• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सांसदको प्रश्न–डुबान नियन्त्रण कहिले हुन्छ?, प्रधानमन्त्रीको जवाफ– खोला सरकारले ल्याएको होइन
64x64
किशोर दहाल मंगलबार, भदौ १९, २०७५  १०:१२
1140x725

काठमाडौं– मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गरेको विषयमा करिब ३५ मिनेट आफ्नो धारणा राखे। त्यसपछि सांसहरुले उनलाई विभिन्न प्रश्नहरु सोधे। त्यसैमध्येका एक थिए, राजपाका सांसद महेन्द्र राय यादव। उनले बुँदागत रुपमा तीनवटा प्रश्न राखेका थिए।

यादवले दोस्रो प्रश्न सोधे– नदि नियन्त्रण र चुरे संरक्षणका बारेमा नेपाल र भारतका बीचमा जुन समझदारी बन्यो, त्यो कहिलेसम्म कार्यान्वयन हुन्छ?

उनले तेस्रो प्रश्न पनि उस्तै समस्यामा रहेर सोधे– कोशी नदिको बाढीले अहिले पाँच सय घर डुबान भएको छ। यसको कहिलेसम्ममा नियन्त्रण हुनसक्छ?

प्रधानमन्त्रीले आफ्नो जवाफको अन्तिमतिर यादवको प्रश्न माथि बोलेका थिए। सुरुमा उनले यादवको प्रश्न सार्वजनिक खपतका लागि उठाइएको भन्दै हल्कारुपमा लिए।

त्यसपछि उनले आफ्ना कुरा राखे– 'बाढीको कुराहरु छन्। नेपालमा खोलाहरु नियन्त्रण गर्न सकिएको छैन। यो खोला ६ महिनामा यो सरकारले ल्याएको पनि होइन। हामी प्रयास गर्दैछौं कि नदि नियन्त्रण होस्। नदि नियन्त्रण गरौं। जनताले दुःख नपाउन्। अहिले हामी उद्दारका काममा, राहतका काममा केन्द्रित भएका छौं। उद्दार र राहतको काम भइरहेको छ। सरकार अत्यन्त संवेदनशील छ।'

यस्तै, आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले बिम्स्टेक बैठकलाई सफलतापूर्वक सम्पन्न गरेको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ उद्धृत गर्दै ओलीले भने, 'बिम्स्टेक त बल्ल सुरु भएजस्तो लाग्यो।'

बिम्स्टेक बैठक सदस्य राष्ट्रहरुबीच कुनै तनाब नभई अत्यन्त सहजताका साथ साझा निष्कर्षहरु निकालिएको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी दिए।

'शिखर सम्मेलनको सफलताले नेपालको प्रभाव, प्रतिष्ठा, विश्वसनीयता, क्षमता आदि वृद्धि गरेको छ', प्रधानमन्त्रीले भने, 'नेपालले गर्न सक्छ र व्यवस्थित ढंगले गर्न सक्छ भन्ने कुरा देखिएको छ।'
प्रधानमन्त्रीले बिम्स्टेक अन्तर्गतको क्षेत्रीय सहयोगलाई थप प्रभावकारी र उपलब्धीमूलक बनाउनका लागि महत्त्वपूर्ण विषयहरु समेटिएको घोषणापत्र जारी गरिएको जानकारी दिए। 

'बिम्स्टेकको चौथो सम्मेलनको घोषणापत्रले केही मुख्य विषयहरुलाई समेटेको छ', प्रधानमन्त्रीले भने, 'पञ्चशीलका सिद्धान्त, सार्वभौमसत्ताको समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आन्तरिक मामलामा अहस्तक्षप र शान्तिपूर्ण सहअस्तित्व तथा आपसी लाभका आधारमा बिम्स्टेक सदस्य राष्ट्रहरुबीच सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।'

प्रधानमन्त्रीले सार्कलाई विस्थापित गर्न बिम्स्टेक नआएको बताए। 'सार्क राष्ट्रहरुका बीचमा कहीँ असमझदारीका पक्षहरु छन् भने पनि त्यसैमा अल्झिनु हुँदैन', उनले भने, 'सार्कले हामीलाई नोक्सान गरेको छैन। फाइदै गरेको छ। बाञ्छित उपलब्धी हामीले लिन सकेनौं होला। कतिपय कारण त्यसका पछाडि होलान्। तर त्यसलाई विस्थापित गर्न बिम्स्टेक आएको होइन। र, सार्क भएपछि बिम्स्टेक हुन हुँदैन भन्ने कुरा पनि होइन। सार्कको बैठक स्थगित भएपछि बिम्स्टेको सुरुवात भएको होइन। बिम्स्टेकको सुरुवात १९९७ मै भएको हो।'

