• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमाले संकल्प यात्रा: झुलाघाटमा तामझाम, अछाममा उकुसमुकुस
64x64
शेरबहादुर ऐर बुधबार, मंसिर १३, २०८०  २१:३९
1140x725

धनगढी– नेकपा एमालेले बिहीबारदेखि मध्यपहाडी क्षेत्र केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ सुरु गर्दैछ। एमालेले संकल्प यात्राको सुरुवातका लागि महाकाली किनारको सीमावर्ती बजार बैतडीको झुलाघाट रोजेको छ। 

यात्राको उद्‌घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु बैतडी केन्द्रित भएका छन्। बैतडीमा जोडतोडका साथ यात्राको तयारी चलिरहँदा सुदूरपश्चिम प्रदेशकै अछाममा भने एमाले पंति उकुसमुकुसमा छ। 

बिहीबार एमाले अध्यक्ष ओलीले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेपछि सुरु हुने यात्रा शनिबार अछाम पुग्ने कार्यतालिका छ। 

तर अछामका एमाले नेता/कर्ताहरु भने यात्रालाई लिएर बेग्लै तनावमा छन्। अछाम पार्टीका नेता भीम रावलको गृहजिल्ला हो। १०औं महाधिवेशनमा अध्यक्षका लागि ओलीको प्रतिस्पर्धी बनेयता रावल पार्टीमा निरन्तर ‘उपेक्षित’ बन्दै आएका छन्। रावलले भोग्दै आएको ‘उपेक्षा’का कारण नेतृत्व (अध्यक्ष ओली)प्रति असन्तुष्ट रहेका अछामका नेता/कार्यकर्ताहरु यात्राको सन्दर्भलाई लिएर कसरी प्रस्तुत हुने भनेर तनावमा छन्। 

‘सुदूरपश्चिम प्रदेशबाट पार्टीको विशेष अभियान सुरु हुँदा भीम रावल जस्तो नेतालाई खबर नगरिनु। नबोलाइनु, सल्लाह नगरिनुलाई सकारात्मक रुपमा त लिन सकिँदैन नि!’ रावलनिकट एमाले अछामका एक नेताले भने। 

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले संकल्प यात्राका लागि रावललाई जानकारी गराएको बताउँछन्। यद्यपि त्यसबारे रावलबाट कुनै प्रतिक्रिया नआएको जैशीको भनाइ छ। 

जैशीले भने, ‘उहाँ बैतडीदेखि नै सहभागी हुनुहुन्छ वा आफनो गृहजिल्लाबाट भन्ने केही थाहा छैन। तर, कार्यक्रमबारे जानकारी गराएका छौँ।’

एमाले अध्यक्ष ओली यात्राको उद्‌घाटन गर्न भन्दै बुधबार नै बैतडी पुगिसकेका छन्। बुधबार बैतडीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले मध्यपहाडी राजमार्ग भित्रका पहाडका समस्या बुझ्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताए। ‘महाकालीदेखि मेचीसम्म समृद्ध नेपाल सम्भव छ भन्ने उद्देश्यले संकल्प यात्रा गर्दै छौँ। भोलि यसै जिल्लाको झुलाघाटबाट सुरु गर्छौँ,’ ओलीने भने, ‘पूर्व–पश्चिम मेचीदेखि महाकालीसम्म एमालेले समृद्ध नेपाल बनाउन सक्छ। यहाँका समस्या के छन्, ती हर्नेका लागि पहाडै पहाडको यात्रामा छौँ।’ 

Ncell 2
Ncell 2

अध्यक्ष ओलीले झुलाघाटमा उद्घाटन गर्ने यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ। १ हजार ८७९ किलोमिटर लामो १९ दिने मध्य पहाडी लोकमार्ग पदयात्रा शुक्रबार डोटी र शनिबार अछाम पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। 

एमाले सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष जैशीका अनुसार पार्टीका शीर्ष नेता सबैको सहभागिता रहने उक्त संकल्प यात्राका क्रममा शनिबार अछामको साँफेबगर र मंगलसेन पुगेर कार्यक्रम गर्ने कार्यतालिका छ। 

तर भीम रावल उक्त कार्यक्रममा नहुने अवस्था आएपछि रावलका समर्थकले विरोधका कार्यक्रम गर्नेसम्मको तयारी गरिरहेका छन्। 

‘यो त हद भयो, आफ्नै प्रदेशको कार्यक्रममा पनि भीम रावलले सहभागी हुन नपाउने अवस्था बारम्बार दोहोरिन थाल्यो,’ रावल निकट एमाले अछामका अर्का एक नेताले भने, ‘अब के गर्ने भन्ने आन्तरिक छलफल गरिरहेका छौँ। सबै कार्यकर्ता आक्रोशित छन्, विरोधका क्रियाकलाप पनि हुन सक्छन्।’

हालै सम्पन्न एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा पनि भीम रावललाई नबोलाइएको भन्दै उद्घाटन सत्रमा अध्यक्ष ओलीले बोलिरहँदा रावल समर्थक कार्यकर्ताहरुले ‘भीम रावल खै?’ भन्दै नारा लगाएका थिए।

रावलले पार्टीको संकल्प यात्राबारे आफूलाई जानकारी गराइएको भन्ने कुरा सत्य नभएको बताएका छन्। रावलले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै आफ्नो सहभागिताबारे अध्यक्ष ओलीले चासो नदिएको र महासचिव शंकर पोरेलले पनि उपेक्षित गरेको बताएका छन्। 

रावलले लेखेका छन्– एमालेको मध्यपहाडी पुष्पलाल राजमार्ग अभियानबारे धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मेरो बारेमा सोधिएको प्रश्नको जबाफमा मलाई निम्तो दिइएको भन्ने सत्य होइन। तथ्य यस्तो छ: प्रदेश अध्यक्ष कृष्ण प्र जैशीले फोनमा पत्र पठाउँ कि भन्नु भयो। मैले भनेँ- अभियान प्रदेशको भए तपाईंले भन्दा म आइहाल्थेँ। तर केन्द्रको भएकोले तपाईं अध्यक्षलाई फोन गरी मेरो सहभागिताको कुरा गर्नुस्, उहाँले मलाई भन्नुभयो भने म सहभागी हुन्छु। केही समयपछि उहाँले फोनमा भन्नुभयो फोन गरेँ, अध्यक्षको स्वकीयसँग कुरा हुँदा महासचिवसँग कुरा गर्न भनियो। महासचिवसँग कुरा गर्दा इच्छा हुने जाँदा हुन्छ भन्ने जवाफ आएकोले तपाईं झुलाघाट जानु परेन, अछाम आफ्नै किसिमले गए हुन्छ।अब सबै विवेकशील व्यक्तिले सोचौं। यही हो त मलाई अभियानमा निम्ता गरिने कायदा?

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले लागुऔषध नियन्त्रण जरुरी रहेको बताएका हुन्। शुक्रबार, जेठ ९, २०८२
सर्वोच्चमा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ चलिरहेको छ । शुक्रबार, जेठ ९, २०८२
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता – प्रचण्ड ताराखोला गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रममा उनले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरक... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी शुक्रबार, जेठ ९, २०८२
अमेरिकी सरकारद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का शुक्रबार, जेठ ९, २०८२
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन शुक्रबार, जेठ ९, २०८२
बेलायतले मौरिससलाई दियो चागोस टापुहरू शुक्रबार, जेठ ९, २०८२
परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्