• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
सरकारका कामबारे छलफल हुन जरुरी छ : माधवकुमार नेपाल [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २२, २०७५  ००:४४
1140x725

काठमाडौं- एमाले र माओवादीबीचको एकता केन्द्रमा जति रफ्तार र उत्साहमा भयो, तल्ला कमिटीमा हुनसकेको छैन। पछिल्लो समय त विवाद नै देखिन थालेको छ। एकतापछि शक्तिशाली बनेको पार्टीले नेतृत्व गरेको सरकार पनि प्रभावकारी बन्न नसकेको आरोप लाग्ने गरेको छ। पार्टी बाहिर वा विपक्षीबाट मात्रै होइन, पार्टीकै नेताहरू पनि यस्तो मत राख्छन्। गएको संसद अधिवेशनमा माधव नेपालले संसदबाटै सरकारको आलोचना गरेका थिए। जसका कारण पार्टीभित्र खैलाबैला नै मच्चियो। उनी र उनी पक्षका नेताहरूले पार्टी सञ्चालन प्रक्रियामा पनि विधि र प्रक्रियामा ध्यान नदिएको बताउँदै आएका छन्। यी र यस्तै विषयमा नेता नेपालसँग नेपाल लाइभका पुष्पा केसी र किशोर दहालले गरेको कुराकानी:

_x000D_ _x000D_

जुन उत्साह र हतारोमा एमाले र माओवादीबीच केन्द्रमा एकता भयो। त्यसपछि खासै उत्साह र हतारो देखिँदैन। किन यस्तो भइरहेको छ?

_x000D_ _x000D_

समयमै ध्यान पुर्‍याएको भए अलि छिटो पनि हुन्थ्यो होला। तर, केही कुरा मिलेन। नमिलेर ढिला भएको हो। अब ढिला गर्नुहुँदैन। 

_x000D_ _x000D_

अलिकति ध्यान पुर्‍याएको भए छिटो हुन्थ्यो भन्नुभयो। के कुरामा चाहिँ ध्यान पुर्‍याउनु पर्ने थियो?

_x000D_ _x000D_

विधिमा जाने कुरामा ठ्याक्कै एउटा मापदण्ड बनाएर गइदिएको भए जम्मै कुराहरु एक-दुई हप्तामै सकिने थिए। त्यसमा राम्रो ध्यान गएन। नगएको हुनाले समय लम्बियो। सबै व्यस्त, अनेक खालका चिजहरु आइपर्छन्। प्रधानमन्त्रीलाई त्यस्तै। अरुलाई पनि त्यस्तै। धेरै इंगेजमेन्टहरु हुन्छन्। धेरै कार्यक्रमहरु हुन्छन्। अन्तर्राष्ट्रिय सम्बन्धका कुरा हुन्छन्। यी सबैले गर्दा नभ्याउने स्थिति पनि भएको हो। त्यसैले पनि ढिला भएको छ।

_x000D_ _x000D_

मापदण्ड बनाउने त यहाँहरु नै हुनुहुन्थ्यो नि?

_x000D_ _x000D_

जे सुकै भएपनि कमजोरी रहेको छ। कमजोरीलाई देख्नु र स्वीकार गर्नु नै महानता हो।

_x000D_ _x000D_

खासमा अल्झिएको केमा हो? एउटै कम्युनिस्ट पार्टी बनाउने, देश विकास गर्ने भन्ने आदर्श थियो । तर, को नेता निकटले अवसर पाउने, कसलाई पेल्ने भन्ने रणनीति हाबी भएको देखिन्छ नि?

_x000D_ _x000D_

होइन। यी सबै कुरा के छन्, कस्ता छन् भन्ने भन्दा पनि यो तिहारको बेला हो। तिहारको बेला मीठो कुरा गर्नुपर्छ। तीतो कुरा गर्नु हुँदैन। मीठो कुराले सबैको हित होस्। सबैको कल्याण होस्। विधिबाट हामी सबै अघि बढ्न सकौं। विधि-पद्धतिको पालना गर्ने विषयलाई केन्द्रमा राख्न सकौं।

_x000D_ _x000D_
_x000D_

सबैले सबैको इतिहाससँगै योग्यता, क्षमताको यथोचित मूल्यांकन र उचित सम्मान गरेर त्यस ढंगले अगाडि बढ्नु पर्छ।

