• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
माथिल्लो तमोर ५५ अर्ब लागतमा बन्दै, ७० प्रतिशत बैंक र वित्तीय संस्थाको लगानी
64x64
कल्पना घिमिरे शुक्रबार, जेठ २५, २०८१  १९:१२
1140x725

काठमाडौं– २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र स्वपुँजी ३० प्रतिशत रहने भएको छ। सो आयोजना कूल ५५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरुले ३८ अर्ब ६० करोड रुपैयाँ र  स्व पुँजीमार्फत् १६ अर्ब ५५ करोड लगानी गरिने भएको आयोजनाले जनाएको छ।

उक्त आयोजनाको वित्तीय व्यवस्थापन अन्तर्गत कर्जा सुविधा व्यवस्थापन एभरेष्ट बैंक अगुवाइ रहने छ। कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआइडिसिएलको सहायक भूमिका रहने छ। लगानीकर्ता बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंक र गरिमा बैंक रहेका छन्।

बिहीबार काठमाडौंमा एक कार्यक्र गर्दै प्रवर्द्धक कम्पनीका अध्यक्ष पुष्पज्योती ढुंगाना र ऋण लगानीकर्ता बैंकहरुको तर्फबाट एभरेष्ट बैंकका कार्यकारी अधिकृत सिइओ सुदेश खालिङले ऋण स्वीकृत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। वित्तीय व्यवस्थापन कार्यक्रममा बोल्दै तमोर इनर्जि प्रालिका अध्यक्ष पुष्पज्योती ढुंगाना २०४९ विद्युत ऐनले जलविद्युत क्षेत्रको विकासमा ठूलो योगदान पुगेको बताए।

‘हामीले एक मेगावाटबाट आयोजना सुरू गरेका थियौं। ऐन नआएको भए अहिले २८५ मेगावाटसम्म पुग्न सक्ने थिएनौं,’ उनले भने,स्वदेशी लगानी र जनशक्ति प्रयोग गरेर निजी क्षेत्रले पनि ठूला आयोजना निर्माण  गर्न सक्छन् भन्ने उदाहरणका रूपमा माथिल्लो तमोर आयोजना हुनेछ।’
यस्तै नेपालीले ठूलो लगानीका आयोजना पनि निर्माण गर्न सक्छन् भन्ने धारणा यो आयोजनाले स्थापित गरेको बताए। जसका लागि विद्युत प्राधिकरणले समयमै प्रसारण लाइन बनाइदिने हो भने राम्रो प्रतिफलको सुनिश्चितता गर्न सक्ने दाबी गरे। एभरेष्ट बैंकका कार्यकारी अधिकृत सिइओ सुदेश खालिङले स्वदेशी बैंकहरुले पनि ठूला आयोजनामा लगानी गर्न सक्षम भएको बताए।

स्वतन्त्र उर्जा उत्पादक संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले लगानी वातावरण हुने हो भने निजी क्षेत्रले ५ सय मेगावाट सम्मका आयोजना निर्माण गर्न सक्ने बताए। ‘निजी क्षेत्रले पनि १ सय मेगावाटभन्दा माथिका आयोजना बनाउन सक्छौं भन्ने यसले देखाएको छ। अहिलेको विधेयक १ सय मेगावाटभन्दा माथिका आयोजना निजी क्षेत्रले बनाउनै सक्दैन कि भन्ने हिसाबले बनाइएको छ। यो संसोधन हुनुपर्छ,’ उनले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपाली लगानीकर्ताहरु ठूलाठूला आयोजनामा पनि लगानी गर्न सक्छन् भन्ने उदाहरण बनेको बताए। यो क्षेत्रमा मात्रै नभएर भौतिक पूर्वाधार क्षेत्रमा पनि लगानी गर्न सक्छन् भन्ने अपेक्षा रहेको बताए। ‘देशको क्षमताअनुसार बिजुली उत्पादन हुन सकेको छैन। अब सहजीकरण गरेर विद्युत उत्पादन प्रोत्साहन गर्नेछौँ। नेपाली नीजि क्षेत्रले आफ्नै लगानीमा यति ठूलो आयोजना निर्माण गरिरहँदा विदेशी लगानीकर्ताले मात्रै लगानी गर्न सक्छन् भन्ने अवस्था अब रहेन,’ उनले भने।

