• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
८० वर्षदेखि बन्द नयाँ सडकको त्यो झ्याल
64x64
गौरीबहादुर कार्की बुधबार, पुस १८, २०७५  ०९:३०
1140x725

यो काठमाडौंको नयाँ सडक (न्युरोड) स्थित मूल केन्द्रमा रहेको एउटा घरको कथा हो। जुन घरको झ्याल सधैं बन्द हुन्छ। बन्द भएको आज होइन, ८० वर्ष नाघिसक्यो।

गौरीबहादुर कार्की

यो घर किन बन्द छ? किन घरबाट आम्दानी लिनेतिर लागिएन? के कारण खुलेन? यावत् प्रश्नहरु आउँछन्। तर जवाफ दिने कोही पाइँदैन।  

नयाँ सडक जस्तो व्यापारिक केन्द्रमा एउटा घर निर्जीव भग्नावशेषको रुपमा रहनुमा धेरै कुरा होलान्। यो घरको इतिहास कहाँ लुकेको छ? कहाँ छिपेको छ? थाहा हुनेलाई वा पीडितलाई कसरी सोध्ने? नयाँ सडकको अति व्यस्त भिडमा मान्छे हराउँछ। भुइँमा हिड्नेलाई माथितिर हेर्ने फुर्सद पनि हुँदैन। हेर्नेले पनि घरको पीडा बुझ्न सक्दैनन्। घरको वेदना घरलाई नै थाहा छ। थाहा पाउनेहरु पनि धेरैजसोले धर्ती छाडिसके।  

राणा शासनविरुद्ध विद्रोह गरेकोमा खड्गमान सिंह बस्नेत विसं १९८७ देखि २००७ सालसम्म २० वर्ष जेल परेका थिए। सोही कालखण्डको भोगाइलाई 'जेलमा बीस वर्ष' नामको कृति पनि उनले लेखेका छन्।

राणाकालको सजीव इतिहास हेर्ने आँखीझ्याल मानिन्छ यो पुस्तकलाई। पुस्तकमा जुद्ध शमशेरले इन्द्रचोक छेउकी एउटी सुन्दरीलाई झ्यालबाट चिहाइरहेको अवस्थामा देखेपछि 'त्यो केटी चाहियो' भनेछन्। उनी रहिछन्– त्यसबेलाका एकमात्र मेडिकल डाक्टरकी छोरी। सिपाहीहरु केटी घिसार्न जाँदा झडप भएछ। ती युवतीको अस्मिता बचाउन भद्र शमशेरले आफ्नो घरमा लुकाएछन्। त्यसैले उनी पक्राउ परेको कुरा पुस्तकमा उल्लेख छ। 

भद्र शमशेरको नामबाट भद्रगोल जेल नामकरण भएको उल्लेख गरेका छन् खड्गमान सिंहले पुस्तकमा। कर्णेल भद्रशमशेरलाई श्री ३ जुद्ध शमशेरले थुनेको जेलको खण्ड हो– भद्रगोल। राणाकालमा भद्र शमशेरलाई उनका नोकरचाकर, धाई, सुसारे आदिसहित कैदमा राख्नुपर्दा भद्रगोल बनाइएको रहेछ (देवेन्द्र गौतम, अनुसन्धानभित्रको अनुसन्धान)। भद्रगोल रुपमा एकै ठाउँमा थुनिएकाले त्यो जेलको नाम नै भद्रगोल जेल हुन गएछ। 

खड्गमान सिंहले उक्त पुस्तकमा त्यो घटना भएको घर इन्द्रचोक छेउमा भनेका छन्।

Ncell 2
Ncell 2

मैले थाहा पाएसम्म इन्द्रचोक नजिक नयाँ सडक, रमा गृहको उत्तरपट्टि लङको घर हो। 

मैले तीसको दशकमा देख्दा त्यतिबेला पंक्तिका सबै घरमा जस्तै सधैं बन्द रहने उक्त झ्यालमा हरियो इनामेल लगाएको खुइलिएको रङ देखिन्थ्यो। अहिले त धुलोले छोपिएझैं देखिन्छ।