_x000D_
_x000D_ _x000D_

कम्युनिस्ट पार्टीको जुन स्पिरिट छ, जहिले पनि विश्लेषण, व्याख्या गर्ने, विगतलाई फर्केर हेर्ने, कमजोरीको मूल्यांकन गर्ने, अनुभवहरुको समीक्षा गर्ने र सिक्ने, यी सबै चिजबाट प्रेरित भएर हामी अघि बढौं। र, अब नयाँ गति, उचाई, उत्साहका साथ चाड पर्वपछि हामी आ–आफ्नो ठाउँबाट लाग्नेछौं।

_x000D_ _x000D_

मीठा कुरा गरौं भन्नुभयो। अब बस्ने बैठकमा केही मिठाइ पाक्दै छ? 

_x000D_ _x000D_

पाक्दै छ। सेलरोटी पाकिहाल्छ। गुलियो खाइहालिन्छ। त्यसैले मीठोमीठो खाइसकेपछि आनन्दित वातावरणमा बैठक सम्पन्न हुन्छ।

_x000D_ _x000D_

यहाँ केन्द्रमा नै हुनुहुन्छ। तर, तल्लो तहका अधिकांश कार्यकर्ता एकतामा भइरहेको ढिलाइप्रति उत्साहित देखिँदैनन्, किन होला?

_x000D_ _x000D_

त्यस्तो साह्रै त छैन होला। कुनैकुनै ठाउँमा त्यस्तो समस्या सुन्नमा आएको छ। समस्या छ भने ती सबै समस्या हटाउनु पर्छ। सबैले सबैको इतिहाससँगै योग्यता, क्षमताको यथोचित मूल्यांकन र उचित सम्मान गरेर त्यस ढंगले अगाडि बढ्नु पर्छ।

_x000D_ _x000D_

यथोचित मूल्यांकन त यहाँकै भएन भनिन्छ नि?

_x000D_ _x000D_

होइन। दुई अध्यक्ष भइसकेपछि बीचैमा अरु त केही भन्नै मिल्दैन।

_x000D_ _x000D_

नेकपाको एकता प्रक्रियामा कहिले पूर्ण विराम लाग्छ?

_x000D_ _x000D_

छिटो सकिन्छ। अहिले केन्द्रीय कमिटी र स्थायी कमिटीमा मात्रै एकता भएको छ। पोलिटब्यूरो, सल्लाहकार मञ्च, विभाग, अनुशासन, लेखा, निर्वाचन आयोगलगायत बनाउन बाँकी नै छ। प्रदेश कमिटी बनाउनै बाँकी छ। प्रदेश सचिवालय, जिल्ला कमिटी, तल्लो तहका कमिटी, विभिन्न विभाग, जनवर्गीय संगठन र जोडिएको निकाय बनाउनुपर्ने बाँकी छ। कामहरु त थुप्रै बाँकी छन्। तर, क्रमशः गर्दै जानुपर्छ।

_x000D_ _x000D_

प्रदेशको इन्चार्ज र अध्यक्षहरु तोकियो। पार्टीभित्र असन्तुष्टि पनि देखियो। कात्तिक ५ गतेको बैठकमा अब विधि र प्रक्रियामा जान्छौं भनेर अध्यक्षद्वयले प्रतिबद्धता पनि जनाउनुभयो। अबका प्रक्रियामा विधि प्रक्रिया पछ्याइन्छ त? 

_x000D_ _x000D_

विगतमा त्रुटि भएको छ। त्यसलाई सच्याउनुपर्छ। र, समीक्षा गरेर सच्याउनु पर्छ। आगामी दिनमा विधि पद्धतिको दह्रोसँग पालना गर्नुपर्छ। यति ठूलो पार्टीलाई चलाउन विधि प्रक्रिया बाहेक अर्को विकल्प छैन। विधिको पालना गर्‍यो भने मान्छेले आफू मापदण्डमा नपरे पनि चित्त बुझाउँछ। मापदण्ड तय गरिएन भने म किन नहुने भन्ने कुराको जवाफ दिन सकिँदैन। 

_x000D_ _x000D_

जस्तै, मेयरहरुलाई वा कार्यकारी अधिकारीहरुलाई पार्टीको कुनै पनि कार्यकारी जिम्मेवारी नदिने भनेपछि सबैले चित्त बुझाउनुपर्ने हुन्छ। सदस्यको रुपमा राख्न सकिन्छ। विधिको पालना गर्‍यो भने अनि सबैलाई चित्त बुझ्छ।

_x000D_ _x000D_

पुरानो त्रुटी पनि सच्चिएर आउन सक्ने सम्भावना छ?

