• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
दशैं अनुभव मांसहारी परिवारकी कान्छी छोरी सपना जब साकाहारी परिवारकी जेठी बुहारी बनिन्
64x64
दुर्गा दुलाल मंगलबार, कात्तिक ७, २०८०  २०:४५
1140x725

काठमाडौं- सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशको रोल क्रममा रहेकी सपना प्रधान मल्ल दशैं आएपछि सधैं गाउँ जान्छिन् अनि छरछिमेक र परिवारसँग दशैं मनाउँछिन्। उनले यसरी आफ्नो गाउँ नवलपरासी गएर दशैं मनाउन थालेको धेरै वर्ष भयो।

सुरुसुरुमा उनले केही वर्ष काठमाडौंमै दशैं मनाइन् तर त्यसले सन्तोष दिएन। काठमाडौंमा बसेर दशैं मनाइरहँदा खल्लो अनुभव भइरह्यो। यही कारण सपनाले आफ्ना श्रीमान्‌सँग भनिन्- अब दशैं काठमाडौंमा होइन, गाउँमा गएर मनाउने। उनलाई गाउँ गएर दशैं मनाउन मन लाग्नुका तीन कारण थिए। पहिलो, परिवारसँग बसेर मनाउन पाइने। दोस्रो, गाउँले र गाउँसँग आफूसहित आफ्ना सन्तानलाई परिचित गराउने अनि तेस्रो, गाउँसँगको पुरानो झझल्को मेट्नुका साथै संरक्षण पनि गर्ने। 

०००
घरघरमा जमरा राखेर दशैंलाई आँगनमा स्वागत गर्दै गर्दा सपना भने सर्वोच्च अदालतमा मुद्दा हेर्न इजलास जाने तरखरमा थिइन्। दशैंमा पनि अदालत पूर्ण रुपमा बन्द नहुने भएकाले उनको भागमा एक दिनको बन्दीको निवेदन हेरिदिनुपर्ने थियो। उनीसँग कुरा गर्दै मैले सोधें, ‘घर कहिले जाने, दशैं लागेन?’ 

387322675_350722910730599_9006863109480693899_n-1697607526.jpg

उनले जवाफ दिइन्, ‘अब केही दिनमा।’  

सर्वोच्च अदालतकी स्थायी न्यायाधीश सपनाले भनिन्, ‘घरमा अब एक्लै हुँदैछु।  श्रीमान् जमरा राख्न परासी गइसक्नुभयो। परिवारका सदस्य पनि जाने तयारीमा छन्। म पनि केही दिनमा जान्छु। सर्वोच्च अदालतमा सोमबार (असोज २९) गतेको पेसी सकेर बिदा बस्दैछु।’  

उनलाई गाउँ पुगेर दशैं मनाउँदा अनि गाउलेसँग बसेर टीका लगाउँदा छुट्टै आनन्द लाग्छ, जुन गुमाउन चाहँदिनन्। काम विशेषले जुनसुकै देश पुगेपछि दशैंमा भने घर नै फर्किन्छिन्।

‘म सानैदेखि ठूलो परिवारमा हुर्कें अनि त्यहाँ हुने रमाइलो महसुस गरें। त्यसैले अहिले पनि धेरै मानिस जम्मा भएर वा नभए परिवारमा सबै सदस्य वरिपरि बसेर दशैं मनाउनुपर्छ,’ सपनाले भनिन्, ‘यो मेरो हुर्काइको प्रभाव होला। अहिले पनि यही रुपमा निरन्तर मनाइरहेकी छु।’ 

उनको बाल्यकाल नवलपरासीमा बित्यो। ‘हामी संयुक्त परिवारमा बस्थ्यौं। तराईको सानो गाउँ अहिले परासी नगरपालिका अनि रामग्राम नगरपालिका पर्छ। त्यहाँ हामी बज्यै–बोजुसहित ४०–५० जनाको परिवार सँगै दशैं मनाउँथ्यौं,’ उनले बाल्यकाल्य सम्झिइन्, ‘त्यहाँ मनाएको दशैं अझै पनि मेरो मानसपटलमा ताजै छ। बुबा, ठूलो बुबा, कान्छो काका सबैको परिवार एकै ठाउँमा बसेर दशैं मनाउने गर्दथ्यौं। त्यसमा पनि फुपुहरु मिसिएपछि झनै रमाइलो हुन्थ्यो।’

