हेटौँडा- प्रदेश ३ सरकारले सोनाम ल्होछार (ल्होसार)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनाम ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ। गत माघ ९ गतेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो।
तामाङ बाहुल्य प्रदेश ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ। माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा सो महोत्सव हुने छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।