_x000D_ _x000D_

सबै विषयको समीक्षा गर्ने काम त, केन्द्रीय कमिटीले स्थायी कमिटीले नै गर्छ।

_x000D_ _x000D_

केही महिनाअघि तपाईंले संसदमा गर्नुभएको सम्बोधनले निकै हलचल ल्यायो । तपाईंले जुन कुराहरुलाई प्राथमिकताका साथ उठाउनुभएको थियो । कारण के थियो?

_x000D_ _x000D_

मेरो धारणा कुनै पनि विषयमा जनताका भावनालाई हामीले व्यक्त गर्नुपर्छ। जनताका भावनाहरु जायज र उपयुक्त छन् भने त्यसलाई स्वीकार पनि गर्नुपर्छ। जस्तो, जनताले काम ढिलो भएको छ भन्छन्।

_x000D_ _x000D_

काम ढिलो भएको त छ कसले ढिलो गरेको छ, कुन कुन ठाउँमा ढिला भएको छ म खोज्छु भनेर हामीले जवाफ दिनुपर्छ। हुँदै होइन भनेर जिद्दी गर्ने होइन। कमजोरी छन् भने सुधार्ने हो। कतिपय कुरामा कन्फ्युजन हुन सक्छ। कसैले आग्रह पाल्न सक्छन् भने यो हो भनेर स्पष्ट पार्न सकिन्छ। 

_x000D_ _x000D_
_x000D_

पार्टी कमिटीका सदस्य र सरोकारवालाहरुलाई छलफल र बहसमा सहभागी गराउनुपर्छ। राय सुन्नुपर्छ। र, सबैको विश्वास जित्नुपर्छ। 

_x000D_
_x000D_ _x000D_

मानौं, कुनै काम वा नियुक्ति गर्दा भ्रष्टाचार भयो भन्ने आरोप लागेको छ भने प्रष्ट पार्न सकिन्छ। छानबिन गर्नुस्। दोषी ठहर भए सजाय दिन तयार छु भनेपछि बाटो त खुल्यो नि।

_x000D_ _x000D_

तपाईंले जनताका कुरा ल्याएँ भन्नुभयो। तर तपाईंमाथि नै आक्रमण भयो। अध्यक्ष ज्यूको भाषामा भन्दा त अरिंगालहरु खनिए जस्तो देखियो नि?

_x000D_ _x000D_

अध्यक्षज्यूले नि भन्नुभएको छ- हामी ०२९ सालदेखिका साथी हौं हामी। जनताको भावना राम्रोसँग बुझ्छौं। उहाँले राम्रै विचार राम्रै भावनाले बोल्नुभएको हुनुपर्छ।

_x000D_ _x000D_

त्यसो भए, सरकार कहाँ चुक्यो त?

_x000D_ _x000D_

अब सरकारका कामबारे अलि खुलेर छलफल हुन जरुरी छ। प्रधानमन्त्रीलाई मनमा लागेको हुनुसक्छ। भन्दा राम्रो हुँदैन कि भन्ने लागेर मनमा राख्नुभएको पनि हुनसक्छ। मनमा राख्नु हुँदैन। हामीसँग पनि भन्नुपर्छ। सानो टिम बनाएर टिमभित्र समीक्षा गर्नुपर्छ। सबैका राम्रा नराम्रा कामको यथोचित मूल्यांकन हुनुपर्छ।

_x000D_ _x000D_

प्रधानमन्त्रीमा भएका कमजोरी, अरु मन्त्रीमा, नेताहरुमा भएका कमजोरी के छन् सबैको खुलेर छलफल हुनुपर्छ। खुलेर छलफल हुँदा बिगार केही हुँदैन। जति धेरै छलफल र बहस भयो, त्यति राम्रो हुन्छ। जति संवाद भयो, त्यति राम्रो हुन्छ । त्यसैले कमिटीका सदस्य र सरोकारवालाहरुलाई छलफल र बहसमा सहभागी गराउनुपर्छ। राय सुन्नुपर्छ। र, सबैको विश्वास जित्नुपर्छ। 

_x000D_ _x000D_
_x000D_

हामीले सरकारको कामको बारेमा पनि समीक्षा गर्ने, पार्टीकै बारेमा पनि समीक्षा गर्ने विषय राखेका छौं। त्यो विषयमा स्थायी कमिटीमा छलफल हुन्छ।