दशैं आएपछि बल्ल नयाँ लुगा लगाउन पाइने, मिठो खान पनि पाइने, घरभरि मानिस नै मानिस बसेर पकाउने/खाने मात्र गरेको उनले सम्झना गरिन्।  ‘परिवारका मानिसले एक वर्षमा दशैंमा मात्र नयाँ कपडा किनिदिने भएकाले पनि त्यो धेरै पर्खाइएको हुने गथ्र्यो,’ उनले भनिन्, ‘घरमा नयाँ मानिसहरु आउने अनि उनीहरुले ल्याएको कोसेली खाने रहरले सधैं हामी हुरुक्क हुन्थ्यौं।’ 

387556436_1042319446806244_5481330769402180154_n-1697607525.jpg

घटस्थापनाको दिनदेखि घरमा डमरु बजाउँदै पूजा गरेको अनि धुपको सुगन्ध अहिले पनि सम्झिछिन् सपना।  

समेवजी खाने अनि हरेक दिन पूजा गरेर केही न केही काटेर मासु खाने चलन थियो। फूलपातीको दिनदेखि त भोज नै चल्थ्यो। एकै ठाउँमा बसेर कहिले कुखुरा कहिले हाँस अनि कहिले खसी–राँगा काटेर भोज खाने तथा अनेक परिकार बनाउने गरिएको उनी बताउँछिन्।

‘म ती दिन कहिल्यै बिर्सन सक्दिनँ,’ उनी भन्छिन्, ‘अर्को रमाइलो कुरा के थियो भने, हरेक ठूलो मानिसले आफूभन्दा सानालाई टीका लगाइदिने गरिन्थ्यो। मलाई म भन्दा केही मात्र जेठो मेरो ठूलो बाबाको छोरोले समेत टीका लगाइदिन्थ्यो  अनि पैसा दिन्थ्यो।’ 

त्यो समयमा टीका कसले लगाइदियो भन्दा पनि पैसा कति धेरै जम्मा गर्न सकिन्छ भन्ने मुल उद्देश्य हुने उनको अनुभव छ। ‘केटाहरुको भन्दा केटीहरुको  धेरै पैसा जम्मा हुन्थ्यो। सबैले माया गरेर पैसा दिन्थे,’ उनले भनिन्, ‘दशैंमा जताततै पिङ हालेको हुन्थ्यो। हामी चङ्गा उडाउँथ्यौं।’ 

त्यो समयमा अहिलेजस्तो प्रविधि थिएन तर आत्मीयता भने अलग्गै भएको उनलाई अहिले महसुस भएको छ।  एकले अर्कालाई असाध्यै माया गर्ने अनि सँगै खेल्ने भएपछि नजिकै हौं भन्ने भावाना विकास हुने र यसले सम्बन्धको आवश्यकता र मजबुती झन् बलियो हुने उनको अनुभव छ। 

‘अहिले प्रविधिको विकास भएको छ। तर हामीहरुका बीचमा सम्बन्ध हराउँदै गएको छ। हामी परपर हुदै गएका छौं,’ सपनाले भनिन्, ‘मानवीय सम्बन्ध नै अलग हुने गथ्र्यो। मन भित्रैबाट आफ्नो हो भन्ने भावनाको विकास हुने गथ्र्यो। तर अहिले घर वा कम्पाउन्डबाट बाहिर निस्कँदैनन्। छिमेकी र आफन्त नचिन्ने अवस्था आएको छ।’ 

सपनाको परिवारमा कान्छो बुबाको ६, बुबाको ४, ठूलो बुबाको ९ जना सन्तान थिए। पछि उनीहरु अलग भए। तर दशैंमा भने सबै जना परासीमा एउटै घरमा जम्मा हुने अनि दशैं मनाउने गरेको उनी सम्झिन्छिन्।

अहिले पनि सपना बज्यैलाई एकदमै मिस गर्छिन्। ‘म अहिले पनि मेरी बज्यैलाई मसि गर्छु। उहाँ सबैकी लिडर हुनुहुन्थ्यो। उहाँले नै हाम्रो सबै परिवार चलाउने गर्नुहुन्थ्यो।’

