• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भिजिट भिसामा डरलाग्दो सेटिङ मानव बेचबिखन ब्यूरोको शंकास्पद भूमिका, जिम्मेवारी खोसिएपछि कसरी तोडियो नेक्सस?
64x64
नारायण अधिकारी बिहीबार, मंसिर २८, २०८०  १४:४२
1140x725

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विभिन्न मुलुक पठाएर मानव तस्करी हुने गरेका घटना धमाधम सार्वजनिक भइरहेका छन्। पछिल्लो मानव तस्करी प्रकरणमा बहालवाला प्रहरीदेखि पूर्वप्रहरी, अध्यागमनदेखि वायु सेवा निगम र ट्राभल एजेन्सीसम्मका कर्मचारी समेत पक्राउ परेर अहिले अनुसन्धानको दायरामा आएका छन्। 

यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अहिलेसम्म ३२ जनालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याएको छ। अनुसन्धान अझै जारी रहेकाले पक्राउ पर्नेको संख्या थप बढ्न सक्ने अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी सोमेन्द्रसिंह राठौरले बताएका छन्। 

मानव तस्करको गिरोहले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउनका लागि एजेन्ट, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, एयर लाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ बुझाउने गरेको र अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्म ४० देखि ५५ हजारसम्म दिई सेटिङ मिलाउने गरेको पाइएको एसएसपी राठौरले बताए। 

‘निरन्तर खुल्लमखुला संघीय राजधानीकै विमानस्थलबाट कसरी मानव तस्करी भइरहेको थियो र त्यो नेक्सस तोड्न प्रहरी कसरी सफल भयो?’ यसबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ। 

जब हटाइयो मानव बेचबिखनको टोली
गत असोज १८ गतेसम्म मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोली विमानस्थलमा खटिन्थ्यो। मानव बेचबिखन अनुसन्धान ब्यूरोको एक टोलीले चौबीसै घन्टा विमानस्थलमा ड्युटी गर्थ्यो। अझ भिजिट भिसामा हुने तस्करी रोक्न भन्दै तत्कालीन मन्त्री किसान श्रेष्ठको पालादेखि डीएसपीकै कमाण्डको टोली वैदेशिक रोजगार विभागमा समेत खटाइएको थियो। 

nakkali-rahadani-1699180172-1702544087.png

मानव बेचबिखन अनुसन्धानको एक मात्र विशिष्टकृत इकाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोली  विमानस्थलदेखि वैदेशिक रोजगार विभागमा समेत खटिँदा मानव तस्करी भने रोकिएन।

एसएसपी अनुराग द्विवेदी मानव बेचबिखन ब्यूरोको प्रमुख भएको बेला २०७९ पुसको दोस्रो साता त यस्तोसम्म भेटियो, महिलाले सेनिटरी प्याडमा लुकाएको अवस्थामा तेस्रो मुलुकको भिसा लागेको डकुमेन्ट समेत भेटिएको थियो। 

भिजिट भिसामा दुबई जान लागेका महिलालाई शंका लागेर जाँच गर्दा उनको ह्याण्डब्याग भित्र रहेको सेनिटरी प्याडमा कुवेत लेखिएको भिसा प्रिन्ट कपी भेटिएको थियो। यतिसम्म भेटिँदा प्रहरीले ती महिलालाई विदेश जान त रोक्यो तर ती महिला कुन एजेन्ट वा मानव तस्करीमार्फत त्यसरी कुवेत जान लागेकी थिइन् भन्नेबारे त्यतिबेला प्रहरीले कुनै अनुसन्धान नै अघि बढाएन। 

त्यतिबेलैदेखि मानव बेचबिखन अनुसन्धानमा प्रहरीको भूमिका शंकास्पद देखिएको थियो। त्यस यता पनि प्रहरीले अवैध तरिकाले भिजिट भिसामा बाहिर जानका व्यक्ति भन्दै केहीलाई फर्काउने गरेको थियो। 

तर, तिनीहरुबाट भेटिएका अवैध तथा नक्कली डकुमेन्ट, बैंक ग्यारेन्टी लगायतका कागजाततर्फ प्रहरीले कुनै अनुसन्धान अघि बढाएन। त्यति मात्रै होइन, अध्यागमनका कर्मचारीसँगै ब्यूरोकै प्रहरी टोली समेतको मिलेमतोमा निरन्तर मानव तस्करी हुने गरेको केही आधार समेत भेटिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत असोजमा तत्कालै एक्सन लिएका थिए। 

399840760_1643314119530483_5144407274746208510_n-1699179901-1702544084.jpg

मानव बेचबिखन ब्यूरोका प्रहरी टोली समेतको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको पाइएपछि गत असोज १८ गते गृहमन्त्री श्रेष्ठको ठाडो आदेशमा ब्यूरोको टोलीलाई विमानस्थलबाट हटाएर उक्त जिम्मेवारी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई दिइएको थियो। 

जब अपराध अनुसन्धान कार्यालयले यो जिम्मेवारी पायो, त्यसपछि बल्ल मानव तस्करका गिरोहहरु प्रहरीदेखि अध्यागमन, वायु सेवा निगमका कर्मचारीसम्म पक्राउ परे।

