• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भिजिट भिसामा मानव तस्करी  पहिलो चरणमा पक्राउ परेका ९ जनाविरुद्ध मुद्दा दर्ता, किरिया बसेका गृहका अधिकृतलाई बनाइयो फरार प्रतिवादी
64x64
नारायण अधिकारी आइतबार, पुस ८, २०८०  १३:४४
1140x725

काठमाडौं– नक्कली कागजात बनाएर भिजिट भिसामा हुने मानव तस्करी गरेको आरोपमा पहिलो चरणमा पक्राउ परेका ९ सहित १२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको छ। पक्राउ परेका ९ जना र फरार प्रतिवादी ३ जना गरी १२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

१२ जनाविरुद्ध लिखतसम्बन्धीको कसुरमा मुद्दा दर्ता गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली डकुमेन्टको आधारमा भिजिट भिसामा विभिन्न देशरुमा मान्छे पठाउने गरेको आरोपमा ९ जनालाई पक्राउ गरी कात्तिक १९ गते सार्वजनिक गरेको थियो। 

पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो। परिसर काठमाडौंले अनुसन्धान सकेर लिखतसम्बन्धी कसुरअन्तर्गत कारबाही गर्न भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल पठाएको थियो। उक्त फाइल अध्ययनपछि पुस ६ गते जिल्ला अदालत काठमाडौंमा १२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। 

यो पनि पढ्नुहोस

विमानस्थलमा भेटिए १ हजारभन्दा बढी शंकास्पद कागजात, प्रहरीसहित ९ जना पक्राउ

अहिले मुद्दा दर्ता हुनेहरुमा चितवनको भरतपुर–१८ घर भइ काठमाडौंको बालाजु बस्दै आएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–८ का ३४ वर्षीय रमेश भनिने भक्तबहादुर थापा, काठमाडौं महानगरपालिका–१ घर भएका ३८ वर्षीय दीपक केसी, सल्यानको कालिमाटी गाउँपालिका–८ ढोरेनी घर भइ काठमाडौंको नागार्जुन नगरपालिका–३ बस्दै आएका ४२ वर्षीय बलबहादुर रावत छन्। 

यस्तै, काठमाडौं नयाँ बानेश्वरका ३७ वर्षीय अनिष अमात्य, नुवाकोटको सूर्यगढी गाउँपालिका–५ घर भइ ललितपुर इमाडोल बस्दै आएका ४५ वर्षीय गोपाल रिजाल, झापाको भद्रपुर नगरपालिका–८ घर भइ काठमाडौं मण्डिखाटार बस्दै आएका ३२ वर्षीय सागर चापागाईं, धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भइ काठमाडौं सोह्रखुट्टे बस्दै आएका ३२ वर्षीय पशुपति मैनाली, झापाको मेचिनगर नगरपालिका–११ घर भइ काठमाडौं बुढानीलकण्ठ बस्दै आएका ४३ वर्षीय भक्तबहादुर बिष्टविरुद्ध मुद्दा दर्ता गरिएको छ। 

मुद्दा दर्ता गरिएकामध्ये सागर चापागाईंले बागबजारस्थित एस टु अबोर्ड एजुकुेशन कन्सल्टेन्सी प्रालिका सञ्चालक हुन्। पशुपति मैनालीले पनि डिल्लीबजारमा निप्पन एजुकेशन करिअर सर्भिस नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए। यसअघि उनी जापानमा ४ वर्ष बसेर फर्केका व्यक्ति रहेका प्रहरीले जनाएको छ।

अर्का प्रतिवादी गोपाल रिजाल पनि कन्सल्टेन्सी सञ्चालक नै हुन्। पुतलीसडकमा प्रगति विद्याश्रम प्रालि नामको कन्सलटेन्सी सञ्चालन गर्दै आएका थिए।

