• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
कूल बजेट खर्च ८०.४५ प्रतिशतः ६३ प्रतिशत मात्रै पुँजीगत खर्च, चालू खर्च पनि घट्यो   
64x64
कल्पना घिमिरे सोमबार, असार ३१, २०८१  १८:००
1140x725

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/०८१ भरीमा ८० प्रतिशत मात्रै बजेट कार्यान्वायन भएको छ। चालू आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा ८०.४५ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

यो वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको कूल बजेट ल्याएको थियो। जसमध्ये १४ खर्ब ८ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ मात्रै खर्च भएको हो।

गत वर्षको तुलनामा चालू वर्षको बजेट खर्च २० अर्ब रुपैयाँले कमी हो। गत वर्ष सरकारले १४ खर्ब २९ अर्ब रुपैयाँको बजेट खर्च गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ। तर चालू वर्षमाभने १४ खर्ब ९ अर्ब रुपैयाँ बराबरमात्रै खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। यसअनुसार गत वर्षको तुलनामाचालू वर्षमा १.३९ प्रतिशत बजेट खर्च कम भएको छ। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीको व्यवस्थाअनुसार सरकारले आर्थिक वर्षको मसान्तको दिन खर्च गर्न नपाउँने व्यवस्था रहेको छ। जसअनुसार यो अन्तिमको एक हप्तामा ८६ अर्ब रुपैयाँ खर्च गरेको छ। एक हप्तामा १७ प्रतिशत पुँजीगत खर्च गरेको छ। असार २४ गतेसम्म १ खर्ब ५७ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च भएको थियोभने आइतबारसम्म १ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा पछि रकमान्तर भएको तथा अनिवार्य दायित्व बाहेकका सबै प्रकारका भुक्तानी एक साता अघि गर्ने व्यवस्था गरेको छ।

सार्वजनिक ऋणको सावाँ ब्याज, पछिल्लो एक साताको अवधिमा रकमान्तर लगायतको भुक्तानी भने आर्थिक वर्ष सकिनुभन्दा असार मसान्तको अघिल्लो दिनसम्म खर्च गर्न सकिने व्यवस्था छ।

५३ अर्ब घट्यो चालू खर्च
यस्तै सरकारले चालू आर्थिक वर्षभरीमा ८३.४३ प्रतिशत चालू खर्च गरेको छ। यो वर्षको चालू खर्चका लागि सरकारले ११ खर्ब ४१ खर्ब ७८ करोड ४१ लाख रुपैयाँ कूल बजेट छुट्याएको थियो। जसमध्येबाट ९  खर्ब ५२ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खर्च भएको हो। 
गत वर्षको तुलनामा यो वर्ष चालू खर्च घटेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष ५३ अर्ब १३ करोड ७२ लाख रूपैयाँ चालू खर्च घटेको कार्यालयको तथ्यांकले देखाएको छ।

चालु खर्चअन्तर्गत विशेषगरी सरकारको प्रशासनिक खर्च, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, तलब भत्ता, सरकारले गर्ने सभा सेमिनार,सरकारले दिने विभिन्न किसिमका ब्याज अनुदान तथा सहुलियत, मेसिनरी तथा अन्य सार्वजनिक सम्पत्तिको मर्मत सम्भारमा लाग्ने खर्च हो।

आर्थिक वर्ष २०३१/०३२ यता चालु खर्च घटेको थिएन तर यो वर्ष भने ५.२७ प्रतिशत खर्च घटेको तथ्यांकले देखाएको छ।

Ncell 2
Ncell 2

चालू आर्थिक वर्षको चालू खर्च २ वर्ष यताकै थोरै हो। आर्थिक वर्ष २०७८/०७९ मा ९ खर्ब ५४ अर्ब रूपैयाँको चालु खर्च भएको थियो। गत वर्ष २०७९/०८७० मा १० खर्ब ५ अर्ब रूपैयाँको भएको थियो। यो वर्ष भने प्रारम्भिक रूपमा ९ खर्ब ५२ अर्ब रूपैयाँ पुगेको छ।

