• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कांग्रेसका शीर्ष नेता को कहाँबाट चुनाव लड्दैछन्?
64x64
किशोर दहाल बिहीबार, कात्तिक २, २०७४  १७:५७
1140x725

काठमाडौं- प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव नजिकिँदै जाँदा मुख्य पार्टीका शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दैछन् भन्ने चासो बढेको छ । पछिल्लो समय वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चर्चाले पनि चासोमा बढोत्तरी ल्याएको छ । कारण, गठबन्धनको सिकार प्रतिस्पर्धी पार्टीका शीर्ष नेता बन्न सक्ने सम्भावना बढेको छ।

केही जोखिमका बाबजुद प्रायः शीर्ष नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा देखिन्छन् । पार्टीका स्थानीय कमिटीहरुले पनि सोही अनुसार सिफारिस गरेका छन्। 

नेपाल लाइभले कांग्रेसका शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दै छन् भनेर खोतल्ने प्रयास गरेको छ । यसमा मुख्यतः पार्टीका स्थानीय कमिटीले सिफारिस गरेको क्षेत्र, संविधानसभामा प्रतिस्पर्धा गरेको क्षेत्र, सम्बन्धित दलमा रहेर टिकट वितरण गर्ने जिम्मा पाएका नेताहरुसँगको कुराकानी र नेताका गृहजिल्लालाई आधार बनाएका छौं।

वाम गठबन्धनबाट सुरुताका केही आत्तिएको कांग्रेस पनि अहिले शान्तसँग चुनावी रणनीति बनाइरहेको छ । केही पार्टीसँग मिलेर लोकतान्त्रिक गठबन्धनको प्रयास पनि उसले गरेको छ । चतुर राजनीतिक खेलाडी विजय गच्छदारलाई केही दिनअघि पार्टीमा भित्र्याउँदा सभापति देउवाले भनेका थिए– 'कांग्रेस थप बलियो भयो।'

शेरबहादुर देउवाः शेरबहादुर देउवा यस पटक पनि डडेल्धुराबाटै चुनाव लड्नेछन् । देउवालाई उम्मेदवार बनाउने कुरामा स्थानीय कमिटीमा विवाद छैन । यसअघि पनि उनले २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा डडेल्धुराबाट चुनाव जितेका थिए। 

रामचन्द्र पौडेलः पौडेल गृहजिल्ला तनहुँको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् । त्यसो त उनले चुनाव लड्ने तयारी गरिरहेको क्षेत्रमा अर्का नेता गोविन्दराज जोशीसँग किचलोमा फसेका छन् । साविक तीन वटा क्षेत्र रहेको तनहुँमा यस पटक दुई वटा मात्रै क्षेत्र छन् । भ्रष्टाचारको अभियोग लागेका जोशीभन्दा उपसभापति पौडेल नै हावी हुनेछन्।

प्रकाशमान सिंहः सिंह काठमाडौं १ बाट चुनाव लड्ने पक्कापक्की जस्तै छ । यसअघि पनि उनी त्यही क्षेत्रबाट विजयी भएका थिए । ०७० सालको संविधानसभाको चुनावमा उनी अहिले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई दोस्रो बनाउँदै विजयी भएका थिए । काठमाडौं १ का लागि सिफारिसमा परेका अन्यभन्दा सिंह ‘हाइ प्रोफाइल’ छन्।

शशांक कोइरालाः कोइरालाले संविधानसभाको दुवै चुनावमा नवलपरासी १ बाट जितेका थिए । ०७० सालको चुनावमा उनले एमाले उम्मेदवार दीपक अधिकारीलाई ६ हजारभन्दा बढी मतले पराजित गरेका थिए । यस पटक पनि उनी नवलपरासी १ बाटै सिफारिसमा परेका छन् । महामन्त्री कोइराला सो क्षेत्रका लागि सर्वसम्मत सिफारिसमा परेका हुन्।

विजयकुमार गच्छदारः २०७० सालको चुनावमा मधेसी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का उम्मेदवारका रुपमा २ ठाउँबाट प्रतिस्पर्धा गरेका गच्छदार एक ठाउँबाट मात्रै विजयी भएका थिए । उनी मोरङ ७ मा कांग्रेस नेता शेखर कोइरालासँग २ हजारभन्दा बढी मतले पराजित भएका थिए । सुनसरी ३ मा पनि एमाले उम्मेदवारलाई झिनो मतान्तरले पछि पार्दै उनी विजयी भएका थिए । यस पटक उनी कांग्रेसको तर्फबाट उम्मेदवार हुनेछन् । सुनसरी ३ नै उनको स्वाभाविक क्षेत्र हो।

अर्जुननरसिंह केसीः ०७० सालको चुनावमा नुवाकोट क्षेत्र नम्बर १ बाट ८ हजारभन्दा बढी मतान्तरले माओवादी उम्मेदवारलाई पछि पार्दै केसी विजयी भएका थिए । यसपटक पनि उनी नुवाकोट १ कै उम्मेदवारका लागि सिफारिस भएका छन् । केसीको अप्ठ्यारो के छ भने, सोही क्षेत्रबाट रामशरण महत पनि सिफारिस भएका छन् । साविकमा तीनवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा यसपटक दुई वटा मात्रै क्षेत्र तोकिएका छन् । यसअघि पनि जितेका कारण उनी प्राथमिकतामा पर्ने अनुमान गर्न सकिन्छ।

रामशरण महतः यसअघि नुवाकोट २ बाट चुनाव जितेका महत यसपटक क्षेत्र नम्बर १ का लागि सिफारिस भएका छन् । उनी चुनावी प्रतिस्पर्धी बन्नुभन्दा अघि नै उम्मेदवार बन्न प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । तर, नुवाकोटकै अर्को क्षेत्रमा चर्चित तर कम उचाइका नेताहरु सिफारिसमा परेकाले केसी र महतबीच क्षेत्र बाँडफाँट हुनसक्ने अनुमान गर्न सकिन्छ।

गगन थापाः गगन थापा काठमाडौं ४ बाट चुनाव लड्ने पक्कापक्की जस्तै छ । यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका थापाले आफ्नो लोकप्रियता घट्न दिएका छैनन् । उनीसँगै सिफारिसमा परेका अन्य नेताको तुलनामा थापाको लोकप्रियता र प्रभाव बढी भएकाले पनि उनी उम्मेदवार बन्ने पक्का छ।

यो पनि पढ्नुस्:
एमालेका शीर्ष नेता कहाँ-कहाँबाट चुनाव लड्दैछन्?

यी निर्वाचन क्षेत्रबाट चुनाव भिड्दैछन् माओवादीका शीर्ष नेता

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी र... सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री सोमबार, असार २३, २०८२
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्