_x000D_
_x000D_ _x000D_

सरकारले के गरिरहेको छ भन्ने कुरा पार्टीलाई जानकारी नभएको जस्तो देखियो। केही सदस्यहरु भन्नुहुन्छ– प्रधानमन्त्री र सरकारले के गरिरहनु भएको छ भनेर हामीले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम हेरेर थाहा पाउँछौं।

_x000D_ _x000D_

यस्तो अवस्था किन आयो? त्यस्तो त मलाई थाहा छैन। तर, हामीले सरकारको कामको बारेमा पनि समीक्षा गर्ने, पार्टीकै बारेमा पनि समीक्षा गर्ने विषयमा राखेका छौं। त्यो विषयमा भने हाम्रो स्थायी कमिटीमा छलफल हुन्छ।

_x000D_ _x000D_

केही अघि सरकारको समीक्षा गर्ने, काम नगर्ने मन्त्रीलाई हटाउने भन्ने कुरा निकै चर्चामा थियो। पछि सबै कुरा सेलायो। अब समीक्षाको आवश्यकता नपरेको हो?

_x000D_ _x000D_

हटाउने भन्ने कुरा मैले सुनेको छैन।

_x000D_ _x000D_

समीक्षा गर्ने कुरा त सुन्नु भएको छ नि?

_x000D_ _x000D_

समीक्षा गर्ने कुरा त हाम्रै एजेण्डामा राखिएको छ । 

_x000D_ _x000D_

कहिले हुन्छ?

_x000D_ _x000D_

बैठक बसेपछि हुन्छ।

_x000D_ _x000D_

बैठकमा अरु के हुन्छ?

_x000D_ _x000D_

वातावरण हेरिकन हुन्छ।

_x000D_ _x000D_

पछिल्लो समय दिगम्बर झालगायत केही नियुक्ति, निर्मला पन्त प्रकरण र केही अन्य काममा सरकार विवादित बन्यो। सरकार त असफल जस्तो देखिदैं गएको छ नि?  

_x000D_ _x000D_

यसलाई असफल भनिँदैन। विपक्षीहरुले भन्ने हो असफल भयो भनेर। एउटा दुईटामा सफल भएन भनेर असफल भयो भनेपछि कसरी मूल्यांकन हुन्छ। एउटा दुइटा कमजोरी हुन सक्लान्।कहिलेकाहीँ गर्न खोज्दा पनि नभएको हुन सक्छ। जस्तो, त्यहाँ प्रहरीकै प्रमुखहरु जिम्मेवार छन् कि? प्रहरीकै शीर्ष नेतृत्वले ढाकछोप गरेको छ कि? मेरै मनमा शंका खडा भएको छ।

_x000D_ _x000D_

मैले नै यहाँ भन्नुपर्ने छ कि, अहिलेका प्रहरीका आइजिपीले किन कदम चालिरहेका छैनन्। कतै उनीहरु 'काले काले मिलेर खाउँ भाले' त गरिरहेका छैनन्?मेरो मनमा शंका छ।

_x000D_ _x000D_

के सरकारलाई असफल बनाउन यस्तो गरियो भन्ने हो?  

_x000D_ _x000D_

सरकार असफल गराउन त भन्दिनँ। अपराधी जोगाउन। 

_x000D_ _x000D_

प्रधानमन्त्री त शक्तिशाली हुनुहुन्छ। आइजिपी ल्याएर के हो भनेर सोधे त हुन्थ्यो होला नि?

_x000D_ _x000D_

त्यो त सोध्नु भएको होला। मैले उहाँलाई सोध्न पाएको छैन। तर, म आफैं पनि कुरा गर्नेवाला छु। किन कारबाही नगरेको? अरु पनि त्यस्तै त्यस्तै जमात एसपी, डिएसपी, प्रहरीको पोसाकमा बसेका त छैनन्? होइन भने, यस्ता कुकर्मीहरुलाई किन कारबाही नगरेको? सिधा प्रश्न छ। सोध्छु।

_x000D_ _x000D_

सरकारकै कामलाई लिएर पनि जनतामा आशा, अपेक्षा हुन्छ। तपाईं विभिन्न कार्यक्रममा जनताबीच गइरहनुभएको छ। तपाईंले पाउने प्रतिक्रिया कस्तो छ?