२०७२ सालको भूकम्पअघि त्यहाँ केही मान्छे बसेको पनि सुनिन्छ। भुइँतलामा पसलहरु भए पनि माथिका अरु तला भूतबंगलाझैं बनिसकेका छन्।  

मलाई तीसको दशकमा काठमाडौंकै नेवार मित्रहरुले घटनाबारे सुनाउँदै त्यो घर देखाइदिएका थिए। 

नयाँ सडक पुगेको बेलामा अहिले पनि म त्यो घर देखेर स्तब्ध हुन्छु। टोलाउँछु। त्यो घटना मेरो मानसपटलमा सजीव भएर घुम्न आउँछ। त्यहाँ पुग्दा त्यो घर हेर्ने गरेको छु।  

तीसको दशकमा त्यो घरको केही पश्चिममा एक भद्र महिलाको पेन हस्पिटल थियो, पछि रमागृहको झ्यालमा सर्‍यो। मैले हालसालै पनि त्यो अभागी घरको अवलोकन गरेँ। केही तस्बिर लिएँ। 

अहिले गणतन्त्रमा आएर फर्किहेर्दा राणा शासनमा आफ्नो घरमा बस्दा पनि सुरक्षा थिएन। मातापितालाई सन्तानको सुखबाट वञ्चित गरियो। एउटी निर्दोष युवतीको जोवन दिनदहाडै लुटियो, त्यो पनि आम जनताको सामुन्ने। त्यो कुकृत्य पनि कानुनतः सुरक्षा दिने जिम्मेवारी लिएर बसेका सरकार प्रमुखबाट। सरकार प्रमुख रहेका प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरबाट एउटी चेलीको दिउँसै अपहरण हुन पुग्यो।

त्यहीँ अर्का राणा कर्णेल भद्रशमशेर देवदूतको रुपमा उदाउँछन्। उनले ती यौवनालाई यौनपिपासु जुद्धशमशेरबाट बचाउन लुकाउन लगे। यो घटनापछि सरकार प्रमुख प्रधानमन्त्रीका सिपाहीहरु कसैको बगैंचामा फुलेको फूल रुपमा रहेकी ती यौवनालाई लिन घरमा प्रवेश गरे। कर्णेल भद्रशमशेरले लुकाएको ठाउँबाटै खोसेर लगे। ती अवला चेलीलाई भद्रशमशेरको संरक्षणबाट खोसियो। सार्वभौम शक्ति हातमा रहेका यौनपिपासु राणा प्रधानमन्त्री जुद्धशमशेरले कसैकी अवला छोरी, नातिनी, चेलीलाई डकैतीको रुपमा अपहरण गरे।

अधिनायकवादमा न्याय माग्नेले गोली खानु पर्ने, जेल जानुपर्ने पहिलेदेखि नै हो। न्याय माग्ने सुब्बा कृष्णलाल अधिकारी पनि जेलमा थुनिए, र 'मकैको खेती' लेखेका थिए। जनताको लागि प्रजातन्त्र माग्ने गंगालाल, शुक्रराज शास्त्री, धर्मभक्त र दशरथ चन्दले सहिदत्व प्राप्त गरे। कञ्चनपुरकी बालिका निर्मला पन्तको लागि न्याय माग्ने सन्नी खुनाले अहिलको गणतन्त्रमा पनि गोली खानुपरेको छ। ज्यान बलिदान दिनुपरेको छ। 

एउटी निर्दोष युवतीको न्यायका लागि कर्णेल भद्र शमशेर राणा नै सार्वभौम शक्तिशाली राणा प्रधानमन्त्रीको विरोध र विद्रोहमा उत्रेका थिए। पदको मोह छाडेर न्यायको लागि बोल्ने, लड्ने, मरिमेट्ने व्यक्ति त्यतिबेला पनि रहेका थिए। राणाजी कर्णेल भएर पनि राणा प्रधानमन्त्रीको इच्छाविपरीत लड्ने व्यक्ति त्यतिबेला पनि थिए। हुनतः सुवर्ण शमशेर, भरत शमशेर आदि राणाजीहरु नै राणा शासनको विरुद्धमा तन, मन र सम्पत्ति लगाएर लडेकै हुन्। त्यतिबेला पनि कर्णेल पदमा रहेका राणा भद्र शमशेरले राणा प्रधानमन्त्री जुद्ध शमशेरको यौन पिपासाको बाधक बन्न खोजेकोमा जेल सजाय भोग्नुपरेको थियो। 

