• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
गरिबीले थिचेको दशैं : ‘हाम्रा लागि दशा बनेर आउँछ’
64x64
कल्पना घिमिरे शनिबार, कात्तिक ४, २०८०  १०:१४
1140x725

काठमाडौं- साँझ पर्दै थियो। न्युरोडका गल्ली-गल्लीमा दशैंको किनमेल गर्न आउनेको भीड लागेको थियो। दशैंका किनमेल बोकेर फर्किँनेको चहलपहल उस्तै थियो। 

किनमेल गरेर फर्किनेहरु उत्साहित देखिन्थे। किन्न जाँदै गरेकाहरु पनि उत्तिकै जोसमा थिए। तर त्यही भीडमा निन्याउरो अनुहार लगाएर भारीको पर्खाइमा थिए, साहुको भारी बोकेर गुजारा चलाउने श्रमिकहरु। 

‘भारी बोक्न पाइन्छ कि’ भन्दै हातमा नाम्लो बोकेर दोकान चहार्दै थिए लिलानाथ गौतम। उमेरले ७० वर्ष लागेका उनी वृद्धा भत्ता खाएर बस्नु पर्ने उमेरका हुन् तर साहुको भारी बोकेर जीविका चलाइरहेका छन्। 

‘जन्मको हिसाबले ७० पुगेँ, तर नागरिकता अनुसार दुई वर्षले भत्ता खान उमेर पुगेन। नागरिकता बनाउने जन्ममिति बिगारेर १० सालको मान्छेलाई १२ सालको बनाइदिएको रहेछ,’ उनले भने।

387334322_1475028559734200_717560578756348714_n1697346274.jpg

दुई छोरा र श्रीमती सहित उनी काठमाडौंमै डेरा गरेर बस्छन्। विगत ४० वर्षदेखि न्युरोडमा भारी बोक्ने काम गरिरहेका उनी त्यही पैसाले उनले आफ्नो घर खर्च टार्छन्।

उनी हरेक वर्षको दशैं काठमाडौंमै मनाउँदै आएका छन्। ‘अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष सबैथोक  महँगो भएको छ। चामल, चिनी, मरमसलो, सबै चिजको भाउ चार गुणा बढेको छ। यस्तो महँगीमा कसरी मनाउने दशैं,’ लिलानाथले भने।

अघिल्ला वर्षहरुमा दशैंको बेलामा गौतमको कमाइ राम्रो हुन्थ्यो। दशैं लागेपछि त उनले भारी बोकेरै दुई/चार हजार कमाइ गर्थे तर अहिलेको कमाइले बिहान-बेलुकाको छाक टार्न धौधौ परिरहेको उनी सुनाउँछन्।

‘सामान महँगो भएपछि मान्छेले किन्न छाड्दो रहेछ। त्यसैले साहुको व्यापार छैन। व्यापारै नभएपछि हाम्रो कमाइ हुँदैन। दशैंका मनाउन साथीभाइसँग सरसापटी गर्नै पर्छ,’ लिलानाथले भने, ‘पाहुना आउँछन्। अरु नभए पनि दुई छोरी-ज्वाइँ, नाति-नातिना छन्। मिठो-मसिनो खान दिनै पर्‍यो, ज्वाइँ-चेला आउँदा दक्षिणा दिनै पर्‍यो।’

387345223_849643716826516_5522714753573971515_n1697346274.jpg

दिनहुँ महँगी बढ्दै जाँदा पनि सरकारले नियन्त्रण नगरेको उनले गुनासो पोखे। आफूजस्ता श्रमिकका लागि महँगीले कति असर पर्छ भन्नेबारे सरकारले ख्यालै नगरी सबै वस्तुको मूल्य बढाइरहेको लिलानाथ सुनाउँछन्।

‘धनीलाई त के छ र, जति महँगिए पनि किनेर खान सक्छन् तर हामी जस्ता दिनभरि कमाएर बेलुका छाक टार्न धौ–धौ हुनेहरुका लागि कस्तो असर पर् छभन्ने सरकारले ख्यालै गरेको छैन। महँगी बढेको बढ्यै छ। हाम्रो ज्याला बढ्दैन। अब त दाल-भात खान नसक्ने स्थिति आएको छ,’ लिलानाथले भने।

