• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
डान्समार्फत् सपना पछ्याइरहेका जेडी
64x64
समर्पण श्री शनिबार, भदौ ३०, २०८०  १३:५२
1140x725

बाल्यकालमा आँखा चिम्लनासाथ उनी धेरै थोक बनिसक्थे। कहिले हिरो बनेर पर्दामा आफूलाई नाचिरहेको पाउँथे। कहिले ब्रिटिस लाहुरेहरूको लाइनमा उभिएर लाहुर हिँडिरहेको। कहिले स्टेजमा चढेर गाना गाइरहेको। कहिले किसान बनेर बाली उब्जाइरहेको।

तर उनको दिलचस्पीचाहिँ नाच्नमा थियो। पारी गाउँमा बजेको गीत माइकबाट सुनिन्थ्यो। उठेर नाचिदिन्थे। अंकलहरूले उक्साउँदै भन्थे, ‘नाच जगदिश नाच।’

उनी झन्झन् नाच्थे। र नाचेर कहिल्यै थाक्दैनथे। जुन कुरामा उनी कहिल्यै थाकेनन्,  त्यसलाई जीवनको गन्तब्य मानेर अनवरत हिँडिरहे।

कोरियोग्राफर जेडी तमुले एक भेटमा पुराना दिनहरूबारे सम्झिएका थिए। आफू हिँडेको बाटोमा आएका आरोह र अवरोहबारे सुनाएका थिए।

०००

उनी गीत पनि गाउँथे। कक्षा १२ पढ्दाताका एकदिन भोकल कक्षा जोइन हुन उनी इलामबाट झापा पुगे।  जुन ठाउँमा भोकल सिक्थे, त्यहाँ डान्स पनि सिकाइँदो रहेछ। उनलाई त्यसअघि महोत्सवमा भएको नृत्यले खुबै आकर्षित गरेको थियो। सोचे, ‘अब डान्स पनि सिक्छु।’

तर सिक्नका लागि पैसा चाहिन्थ्यो। घरको आर्थिक अवस्था कमजोर थियो। ‘खाजा खान दिनुभएको पैसा जोगाएको थिएँ। त्यही पैसाबाट कक्षा जोइन गरेँ,’ उनी सम्झन्छन्।

jd1694849364.jpg

डान्स सिकेको कुरा एकदिन जेडीको आमाले थाहा पाइन्। थाहा पाएको दिन ‘छोरा बिग्रियो’ ठानेर निकैबेर रोइन्। ‘दु:ख गरेर पढाएको छोरा नाचेर हिँड्नेभयो,’ गाउँका मानिसहरूले मसला थप्दै भन्न थाले।

तर जेडीलाई रोकिनु थिएन। उनलाई अझै धेरै सिक्नु थियो। उनको सपना अब कलकत्तासम्म फैलिएको थियो। १ वर्ष आमालाई सम्झाउनमै बित्यो। ‘आमाले बुझ्नुभयो। अनि कलकत्ता जाने अनुमति दिनुभयो,’उनी सम्झिन्छन्। त्यसपछि जेडी कलकत्तातर्फ लागे।

०००

न अंग्रेजी राम्रो। न अन्य भाषामा पकड। कलकत्ताका सुरुवाती दिन उनका लागि सकसलाग्दा थिए। उनी पदातक कम्पनीका जागिरे थिए। कम्पनीमा डान्स सिकेर कम्पनीकै लागि डान्स गर्नुपर्दथ्यो। विस्तारै घुलमिल हुँदै गएपछि जेडी रमाउन थाले।

तर जब जब डान्स गर्दागर्दै घाइते हुन्थे  र बिरामी पर्दथे। त्यतिबेला घरको खुब याद आउँथ्यो उनलाई। एकपटक ढाडमा चोट लागेर एक महिना आराम गर्नुपर्दा उनी थुप्रैपटक रोए। डायरीमा नोट बनाए। नोट बनाउँदा नोटमै आँसु तप्प तप्प चुहिन्थे पनि। 

कहिले त सोच्थे, ‘म फर्कन्छु।’ तर सपना मारेर फर्कन मनले कहाँ दिन्थ्यो र! आफूले आफैंलाई सम्झाए। साथीहरूले पनि साथ दिए। 

तीन वर्षपछि सन् २०१४को अन्तिमतिर उनी घर फर्किए। फर्कँदा धेरै सपना बोकेर फर्किएका थिए। ‘मलाई लाग्थ्यो नेपालमा गएर अब म डान्समा धेरै परिवर्तन ल्याउन सक्छु। डान्स स्कुल खोल्छु। तर जुन रफ्तारमा आएको थिएँ। त्यो रफ्तार नेपाल फर्केपछि ब्रेक भयो,’ जेडी सुनाउँछन्। 

१ वर्ष उनी झापामै रुमल्लिए। त्यहीबेला उनको भेट कवि प्रकाश आङदाङ्बेसँग भयो। प्रकाशले जेडीलाई फोटोग्राफीसँग नजिक्याए। त्यही क्रममा जेडीले केही म्युजिक भिडिओमा पनि काम गरे।

झापाबाट काठमाडौं आएपछि सुनिल पोखरेलसँग नाटकको कक्षा पनि लिए। नेपालमा २ वर्ष बस्दा उनलाई लाग्यो, ‘डान्समा मैले सिक्न अझै बाँकी छ।’

