• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
धनगढीमा मनोमानी करः कृषि प्रयोजनमा जग्गा बहाल लिनेदेखि अंगिकृत नागरिकता सिफारिस माग्दा महँगो शूल्क
64x64
शेरबहादुर ऐर शुक्रबार, साउन ११, २०८१  ११:३१
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकामा कृषि तथा व्यापारिक परियोजनका लागि जग्गा बहालमा लिदा कर तिर्नुपर्ने छ। उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसूचि २ मा कोहीकसैले आफनो खाली जग्गा बहालमा लगाउँदा बहाल कर प्रयोजनको लागि जग्गाको मासिक भाडा तिर्नुपर्ने व्यवस्था रहेको छ।

जग्गा बहालमा लगाउँदा कृषि प्रयोजनमा प्रति कठ्ठा सात सय र व्यापारिक प्रयोजनका लागि प्रति कठ्ठा दश हाजर र पाँच हजार तिर्नुपर्ने उल्लेख छ। व्यापारिक प्रयोजनका लागि वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र १३ का जग्गा (धनगढी मुख्य सडक, राजमार्ग र यसका शाखा सडक) मा वहालमा लिदा मासिक दश हजार र अन्यमा मासिक पाँच हजार कर उपमहानगरमा तिर्नुपर्ने उल्लेख रहेको छ।

आर्थिक ऐनमा भनिएको छ –‘कृषि प्रयोजन भन्नाले नितान्त धान, गहुँ, तोरी, मकै जस्ता बाली उत्पादन गर्ने भन्ने सम्झनुपर्छ।’

प्रदेश र संघमा दर्ताः स्थानीयमा व्यवसायी कर
शिक्षा, स्वास्थ्य, सहकारी लगायत संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा रहेको छ। धनगढी उपमहानगरपालिकाले स्थानीय तहमा व्यवसाय गरिरहेका अस्पताल, सहकारी र विद्यालय तथा क्याम्पसमा व्यवसाय कर लगाएको छ।

आर्थिक ऐनको अनुसूची ३ मा आफनो क्षेत्रभित्र वार्षिक रुपमा लगाउन सक्ने व्यवसाय करको दर उल्लेख रहेको छ। सो अनुसार धनगढीमा १५ सैय्यासम्मका नीजि अस्पतालले ३० हजार, १६–४९ सैय्यासम्मकाले ४० हजार, ५०–९९ सैय्यासम्माले ५० हजार र एक सयभन्दा माथिकाले ६० हजारका दरले व्यवसाय कर तिर्नुपर्ने उल्लेख छ भने नेत्रालय (आँखा अस्पताल) ले वार्षिक ३० हजारका दरले व्यवसाय कर तिर्नुपर्ने छ।
धनगढीमा शिक्षा सेवा अन्र्तगत क्याम्पसले वार्षिक २५ हजार, माध्यामिक तहका विद्यालयले वार्षिक २० हजार, आधारभुत तहले वार्षिक दश हजार दर तिर्नुपर्ने छ।

वित्तिय सेवा अन्र्तगत संघमा दर्ता भएका सहकारीले १५ हजार, प्रदेश तहका १० हजार र स्थानीय स्तरका पाँच हजारका दरले व्यवसाय कर तिर्नुपर्ने उल्लेख छ। धनगढी उपमहानगरपालिकाले करको दायरा बढाउनु उपयूक्त रहेको तर, व्यवहारिक रुपमा कायम गर्नुपर्ने आर्थिक विदहरुको भनाइ छ।

‘आफनो क्षेत्रमा व्यवसाय गरिरहेकालाई स्थानीय तहहरुले करको दायरामा ल्याउनु राम्रो हो। तर, व्यवहारिक रुपमा कर कायम गर्नुपर्ने देखिन्छ’ अर्थविद राजेन्द्र चन्दले भने –‘स्थानीय तहले कर लिदा दोहोरोपना हुनु हुँदैन।’

व्यवसाय करमा एकरुपता ल्याउनुपर्छः प्रतिवेदन
प्रदेश तथा स्थानीय करसम्बन्धी अध्ययन तथा सुझाव प्रतिवेदन २०७५ मा भनिएको छ –‘सबै स्थानीय तहमा लगाइएको व्यवसाय करमा एकरुपता ल्याउनुपर्ने’ सुझाव रहेको छ।

