• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षक आन्दोलनको चर्चा, वार्तामार्फत् सहमति गर्नुपर्नेमा जोड
64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, असोज ५, २०८०  १४:१३
1140x725
कांग्रेस केन्द्रीय समिति बैठक (फाइल तस्बिर)

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा शिक्षकहरुको आन्दोलनको विषयले प्रवेश पाएको छ। 

शिक्षकहरुले उठाएका जायज मागहरु सम्बोधन गर्न कांग्रेस केन्द्रीय सदस्यहरुले आग्रह गरेका छन्। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शिक्षकहरुको जायज मागहरु सम्बोधन गर्नुपर्ने बताए। उनले भने,‘ शिक्षा विधेकयबारे पार्टीले नेतृत्वको तर्फबाट एउटा निर्णय गर्नुपर्छ। शिक्षा विधेयकको बिषयलाई लिएर शिक्षकहरु आन्दोलनरत हुनुहुन्छ। उहाँहरुको जायज माग पुरा गर्न हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौँ।’

अर्का केन्द्रीय सदस्य गुरु बरालले शिक्षकहरुले आन्दोलनमा रहेको र उनीहरुका पनि पीडा रहेको बताए। कतिपय मागहरु संविधान जारी गर्दाको मूल मर्मलाई नबुझिने गरी आएकाले त्यसको सम्बोधन गरिनु जरुरी रहेको बरालको भनाइ छ। ‘शिक्षकहरु आन्दोलनमा हुनुहुन्छ। उहाँहरुका पनि पीडा होलान्। तर संविधान जारी गर्दाको मूल मर्मलाई नबुझिने गरी आएका ती कुरालाई सम्बोधन गर्न जरुरी छ। यो देशमा पार्टीका नेता कार्यकर्तालाई न्यायाधीश बनाउने गरेका छौं,’ उनले भने, ‘विश्वविद्यालयका भीसीलाई झोले र कार्यकर्ता बनाएका छौं। विद्यालयका प्रध्यापकहरु त्यस्तै बनाउने गरेका छौं। अनि हामीले सुशासनको परिकल्पना पनि गरेका छौं। असल शिक्षाको असल न्यायको परिकल्पना गरेका छौं।’ 

कांग्रेस केन्द्रीय सदस्य इश्वरी न्यौपानेले शिक्षकका जायज मागहरु सम्बोधन गर्नका लागि कांग्रेसले नेतृत्व गर्नुपर्नेमा जोड दिइन। न्यौपानेले भनिन्, ‘हाम्रो प्रजातान्त्रिक आन्दोलनमा दियो बाल्ने शिक्षकहरु हुनुहुन्छ। उहाँहरुका जायज मागहरुका सन्दर्भमा कांग्रेसको यही बैठक संवेदनशील हुनुपर्छ। हामी बैठक सकिएर जाने बेलासम्म उहाँहरुको मागहरु पूरा होस्।’

अर्का केन्द्रीय सदस्य तारामान गुरुङले शिक्षकलाई मन पराउने किसिमको शिक्षा विधेयक किन ल्याउन सकिएन भन्दै प्रश्न गरे। बैठकको सुरुवातमै उनले भने, ‘हामीले संविधान जारी गर्‍यौँ। तर शिक्षकलाई मन पराउने किसिमको शिक्षा विधेयक किन ल्याउन सकेनौं? आज किन आन्दोलन गर्नुपर्‍यो? यो विषयमा कांग्रेस बैठकले गम्भीरताका साथ निर्णय गरेर अघि बढ्नुपर्छ। र शिक्षकहरुको मागलाई पूरा गर्नुपर्छ।’ उनले शिक्षकका मागहरु पूरा गर्दैगर्दा स्थानीय तहका जनप्रतिनिधि र शिक्षकहरुबीच बैमनश्यताको अन्त्य हुने खालको विधेयक बनाउनुपर्ने बताए। शिक्षकहरुलाई खुसी पार्ने नाममा स्थानीय तहका जनप्रतिनिधिहरुका अधिकार कटौती गर्न नहुने गुरुङको भनाइ छ। 

केन्द्रीय सदस्य अजय कुमार सिवाकोटीले विद्यार्थी विदेशमा, शिक्षकहरु सडकमा र मजदुर गर्ने मजदुरहरु मलेसिया र कतार लगायतका खाडीमा गइरहेको बताए। 

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले लाखौं शिक्षकहरु सडकमा आइरहेकोले उनीहरुको माग पूरा गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘ठूल्‌ठूला दलहरुले खुला मञ्चमा आन्दोलन गर्दा १० हजार मास पुर्‍याउन गाह्रो हुन्थ्यो। तर स्कुलमा चक डस्टर बोकर आएका शिक्षकहरु सडकमा आउँदा लाखभन्दा बढीको संख्यामा उपस्थित छन्। यसलाई सामान्य रुपमा लिनु हुँदैन र यो बैठकले गम्भीर रुपमा लिनुपर्छ।’ उनले कांग्रेस सरकारमा रहेको बेलामै शिक्षकका मागहरु छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिए। 

स्थानीय तह एउटा सरकारको रुपमा रहेको र शिक्षकहरु वर्ग भएकाले वर्गहरुको माग सम्बोधन गर्नका लागि एउटा देखाएर अर्कोलाई तर्साउने कामको अन्त्य हुनुपर्ने विश्वकर्माको भनाइ छ। 

सरकारले भाद्र २७ गते संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन्। शिक्षकको आन्दोलनका कारण २७ हजार सामुदायिक विद्यालयका साढे ५३ लाख विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन्। 

शिक्षकहरुले स्थानीय तह मातहत बस्न अस्वीकार गर्दै पेसागत हकहित, सुरक्षा र सम्मानका माग अघि सारेका छन्। सरकार र शिक्षकहरुबीच बिहीबार बैठक बसेको थियो। बैठक बसे पनि निश्कर्ष भने निस्किएन।  ३ दिन देखि आन्दोलनरत शिक्षकहरुले वार्ता समिति गठन गर्न नसक्दा शुक्रबार बस्ने भनिएको वार्ता बस्न सकिरहेको छैन। 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्