• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बजेट तयारीमा जुटेको धनगढीमा छैन कार्यपालिका बैठक, बहुमत जनप्रतिनिधिलाई पेलेरै जाने रणनीतिमा नगर प्रमुख हमाल
64x64
शेरबहादुर ऐर शनिबार, जेठ १९, २०८१  १०:३०
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकासहित अहिले स्थानीय तहहरु आगामी आर्थिक वर्षको बजेट तयारीमा छन्। तर, सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले अहिलेसम्म कार्यपालिका बैठक बसाउन सकेको छैन।

जग्गासम्बन्धी कार्यविधि विवादका कारण नगर प्रमुख गोपाल हमालले कार्यपालिका बैठक बसाउन नखोजेको वडा अध्यक्षहरुको गुनासो छ। गत मंसिरमा कार्यपालिका बैठकभित्र छलफलमा रहेको कार्यविधि पारित नभई दोस्रो दिन नगर प्रमुख हमालले राजपत्रमा प्रकाशित गर्न लगाएपछि वडा अध्यक्ष र नगर प्रमुखबीच विवाद सुरु भएको थियो।

‘कार्यविधि विवाद देखाउँदै नगर प्रमुख हमालले सो समयमा हिउँदे नगर सभा बोलाएनन्। मंसिर यता कार्यपालिका बैठक पनि बसेको छैन’, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले भने, –‘नगर सुधारका लागि आवश्यक योजना, नीति तथा कार्यक्रमका विषयमा कार्यपालिकाभित्र व्यापक छलफल हुनुपर्थ्यो। तर, नगर प्रमुख त्यस अनुसार अघि बढ्न इच्छुक छैनन्।’

नगर प्रमुख हमालले कार्यपालिका बैठक नै नबसाई एकलौटी रुपमा केही दिन अघिमात्र वडागत बजेट सिलिङ्ग पठाइएको छ। उनले भने, –‘बजेट निर्माणका चरणहरु कुनै पनि नअपनाई नगर प्रमुखले आफुखुशी कार्य गरिरहेका छन्।’ उनले जेठको दोस्रो सातापछि वडामा बजेट सिलिङ्ग पठाउँदा वडामा छलफल गर्न समय अपुग रहेको बताए।

स्थानीय तहको योजना तर्जुमा दिगदर्शन अनुसार श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले बैशाख १० गतेभित्र कूल बजेट अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने उल्लेख छ भने प्रमुख प्रशासकिय अधिकृतले बैशाख १५ गतेभित्र विषयगत शाखा, महाशाखा तथा वडा कार्यालयलाई बजेट सीमा तथा मार्गदर्शन उपलब्ध गराउनुपर्ने उल्लेख छ।

वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धि खड्काले भने, ‘कार्यपालिका बैठक त बसाउन नमानेका नगर प्रमुख हमालले विषयगत समितिहरुको पनि बैठक बसाउँदैनन्। विषयगत समितिमा रहेका जनप्रतिनिधिहरुलाई कर्मचारीले कस्ता नीति, कार्यक्रम र निर्णयहरु पठाइरहेका छन भन्ने समेत थाहा हुँदैन्।’ 

उनले नगर प्रमुख हमालले सहमतिको बाटो रोज्नुभन्दा पनि एकलौटी गर्न खोजिरहेको बताउँदै भने, ‘कुनै पनि ऐन, कानुन तथा योजना बन्दा जनप्रतिनिधिहरुबिच असहमतिका बुँदाहरु आउँछन्। ति असहमतिहरुमा संवाद र छलफल गरेर सहमतितिर ल्याउने प्रयास हुनुपर्नेमा नगर प्रमुखले समस्याको समाधान खोजेका छैनन्। जसका कारण अबको नगर सभामा पनि समस्या हुने देखिन्छ।’

असार १० गतेभित्र नगर सभा आह्वान गरि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ। तर, धनगढीमा जननिर्वाचित जनप्रतिनिधिबिचको विवाद समाधान हुन सकेको छैन्। नगर प्रमुख हमालले संवादभन्दा पनि जनप्रतिनिधिबिच विभाजन ल्याएर आफुखुशी बजेट ल्याउने तयारी गरेको बताइन्छ।

नगरको आम्दानी बढाउने वडामा न्यून बजेट
धनगढी उपमहानगरपालिकाको प्रमुख आयश्रोत पनि हो –‘नदीजन्य पदार्थ’। तर, नगरले नदीजन्य पदार्थ उत्खन्न हुने वडामै न्यून बजेट विनियोजन गरेको छ।

वडामा बजेट बढाउन माग गर्दै आइरहेका वडा अध्यक्षहरुको गुनासोलाई सम्बोधन नगरि उपमहानगरले वडामा कम बजेट विनियोजन गरेको वडा अध्यक्षहरुको गुनासो रहेको छ। 

वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले भने –‘हामीलाई आवश्यकता अनुसार बजेट नदिने भए नपठाउ भनेको हो। अहिले उपमहानगरले वडामा पठाएको बजेट सिलिङ्ग चित्तबुझदो छैन्।’ उनले वडाबासीले विकास निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका थुप्रै योजनाहरु माग गर्ने तर, उपमहानगरले वडामा विनियोजन गरेको बजेटले सम्बोधन नहुने बताए।

वडा नम्बर १७ का वडा अध्यक्ष माधव रानाले भने –‘हाम्रो वडामा नदीजन्य पदार्थ उत्खन्न उपमहानगरपालिकाले गराउँछ। वडामा भइरहेको उत्खन्नले किसानको खेत वर्षेनी कटान भइरहेको छ भने वस्तीहरु पनि जोखिममा रहेका छन्। तर, वडामा विनियोजित बजेटले तटबन्धन गर्न पनि पुग्दैन। उपमहानगरले जति आम्दानी यो वडाबाट गरिरहेको छ। त्यसभन्दा पनि कम हामीलाई बजेट पठाउने गरेको छ।’

उपमहानगरपालिकाले वडा नम्बर १७ मा ५५ लाख ३९ हजार छ सय १४ रकम विनियोजन गरेको छ। जसमा एक योजना वडा गौरवको योजनामा अनिवार्य छनोट गर्नुपर्ने उल्लेख छ। वडा गौरवको योजना २० लाख भन्दा माथि हुनुपर्ने सर्त रहेको छ। उनले भने –‘शिक्षा, स्वास्थ्य, सिचाइ, खानेपानी, विगतका अधुरा योजनालाई निरन्तरता लगायत मानिसका सामान्य आवश्यकताहरुका योजना बनाउन यो बजेट अपुग छ।’

जनप्रतिनिधिबीच विवादः नगरबासीलाई सास्ती
स्थानीय तहको योजना तर्जुमा दिगदर्शन २०७८ मा योजना छनोटदेखि बजेट निर्माणका चरणहरु छन्। धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधिहरुबीचको विवादले यी चरणहरु पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन।

दिगदर्शनमा वडाबाट योजना माग गर्ने, विभिन्न संघ–संस्था, सरोकारवालाहरुसंग छलफल गर्ने, विज्ञहरुको राय लग्ने, वडाको योजनाका प्राथमिकता निर्धारण गर्ने लगायत छन्। तर, उपमहानगरले वडामा ढिलो गरि बजेट सिलिङ्ग पठाउँदा समस्या भएको वडा अध्यक्षहरुको गुनासो छ।

आकस्मिक बैठकमै विवाद, उजुरीमा भनियो– ‘कार्यपालिका बैठक’
जेठ १५ गते धनगढी नगर प्रमुखले कार्यपालिका बैठक सञ्चालनमा सहयोग गर्न जनप्रतिनिधिहरुसंग आकस्मिक बैठक बोलाए। तर, सत्ता गठबन्धनबाट निर्वाचित वडा अध्यक्ष र काँग्रेसका वडा अध्यक्षबिच विवाद भयो।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेबाट निर्वाचित अध्यक्षहरु एकतर्फ थिए भने काँग्रेसका केही अध्यक्षबिच विवाद भएको जनाइएको छ। कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले बैठकमा अभद्र व्यवहार गरेको भन्दै नगर प्रमुख हमाललाई सत्ता गठबन्धनबाट निर्वाचित वडा अध्यक्षहरुले कारबाही माग गर्दै जाहेरी गरेका छन्।

उजुरीमा आक्समिक बैठकलाई उनीहरुले कार्यपालिका बैठक भनेका छन्। उजुरीमा भनिएको छ –‘कार्यपालिका बैठकमा सन्तोष मुडभरी, गजेन्द्र शाही, प्रेम भण्डारी लगायतले आक्रमणको प्रयास गरेकोले कार्यपालिका जस्तो गरिमामयमा सुनियोजित अपराधको प्रयासलाई तुरुन्तै कारबाहीको माग गरी हष्ताक्षर गरेका छौं।’

सो उजुरीमा वडा नम्बर १८ का वडा अध्यक्ष भुवन रिजाल, वडा नम्बर ७ का मोति राना थारु, वडा ८ का जुगराम चौधरी, १६ का शिवकुमार राना, १२ का शेरबहादुर महरा, ११ का रुपबहादुर कुँवर र ६ का भागिराम चौधरीको हष्ताक्षर रहेको छ।

धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ। अहिले सत्तागठबन्धन नयाँ ढंगमा गएसंग नगर प्रमुख हमालले काँग्रेसका केही तथा नेकपा माओवादी र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको सहयोग पाइरहेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्