• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सार्वजनिक स्थानमा फोहोर फाल्दै धनगढीः फोहोर शहरी क्षेत्रको, दुर्गन्धको मार खेप्दै  दुर्गम बस्ती
64x64
शेरबहादुर ऐर आइतबार, साउन ६, २०८१  १२:१५
1140x725

धनगढी– पक्की सडक किनारमा छ वर्षामा देखिने खोलाको भेग। कुहिने र नकुहिने फोहोरका थुप्राहरु सडकको छेउमा छरपस्ट छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीस्थित जाली सामुदायिक वन नजिक सो खोलाको भेगको कटान रोक्न फालिएको फोहोरले बस्तीनै दुर्गन्धित बन्दै गएको छ।

पछिल्लो एक साता दैनिकजसो धनगढी उपमहानगरपालिकाको ट्याक्टर र टिप्परले शहरीक्षेत्रबाट संकलन गरेको फोहोर सोही क्षेत्र फाल्ने गरेको सो बस्तीमा बसोबास गर्दै आएका स्थानीयको गुनासो रहेको छ।

‘यहाँ केही दिन अघि थोरैमात्र कटान भएको थियो। तट्बन्धन गर्न छोडी उपमहानगरपालिकाले यहाँ शहरी क्षेत्रको फोहोर संकलन गरि फाल्ने गरेको छ। जसका कारण बस्तीनै दुर्गन्धित भइरहेको छ’ सो वडाका स्थानीय दिपेन्द्र कुँवरले भने –‘यो वर्षाको भेग सेतो पुलमा रहेको नदीमा जान्छ। यहाँ कुहिने, नकुहिने, धातु जस्ता फोहोर फालिएका छन्। तर, उपमहानगरपालिकाले यो कार्य रोक्नमा ध्यानमा दिएको छैन।’
 
धनगढी उपमहानगरपालिकाले अहिले फोहोर फालिरहेको क्षेत्र गाउँ क्षेत्र हो। उपमहानगरको सबै भन्दा बढी फोहोर उत्पादन हुने वडामा वडा नम्बर १, २, ३, ४, ५ र १३ छन्। त्यहाँबाट संकलन भएको फोहोरलाई व्यवस्थापन गर्न उपमहानगरपालिकाले वडा नम्बर ६ जालीमा फाल्ने गरेको स्थानीयको गुनासो रहेको छ।

‘केही साता यता दैनिकजसो फोहोर बोकेर ट्याक्टरहरु आउने गरेका छन्। यहाँ नफाल्न आग्रह गर्दा पनि मान्दैनन्,’ उनले भने –‘उपमहानगरमा गुनासो गर्दा समेत सम्बोधन हुन सकेको छैन।’

उपमहानगरपालिका २०८० साल असार, साउनमा सोही वडाको कैलाली बहुमुखी क्याम्पस पछाडि रहेको वस्तीमा फोहोर फाल्दै आएको थियो। सो बस्तीका स्थानीयहरुले सडक निर्माणका लागि बालुवा, गिट्टीको व्यवस्थापन गर्न नसकेकोकोले ढलानका लागि फोहोर त्यहाँ फाल्ने गरेको बताएका थिए।

उपमहानगरपालिकाका सरसफाई तथा फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख अशोक अवस्थीले अहिले उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको बताए। 

उनले भने –‘फोहोरमैला व्यवस्थापनको ठेक्का प्रक्रिया अघि बढेको छ। यस अवधिमा उपमहानगरपालिकाले आफै कर्मचारी खटाएर फोहोर संकलन गरिरहेको छ। बस्तीमा फालेको बारे गुनासो आएको थियो। त्यो कार्यमा नगर्नु पर्ने हो। अहिले ध्यानाकर्षण भएको छ।’

आफैं नदी दुर्गन्धित गर्दै उपमहानगर
धनगढी उपमहानगरपालिकाले नदीमा फोहोर फाले कारबाही गर्ने नवनिर्वाचित गोपाल हमाल नेतृत्वको कार्यपालिकाकाको कार्यकालमा शुरुवात गरिएको छ। तर, उपमहानगरनै फोहोर व्यवस्थापनका नाममा खोलामै फोहोर फाल्ने गरेको छ।

२०७९ साल भदौ १ गते बसेको कार्यपालिका बैठकको निर्णय नम्बर १९ मा भनिएको छ –‘अब उप्रान्तदेखि जथाभावी सार्वजनिक क्षेत्र, सडक, नालीहरुमा फोहोर फ्याक्ने खोला नालाहरुमा ढल मिसाउन नदिनका साथै सडकमा निर्माण सामाग्री नराख्न, ठेला पसहलहरु नराख्न र सडकमा पशु चौपायाहरु बाँधी राख्न नदिनका लागि निश्चित अवधिसम्म सबैमा आह्वान गर्ने, उक्त अवधिपश्चात उपमहानगपालिकाको निर्णयलाई अवज्ञा गरी उपमहानगरपालिकाले निषेध गरेको यी कार्यहरु गर्ने गराउनेलाई जरिवानाको कारबाही शुरु गर्ने निर्णय गरियो।’

