• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
आवधिक योजनाबिनै नीति, कार्यक्रम तथा बजेट ल्याउँदै स्थानीय तहहरु
64x64
शेरबहादुर ऐर बिहीबार, जेठ ३१, २०८१  १३:०१
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल नेतृत्वको जनप्रतिनिधिले आफनो कार्यकालको तेस्रो नीति, कार्यक्रम तथा बजेट ल्याउँदै छ। तर, यसअवधिमा हालसम्म नगरको आवधिक योजना तयार पारेको छैन।

उपमहानगरपालिकाको कार्यभार सम्हाल्दै नगर प्रमुख हमालले अगामी आर्थिक वर्ष २०७९/८० देखि २०८३/८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाइ कार्यान्वयनमा लैजाने निर्णय गरेका थिए। तर, अहिलेसम्म सोबारे नगर प्रमुखले चासो नदिएको जनाएको छ।  

सोही आवधिक योजना निर्माणको जिम्मेवारी उपमहानगरपालिकाले नीजि कम्पनिलाई दिएको थियो। आवधिक योजना निर्माण गर्न २०७९ असोज १० गते परामर्शदाता छनौटका लागि उपमहानगरपालिकाले सूचना प्रकाशित गरेको थियो। उपमहानगरपालिकाले जिइसी मल्ल–सिएलइसि जेभि कम्पनि परामर्शदातासंग सम्झौता गरेको थियो।

‘आवधिक योजना निर्माण प्रक्रियामा रहेको हुँदा तपाईहरुका पनि केही सुझाव सल्लाह छन भने परामर्शदाता वा उपमहानगरपालिकासंग सम्पर्क गरि सहयोग गरिदिनुहोला’ नगर प्रमुख हमालको अनुरोध थियो।

उपमहानगरपालिका र सो कम्पनिबिच भ्याटबाहेक १४ लाख ५१ रकममा सम्झौता भएको थियो। सम्झौता गरेको दुई वर्ष पुग्नै लाग्दा समेत उपमहानगरले सो मस्यौदा हालसम्म पारित गर्न सकेको छैन्। उपमहानगरपालिकाका योजना तथा शाखाका तथ्यांक अधिकृत सुरेन्द्र प्रसाद पन्तले नगर प्रमुखको मस्यौदा चित्त नबुझेपछि छलफल नभएको बताए। 

उनले भने, ‘मस्यौदा नगर प्रमुखज्यूले हेर्नु भयो। चित्त नबुझेपछि दोस्रो मस्यौदा बनाएर ल्याउन भनियो। त्यसपछि सो कम्पनि सम्पर्कमै आएको छैन।’ उनले आवधिक योजना तयारबारेमा सोपश्चात कुनै छलफल नभएको बताए।

महालेखा परिक्षकको प्रतिवेदन २०८१ मा भनिएको छ –‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा गाउँपालिका तथा नगरपालिकाले आफनो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीय स्तरको विकासका लागि आवधिक, वार्षिक रणनीतिगत विषयमा क्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन विकास योजना तयार गरी कार्यान्वयनमा ल्याएको पाइएन।’

धनगढीमात्र नभइ प्रदेशका अधिकाँस स्थानीय तहले रणनीतिक आवधिक योजना तयार नगरि नीति, कार्यक्रम तथा बजेट ल्याइरहेको प्रतिवेदनमा उल्लेख छ। आवधिक योजनाले नगर तथा गाउँपालिकालाई विकासको कुन स्थानमा पुर्याउँने भन्ने तय गर्छ। योजना तथा बजेट तर्जुमा दिगदर्शनमा टेकेर पञ्चवर्षीय आवधिक योजना निर्माण गरिनुपर्ने जनाइएको छ।

कागजमै सीमित प्रदेश पञ्च वर्षीय योजना
सुदूरपश्चिम प्रदेशले २०७८/७९–०८२/८३ सम्म प्रथम पञ्च वर्षीय योजना तयार गरेको छ। तर, सो अनुसार नीति, कार्यक्रम तथा बजेट बन्ने गरेको छैन। प्रदेश सरकारले योजना बैंक स्थापना गरि अघि बढ्ने उल्लेख गरेको भएपनि अझै पनि टुक्रे योजनाहरुमा बढी जोड दिएको पाइएको छ।

प्रदेश योजना तर्जुमा दिग्दर्शन, २०७५ मा बजेट तथा स्रोत समितिले तयार गरेको बजेट सीमाभित्र रही योजना तथा कार्यक्रम प्रस्ताव गरि आयोजना बैंकमा समावेश भएको हुनुपर्ने, प्रस्तावित आयोजनाहरुलाई प्राथमिकीकरण गरी मन्त्रालयको आवश्यकता र उपलब्ध स्रोतको आधारमा त्रि–वर्षीय खर्च प्रक्षेपण सहितको मध्यमकालिन खर्च संरचना र बजेट तयार गरी प्रादेशिक मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्टि गरी प्रदेश नीति तथा योजना आयोग र आर्थिक मामिल मन्त्रालयमा पठाउने व्यवस्था गरेको छ। 

तर, महालेखा परिक्षकको प्रतिवेदन २०८१ मा भनिएको छ,‘आयोजनाको सम्भाव्यता, अध्ययन र आर्थिक प्राविधिक, वातावरणीय तथा प्रशासकीय उपयूक्तताको आधारमा त्यसबाट हुने प्रतिफल समेत विचार गरि प्रदेश सरकारबाट त्यस्तो आयोजना स्वीकृत भएको हुनुपर्ने व्यवस्था छ। तर, उल्लिखित प्रकृया पुरा नगरेका र साना योजना समेतका लागि बजेट विनियोजन भएको सम्बन्धित मन्त्रालय र कार्यालयको लेखापरिक्षणबाट देखिएको छ। योजना तर्जुमा गर्ने विधिवत प्रकृयाभन्दा फरक गरी मातहतका औपचारिक संयन्त्र प्रयोग नगरी सोझै छनौट गरी बजेट व्यवस्था भएका योजना तथा कार्यक्रमहरु दिगो तथा वास्तविक नागरिकका मागमा आधारित तथा लाभ लागतका आधारमा मनासिब छन भन्न सकिने अवस्था देखिँदैन।’

प्रतिवेदनले प्रदेश नीति तथा योजना आयोग लगायतले तर्जुमा गरेका योजना तर्जुमा तथा दिग्दर्शनको पालना गरेरमात्र योजना तथा कार्यक्रमको छनौट, प्राथमिकिकरण तथा सञ्चालन गर्न विषयत मन्त्रालय तथा निकायहरुमा सुझाव दिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण "भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि... आइतबार, असार २२, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्