Ncell 2
Ncell 2

‘सबै स्थानीय तहले यथाशिघ्र सरोकारवालाहरुसंग पर्याप्त छलफल गरि देखिएका जनगुनासाहरुको सम्बोधन गर्नुका साथै यससम्बन्धि अन्योल हटाउन तथा सोको आधारमा उपयूक्त र न्यायोचित दर निर्धारण गरी व्यवसायको प्रकृति र लगानीका आधारमा व्यवसायको वर्गिकरण, व्यवसाय दर्ता र सालबसाली नबीकरणमा मात्र यस्तो कर लगाउने व्यवस्था गर्नुपर्ने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ –‘स्थानीय तहमा दर्ता हुने व्यवसाय कर तथा यसको कर प्रशासनमा सहजता र सरलताका लागि व्यवासय दर्ता, नवीकरण, खोरेजी तथा व्यवसाय कर निर्धारण मापदण्डसहितको विस्तृत कार्यविधि तयार गरी स्थानीय तहमा कार्यान्वयनको लागि पठाउँदा व्यवसाय करमा एकरुपता कायम हुनुका साथै स्थानीय तहमा व्यवसायको प्रवर्दनमा सघाउ समेत पुग्ने देखिएकोले तीन महिनाभित्र यससम्बन्धि मापदण्ड र कार्यविधि तयार गरी उपलब्ध गराउनुपर्ने देखिन्छ।’

अमिल्दो कर
धनगढी उपमहानगरपालिकाले व्यवसाय करका नाममा इन्टरनेट सेवाप्रदायक, अनलाइन पत्रपत्रिका लगायतमा सेवा कर कायम गरेको छ। इन्टरनेट सेवाप्रदायक व्यवसाय र अनलाइन पत्रपत्रिका संघिय सरकारमा दर्ता भइ सञ्चालन रहेका छन्।

धनगढीमा इन्टरनेट सेवा प्रदायकले वार्षिक दश हजार, अनलाइन पत्रपत्रिकाले दुइ हजार, विद्युतिय प्रविधिद्धारा अनलाइन सम्बन्धि काम गर्नेले दुइ हजार, इन्टरनेट इमेल समेत भएका साइबर क्याफेले दुई हजार पाँच सय तिर्नुपर्ने उल्लेख छ।

धनगढीको आर्थिक ऐन २०८१ मा अन्तराष्ट्रिय स्तरका ट्राभल्स एजेन्सीहरुले छ हजार तिर्नुपर्ने उल्लेख छ।
स्थानीय तहले व्यवसाय करका नाममा अमिल्दो तरिकाले शूल्क कायम गरेको सो प्रतिवेदनमा उल्लेख छ। भनिएको छ –‘केही स्थानीय तहले व्यवसाय करको दायरामा आउने प्रकृतिका व्यवसायमा अमिल्दो तरिकाले लगाएको शूल्क (उदाहरणका लागि फुडलिङ्ग नगरपालिकाले डिस होमको उपयोगमा लगाएको शूल्क) तत्काल खारेज गर्न निर्देशन दिनुपर्ने देखिन्छ।’

अंगिकृत नागरिता सिफारिस माग्न दश हजार
धनगढी उपमहानगरपालिकामा अंगिकृत नागरिताको सिफारिसमै दश हजार शूल्क कायम गरेको छ। आर्थिक ऐन २०८० मा सिफारिस दस्तुर पाँच सय कायम गरिएकोमा यस वर्ष सम्बन्ध बिच्छेद, नाबालक, अंगिकृत नागरिकता, वैवाहिक अंगिकृत नागरिता दस्तुर तोकिएको छ।

‘श्रेष्ता कार्यान्वयनको सिफारिस र सम्बन्ध विच्छेद सिफारिस दस्तुर पाँच सय, नाबालक सिफारिस दस्तुर एक सय, अंगिकृत नागरिता सिफारिस दस्तुर दश हजार र वैवाहिक अंगिकृत नागरिता दस्तुर एक हजार’ आर्थिक ऐन २०८१ मा उल्लेख छ।

धनगढीमा व्यक्तिगत घटना दर्ता शूल्क (म्याद नाघेपछि) दुई सय कायम गरिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो। बिहीबार, जेठ ८, २०८२
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव नि... बिहीबार, जेठ ८, २०८२
कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी सम्झदारीअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार प्रदान गरिनेछ।... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्