सो कार्यपालिका बैठकले खोलानालामा ढल मिसाउने वालाको लागिा प्रथम पटक १० हजार र दोस्रो पटक संरचना भत्काउने तथा अन्य फोहोरमैला फ्याक्नेहरुको लागि प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ।

उपमहानगरपालिकाले अहिले फोहोर फालिरहेको खोलाको भेग सेतो पुल हुँदै मोहना नदीमा मिसिन्छ। त्यहाँ वर्षातमा फालिएका फोहोरले मोहना नदीनै दुर्गन्धित हुने भएपनि उपमहानगरपालिकाले यसलाई रोक्नमा ध्यान नदिएको स्थानीय दिपेन्द्र कुँवरले बताए। उनले भने –‘हामीले त दुर्गन्धबाट असर भोगिरहेका छौं। यसका साथै नदीमात्र होइन। यहाँ वन्य जिवजन्तुहरु पनि छन्। यो फोहोरका कारण यहाँका बन्य जिवजन्तुसहित प्राकृतिक जडिबुटीमा यो फोहोरले असर गर्दछ।’

२०८० साल असार, साउनमा कैलाली बहुमुखी क्याम्पस पछाडि फालिएको फोहोर पनि खोलामै जाने गरेको थियो। स्थानीयहरुले सडक बन्ने आशामा बस्ती दुर्गन्धित भएकोमा कुनै गुनासो गरेका थिएनन्। तर, त्यहाँ फ्यालिएको फोहोरले नदी दुर्गन्धित भइरहेकोमा उपमहानगरपालिकाले ध्यान दिएन।

आफ्नो गल्ती किन ढाकछोप?
२०८० साल पुसमा धनगढीकी ‘क’ अवस्थी (नाम परिवर्तन) अन्जानमा खोलामा फोहोर फालिन। उपमहानगरपालिकाको सरसफाई शाखा टोलीले सम्झाउँदै गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो गोपाल हमाल नामाक फेसबुक पेजमा राखियो। 

अनुहार र नामसहित सार्वजनिक भिडियो व्यक्तिको गोपनियतामा ध्यान दिइएको थिइन्। भिडियोमा युवती आफु भर्खर धनगढी आएको र अन्यले पनि खोलामा फोहोर फालेको देखेपछि घरको फोहोर आफुले पहिलो पटक फालेको प्रतिक्रिया दिएकी थिइन्।

उपमहानगरपालिकाको सरसफाई शाखाका कर्मचारीहरु पहिलो पटक भएकोले छोडेको र आगामी दिनमा दोहोर्याए जरिवाना लगाउने भन्दै कुराकानी गरिरहेको भिडियो सो पेजमा रहेको छ।

‘कुहिने र नकुहिने फोहर नछुट्याई फोहर मलाईमा हाल्ने र यात्रुका लागि सडकमा राखिएका ड्स्टबिनमा पसल र घरको फोहर जथाभावी नराख्न धनगढी उप–महानगरपालिकाका सरसफाई शाखाका कर्मचारी  सम्झाउँदै गरेको दृश्य’ भन्दै नगर प्रमुख गोपाल हमालको सामाजिक सञ्जालमा देखिने गरेका छन्।

अरुको अनुमति नलिई जथाभावी खिचिएका भिडियो सामाजिक सञ्जालमा अपलोड गर्नु ‘अपराध’ मानिन्छ। ‘यो विद्युतीय अपराध हो,’ अधिवक्ता हिमालयविक्रम विष्ट भन्छन्, ‘यस्तो कृत्य गर्नेलाई दण्ड जरिवानाको सजाय हुन्छ।’ तर, उपमहानगरपालिकाका सरसफाई तथा फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुखसंग कुराकानी गर्दा उनको प्रतिक्रिया थियो –‘जति भन्दा पनि मान्दैनन्। अनि गोपनियतामा किन ध्यान दिनु र ? त्यसैले सामाजिक सञ्जालमा भिडियो राखिदिन्छौं।’

कानुनबारे जानकार उपमहानगरपालिका आफै सार्वजनिक स्थान तथा नदी दुर्गन्धित पार्ने गरि कार्य गर्दै आएपनि नियमनमा ध्यान नदिएको विज्ञहरुको भनाइ छ। उपमहानगरपालिकाले आफनै ऐन विपरित कार्य गर्दासमेत कर्मचारीहरुलाई कारबाही गर्नुभन्दा सम्मान गरिरहेको छ। उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा ट्याक्टर चालक पुष्पा भण्डारीलाई नगद ५० हजारसहित सम्मान गरेको थियो। उनी सरसफाइकर्मी हुन्। 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पा... सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान अन्सारी नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भएपछि ललितपुरको नख्खु कारागारमा ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्ने क्रममा थिए ।... सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिका रूपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्