अर्का प्रतिवादी भक्तबहादुर भने प्रहरीका पूर्व कर्मचारी हुन्। साढे १५ वर्ष प्रहरीमा जागिर खाएर २०७२ सालमा उनले सेवा छाडेका थिए। त्यसपछि काठमाडौंमा ध्रुवतारा सेक्युरेटी प्रालि खोली मान्छेलाई विदेश पठाउने काम गर्दै आएका थिए।

अर्का प्रतिवादी जयराम श्रेष्ठ भने आफैं वैदेशिक रोजगारीका लागि मकाउ जान लागेका व्यक्ति हुन्। विदेश जान बेलामा नक्कली डकुमेन्ट भेटिएपछि उनी विमानस्थलबाटै पक्राउ परेका थिए। उनीबाटै सुरु भएको अनुसन्धानले अहिलेसम्म ३५ जनालाई पक्राउ गरिसकेको छ।

यो पनि पढ्नुहोस

भिजिट भिसामा मानव तस्करी : थप एकजना ट्राभल्स सञ्चालक पक्राउ

मुद्दा दर्ता गरिएका अर्का प्रतिवाली रमेश भनिने भक्तबहादुर थापा गोंगबुमा मन्जरी ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आएका थिए। उनले पनि नक्कली डकुमेन्टमा विदेश पठाउने गरेको खुलेपछि पक्राउ परेका थिए। 

पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ अनुसार कारबाहीको मागदाबी गरिएको छ। जसअनुसार सरकारी तथा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

भिजिट भिसामा विदेश जाने व्यक्तिहरुका शंकास्पद कागजातहरु देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले अनुसन्धानका लागि भन्दै अपराध अनुसन्धान कार्यालयमा सुरुमा १ हजार ३२ थान कागजात पठाएको थियो।

ती कागजात भेरिफाइ गर्ने क्रममा नक्कली भेटिएपछि नक्कली कागजात बनाउने र सेटिङमा विदेश पठाउने गिरोहमाथि प्रहरी अपरेशन चलाएको थियो। सो क्रममा सुरुमा ९ जना पक्राउ परेका थिए। 

नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेटमेन्ट, लगागतका कागजातहरु नक्कली बनाएर गिरोहले सेटिङमा भिजिट भिसामा विदेश पठाउने गरेको थियो।
जयराम श्रेष्ठले विदेश जान चाहनेहरुसँग सम्पर्क गरी कुन–कुन कागजात चाहिने रहेछ भन्दै बुझ्ने। त्यसपछि कागजात बनाउन लाग्ने रकमदेखि टिकट बुकिङ र होटल बुकिङको काम गर्ने गरेको खुलेको छ।

यो पनि पढ्नुहोस

पाँच एअरलाइन्सको संलग्नता देखिएको प्रहरी दाबी, थप अनुसन्धान हुँदै

दीपक केसीलाई भने भक्तबहादुर थापाले ह्वाट्सएपमा सम्पर्क गरी राहदानीको फोटो पठाइ नक्कली कागजात बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको खुलेको छ।

त्यसपछि दीपक केसीले बलबहादुरलाई सम्पर्क गरी ह्वाट्सएपमै विभिन्न व्यक्तिहरुबाट संकलन भएको राहदानीसहितको कागजात पठाइ ५ हजार रुपैयाँका दरले नक्कली कागजात बनाउन अर्डर दिने गरेका थिए।
बलबहादुरले नै भिसा, हवाई टिकट, श्रम स्वीकृत, बैंक स्टेटमेन्ट, चारित्रिक प्रमाणपत्र लगायतका कागजातहरु इडिटिङ गरी लागोसमेत राखी नक्कली कागजात बनाउने गरेका थिए। 

अहिलेसम्म यो प्रकरणमा अध्यागमन विभागका अधिकृत, वायु सेवा निगमका कर्मचारी, प्रहरी, नेपाल एअर लाइन्सका कर्मचारी र ट्राभल्स एजेन्सीका कर्मचारी गरी ३५ जना पक्राउ परिसेकका छन्। अनुसन्धान अझै जारी रहेकाले पक्राउ पर्नेको संख्या बढ्दै जाने प्रहरीले जनाएको छ।