उनले सार्कको अध्यक्ष आफूहरु भएको भए सार्कको पनि सम्मेलन गर्नसक्ने बताए।

प्रधानमन्त्रीले 'रिट्रिट'का लागि तोकिएको ठाउँ बदल्नुपरेकोमा सांसदहरुलाई जवाफ दिएका थिए। 'हामीले रिट्रिटको प्रबन्ध फरक राखेका थियौं। तर मौसमका कारण त्यो प्रबन्ध बदल्नुपर्‍यो', उनले भने, 'तर कार्यक्रमका बीचमा होइन। कार्यक्रमभन्दा अघि नै बदलेर सोल्टीभित्र रिट्रिटका कार्यक्रम राखेका थियौं।'

सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा भने प्रधानमन्त्रीले चउरमा पानी परेर रिट्रिट स्थल फेर्नुपरेको बताए। 'रिट्रिट जहाँ गर्ने भनिएको थियो। पानी परेर जहाँ रिट्रिट गर्ने भनिएको थियो, त्यो उपयुक्त भएन', उनले सोधे, 'त्यो हाम्रो अयोग्यता हो?' 

रिट्रिटका क्रममा राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका बीचमा हार्दिकतापूर्वक तथा खुला छलफल भएको प्रधानमन्त्रीले जानकारी दिए। 'रिट्रिट फलदायी भएको थियो', उनले भने।

प्रधानमन्त्रीले म्यानमार र श्रीलंकाका राष्ट्रपतिको बिम्स्टेक भ्रमणलाई दुई पक्षीय औपचारिक भ्रमणको रुप दिएको बताए। 'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिम्स्टेकपछि दुई पक्षीय काम र कुराकानीहरु भए' प्रधानमन्त्रीले भने, 'त्यसलाई पनि दुई पक्षीय भ्रमणकै तहमा व्यवहार गर्‍यौं।'

यस्तैगरी, प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रबीच कुनै पनि किसिमको सैन्य अभ्यास गर्ने सम्बन्धी सम्झौता नभएको स्पष्ट पारे।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले बिमस्टेक सम्मेलनमा नेपालले सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता गरेको भन्दै त्यसबारे जवाफ माग गरेपछि प्रधानमन्त्री ओलीले त्यस्तो सम्झौता नभएको स्पष्ट पारेका हुन्। उनले कुनै पनि आतंकवादी गतिविधि हुन नदिने भन्ने सन्र्दभमा सदस्य राष्ट्रबीच भएको सहमतिलाई सैन्य अभ्यासको रुपमा नबुझ्न आग्रह गरे। 

सम्पूर्ण विकास र कनेक्टिभिटीको कुरा भएको भन्दै उनले भने, ‘नेपाल मिलिटरी प्याक्टमा विश्वास पनि गर्दैन। मिलिटरी प्याक्टभित्र पस्दा पनि पस्दैन। यो कुनै सरोकारको विषय होइन।’

सहयोग आदानप्रदान विगतमा पनि हुने गरेको भन्दै उनले भने, ‘सैन्य अभ्यास, कहाँबाट आयो सैन्य अभ्यास? मन्त्री भइसकेका माननीयजीहरुले कुरो गरेको देख्दा पो छक्क लाग्छ। हाम्रा मिलिटरी कलेजमा विभिन्न देशका आउछन्, अध्ययन गर्छन्। डिग्री लिन्छन्, जान्छन्।’

सैनिक अभ्यास भारत, चीन तथा अमेरिकासँग पनि हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘संयुक्त सैनिक अभ्यास र बिमस्टेकलाई कुनै मिलिटरी प्याक्टमा बदल्न खोजेको देखिन्छ र घोषणा पत्रमा?’

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०७५  १०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। सोमबार, असार २३, २०८२
दुई संसदीय समितिको बैठक बस्दै जसअन्तर्गत बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्