हात्तीबहादुर सुवेदी पनि न्युरोड क्षेत्रमा भारी बोक्छन्। उनले न्युरोडमा भारी बोकेको २० वर्ष बित्यो। उनी यो वर्ष दशैं मनाउन गाउँ दोलखा जाने सोचमा छन्। यसपालि खासै कमाइ छैन उनको पनि। दैनिक आफूलाई छाक टार्न मुस्किलले पुर्‍याउँदै आएको उनी सुनाउँछन्।

‘दशैं आएको छ, घर त जानै पर्‍यो। गाडी भाडा महँगिएर ७ सय पुगेको छ। सबै सामानको भाउ छोइसक्नु छैन। अघिल्लो वर्ष एउटा संस्थाले यहाँका भारी बोक्नेहरुलाई पाँच/पाँच हजार रुपैयाँ दिएर सहयोग गरेको थियो र दशैं रमाइलैसँग मनाउन पाइएको थियो। अहिले त आफ्नो कमाइ पनि छैन,’ सुवेदीले भने, ‘काम पनि कन्ट्याकमा भए सजिलो हुन्छ। केही महिना घर बसेर फेरि आएको, पहिलाका साहुहरुले पनि पत्याउँदैनन्। केही त १० तलामाथि भारी पुर्‍याउन लगाएर ५० रुपैयाँ दिने साहुहरु पनि छन्।’

387555158_753926346540047_1080611581913977653_n1697346273.jpg

पोहोर उनले १० धार्नी तौलको खसी नै किनेर दशैं मनाएका थिए। यस वर्ष भने एक/दुई किलो मासु किनेर खान सक्ने अवस्था नभएको उनी सुनाउँछन्।

अर्का ६६ वर्षीय रामबहादुर भुजेलको अवस्था पनि उस्तै छ। कमाइ खासै छैन। साहुहरुले काममा कहिलेकसो मात्रै बोलाउँछन्। परिवारको दैनिक छाक टार्नै आफ्नो दैनिक कमाइ सकिने बताउँछन्।

‘दाल,चामल,मसला भुटुन सबै कुराको भाउले आकासिएको छ। काम पनि छैन, दाम पनि छैन। कहिलेकाहीँ त दिनभरि कसले काम देला भन्ने बाटो हेदै बित्छ। काम आउँदा कमाइ राम्रै हुन्छ। तर महँगीले गर्दा दिनभरि कमायो, साँझ-बिहानको छाक टार्नमै सकिन्छ,’ उनले भने। 

पहिला–पहिला जस्तो दशैं आएकोमा हर्ष छैन रामबहादुरलाई। ‘धनीका लागि दशैं आउँछ, हाम्रा लागि दशा हो। धनीले निकै तडकभडक गर्छन्। हामीले महँगीमा त्यसो गर्न सकिँदैन। अरुले खाएको, लाएको देख्दा मन खिन्न हुन्छ। तर जेजस्तो भए पनि जसोतसो दशैं त मनाउनै पर्छ,’ उनले भने।

उनका श्रीमती र दुई छोरा छन्। जेठा छोरा सवारी चालक छन्। ती अलग भएर बसेका छन्। कान्छा छोरा वैदेशिक रोजगारीका लागि खाडी मूलुकमा छन्। ‘छोराहरुले हामीलाई वास्ता गर्दैनन्। हामी दुई जना जसोतासो गरेर खाएका छौँ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १०:१४
  • #दशैं_२०८०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
विवादित काश्मीरमा हिन्दू तीर्थयात्रा सुरु बिहीबार, असार १९, २०८२
राप्रपा बैठक : यस्तो छ निर्णय बिहीबार, असार १९, २०८२
साताको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, फाइनान्समा फर्कियो आकर्षण बिहीबार, असार १९, २०८२
बाफियामा व्यापक सुधारको खाँचो छ –ज्ञानेन्द्रबहादुर कार्की बिहीबार, असार १९, २०८२
लिभरपुलमा फरवार्ड डियगो जोटाको कार दुर्घटनामा निधन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा परित्याग बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्