२ जना पहिले नै कीर्ते मुद्दामा दोषी ठहरिएका व्यक्ति
प्रतिवादी बनाइएका मध्ये २ जना भने यसअघि पनि कीर्ते मुद्दामा दोषी ठहर भएको व्यक्ति रहेको खुलेको छ। परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलका अनुसार बलबहादुर रावत र दीपक केसी यसअघि पनि कीर्तेमा दोषी ठहर भएका व्यक्ति हुन्। 

जिल्ला अदालत काठमाडौंले केसीलाई २०७६ असार २० गते लिखत तथा कीर्तेमा दोषी ठहर गर्दै १ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

यो पनि पढ्नुहोस

मानव बेचबिखन ब्यूरोको शंकास्पद भूमिका, जिम्मेवारी खोसिएपछि कसरी तोडियो नेक्सस?

अर्का प्रतिवादी रावतलाई भने २५ दिनको कैद सजाय र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएका थियो। रावत र केसी पटके भएकाले उनीहरुको हकमा भने दफा २७६ सँगै दफा ४४ पनि लगाइएको छ। कुनै कसुर गरेको सजाय पाएको ५ वर्षभित्र अर्को कसुरमा गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बर थप सजाय हुनसक्ने व्यवस्था छ।

पक्राउ परेकामध्ये अर्का प्रतिवादी भक्तबहादुर बिष्टविरुद्ध बैंकिङ कसुरको समेत जाहेरी रहेको खुलेको छ।

किरिया बसेका गृह मन्त्रालयका अधिकृतलाई बनाइयो फरार प्रतिवादी
नक्कली कागजातमा मानव तस्करीको प्रकरणमा पक्राउ पूर्जी जारी भएर पनि फरार रहको भन्दै ३ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ। फरार प्रतिवादीहरुमा गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ घर भइ काठमाडौंमा ट्राभल्स सञ्चालन गरेका अन्दाजी ३२ वर्षीय कपिल गौतम, धनुकटाको पाख्रिबास गाउँपालिका–९ घर भएकी २८ वर्षीया फुर्बु लामु शेर्पा र गृहमन्त्रालयका शाखा अधिकृत ताराबहादुर कुँवर छन्। 

यो पनि पढ्नुहोस

तस्करले नै दिन्थे अध्यागमनका अधिकृतलाई फोन, हप्ता दिनमै परिर्वतन हुन्थे मोबाइल

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ घर भइ हाल विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत कुँवर यसअघि विमानस्थलस्थित अध्यागमनमा कार्यरत थिए। सेवामै रहेका कर्मचारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ताको कारणबारे बुझ्दा उनी किरियामा रहेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

‘कुँवरविरुद्ध पक्राउ पूर्जी पनि जारी भइसकेको थियो। तर हामीले पक्राउ गर्न उनको खोजी गर्दा उनी अहिले किरियामा रहेको बुझिएको छ,’ प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो। प्रहरी स्रोतका अनुसार कुँवरका बाबुको निधन भएकाले उनी अहिले किरियामा छन्। अदालतमा मुद्दा दर्ता भएकाले अब उनले सिधै अदालतमा उपस्थित हुनुपर्ने हुन्छ।

कुँवर विमानस्थलको अध्यागमनमा रहेकाले नक्कली कागजातको आधारमा घुस लिएर सेटिङमा भिजिट भिसामा मान्छेलाई विदेश पठाउने काममा संलग्न रहेका प्रहरी अनुसन्धानबाट देखिएको छ। उनको सरुवा भएपछि उक्त ठाउँमा आएका अर्का शाखा अधिकृत नरवीर खड्काले समेत उक्त धन्दालाई निरन्तरता दिएपछि उनी पनि अहिले प्रहरी हिरासतमा छन्। उनी २ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए।

कुँवरलाई सरकारी कर्मचारी रहेकाले भ्रष्टाचार निवारण ऐन समेत आकर्षि हुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि पत्राचार गरिएको परिसर स्रोतले जानकारी दियो।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्