ब्यूरोमै बसेका डीएसपीले तोडे नेक्सस
विमानस्थलबाट दिनहुँ मानव तस्करी हुनुमा मानव बेचबिखन ब्यूरोकै भूमिका शंकापस्द रहने अर्को बलियो आधारको रुपमा अहिलेको अनुसन्धानलाई लिइएको छ। 
भिजिट भिसामा हुने मानव तस्करी अनुसन्धानको कमाण्ड अहिले अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीले गरिरहेका छन्।

भिजिट भिसामा हुने मानव तस्करी सूचना र यसबारे जानकार डीएसपी पन्थी नै भएकाले उनलाई यसको कमाण्डर बनाएर अपराध अनुसन्धान कार्यालयले कारबाही चलाइराखेको छ। डीएसपी पन्थी नै यसको जानकार हुनेमा यसको साइनो पनि मानव बेचबिखन ब्यूरोसँग जोडिएको उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

अपराध अनुसन्धान कार्यालय आउनुअघि पन्थी मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए। ब्यूरोमा रहँदा उनले प्रशासनको जिम्मेवारी सम्हालेका थिए। त्यही रहँदा भिजिट भिसाको नाममा हुने मानव तस्करीको केही सूचना र जानकारी पाएका डीएसपी पन्थीले अपराध अनुसन्धान कार्यालयमा पुगेपछि यसको अनुसन्धान कमाण्ड गरेको उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

मानव बेचबिखन ब्यूरोको भूमिका शंकास्द देखिएपछि ब्यूरोको टोलीलाई हटाएर अपराध अनुसन्धान कार्यालयको टोलीलाई खटाइएपछि डीएसपी पन्थीको टोलीले यसबारे सूक्ष्म अनुसन्धान अघि बढाएको थियो। त्यसको एक महिनापछि कात्तिक १९ गते नै भिजिट भिसामा विदेश पठाउने गिरोहका ९ जनालाई पक्राउ गरेर अपराध अनुसन्धान कार्यालयको टोलीले सार्वजनिक गरेको थियो। 

त्यसको भोलिपल्टै कात्तिक २० गते चार जना कन्सल्टेन्सी सञ्चालक पक्राउ गरेर सार्वजनिक गरिएको थियो। त्यतिबेला एसीई कन्सल्टेन्सी सञ्चालक अनिष अमात्य, प्रगति विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका सञ्चालक पशुपति मैनाली, एस टु अब्रोड कन्सल्टेन्सीका सञ्चालक सागर चापागाईं पक्राउ परेका थिए।

पन्थीकै सूचनाको अधाारमा अहिलेसम्म ३२ जना पक्राउ परिसकेका छन्। बुधबार मात्रै प्रहरीले विमानस्थलको अध्यागमन कार्यालयका शाखा अधिकृत नरवीर खड्का र वायुसेवा निगमका वरिष्ठ सहायक अरविन्द्र यादव, नेपाल एयरलाइन्सकै छैटौं तहमा कार्यरत कर्मचारी होम पोखरेललाई पक्राउ गरेर सार्वजनिक गरिएको छ। 

385564271_188738604282087_7402892770128231254_n-1699179901-1702544144.jpg

उनीहरुसँगै वनट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, स्याङ्जाका रामप्रसाद भण्डारी, स्की टुर एण्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, सिरहाका सरोजकुमार यादव, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, एड्भान्स म्यानेज एण्ड मल्टिपल ट्रेनिङका सञ्चालक गणेश पाण्डे, रोलेक्स ट्राभल्सका कर्मचारी सञ्जय तामाङ, रोलेक्सकै अर्का कर्मचारी राजकिशोर साह, स्की टुर एण्ड ट्राभल्सका कर्मचारी रविन अर्याल गरी १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो। 

भिजिट भिसा सम्बन्धी कार्यविधि २०७९ अनुसार भिजिट भिसामा घुम्न जानका लागि वार्षिक ४ लाख आम्दानी देखिने र कर प्रणालीको दायरामा आएको देखिने विवरण पेस गर्नुपर्ने, दुबईकै लागि पनि कम्तीमा २ लाख बैंक डिपोजिट हुनुपर्ने, दुईतर्फी हवाई टिकट हुनुपर्ने, होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण पेस गर्नुपर्ने हुन्छ।

तर, यी सबै डकुमेन्टहरु नक्कली बनाउने र विमानस्थलमा सेटिङ गरेर गिरोहले खाडी मुलकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र पार्दै आएका छन्। 

मानव तस्कर गिरोहले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेटमेन्ट लगागतका कागजातहरु बनाउने र त्यहाँ खटिएका अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्मलाई रकम बुझाएर भिजिट भिसामा मानव तस्करी गर्ने गरेको खुलेको छ।

भिजिट भिसामा मानव तस्करी हुने गरेको घटनाको पटाक्षेप हुँदा अनुसन्धानको मुख्य जिम्मेवारी पाएको मानव बेचबिखन ब्यूरोको भूमिका यो घटनामा कतै देखिँदैन। मानव तस्करी विरुद्धको कानुन नभएकाले पक्राउ परेकाहरु विरुद्ध संगठित अपराध र लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसएसपी राठौरले बताए।

यो पनि पढ्नुहोस

विमानस्थलमा भेटिए १ हजारभन्दा बढी शंकास्पद कागजात, प्रहरीसहित ९ जना पक्राउ

यो पनि पढ्नुहोस

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश– अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्