यो अन्यायको शृंखला परापूर्वदेखि अझै जारी छ। त्यो दुःखदायी घटनापछि केके भयो होला? घरकी देवीको रुपमा रहेकी कन्यालाई आततायीले हरेर लग्यो। कंशले देवकीका पुत्रहरुलाई झैं। 

नारी हुनुको दुर्दशा त्यो थियो। सौन्दर्य र सुन्दरता प्रकृतिको देन हो। देशको प्रधानमन्त्री हात्तीमा सवारी भएको हेर्दै गर्दा आफू अपहरणमा पर्छु होला भन्ने भय कुनै नागरिकमा हुने कुरै भएन। जुन घरको झ्यालबाट ती चेलीले बाहिर हेरेकी थिइन्, त्यसपछि उक्त घरमा महाभूकम्प गयो। त्यो झ्याल मात्र होइन घर नै अभागी हुन पुग्यो। यो घटनामा छोरीका बाबुआमा, परिवारको दोष थिएन। घरकी यौवना छोरीको झन् के दोष! घर पनि कुनै कारक थिएन, झ्यालको के दोष! दोष थियो त शासन पद्धतिको, शासक भनिने प्रधानमन्त्री जुद्ध शमशेरको। 

यो महाप्रलयपछि त्यो परिवारले सदाको लागि घरको झ्यालढोका बन्द गरे। १९९२/९३ साल पछि आजसम्म ८३/८४ वर्षसम्म गुज्रियो। नयाँ सडकको त्यो घर बन्द नै छ। भुइँतलाको सडकपट्टिको पसल कवल भने त्यतिबेला पनि भाडामा दिइएकाले अहिलेसम्म पुरानै रुपमा भाडामा दिइएको पाइन्छ। घर पुनर्निर्माण गरिएको छैन। पश्चिम साँधमा ९ तले र पूर्वतिर भवन आधुनिक भवन बनिसकेको छ। 

तर, यो अभागी घरको झ्याल भने त्यस कालो दिनदेखि बन्दको बन्दै छ। मान्छेको मनको चोट केले बुझ्छ? सारा सम्पत्ति र आफ्नो परिवार कति मायालु हुन्छ भन्ने यो घटनाले देखाउँछ। नयाँ सडकको त्यत्रो महत्वपूर्ण व्यापारिक केन्द्रको घर भाडामा लगाउने हो भने पनि करोडौं आम्दानी भइसक्थ्यो। अहिले पनि पचासौं करोड आम्दानी हुन सक्छ। तर त्यो पीडादायी चोटले सम्पत्तिप्रति कत्ति मोह देखिएन। 

यो घरको कथा सम्झँदा मन रुन्छ। त्यो अभागी घरका अभिभावकहरु घर छोडेर हिँडे। कस्तो मनस्थितिमा बाँचे होलान्, कल्पनाभन्दा परको कुरा छ। खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेझैं यो चोटको पीडा त कञ्चनपुरकी निर्मला पन्तका पिता यज्ञराज र माता दुर्गादेवीलाई मात्र थाहा हुन्छ। 

सन्दर्भ स्रोतः 
-जेलमा बीस वर्ष, खड्गमान सिंह बस्नेत 
-बिपीलाई महेन्द्रको चिठी, युवराज गौतम, नागरिक दैनिक ०५ असोज २०७५
-देवेन्द्र गौतम, अनुसन्धानभित्रको अनुसन्धान, पूर्वोक्त युवराज गौतम 

प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गौरीबहादुर कार्की
लेखकबाट थप
निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?
सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?
उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्