्डी कारोबारी साह – ए त्यही भएर म चेक लिन गएथेँ बैंकमा। हैन क्लियर भइसक्यो भनेर कन्फर्मको लागि।

एसपी पाण्डे– यो भयो। अनि त्यो मोरा विक्कीको गालामा एक थप्पड गरेर गर्नुपरो।
हुन्डी कारोबारी साह – ए त्यो, आज पनि त्यसलाई मैले फोन गरेको थिएँ । ए भैया, दुई–तीन दिनमे बोल रहा था। कि हमरे देओ वो देहुँ नहिँ देहुँ उसको हम नहिँ जानते। हम आपको उसी दिन बोलेथे कि एक घण्टा बिठा ते रहिए। विश्वास पर हम लोग छोड दिए। तो नही भैया, उ नही देगा तो हम दे दिंगे ना काही टेन्सन ले ते हे।
एसपी पाण्डे – नाइ यसको त्यही भन्दिनु पर्‍यो, तेस्लाई। भाइसँग के लिन्थे म।
हुन्डी कारोबारी साह– ए...। अरु के छ दाइ हालखबर सब ठिक छ नि?
एसपी पाण्डे– ठिकै छ, ठिकै छ।
हुन्डी कारोबारी साह– अनि त्यो आज होइन भोलि डिपोजिट हुन्छ, त्यो ४० वाला।
एसपी पाण्डे– ल, ल हस्, हस्। हुन्छ ल।

वीरगञ्जमा होजियारीसम्बन्धी उद्योग सञ्चालन गर्दै आएका साहको भित्री धन्दा भने हुन्डीको रहेको त्यहाँ काम गरेका केही जुनियर प्रहरी अधिकारी पनि बताउँछन्। उच्च र नेतृत्व तहका प्रहरी अधिकारीसँग ‘मिलाएर’ उनी प्रहरी अनुसन्धान र कारबाहीबाट बच्दै आएका छन्। 

त्यसो त उनले आवरणमा ‘सामाजिक सेवा’को काम पनि गर्दै आएका छन्। उनले गर्ने समाज सेवामा पनि पर्साका प्रहरी प्रमुख र अधिकृतहरुको ‘संलग्नता’ रहने गरेको देखिन्छ। 

‘अपांगता भएकालाई ह्विलचियर’ भन्दै साहले २०७९ मंसिर २९ गते जगरनाथपुर गाउँपालिका–२ जानकी टोलकी १० वर्षीया छोरी रुक्सार खातुनलाई ह्विल चियर वितरण गरेका थिए। 

कतिसम्म भने प्रहरीले देशव्यापी रुपमा सञ्चालन गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममा पनि साहको सहभागिता रहने गरेको छ। २०७७ कात्तिक २३ गते बारामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराको सहकार्य भन्दै साहले बाराका तत्कालीन डीएसपी गौतम मिश्रको प्रमुख उपस्थितिमा महागढीमाई नगरपालिका–२ मा २० जना दलितहरुलाई साडी समेत बाँडेका थिए। 

उनले ‘राज युनिफर्म सप्लायर्स’ नामक कपडा पसल समेत सञ्चालन गर्दै आएका छन्। त्यहाँ सामुदायिक तथा संस्थागत विद्यालयका कपडा, जुत्ता तथा विद्यालयको पोसाकसहित टाईलगायतका समानहरु पाइन्छ।

यसरी विभिन्न व्यवसाय र समाज सेवाको आवरणमा होजियारीले हुन्डी कारोबार गर्ने गरेको जानकार स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। 

भारतसँग सीमा जोडिएका पूर्वी तथा मध्य तराईका जिल्लामा हुने सबै हुन्डी कारोबारमा उनी प्रत्यक्ष/अप्रत्यक्ष जोडिएका छन्। तर प्रहरी अधिकारीसँगको निकट सम्बन्धकै कारण उनी अहिलेसम्म कानुनी दायराबाट भने जोगिँदै आएका छन्। 

तत्कालीन एसपी (हाल एसएसपी) पाण्डे र हुन्डीको लाइन खुलाएबापत पाण्डेलाई रकम बुझाउने ‘राज होजियारी’ भनिने राज साहबीचको टेलिफोन कुराकानी (अडिओ):

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्