• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुवास नेम्वाङको व्यक्तित्वबारे के भन्छन् नेताहरु?
64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, भदौ २६, २०८०  १६:५०
1140x725

काठमाडौं- नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान भएको निधनले एमाले मात्रै नभई विभिन्न राजनीतिक दल र उनका शुभचिन्तकलाई शोकमग्न बनाएको छ। 

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। नेम्वाङको पार्थिक शरीरलाई विभिन्न दलका शीर्ष नेताहरुले एमाले पार्टी कार्यालय च्यासल पुगेर पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका छन्। 

श्रद्धाञ्जली दिन च्यासल पुगेका शुभेच्छुकहरु उनको योगदानबारे चर्चा/परिचर्चा गरिरहेका थिए। एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले नेम्वाङलाई नेपाली राजनीतिमा सबै राजनीतिक दललाई मिलाउन सक्ने छवि भएको नेताको रुपमा स्मरण गरे।

उनले भने, ‘आजको राजनीतिमा धेरै दलहरु कोही उत्तर फर्किएको, कोही दक्षिण फर्किएको त कोही पूर्वतिर फर्किएको अवस्था छ। यसका बीचमा पनि दलीय मान्यताबाट मुलुक अघि बढेको भए पनि तिनीहरुलाई देशको हित र निकास बढाउने ठाउँमा साझा व्यक्ति आवश्यक थियो। त्यो साझा व्यक्ति कोही हुनुहुन्थ्यो भने सुवास नेम्वाङ हुनुहुन्थ्यो।’ 

नेम्वाङको निधनले मुलुकले ठूलो क्षति व्यहोरेको बताउँदै उनी एमालेको नेता मात्रै नभएर देशको साझा अभिभावक भएको बर्तौलाले दाबी गरे।

Ncell 2
Ncell 2

बर्तौलाले नेम्वाङको निधनले पार्टीमा लामो समयसम्म ठूलो क्षति पुग्ने बताए। ‘उहाँको असल नेतृत्वबाट संविधान निर्माण गर्न सफल भयौं,’ बर्तौलाले भने, ‘संविधान सभामा ३०/३१ दलहरु थिए। उनीहरुका दलगत आ-आफ्ना मान्यता र अजेण्डा थिए। संविधान सभाबाट संविधान जारी नहोस् भनेर कयौं विदेशीहरुले समेत खेलिरहेको अवस्था थियो। त्यसका बाबजुद पनि सबै दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ संविधान निर्माण गर्ने कुशल नेतृत्व प्रदान गर्नुभयो।’

उनले नेम्वाङबाट प्रतिशोध, आग्रह/पूर्वाग्रह नभई समझदारी र सम्वादको माध्यमबाट अघि बढ्न सकिने कुरा सिक्न सकिने बताए। 

त्यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले इलाममा जन्मेको एउटा लिम्बुको छोराले नेपाली राजनीतिमा स्थापित व्यक्तित्वको रुपमा आफूलाई उभ्याएको बताए। उनले भने, ‘उहाँ नरम, मिजासिलो र सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको व्यक्ति हो। उहाँले एकदमै विवादस्पद विषयलाई पनि समन्वय गर्दै मिलाएर लैजानुभएको छ। नेपालको संविधान जारी गराउने क्रममा सुशील कोइरालापछि उहाँको महत्त्वपूर्ण भूमिका छ।’

नेम्वाङ आफ्नै पार्टीले पनि गलत काम गर्दा त्यसलाई गलत हो भन्न सक्ने व्यक्ति रहेको पौडेलले बताए। उनले विधिको शासनको वकालत गर्ने, विधि व्यवस्थासँग बढी जानकार, अनुभव भएको व्यक्तिको रुपमा चित्रण गरे। पौडेलले भने, ‘२०४८ सालपछि धेरै पटक पदमा बस्ने व्यक्तिको रुपमा सुवासचन्द्र नेम्वाङ पनि हुनुहुन्छ। लामो समयसम्म पदमा बस्दा पनि आफूलाई दाग लाग्न दिनुभएन। सचेत भएर कानुन बुझेर त्यस अनुसार काम गर्ने क्षमता भएको नेता हुनुहुन्थ्यो।’

माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि नेम्वाङलाई शान्ति निर्माणको बाँकी काम पूरा नहुँदासम्म सम्झिरहने बताए। उनले भने, ‘शान्ति प्रकियाको बाँकी रहेको काम, सत्य निरुपण तथा मेलमिलाप आयोगको काममा दलहरुका बीचमा समन्वय र सहमति जुटाउनका निम्ति भरमग्दुर भूमिका खेलिरहेको महत्त्वपूर्ण नेता गुमाउँदा दु:ख लागेको छ।’ उनले सहकार्य, सहमतिको मध्यमार्गमा नेम्वाङको खाँचो औंल्याए। 

यस्तै श्रद्धाञ्जली दिन पुगेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भने, ‘नेपाली राजनीतिमा सुवासचन्द्र नेम्वाङ सादगी हुनुहुन्थ्यो। उहाँ कहिल्यै पनि देखावटी रुपमा हुनुहुन्थेन। कानुन र संविधान हामी सबैले मान्नुपर्छ। त्यसको उहाँ हिमायती हुनुहुन्थ्यो। र, उहाँ जुनसुकै परिस्थितिमा सहमति र सहकार्य सहित अघि बढ्ने नेताको रुपमा हुनुहुन्थ्यो। अब हामीलाई उहाँको अभाव रहिरहनेछ।’

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले लागुऔषध नियन्त्रण जरुरी रहेको बताएका हुन्। शुक्रबार, जेठ ९, २०८२
सर्वोच्चमा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ चलिरहेको छ । शुक्रबार, जेठ ९, २०८२
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता – प्रचण्ड ताराखोला गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रममा उनले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरक... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज शुक्रबार, जेठ ९, २०८२
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन शुक्रबार, जेठ ९, २०८२
बेलायतले मौरिससलाई दियो चागोस टापुहरू शुक्रबार, जेठ ९, २०८२
परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता शुक्रबार, जेठ ९, २०८२
सर्वोच्चमा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्