387632773_1014291359806502_5041401570991764692_n-1697607525.jpg

सपनाकी बज्यै गाउँभरिकै नेता थिइन् र उनको हुकुम चल्थ्यो। बज्यैले भनेपछि गाउँका साथै परिवारका कसैले पनि कुरा काट्न सक्दैनथे। ‘बज्यैमा सबैलाई सन्तुलित राख्ने लिडरको क्षमता थियो। देउरानी, जेठानीदेखि घरका पुरुषहरुलाई पनि भूमिका दिएर सबैलाई मिलाएर राख्ने उहाँको क्षमता थियो,’ सपनाले भनिन्, ‘त्यो गुण ममा पनि सरेको छ कि जस्तो लाग्छ। म पनि आफूले नेतृत्व गर्ने अनि अरुलाई दिएर खानु पर्छ भन्ने सोच राख्छु।’ 

०००
समय क्रमसँगै सपनाको विवाह गाउँकै मल्ल परिवारमा भयो। तर उनको बसाइ भने काठमाडौं सर्यो। उनी अब संयुक्त परिवारवाट एकल परिवारमा पुगिन् अनि कान्छी छोरीबाट जेठी बुहारीमा रुपान्तरित भइन्। 

‘विवाह गरेपछि दशैंमा मैले सधैं मिस गर्ने भनेको मासु हो,’ उनले भनिन्, ‘मेरो माइती मांसहारी थियो। बिहानैदेखि बज्यैहरुले कौला गर्ने अनि हामीलाई चटाइदिने गर्नुहुन्थ्यो। तर विवाह भएपछि मैले यो सबै गुमाएको थिएँ।’ 

त्यस्तै घरमा काटमार धेरै हुन्थ्यो। त्यतिबेला एक प्रकारको रमाइलो लाग्थ्यो। तर अहिले त्यसो नगरेको भए पनि हुन्नथ्यो भन्ने लाग्छ। त्यसैले नरिवल चढाउने गरेको उनले सुनाइनन्। 

‘मेरो हकमा चाहिँ अचम्मको संयोग छ। म घरमा मासु–माछा धेरै खाने परिवारमा हुर्केर आएको मान्छे,’ उनले भनिन्, ‘विवाह गरेर आएपछि ससुरा नै साकाहारी परे। यता मासु–माछामै हुर्केकी म यता सागपात अनि माछा–मासुबाट पर रहने परिवार परेपछि धेरै अनुभवहरु सँगाल्न पाएँ। यसले मलाई गाह्रो भयो तर पछि विस्तारै मिल्दै गयो।’ 

सपना नवलपरासीबाट काठमाडौं आइन्। उनको भूमिका अब छोरीबाट बुहारीमा परिणत भयो। ठूलो परिवारमा हुर्केकी उनी सानो परिवारमा आइन्। कान्छी छोरी जेठी बुहारीमा रुपान्तरण भइन्। घरमा बसी–बसी कजाएर खाने, यहाँ जिम्मेवारी लिएर खानुपर्ने भूमिकामा आएपुगिन्।  

समय अनुसार भूमिका परिर्वतन हुँदै जाँदा उनी अहिले छोरी, बुहारी हुँदै सासु आमाबाट हजुरआमाको भूमिकामा रुपान्तरित भइरहेकी छन्। सामाजिक भूमिकालाई समेत ख्याल गर्दै सपना अहिले रहेक वर्ष गाउँ नवलपरासी जाने गर्छिन्। चाडपर्वलाई उनले धर्मभन्दा पनि संस्कृतिको रुपमा महसुस गरेकी छन्। 

सपनालाई अहिले दशैं मनाउने शैलीमा परिर्वतन आएझैं लाग्छ। ‘दशैं मनाउने शैली पहिलेभन्दा अहिले परिर्वतन भएको जस्तो लग्छ। हामीलाई बाल्यकालमा जति उत्साह हुन्थ्यो, अहिले त्यो छैन,’ उनले भनिन्।

सपनालाई नेवारी भोज एकदम मन पर्छ। चिउरा अनि समेवजी उनले सधैं मिस गर्छिन्। दशैंमा पाक्ने पक्कु पनि उनलाई एकदम मन पर्छ। सपना आफैं पनि मिठो पक्कु बनाउँछिन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  २०:४५
  • #दशैं_२०८०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्