_x000D_ _x000D_

म धेरै ठाउँमा गएँ। जनताहरुले धेरै आशा गरेका छन्। आशा मरेको छैन। निराश भइसकेका छैनन्। अवश्य पनि केही गुनासाका पक्ष छन्।

_x000D_ _x000D_
_x000D_

 प्रहरीका आइजिपीले किन कदम चालिरहेका छैनन्। कतै उनीहरु 'काले काले मिलेर खाउँ भाले' त गरिरहेका छैनन्?मेरो मनमा शंका छ।

_x000D_
_x000D_ _x000D_

त्यसैले अब धुलो टक्टक्याएर अघि बढ्ने बेला आयो। माओत्सेतुङले भन्नुहुन्छ– धुलो टक्कक्याउनुहोस्। जिउँमा लागेका धुलाहरु टक्टक्याउनुस्। उभिनुस्। अगाडि बढ्नुस र कुद्नुस्।

_x000D_ _x000D_

तपाईं सरकारको नेतृत्व गरिसक्नुभएको व्यक्ति हुनुहुन्छ। यसका सजिला अप्ठ्यारा बुझ्नुभएकै छ। प्रदेशदेखि केन्द्रसम्म यहाँहरुकै अनुकुल सरकार गठनभएको छ। तर पनि काम भएन भनेर निराशा व्यक्त भइरहेका छन्। यस्तै सरकार चलाउन मत मागिएको थिएन भन्ने लाग्दैन तपाईंलाई?

_x000D_ _x000D_

कतिपय कुराहरु बेठीक देखिएको छ, चित्त बुझेको छैन, कसरी हात हाल्ने भन्ने परेको हुन सक्छ। कहिलेकाहीँ मन्त्रीले प्रधानमन्त्रीको कुरा नखाने, प्रधानमन्त्रीले जायज कुरा गर्दा मन्त्रीले नखाने पनि हुन सक्छ। 

_x000D_ _x000D_
_x000D_

म त सिस्टममै सुधार गर्नुपर्ने देख्छु। सिस्टम नै भएन। 

_x000D_
_x000D_ _x000D_

खुला परिवेशमा छलफल गर्‍यो भने बल्ल कुराहरु आउँछन्। कुरा अहिलेसम्म सुन्न पाएको छैन। तर, मेरो भनाइ खुला छलफल गरौं भन्ने हो। खासखास व्यक्तिहरुको बीचमा। सडकमा र टुडिखेलमा होइन। खुला भनेको खुलस्त छलफल गरौं। मनभित्र रहेका सबै कुरा बाहिर ल्याऔं। र, क–कसलाई भन्ने हो कमजोरीको खोजी गरौं सुधारौं। अगाडि बढौं।

_x000D_ _x000D_

यहाँले सरकारका कमजोरी कहाँ देख्नुहुन्छ? सल्लाहकार, मन्त्री वा स्वयं प्रधानमन्त्रीमा?

_x000D_ _x000D_

सबै कुरा समीक्षा गरेर भन्न सकिन्छ। कसैमा पनि म भन्दिनँ। कुनै एउटा व्यक्तिलाई तोकेर मैले कहीँ पनि भनेको छैन। म त सिस्टममै सुधार गर्नुपर्ने देख्छु। सिस्टम नै भएन।

_x000D_ _x000D_

निर्माण व्यवसायी, सचिव, डिजी, जिल्लाको इन्जिनियर, फिल्डको इन्जिनियर कसलाई भन्ने? सबै खोज्नु पर्छ। सिस्टममा त्रुटी छ। किन कानुन छिटो बनेनन्? केही कानून त बने, ठीक छ। तर, ढिलो किन बने? कानुन बनाउनेहरु नै छैनन् कि क्या हो? कि, काममा ढिलासुस्ती गर्छन्? अल्छीहरु छन्? यी सबै विषयको खोजी गरिनुपर्छ।

_x000D_ _x000D_

सरकारले पनि त प्राथमिकता छुट्याउन नसकेको जस्तो देखिन्छ नि?

_x000D_ _x000D_

अब, राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिनुपर्छ। र, त्यसपछि तत्कालीन महत्त्वका परियोजनाहरु पनि छन्। अल्पकालीन, तात्कालीन महत्त्वका परियोजना पनि छन्। त्यसलाई प्राथमिकता तोकेर स्वयम् प्रधानमन्त्रीले अनुमोदन गर्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ००:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै
‘माछा खोलीमा’ बालगीत सार्वजनिक
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री सोमबार, असार २३, २०८२
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्