काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ७०० रुपैयाँ कायम थियो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।