सिङ्गो राष्ट्रलाई उज्यालो बनाउने दाबी
ताप्लेजुङका प्रतिनिधि एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङ जलविद्युत आयोजनाका दृष्टिकोणले नेपालकै अग्रणी जिल्ला भएको बताए। यस्तै निजी क्षेत्रले ठूला आयोजनामा पनि लगानी गर्न सक्छ भन्ने विश्वास बढेको उनको भनाइ छ। ‘कुनै समय १ मेघावा क्षमताको जलविद्युत आयोजना बन्योभन्दा निकै खुसी लाग्थ्यो। तर आज निजि क्षेत्रबाट सबैभन्दा ठूलो आयोजना बन्न लाग्दैछ। यसपटकको नीति तथा कार्यक्रममा सरकारले फोकस गरेर ५ क्षेत्र छुट्याइएको छ। त्यसमा विद्युत पक्कै प्राथमिकतामा छ,’ उनले भने

आउने पाँच वर्ष भित्र ताप्लेजुङमा एक हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन हुने सिङ्गो राष्ट्रलाई उज्यालो बनाउने दावी गरे। यसले त्यहाँका स्थानीय समुदायको आर्थिक अवस्थामा उल्लेख्य सुधार हुने बताए।

तर सामान्य कुराले विद्युत निर्माणमा अवरोध गरिरहेको उनको भनाई छ। प्राकृतिक विपद्को कारण लगानिको जोखिम पर्ने गउनी बताउँछन्। यस्ता जोखिमबाट लगानिकर्ता निराश आउन नदिन सरकारले अभिभावकको जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाई छ। यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालीले नै नेपालको स्रोत नदीहरुलाई उपयोग गरेर विद्युत उत्पादन गर्नु खुसीको कुरा भएको बताए। उनले विद्युतीय ऐन २०८० संसदमा छलफलको क्रममा रहेको बताए।

हालसम्मकै सबैभन्दा ठूलो अर्धजलाशययुक्त आयोजना 
नेपाली लगानीकर्ताहरु र बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरी बनाउन लागिएको यो आयोजनामा निजी क्षेत्रबाट निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो अर्धजलाशययुक्त आयोजना भएको दावी गरेका छन्। यो आयोजना ताप्लेजुङ जिल्लाको फक्तान्ग्लुंग गाउँपालिका र फुन्निलंग नगरपालिका भएर बहने तमोर नदिमा निर्माण गर्न लागिएको छ।

उक्त आयोजना स्वदेशी स्रोत प्रविधि र साधनको अधिकतम प्रयोग गरि निर्माण  गरिने र २०८५ साल जेठ १९ गतेसम्म सम्पन्न गरिने आयोजनाले बताएको छ। यो आयोजनाको ८ लाख घनमिटर पानी सञ्चित गर्ने क्षमताको हेड पोखरी छ। ८.७ किमी लामो भूमिगत हेडरेस टनेल र भूमिगत पावरहाउस फक्तालुंगागा गाउँपालिकामा रहनेछन्। आयोजनाको भूमिगत विद्युत गृह १०४ मिटर लामो २० मिटर चौडाइ हुनेछ।  टेलरेस फुन्ग्लिंग नगरपालिकामा रहने छ।

आयोजनाको ग्रसहेड ४५० मिटर छ। आयोजनामा ५७ मेगावाट क्षमताका पाँच वटा प्लेटोन टर्बाइनहरु जडान हुनेछन्। आयोजनाबाट वार्षिक एक हजार ६ सय ५५ गिगावाट आवर विद्युत उत्पादन हुने सक्छ। जसमध्ये सुख्खा यममा मात्रै ४४६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। आयोजनाबाट उत्पादित विद्युतलाई २२० केभीको करिब १५ किमी लामो डबल सर्किट विद्युत प्रसारण लाइनमार्फत ढुंगेसाँघु सबस्टेशनमा लगि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यो आयोजना सञ्चालन आएको पहिलो वर्ष १० अर्ब १२ करोड रूपैयाँ आम्दानी विद्युत बिक्री गरेर प्राप्त गर्ने लक्ष्य लिइएको छ। त्यसपछि हरेक वर्ष विद्युत बिक्री बढाउँदै लगेर ९ वर्षमा १२ अर्ब ५५ करोड रूपैयाँ आम्दानी हुनेछ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो उनले भने, “इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ। ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौँ। हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको... बिहीबार, असार १९, २०८२
प्रधानमन्त्री ओलीले भने, ‘हुम्ला अब टाढा छैन, केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ’ ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेक... शुक्रबार, असार १३, २०८२
दोर्दी केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सुरू यस खण्डअन्तर्गत उदिपुर–रिठ्ठेबगर–नौथर सडकमा केही दिन अघिदेखि कालोपत्रे सुरू भएको हो। बिहीबार, असार १२, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्