• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
पूर्व डीआईजी जोशीको घरबाट बरामद भएको सर्भरमा भेटियो सहकारीको सम्पूर्ण कारोबार बरामदबाट जोगाउन डीआईजीको घरलाई बनाइएको थियो गोदाम !
64x64
नारायण अधिकारी मंगलबार, फागुन १, २०८०  १६:१६
1140x725

काठमाडौं– नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीको शंखमुलस्थित घरबाट बरामद भएको सर्भरमा सहकारीको सम्पूर्ण कारोबारको विवरण भेटिएको छ। माघ २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेर बरामद गरेको सर्भरमा सहकारीको सम्पूर्ण कारोबारको विवरण भेटिएको हो। 

पूर्वडीआईजी जोशीको शंखमुलस्थित घरमा नेचर हब इन्टरनेसनल प्रालिको अफिसबाट प्रहरीले ४ वटा सर्भर (डिस्क) बरामद गरेको थियो। उक्त सर्भर पोखरा लगेर हेर्दा सहकारीको सम्पूर्ण कारोबार भेटिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘सर्भरमा सहकारीको कारोबार भेटिएको छ। हामी थप अनुसन्धान गर्दैछौँ,’ कास्की प्रहरीका १ जना अनुसन्धान अधिकृतले नेपाल लाइभसँग भने। 

बरामद सर्भरहरुमा पोखराको सूर्यदर्शन सहकारीको मात्रै नभएर चितवनको साहारा सहकारी, वीरगञ्जको सानोपाइला ऋण तथा सहकारी, बुटवलको सुप्रिम सहकारीको समेत कारोबारको विवरण देखिएको प्रहरी स्रोतले जानकारी दियो। यी सबै सहकारीको गरेर १० अर्बभन्दा बढीको कारोबार विवरण उक्त सर्भरमा भेटिएको छ। 

बरामदबाट जोगाउन डीआईजीको घरलाई बनाइएको थियो गोदाम!
प्रहरीका अनुसार यी सबै सर्भरहरु पहिले सम्बन्धित सहकारीकै कार्यालयमा थिए। तर प्रहरीले सहकारीविरुद्ध अनुसन्धान अघि बढाएपछि बरामद हुने डरले त्यहाँबाट लुकाइएको खुलेको छ। 

सहकारीको सम्पूर्ण कारोबार भएको सर्भर नै फाल्दा वा डिस्पोज गर्दा कर्जा दिएको तथा उठाउन बाँकी रकमको कारोबार समेत नष्ट हुने र रकम उठाउन नसकिने भएपछि उक्त सर्भर लुकाइएको खुलेको छ। 

सहकारीबाट सर्भर बरामद हुने भएकाले उक्त सर्भर पूर्वडीआईजी जोशीको घरमा लुकाइएको प्रहरी अनुसन्धान अधिकारी बताउँछन्। 

‘प्रहरीकै पूर्व उच्च पदस्थको घरमा सितिमिति छापा नहान्ने भन्ने सोचाईका साथ जोशीको घरमा सर्भर लुकाइएको हुनसक्ने हामीले आशंका गरेका छौं,’ एक अनुसन्धान अघिकारी बताउँछन्।

पोखराको सूर्यदर्शन सहकारीको ठगी प्रकरणका मुख्य नाइके जीबी राई (गितेन्द्रबाबु) का साझेदार थिए पूर्वडीआईजी जोशी। उनीहरु दुवैको साझेदारमा ग्यालेक्सी फोर के टेलिभिजन समेत सञ्चालनमा आएको थियो। उनै जोशीको घरमा रहेको नेचर हबको कार्यालयमा सहकारी सम्पूर्ण सूचना भएको सफ्टवेयर लुकाएर राखिएको सूचना प्रहरीले छापा मारेर बरामद गरेको थियो। 

Ncell 2
Ncell 2

५ जना जेल चलान, १४ जना अझै फरार
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। १४ जना भने अझै फरार छन्। पक्राउ परेका पाँचै जना भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई पक्राउ परेका थिए। उनीहरु सबैलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएर उनीहरु सबै जना अहिले कारागारमा छन्। 

१९ जनाविरुद्ध मुद्धा चलेर पक्राउ पूर्जी जारी भए पनि अहिलेसम्म १४ जना भने फरार छन्। फरार हुनेहरुमा सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर र लोन अधिकृत बुद्धि गुरुङ फरार छन्। 

सूर्यदर्शन सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३ जना र संस्था समेत गरी १८ जनाविरुद्ध पुरक जाहेरी समेत दिएका छन्। यो सहकारीका भएको ठगी प्रकरणका मुख्य योजनाकार मानिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ। 

सहकारी ठगीका मुख्य नाइके भनिएका जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ। कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

यो मुद्दा अहिले कास्की अदालतमा विचाराधीन छ। रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा उनीहरुविरुद्ध मुद्दा चलाइएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ पक्राउ पर्नेमा कैलाली गोदावरी १० स्थायी घर भइ काठमाडौंको कालोपुलमा बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ र... बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीले आईएसआईको स्लिपर सेल (अरु नै भेषमा बसेर आवश्यक परेका बेला काम गर्नेगरी) विरुद्ध चलाएको अ... बिहीबार, जेठ ८, २०८२
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका यौन धन्दा चलाउने संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गर... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्