६३.४७ प्रतिशत मात्रै पुँजीगत खर्च
यस्तै चालू आर्थिक वर्षमा ६३.४७ प्रतिशत पुँजीगत खर्च गरेको छ। सरकारले चालू वर्षको पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट छुट्याएको थियो। जसमध्येबाट १ खर्ब ९१ अर्ब ७३ करोड १६ लाख रुपैयाँ मात्रै पुँजीगत खर्च भएको हो। यसअनुसार गत वर्षको तुलनामा चालू वर्षमा ४२ अर्ब रुपैयाँ पुँजीगत खर्च कमी भएको छ।

हरेक वर्ष सरकारले ठूलो आकारको बजेट ल्याउने तर बजेट खर्च गर्न नसक्ने प्रवृत्ति रहेको छ तर विकास,निर्माण क्षेत्रमा सरकारले गर्नुपर्ने भुक्तानी पनि नगरेको पाइएको छ। पुर्वाधार क्षेत्रमा भुक्तानी गर्नु पर्ने रकम समेत भुक्तानी नहुँदा पुँजीगत खर्च कम हुने देखिएको निर्माण व्यवसायीहरु बताउँछन्। स्थानीय तह, प्रदेश र संघीय सरकारले करिब ५० अर्ब रुपैयाँको बिल भुक्तानी गर्न बाँकी रहेको निर्माण व्यवसायीहरुको गुनासो छ। तर सरकारले भने छुट्याएको बजेटसमेत खर्च गर्न नसकेको देखिएको छ।

वित्तीय व्यवस्थापन तर्फ सरकारले ८६.०७ प्रतिशत खर्च गरेको छ। चालू वर्षमा वित्तीय व्यवस्थापन तर्फ सरकारले ३ खर्ब ७ अर्ब ४५ करोड ३६लाख रुपैयाँ कूल बजेट छुट्याएको थियो। जसमध्येबाट २ खर्ब ६४ अर्ब ६३ करोड १६ लाख रुपैयाँ बजेट खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। 

७२.४३ प्रतिशत राजस्व संकलन
चालू आर्थिक वर्ष भरीमा सरकारले ७२.४३ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको छ। सरकारले चालू आर्थिक वर्षभरीमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर १० खर्ब ३० अर्ब ३४ करोड ४३ लाख रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ। 

सार्वजनिक ऋणको सावाँ भुक्तनी बढ्यो
सरकारको कूल बजेट खर्च घटेको छ भने सार्वजनिक ऋणको सावाँब्याज भुक्तनी खर्च बढेको छ। अघिल्लो वर्षको तुलनामा सार्वजनिक ऋणको सावा फिर्ता र अन्य सेवा खर्च करिब एक खर्ब रुपैयाँले बढेको छ। 

विशेष गरी सार्वजनिक ऋणको सावा भुक्तानी र सार्वजनिक संस्थानमा ऋण लगानीको लागि खर्च गरिने वित्तीय व्यवस्थापन खर्च गत वर्षको तुलनामा करिब ७५ अर्ब रुपैयाँले बढेको छ। गत वर्ष यस्तो खर्च एक खर्ब ९० अर्ब रुपैयाँ भएकोका थियो। यो पटक भने करिब दुई खर्ब ६५ अर्ब रुपैयाँ भएको छ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सेयर बजार दोहोरो अंकले बढ्यो बिहीबार सेयर बजार १९.४० अंकले बढ्दै २६८९ विन्दुमा पुगेर बन्द भएको छ। योसँगै कारोबार रकम झण्डै १० अर्ब नजिक पुगेको छ। बिहीबार, जेठ ८, २०८२
साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको सिमेन्ट निर्यात भएको हो। बिहीबार, जेठ ८, २०८२
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि भएको हो । बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्