उनलाई अब मुम्बई गएर ‘कन्टेम्पोररी डान्स’ अझै गहिराइमा सिक्नु थियो। त्यतिबेला उनलाई आफ्नो अभिव्यक्ति ‘कन्टेम्पोररी डान्स’मार्फत् गर्दा प्रभावकारी हुन्छ भन्ने विश्वास थियो। किनकि कलकत्तामा हुँदा उनले त्यो तय गरिसकेका थिए।

उनी मुम्बई गए।‘

मुम्बईले मलाई डान्सभन्दा बढी जीवन सिकायो,’ जेडी भन्छन्। मुम्बईको टेरेन्स स्कुलमा उनले २ वर्ष डान्स सिके।  ‘स्कुलबाट राम्रा डान्सरहरू सेलेक्ट गरेर प्रस्तुतिका लागि लैजान्थे। म सधैंभरि पहिलो प्राथमिकतामा पर्थेँ,’ जेडी भन्छन्।

२ वर्षपछि कोर्स सकेर उनी नेपाल फर्कने योजनामा थिए। त्यहीबेला भारतको म्युजिकल शो डिज्नी प्रोडक्सनको अलादिनमा अडिसन दिन साथीहरू जाँदै रहेछन्। साथीहरूको आग्रहपछि उनी पनि गए। उनी छनोट भए। ३ महिनाको त्यो शोमा उनी फ्रन्टलाइनर डान्सर थिए।

बिडम्बना! उनी डान्स गर्ने क्रममा स्टेजमै लडे। अचेत भएर २ दिनसम्म जेडीको आइसीयुमा राखेर उपचार भयो। के भएको हो, समस्या पत्ता लाग्न सकेको थिएन। ‘सबै ठीक छ भन्छन्। तर केही ठीक थिएन। त्यस्तो अवस्थामा मुम्बई बस्न सक्ने थिइनँ,’ उनी सम्झिन्छन्। जेडीले प्रकाश आङ्दाम्बेलाई फोन गरे। प्रकाशले प्लेनको टिकट काटिदिए। जेडी नेपाल फर्किए। 

नेपालमा उपचारका लागि उनले नधाएको अस्पताल सायदै थिए। तर रोग पत्ता लागिरहेको थिएन। पछि मनोचिकित्सकसँगको परामर्शपश्चात् थाहा भयो, उनलाई एन्जाइटी डिसअर्डर भएको रहेछ। ‘म मर्दैछु जस्तो मात्र लाग्थ्यो। तर बाँच्ने चाह बढेर आउँथ्यो। आफूलाई बलियो बनाउने उपाय खोज्न थालेँ,’ उनी सम्झिन्छन्।

उनलाई अध्यात्मले डोहोर्यायो। विस्तारै आफूभित्रको डर मर्दै भयो। आफूभित्रको समस्यालाई पराजित गर्दै लगे।  त्यसपछि पुन: नृत्यलाई अगाडि बढाए। त्यसपछि त उनलाई रियालिटी शोहरूमा कोरियोग्राफीका लागि प्रस्ताव आउन थाले। थिएटरहरूमा डान्स सिकाउन थाले। नेपालको नृत्य क्षेत्रमा कन्टेम्पोररी डान्सलाई उनले थप चिनाउँदै लगे।

डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार’ सिजन २ मा उनले पनि भाग लिए। उनलाई रियालिटीशोको प्रतिष्पर्धामा उस्तो चासो थिएन। ‘तर मैले जुन फिल्ड रोजें। त्यो कुरा बा आमाले देख्न पाएनन् भने। आफन्तहरूले भन्थे– १५ वर्ष नाँचे भन्छस्। टिभीमा आउँदिनस् त। सुन्दा हो जस्तो लाग्यो। परिवारले नै चिन्दैन भने मलाई संसारले चिनेर के भयो ,’ उनले सोचे। 

त्यसपछि रियालिटी शोमा जेडीले भाग लिए। उनलाई आम दर्शकहरूले चिन्न थाले। 

अहिले जेडी एउटा नाटकको तयारीमा छन्। डान्स र एक्टिङ सहितको नाटक। त्यसको निर्देशन गर्दैछन् उनी। ‘सपना देखेर मात्र नहुने रहेछ। त्यसलाई विस्तारै पूरा गर्नुपर्ने रहेछ,’ जेडी भन्छन्, ‘विस्तारै म त्यो पूरा गर्दैछु।’

जेडीको नाटक ‘ब्यूँझिएको सिरानी’ १६ असोजदेखि मण्डला नाटकघरमा मञ्चन हुनेछ। ‘मैले भन्न नपाएका कुराहरू यो नाटकमार्फत् भन्नेछु। मेरो लागि यो विशेष हुनेछ,’उनी भन्छन्। 

jdsss1694849472.png

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
विवादित काश्मीरमा हिन्दू तीर्थयात्रा सुरु बिहीबार, असार १९, २०८२
राप्रपा बैठक : यस्तो छ निर्णय बिहीबार, असार १९, २०८२
साताको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, फाइनान्समा फर्कियो आकर्षण बिहीबार, असार १९, २०८२
बाफियामा व्यापक सुधारको खाँचो छ –ज्ञानेन्द्रबहादुर कार्की बिहीबार, असार १९, २०८२
लिभरपुलमा फरवार्ड डियगो जोटाको कार दुर्घटनामा निधन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा परित्याग बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्